जनता को हुन्?
०३ भदौ २०७२
•
१३ मिनेट पाठ
जनता को हुन्?
सामान्य स्थितिा अस्वीकार्य हुने गतिविधि 'आन्दोलन'का बेलामा भने सहजै हुने गर्छन्।
समाजमा मिलेर रहनका निम्ति गर्नै नहुने ठानिएका काम पनि 'आन्दोलन'का नाममा भने अप्ठेरो नमानीकन गरिन्छन्।
जब 'जनता'का नाममा यस्ता गतिविधि हुन्छन् भोग्नेहरूको सहनशीलता पनि सामान्य स्थितिमा भन्दा बढेको हुन्छ।

मानिसहरू सडकमा उत्रिन्छन् – 'जनता' उत्रे भनिन्छ। तोडफोड हुन्छ, आगजनी हुन्छ, गालीगलौज हुन्छ, टायर बालिन्छ, फोहोर हुन्छ, 'जनता' आक्रोशित भए भनिन्छ। कुनै न कुनै परिवर्तनको माग हुन्छ, 'जनता'को माग भनिन्छ। सामान्यतया, 'जनता'ले यसरी खोजेको परिवर्तन सत्ताका निम्ति सहजस्वीकार्य नहुँदा उसले बलप्रयोगद्वारा नै यस्ता आन्दोलनलाई दबाउने प्रयत्न गर्छ। कुनै बेला आन्दोलनको ऊर्जाले सत्तालाई हराइदिन्छ र कुनै बेला सत्ताले आन्दोलन दबाइदिन्छ। अथवा, केही नोक्सानीपछि कुनै न कुनै किसिमको सम्झौता हुन्छ। जे होस्, कुनै पनि आन्दोलनपछि प्रायः ठूलो वा सानो, दीर्घकालीन वा अल्पकालीन महत्वका केही न केही परिवर्तन भने हुन्छन्।

'आन्दोलन'का कारण हुने यस्ता परिवर्तनले जनसाधारणको जीवनमा कुनै बेला सकारात्मक प्रभाव पार्छन् – जीवन पहिलेभन्दा सजिलो र समृद्ध हुन्छ। कुनै बेला भने जीवनमा उल्टै असहजता, कठिनाइ र अभाव उत्पन्न हुन्छ। अझ कुनै बेला त जीवनमा खासै प्रभाव केही पर्दैन, फगत समय, शक्ति र भौतिक संसाधनको क्षतिमात्र हुन्छ।

उठान जे कारणले भएको होस्, अन्तिम परिणाम जे सुकै होस् 'आन्दोलन' कहलिनका निम्ति १. केही न केही असामान्य गतिविधि हुनै पर्छ, २. यस्ता गतिविधि 'जनता'सँग जोडिएको हुनुपर्छ अनि ३. जनसाधारणले 'जनता'को हैसियतमा दुख पाएको हुनुपर्छ, मूल्य चुकाएको हुनुपर्छ।

राजनीतिमा 'जनता' भन्ने शब्दको प्रयोग नभई केही पनि चल्दैन। सिंगो संसारबाटै अलग्गिएका अन्धकार अधिराज्यका तानाशाहहरू पनि 'जनताको प्रजातान्त्रिक गणतन्त्र'का नाममा शासन गरिरहेका हुन्छन्। राजा महाराजाका भाषणमा 'हाम्रा जनता' भनी उच्चारण भइरहेकै हुन्छ। परस्पर विरोधी विचारका राजनीतिक समूह तिनै 'जनता'लाई उपयोग गरिरहेका हुन्छन्। विभिन्न शक्तिसमूहका अभीष्ट पूरा गराउन तिनै 'जनता' विभिन्न हिंसात्मक आन्दोलनमा होम्मिन्छन्। 'जनता' नै मर्छन्। 'जनता'कै घरबार उठिबास हुन्छ। कुनै बेला 'जनता'मध्येकै कोही सत्तामा पनि पुग्छन् (र, पुग्नेबित्तिकै 'जनता' हुन छोड्छन्।)। 'जनता'भित्रको ऊर्जालाई परिचालित नगरी, दोहन नगरी, कुनै पनि राजनीतिक अभीष्ट पूरा हुँदैन। 'जनता' भन्ने शब्द नलेखी कुनै राजनीतिक दस्तावेज पूरा हुँदैन। 'जनता'को नाम नजपी कुनै राजनीतिक 'रिबाज' सम्पन्न हुँदैन।

तर को हुन् जनता? के हुन् जनता?

भाषाविद्हरूले, समाजशास्त्रीले, विभिन्न विधाका विद्वान्हरूले आआफ्नै किसिमले परिभाषित गरेका होलान् 'जनता'लाई। अमरकोश, थेसारियस, शब्दकोश, पाठ्यपुस्तकहरूमा थरिथरीका परिभाषा हुनसक्छन् 'जनता'का। तर हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका परम्परागत राजनीतिका खेलाडीले भने आफ्नो निहित स्वार्थका निम्ति उपयोग गर्न सकिने मानिसको जमातलाई 'जनता' ठान्ने गरेका छन्।

मानिस यस्तो प्राणी हो जो प्रकृतिको तत्क्षणको वास्तविकतासँग आफूलाई अभ्यस्त र एकाकार गराएरभन्दा बढी यथास्थितिप्रतिको असन्तुष्टिले निदेर्शित भएर निर्णय गर्छ। यथास्थितिप्रतिको यो असन्तुष्टि सम्भवतः मानव जातिको विकास क्रममा प्राप्त विशिष्ट गुण हो। सायद, यही गुणका कारण मानिसले यति प्रगति गरेको हो। पृथ्वी नामक यो सानो ग्रहमा अत्यन्त ›ूत गतिमा निरन्तर बढिरहेको छ मान्छेको संख्या। यी अर्बाैं मानिसमध्ये अधिकांश जहिले पनि यथास्थितिमा केही परिवर्तन चाहिरहेका हुन्छन्। 'यो त भएन', 'यो मलाई चाहिएन', 'यसको ठाउँमा अरू केही चाहियो', 'यो पुगेन' भन्ने सबैलाई लागि नै रहन्छ समयको हरेक अन्तरालमा। जे प्राप्त हुन्छ, त्यो केही समयपछि नै अपुग वा पुरानो हुन पुग्छ। तर चाहिएकै के हो भन्ने भने धेरै कमलाई मात्र थाहा हुन्छ।

आफूलाई चाहिएको कुराका बारेमा स्पष्ट हुने मानिस त यति ठूलो जनसंख्याको सानो अंशमात्र न हुन्छन्। ती मध्येबाटै गुरु निस्कन्छन्, पथप्रदर्शक निस्कन्छन्, नेतादेखि शासक, तानाशाहसम्म निस्कन्छन्। र अझ भन्ने हो भने आततायी, अपराधीसम्म पनि यही सानो संख्याबाट निस्कने हुन्। अधिकांश मानिस त बाँच्न चाहन्छन्, खुसी हुन चाहन्छन्, यथास्थितिमा जहिले पनि केही सुधार चाहन्छन्। ती हुन् जनता।

आफ्नो निश्चित आग्रहबाट निदेर्शित भएर आफ्ना अभीष्ट पूरा गर्न सबथोक गर्न सक्नेमध्ये जसको स्वार्थको घेरा अत्यन्त साँघुरो हुन्छ तिनले जनताका असन्तुष्टिलाई आफ्नो निहित स्वार्थ पूरा गर्न दुरुपयोग गर्छन्। जसको 'स्वार्थ'को घेरा फराकिलो हुन्छ, तिनले जनताको असन्तुष्टिबाट प्राप्त उःर्जालाई मानव जातिकै पूर्णतातर्फको अविरल यात्रामा उन्मुख गराउन, झन् झन् न्यायपूर्ण, अझ सभ्य, झन् झन् सक्षम र सन्तुलित मानिसको समाज निर्माण गर्दै जान सदुपयोग गर्छन्।

यसरी, आफ्नो अभीष्टबारे स्पष्ट भएकाहरूमा एकथरी अति साँघुरो स्वार्थ भएकाहरू छन् जो आफ्नो र आफ्नो सिवाय अरू केही कुराको मतलब राख्दैनन्। र अर्काथरी ज्यादै फराकिलो स्वार्थ भएका पनि छन् जो आफ्नो जीवनको उद्देश्य नै जगतको भलोमा देख्छन्। अहिले को विडम्बना के हो भने यीमध्ये पहिला किसिमका मानिसले जनतामाथि विभिन्न प्रकारले शासन गरिरहेकाछन्। यिनैले जनताको यथास्थितिप्रतिको असन्तुष्टिजन्य ऊर्जालाई मनपरी दुरुपयोग गरिरहेका छन्।

जनतामा भएको यथास्थितिप्रतिको असन्तुष्टि कहिले बढ्छ, कहिले घट्छ। विभिन्न कारणले यो उतारचढाव भइरहेको हुन्छ। असन्तुष्टिको पारा चढेका बेलामा सपनाको व्यापार गर्न ती स्वार्थी तत्व सिपालु हुन्छन्। तिनले जनतालाई बेचेको सपनाको फलस्वरूप जनतामा रहेको ऊर्जा आन्दोलनका रूपमा विष्फोट हुन्छ। तर जनताकै जीवनमा उल्लेख्य परिवर्तन नहुने सन्देह नै ज्यादा हुन्छ।

जनताले सधैँ असन्तुष्टिबाट निदेर्शित भएर चल्ने हैन आफ्नो सपना आफैँ देख्ने र त्यसलाई विपनामा अनूदित गर्न सक्षम हुने स्थितिमात्र साँच्चैको लोकतन्त्र हुनसक्छ। यसरी हेर्दा साँच्चैको लोकतान्त्रिक क्रान्ति अहलेको हाम्रो आवश्यकता हो। तर यसका लागि नितान्त नयाँ किसिमको नेतृत्वको खाँचो छ। यस्तो नेतृत्व जसले जनताभित्र जम्मा भइरहेको यथास्थितिप्रतिको असन्तोषलाई झन् झन् उन्नत समाज बनाउने सत्कर्ममा सदुपयोग गर्न सकोस्। जसले मानिसबीच वा मानिसका समूहबीच भएको भिन्नतालाई हैन समानतालाई पहिल्याउन सकोस्, त्यसलाई मलजल गर्न सकोस्। आफ्ना साँघुरा स्वार्थलाई पोको पारेर बेच्ने र असन्तुष्ट जनताको 'इमोसनल ब्ल्याकमेलिङ' गर्ने हैन जनतामा निहित उज्यालोलाई, सृजनशीलतालाई, जीवनमुखी सम्भावनालाई एक जना असल गुरु भएर छर्लङ्ग देखाइदिन सकोस्। यस्तो नेतालाई आफ्नो अभीष्ट स्पष्ट हुन्छ। र त्यो अभीष्ट फराकिलो हुन्छ। उसको अभीष्ट पूरा हुनुको अर्थ सत्ता प्राप्तिमात्र हैन, उसका सुकर्मका कारण जनताको जीवनमा बोधगम्य सकारात्मक परिवर्तन हुनुपर्छ। उसको अभीष्ट जनताको हितसँग गाँसिएको हुन्छ।

जनता त्यो हो जसको हितले मानवजातिकै भलो हुन्छ र जसको अहितले मानव जातिकै कुभलो हुन्छ। विभिन्न परिस्थितिमा जनताले स्थूल ज्ञानको तहमा 'बुझेको' आफ्नो 'हित' वास्तविकतासँग नमिल्न पनि सक्ला। परम्परा, वातावरण, प्राप्य संसाधन, आदिले प्रभावित पारेको हुन्छ जनताको बुझाइलाई। यो रिक्ततालाई, यो अस्पष्टतालाई दुरुपयोग गरेर स्वार्थी राजनीतिकर्मीहरू सपनाको व्यापार गर्छन्, जीवनकै मूल्य तिर्नुपर्ने महङ्गो मूल्यमा ती सपना जनतालाई बेच्छन् र बदलामा जनताको ऊर्जाको दोहन र शोषण गरेर ती सत्तामा चढ्छन्। अब निर्माण हुने जनताको वैकल्पिक राजनीतिमा, साँच्चैको लोकतान्त्रिक रूपान्तरणका निम्ति त्यस्तो नेताको आवश्यकता छ जो जनताको हितलाई साँच्चै बुझेको गुरु हुनसकोस्। अभिभावक हुन सकोस् र असल मानिसको अनुपम नमुना हुन सकोस्। यस्ता असल मानिस यो समाजमा छन् र निरन्तर बढिरहेकाछन्। उज्यालोको बीउ हुर्किँदै छ।
अर्को समाचार
जनता समाजवादी पार्टीमा विवाद अझै मिलेन
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
जनता समाजवादी पार्टीमा विवाद अझै मिलेन
जनता समाजवादी पार्टीमा निर्वाचन आयोगमा कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो अझै लागेको छैन । पार्टीमा मयर्दाक्रमको विवाद पनि मिल्न सकेको छैन । वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्टै नवगठित पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालय गई पार्टी एकीकरण भएको जानकारी गराएका थिए । कानुनअनुसार आयोगमा निबेदन दिएको ४५ दिनभित्र आयोगले मागेका सबै कागजातहरू बुझाउनु पर्ने छ ।

यसकोलागि एकीकृत पार्टीको विधान,घोषणा पत्र,संगठनात्मक संरचना र कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने,नेतृत्व गर्ने व्यक्तिको नाम लगायतका कागजाताहरू आयोगमा बुझाउनु पर्छ । स्रोत भन्छ, पार्टीको नेतृत्वका लागि विभिन्न चरणमा बिकल्पमा छलफल भइरहेको छ  तर कुनै पनि बिकल्पमा सहमति जुट्न सकेको छैन । 

पार्टी एकीकरण गर्ने सहमति हुँदा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोश्रो मर्यादामा बाबुराम भट्टराईलाइ राख्ने सहमति भएको थियो । अरु नेताको हकमा पछि छलफल गर्ने सहमति भएको थियो । स्रोत भन्छ,नव गठित पार्टीमा कार्यकारिणी समिति, राजनीतिक समति र केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको छ । तर कुन नेतालाई कुन समितिको अध्यक्षताको जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । पूर्व समाजवादीका नेताहरू ठाकुरलाई मानर्थ अध्यक्ष र भट्टराइलाई कार्यकारिणी समितिको अधयक्ष बनाउनु पर्ने अडान राखेका छन् ।  

उपेन्द्र यादव निकट नेताहरू भने तत्कालिन समाजवादी पार्टीमा झै यादवलाई कार्यकारीणी समितिको अध्यक्षको जिम्मेवारी दिनु पर्ने अडान राखेका छन् । तत्कालिन समाजवादी पार्टीमा राष्ट्रिय परिषद्को अधयक्ष भट्टराइ र कार्याकारिणी समितिको अध्यक्ष थादव थिए ।  पूर्व राजपाका नेताहरू पहिलो मयार्दामा ठाकुरलाई राख्ने हो भने कार्यकारिणी अधिकार पनि ठाकुरलाई दिनु पर्ने अडान राखेका छन् ।

स्रोतको अनुसार हालसम्म भएको छलफलमा मयार्दाक्रमा पहिलो स्थानमा ठाकुर, दोश्रोमा भट्टराइ, तेश्रोमा यादव, चौथोमा राजेन्द्र महतो, पाँचौमा अशोइ राइ, छैटौमा महेन्द्र यावद र सातौंमा शरतसिंह भण्डारीको स्थान रहने सम्भावना रहेको छ ।  सुरु देखि नै असन्तुष्ट जनाउँदै आएका अनिल झा र राजकिशो यादवलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती थपिएको छ ।  नव गठित पार्टीका सबै शिर्ष नेताहरूले जनता समाजवादी पार्टीमा राजपाकोे  जस्तो अध्यक्ष मण्डल नरहने बताउँदै आएका छन् । तर नेतृत्व मण्डल कस्तो हुन्छ भन्ने जिज्ञासामा भने उनीहरूले प्रष्ट्र बोल्दैनन । ‘सबै विकल्पमा छलफल भइरहेको छ । तर कुनै बिकल्पमा टुंगो लागेको छैन’भण्डारीले भने,‘तर जनता समाजाद पार्टीमा राजपा जस्तो अध्यक्ष मण्डल नराख्ने विषयमा भने करिब करिब सहमति भएको छ ।’

दुवै पार्टीका नेताहरूको बराबरीको सिद्धान्तको आधारमा दुई पार्टीवीच एकीकरण भएको दावी गर्दै भएका छन । सहमति अनुसार बराबरी सिद्धान्तको आधारमा केन्द्रदेखि गाउँसम्म संगठनात्मक संचरना तयार हुने दुवै पार्टीका नेताहरूको भनाइ छ ।  

नव गठित पार्टीको केन्द्रीय समितिको आकार कति ठूलो बनाउने भन्ने विषयमा टुंगो लगाउन पार्टीका शिर्ष नेताहरूलाई अर्को चुनौती थपिएको छ । एकीकृत पार्टीको केन्द्रीय समिति बढीमा २सय सम्मका हुने पार्टीका नेताहरूले जनाएका छन् ।  

तत्कालिन राजपा र समाजवादीका केन्द्रीय सदस्यहरूलाई नव गठित पार्टीको केन्द्रीय समितिमा राख्दा एकीकृत पार्टीमा केन्द्रीय सदस्यको सख्या १३सय भन्दा बढीको हुन्छ । यती ठूलो संख्यामा केन्द्रीय समितिको आकार बनाउन उपयुक्त नहुने पार्टीका सबैजसो नेताहरूको भनाइ छ । ‘वैशाख १० गते राती जुनसुकै अवस्थामा पनि राजपा र समाजवादीवीच एकीकरण प्रक्रियालाई टुंगोमा पु¥याउनै पर्ने बाध्यता थियो’तत्कालिन राजपाका एक पदाधिकारी भन्छन,‘बाँकि अरु  ऐजण्डामा पछि छलफल गर्ने भन्दै हतारमा टुंग्याऔ । त्यसैले अब यी विषयमा टुंगो लगाउन चुनौती थपिएको छ ’ ।आयोगमा बुझाउन  केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलनको काम भने पूरा भएको पार्टीका नेताहरूले जनाएका छन् ।

आयोगमा बुझाउन पार्टीको घोषणापत्र र विधानको अझै टुंगो लागेको छैन । विधान मस्यौदा समितिले बनाएको विधान र घोषणा पत्रको मस्यौदालाई पार्टीका शिर्ष नेताहरूले पुनर्लेखन गर्न निदेृशन दिएका छन् । घोषणा पत्रमा नव गठित पार्टीलाई कम्युनिज्म आइडोलोजि (सिद्धान्त)मा लैजाने कि लोकतान्त्रिक आइडोलोजिमा लैजाने भन्ने विषयमा पार्टीका नेताहरू एक मत हुन सकेका छैनन् ।  यसकारण पार्टीको घोषणापत्र र विधानमा टुंगो नलागेको पार्टीका नेताहरू बताउछन् ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस