विचार रक्षा
१४ पौष २०६६
•
११ मिनेट पाठ
विचार रक्षा
एसियामा २०औं शताव्दीमा दुई जना महान नेताको उदय भयो - माओ र गान्धी। दुवैमा एउटा समानता थियो - साम्राज्यवादविरुद्धको संघर्षले उहाँहरूलाई विश्व राजनीतिमा स्थापित गरायो। चिनिया जनवादी क्रान्तिको ६० वर्ष र भारतीय गणतन्त्र दिवसको ६३ वर्षलाई हेर्ने हो भने विभिन्न आँकडाअनुसार अहिलेको चीनको अवस्थामा पुग्न भारतलाई अर्को दशकौ लाग्छ। यसको मुख्य कारण चिनिया जनवादी क्रान्तिले पुरानो सत्तालाई ध्वंस गरेर आमूल परिवर्तन गर्‍यो। भारतले बिटि्रस साम्राज्यको संरचनामा आफूलाई ढाल्यो। यसको फरक हामीले देख्दैछौं।

चीन र भारतको राजनीतिमा आएको परिवर्तनसँंगै नेपालमा २००७ सालको दिल्ली सम्झौताले (जसको पुष्पलाललगायत हामीले विरोध गर्‍यौँं) परिवर्तन मात्र गर्‍यो। आमूल परिवर्तन होइन। राणाकालीन संरचना यथावत् रह्यो। छिमेकमा कास्मिर, लद्दाखदेखि सिक्किमसम्मको राष्ट्रिय अस्तित्व समाप्त भएको स्थितिमा २०१७ सालको कदम वैचारिकरूपमा सही भन्न नसकिए पनि व्यवहारिकरूपमा गलत रहेनछ। सन् १९७४ मा संविधानसभाले सिक्किम भारतमा विलय गराएको घटनाले २०१७ सालको कदमलाई सही साबित गर्‍यो। यसलाई प्रजातन्त्रवादी नेता बीपी कोइरालाले पनि स्वीकार्दै राष्ट्रिय मेलमिलापको नीति अघि सानुभएको थियो।

यसकारण आज भन्नुपर्ने हुन्छ वि.पी. र महेन्द्र दुबै गलत थिएनन्। तर दक्षिणपंथीहरूले यसलाई विदेशीका आडमा पूरै गलत सिद्ध गर्न खोजे। त्यसको निरन्तरता आज पनि कायमै छ। २०३६ सालमा वि.पीलाई फाँसीको सजाय माग्ने दक्षिणपंथीको रूप २०६६ सम्म आइपुग्दा बदलिएको छ। संविधानसभामा राजालाई अलग मतमा देखाउन संवैधानिक राजतन्त्रको एजेन्डामा ४ स्थान हुनेले २० लाख हस्ताक्षरको नाटक मञ्चन २०३६ सालकै नयाँ मोडलभन्दा अतियुक्ति नहोला। राष्ट्रवाद जनतामा आधारित हुन्छ र त्यो नै बलियो हुन्छ। चीन, कम्बोडिया, भियतनामले सिद्ध गरेको कुरा हो। यो नेपालको सन्दर्भमो सिक्किम, लद्दाखको जस्तो १९७१, १९७५ होइन। त्यसैले यतिबेला सिक्किमीकरणको खतराको नारा दिनेहरू हिजो गोरखपुर, दिल्लीदेखि कास्मिरसम्म कुन भूमिमा सुरक्षित थिए? त्यहीँबाट प्रश्नचिन्ह खडा हुन्छ। नेपालको राजनीतिमा नकारात्मक एजेन्डामा सकारात्मक र सकारात्मक एजेण्डामा नकारात्मक परिणाम खोजिन्छ। गोरखपुर केन्द्रका वामपंथीहरूको भारतलाई गाली गरेर उसकै नीतिमा हिँडेको यथार्थ र दक्षिणपंथीले राजालाई घेराबन्दी गरेर अल्पमतमा पारी अन्तर्राष्ट्रिय समुदायलाई देखाउने भूमिका समान हुन्।
त्यसैले भनिन्छ, वाम आवरणका उग्रवाम र दक्षिणपंथ परस्पर विरोधी शक्ति नभएर परिणाममा समान हुन्छन् भन्ने २०६२ को दोस्रो दिल्ली सम्झौताले सिद्ध गर्‍यो। दक्षिणपंथीले नक्कली राष्ट्रवादको आवरणमा राजालाई घेरेर जनताका शक्ति दलहरूलाई पन्छाउनु र गोरखपुर धारामार्फत उग्रवामपंथीले आफैँले विरोध गरेको २००७ सालको दिल्ली सम्झौताकै परम्परामा दोश्रासम्झौतामा सहमत गराउनु अहिलेको राष्ट्रिय संकटको परिणाम हो।

समय बदलिएको छ। समग्रमा देशभक्तिपूर्ण भावना जनतामा व्याप्त छ। त्यसैले आज कोही पनि विदेशीका आडमा पूर्णरूपमा भूमिका खेल्न सक्षम छैनन्। त्यसको एउटै मात्र कारण जनताको खबरदारी हो। २००७ सालको दिल्ली सम्झौताको परिणाम २०६२ ले दिन सकेन। विश्व ध्रीवीकरणमा नेपालको नयाँ शक्ति (माओवादी)ले आफ्नो भूमिका फराकिलो पार्दै लग्यो। इतिहास कहीँ पनि दोहरिदैन। सन् १९७० को नरोत्तम सिंहानुकको इतिहास कहिल्यै दोहोरिएन बरु १९८४ सम्म आइपसग्दा नयाँ भूमिका खोज्यो। बेलायत होस् या जापान त्यो पनि नयाँ भूमिकामा अघि बढ्यो। तर दक्षिणपंथी आजपनि इतिहास दोहोरिने भ्रमजाल फैलाउन प्रयत्नशील छ्रन्। यसकै आडमा आफ्नो राष्ट्रघाती, देशद्रोही अस्तित्व धान्न प्रयत्नरत रहेकोप्रति देशभक्तहरू सचेत रहनै पर्छ। नयाँ आधारमा नयाँ राष्ट्रिय एकताको खोजी वर्तमानको आवश्यकता हो मान्नै पर्छ।

त्यसैले यतिबेला सतहमा लोकतन्त्र या प्रजातन्त्र जेभनेपनि वास्तविक लडाइँ राज्यसत्ताको संरचना अंग (सेना, प्रहरी, प्रशासन) परिवर्तनको लडाइँ हो। माओवादीबाहेकका राजनीतिक दलहरूले हिजो २०४७ सालको संविधानलाई नै उत्कृष्ट संविधान भनेकै हो। यस अवस्थामा स्वाभाविकरूपमा संविधानसभा माओवादीको राजनीतिक एजेन्डामा स्थापित भएकोले जनसंविधानको दबाबलाई अस्वाभाविक मान्न सकिन्न। गणतन्त्र र साम्राज्यवादविरुद्धको संघर्षमा चीन र भारतको विशाल अन्तर र स्वयं भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान दक्षिण एसियाली क्रान्तिकारी संगठन (कम्पोसा) अन्तर्गतका पार्टी क्रान्तिमा छन्। अब प्रश्न उठ्छ रिम र कम्पोसासँग सम्बद्ध पार्टीहरू भुटानबाहेक सबै गणतान्त्रिक देशमा छन्। त्यसकारण माओवादीको संघर्ष अग्रगमनतर्क हुनु अस्वाभाविक होइन। यसो भन्दा राजावादी, प्रतिगामी, प्रतिक्रियावादी भन्दै यथार्थलाई बंग्याउने हाम्रो पुरानै चलन हो। नारायणमान बिजुक्छेदेखि पुष्पकमला दाहालमात्र होइन हिजो केपी ओलीदेखि प्रायः सधैं राजावादी खतरा देख्ने मोहनविक्रम स्वयंलाई पनि विभिन्न समयमा उनीहरूले नै भन्दै आएको आरोप लागेको थियो।

मूल प्रश्न विचारको हो। हिजो राजाको नेतृत्वले मुलुकको रक्षा गरेको कुरालाई जतिसुकै ओझेलमा पारेर बिल्ला लगाए पनि तथ्य हाम्रै अगाडि छन्। यस अवस्थामा अब बन्ने संविधान आआफ्ना विचारका आधारमा को बलियो बन्ने भन्ने लडाइँ पनि हो। त्यसैले अहिलेको संघर्ष स्वाभाविक रूपमा विचारको रक्षाको प्रश्नसंग जोडिएको छ।

दशवर्षको छापामार सघर्ष, तीन वर्षको शान्तिपूर्ण यात्रापछि वैचारिकरूपमा माओवादी भारत, पाकिस्तान, बंगलादेशको जस्तो गणतन्त्रमा उभिने या चीन, कम्बोडिया र कम्तीमा पनि ल्याटिन अमेरिकी मोडलको गणतन्त्रमा जाने प्रश्नमै संघर्ष केन्द्रित छैन र?

यो शक्ति तानातानको अवस्थामा मुलुक आआफ्नो स्थान र विचारको रक्षाको प्रश्नमा अर्को गृहयुद्धमा नजाओस् भन्ने अहिले प्रमुख चिन्ताको विषय हो। राजतन्त्रको भूत सिर्जना गराएर मुलुकलाई गृहयुद्धमा धकेल्ने र आआफ्ना स्वार्थ पूरा गर्ने षडयन्त्र नयाँ होइन। राजतन्त्रको भूत देखाएर अस्तित्व धान्नेहरू अन्ततः विदेशीका आडमा बोल्छन्।

अफगानिस्तानमा तालिवानको पतनपछि अमेरिकाले जाहिर शाहलाई राजा बनाउन खोज्दा मानेनन्। हिजो 'बेबी किङ' भन्ने प्रजातन्त्रवादी नेता, सांस्कृतिक राजा भन्ने क्रान्किारी नेता र हामी संस्थाको पक्षमा छौ भन्ने दक्षिणपंथी चाहना (पर्दाभित्र विदेशी थिए) राजाले अस्वीकार गरेको होइन र? अनि विचारको बहसमा नै पर्दा लगाउने गोरखपुर धारा केन्द्रको आवाजले वैचारिक बाटो लिँदा मुलक संकटमा परेको सत्यलाई पर्दा लगाउन खोज्दा कसैको जित हुने छैन।

समग्रमा आज सबै देशभक्त, वामपंथी, प्रगतिशील, प्रजातान्त्रिक तथा परम्परावादी राष्ट्रवादीको एउटा चाहना मुलुक शक्ति तानातानको अवस्थामा हार वा जितमा परिणत भएन भने कहाँ अडिने? हार वा जितले स्थायी शान्ति कायम हुन सक्ने या नसक्ने? यो नै अहिलेको विचारणीय पक्ष हो। राजतन्त्र हिजोपनि बहसको विषय थिएन र आजपनि छैन तर राजाका वरपरका अति दक्षिणपंथी र छिमेकी मुलुकमा सुरक्षित गोरखपुर वाम धाराले बहसको विषय बनाए जसको परिणाम भोग्दै छौँं। अनि दक्षिणपंथीको राष्ट्रवादको नारा र गोरखपुर धाराको उग्रक्रान्तिकारी नारा विपरीतार्थक सुनिए पनि सार एउटै थियो। यी दुवैपटि्टबाट मुक्त गर्ने हो भने निकास सहज रूपमै निस्कन्छ।
अर्को समाचार
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछु : महामन्त्री कोइराला
१९ पौष २०७४
•
२ मिनेट पाठ
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछु : महामन्त्री कोइराला
काठमाडौँ –  नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन्। 

लोकतान्त्रिक विचार समाजले बुधबार आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन्। “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उनले भने। 

महामन्त्री कोइरालाले विपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उनको भनाइ थियो । 

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने बताए। 

समाजका अध्यक्ष प्रा डा जयराज आचार्यले विपी कोइरालाले लिएको नीतिलाई पच्छाउन नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए। “काँग्रेसको नीति, आदर्श र इतिहासलाई आम जनतासमक्ष लैजान समाज स्थापना गरेका हौँ,”– उनले भने। 

भर्खरै स्थापना भएको समाजलाई विस्तारै प्रदेश, जिल्ला हुँदै गाउँसम्म लैजाने समाजका कोषाध्यक्ष रेशम गुरुङले बताए। सो अवसरमा नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महामन्त्री डा कोइरालालाई सम्मान गरिएको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस