ओबामालाई पत्र
०३ भदौ २०७२
•
१५ मिनेट पाठ
ओबामालाई पत्र
राष्ट्रपति ओबामा
म एक महिनादेखि तनावमा छु। यसको कारण हो- तपाईको देश अमेरिका यात्रा गर्न दिइएको प्रवेशाज्ञा ( भिसा) यात्रा सुरु नहुँदै नेपालस्थित अमेरिकी राजदूतावासले एक्कासी 'क्यान्सिल' गरिदियो। फलस्वरूप, संयुक्त राष्ट्रसंघजस्तो विश्वको गरिमामय संस्थाबाट पाएको 'फेलोसिप' गुम्ने स्थितिमा पुगेको छ। मेरो पत्रकारिता जीवनको एउटा उपलब्धि ' अमेरिकी दूतावासका कर्मचारीका कारण गुम्नलाग्दा म मर्माहत भएको छु।




मैले लामो प्रक्रियापछि ३५ देशका प्रतिस्पर्धीसँग प्रतिद्वन्द्विता गरेर संयुक्त राष्ट्रसंघ, न्युयोर्कअर्न्तगतको २०१५ का लागि 'युएन रेहाम अल–फारा मेमोरियल जर्नालिस्ट फेलोसिप' पाएको थिएँ। उक्त फेलोसिप संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पब्लिक इर्न्फमेसनले 'विकासशील' देशका ३५ वर्ष मुनिका पत्रकारका लागि ३५ वर्षदेखि सञ्चालन गर्दैआएको छ। यस फेलोसिपअर्न्तगत छानिने पत्रकारले हरेक वर्ष हुने संयुक्त राष्ट्र संघको महासभामा प्रत्यक्ष भाग लिने, न्युयोर्कका विभिन्न संस्था घुम्ने, आफ्नो देशको राजदूतसँग भेट्नेलगायतका मौका पाउँछन्। अहिलेसम्म विश्वका ५ सयभन्दा बढी पत्रकारले यो फेलोसिप पाइसकेका छन्।

यस वर्षको लागि ३५ देशका प्रतिस्पर्धीबाट १५ देशबाट एक एक जना छानिदा मेरो देशबाट म पनि परेको जानकारी पाउँदा निकै खुसी भएको थिएँ। यो म, मेरो संस्था र नेपालकै लागि गौरवको विषय थियो। सन् १९९७ पछि नेपालले यो फेलोसिप यसै पटक पाएको थियो।

मेरो खुसीमा केही दिनपछि अर्को खुसी पनि थपियो- फेलोसिपमा भाग लिन न्युयोर्क जानका लागि नेपालस्थित अमेरिकी राजदूतावासले पाँच वर्षको 'मल्टिपल इन्ट्री भिसा' दियो। तर दोस्रो खुसी धेरै दिन टिक्न सकेन। भिसासहितको पासपोर्ट हात परेको पाँच दिनपछि विनाकारण मेरो भिसा 'क्यान्सिल' गरियो।

फेलोसिपको निमन्त्रणा पत्र र अमेरिकी दूतावासलाई लेखिएको अनुरोध पत्र आएपछि २०१५ जुन २१ तारिखमा भिसा अन्तर्वार्ताको लागि अनलाइन फर्म भरे। जुलाई ८ तारिख बुधबारमा अन्तर्वार्ता गर्ने गरी समय दिइयो। अन्तर्वार्तामा काउन्सुलरले मेरो बारेमा, मेरो अफिस, फेलोसिप कसरी पाएको, त्यहाँ गएर के गर्ने लगायतका प्रश्न सोध्दै संयुक्त राष्ट्रसंघको भिसाको लागि लेखिएको पत्र हेरेर भिसा आवेदन स्वीकृत भएको भन्दै नेपाल इन्भेस्टमेनट बैंकबाट पासपोर्ट लिन अनुरोध गरिन्।

तेस्रो दिन शुक्रबार बैंकबाट पासपोर्ट लिएँ। पाँच वर्षको मल्टिपल इन्ट्री भिसा थियो। विभिन्न राष्ट्रबाट आउने १४ जना फेलोसँग २७ दिनसम्म १० सेप्टेम्बरदेखि अक्टोबर ७ सम्म हुने ७० औं महासभामा भाग लिने, न्युयोर्कमा रहेका विभिन्न मिडिया हाउस, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अवलोकन गर्ने, २ दिने एकेडेमिक कक्षामा भाग लिने अवसर पाउनेमा म ढुक्क भएँ। संयुक्त राष्ट्रसंघसँग जोडिएको विषयमा कम्तीमा २ वटा समाचार वा लेख आफ्नो पत्रिकामा छपाउनु पर्ने पनि थियो। महासभामा आएका विभिन्न देशका सयौं पत्रकार, सयौं अतिथिसँग भेट गर्ने बाटो खुलेपछि मलाई धेरै खुसी लाग्यो। यी सबै गर्नका लागि तपाइको देश यात्रा गर्ने अनुमति अनिवार्य थियो।

यसको चार दिनपछि सोमबार दिउसो एउटा फोन आयो, 'सन्तोष जी हो? म अमेरिकी एम्बेसीबाट,' एक महिलाले भनिन्, 'तपाइको भिसा एक पटक चेक गर्नुपर्ने भयो, केही इरर हुन सक्छ। भोलि बिहान एम्बेसीमा आउनुस् है।'

मैले भने, 'कस्तो खालको इरर?'

उनले भनिन्, '२१ तारिखमा फर्म भरेकाहरूमध्ये केहीको भिसामा इरर देखिएको छ, तपाईकोमा पनि हुन सक्छ, कस्तो खालको इरर हो त्यो, हेरेपछि थाहा हुन्छ।' उनले थपिन्, 'तपाइलाई यसले ट्राभलमा असर गर्न सक्छ।'

उनले अरू पनि थपिन्- 'यसको सूचना अस्ति कान्तिपुरमा पनि निकालेका थियौँ नि, हेर्नु भएन।'

मैले भने, 'खै मैले त देखिन त? छुटेको होला।'

यात्राको लागि लिएको भिसाले यात्रालाई नै असर गर्छ भने त जानै पर्यो। अर्को दिन बिहानमा समय नमिलेपछि म दिउँसो २ बजेतिर अमेरिकी एम्बेसीमा गएँ।

मैले मेरो राहदानी काउन्सुलर शाखामा बुझाए। झन्डै आधा घन्टा कुरेपछि मलाई जसले अन्तर्वार्ता लिएर भिसा दिएकी थिइन् उनले पहिले सोधेका केही प्रश्न दोहोर्याइन्- कहाँ काम गर्ने, कति तलब खाने? यसभन्दा पहिला कुनै देश गएको छ कि छैन? म सिधा उत्तर दिँदै थिएँ उनले एक्कासि 'सरी फर दिस टाइम' भनेर भिसामा 'क्यान्सिल विथआउट प्रिजुडियस' भन्ने स्ट्याम लगाइदिइन्।

'किन क्यान्सिल भयो?,' मैले सोधे।

सबै यहाँ छ भन्दै एउटा कागज दिइन् जुन सामान्यतः भिसा नदिँदा सबैलाई दिइने कागज थियो।

म यस घटनाबाट स्तब्ध भएँ। विनाकारण मेरो भिसा किन रद्द भयो? रद्द गर्नुको कारण त पक्कै हुनुपर्ने हो। अघिल्लो दिन फोनबाट भनेको, कान्तिपुरमा सूचना निकालेको कुरा पनि गलत रहेछ। एम्बेसीले मसँग झुटो कुरा गरेको रहेछ।

म सरासर अफिस गएर यो घटना मेरा सम्पादकहरूलाई सुनाएँ। यस्तो नहुनुपर्ने हो किन भयो? सबैको प्रश्न थियो। सम्पादकहरू यसको कारण के रहेछ भने बुझ्नु थाले। बेलुका उक्त फेलोसिपको प्रोग्राम कोडिनेटर जेभी मुस्कललाई इमेल गरेँ।

उनलाई भिसाको कपी पठाइसकेको थिएँ। फेलोहरू १५ जनाको पोर्टफोलियो बनाएर सोसल मिडियामा हाल्ने तयारी थियो। महासभामा भाग लिन चाहिने एक्रिडेसन कार्ड बनाउने सबै जानकारी गइसकेको थियो। अन्तिम अवस्थामा यस्तो कुरा सुन्दा उनी पनि चकित भए।

उनले उसैरात फोन गरे। 'सामान्यतया भिसाको विवरणमा भएको त्रुटिबाट भिसा क्यान्सिल हुन्छ। फेरि एम्बेसीमा गएर भिसा रिइस्यु गर्नुस्,' उनले सल्लाह दिए।

पछि सम्पादकमार्फत् भिसा क्यान्सिल हुनुको करण थाहा भयो, 'कसैले यो व्यक्ति अमेरिकाबाट फर्किँदैन। उतै बस्ने योजना बनाएको छ' भनेर रिपोर्ट गरिदिएको छ रे। सम्पादकको पत्रसहित म फेरि गएँ। कुरा दोहोरियो फर्कँदैन भन्ने 'रिपोर्ट' परेको छ। भिसा दिइएन।

'कसले, किन त्यस्तो नभएको कुरा लगाइदिएको होला?,' मलाई थाहा छैन।

कुनै प्रतिस्पर्धी वा अमेरिकाको भिसा नपाउने व्यक्तिले ममाथि रिस पोखेको हो कि भन्ने सोँचे। जे भए पनि अमेरिकाजस्तो प्रजातान्त्रिक देशको दूतावासले विनासोधपुध, वास्तविकतै नबुझी भिसा क्यान्सिल नगर्नुपर्ने हो!

म अमेरिका बस्ने सोच्न पनि सोचेको थिइन। म उतै बसे संयुक्त राष्ट्रसंघजस्तो गरिमामय संस्थालाई पनि धोका हुन्थ्यो। यो फेलोसिपले मेरो पत्रकारिताको करियरलाई धेरैमाथि उठाउने पक्का थियो। म पत्रकारितामै रमाइरहेको पत्रकार हुँ।

यति कसैले त्यस्तो रिपोर्ट हालेको थियो भने मेरो बारेमा मेरो अफिसमा किन सोधिएन? मलाई फेलोसिप दिने युएन सम्पर्क व्यक्तिलाई किन बुझिएन्? उजुरीको सत्यता के हो भनेर किन बुझिएन? के अब सामान्य रिपोर्टका आधारमा अरूको भिसा पनि यसैगरी क्यान्सिल हुन्छ? कि यो मेरा हकमा मात्र लागू हुने हो?

राष्ट्रपति महोदय, विनाआधार, सत्यतथ्य केही नबुझी मेरो भिसा क्यान्सिल गर्दा मैले भोगेको मानसिक यातना सम्भवतः यस्तो अवस्था नबुझेका कसैले पनि बुझ्न सत्तै्कनन्।

ममाथि शंका थियो, मेरो नराम्रो रेकर्ड थियो वा यो उतै बस्छजस्तो लागेको थियो भने सुरुमै भिसा नदएको भएभइहाल्थ्यो।सुरुमै भिसा नदिएको भए मेरो खासै गुनासो हुने थिएन। दिनमा सयौं जनाका भिसा आवेदन अस्वीकृत हुन्छन्। अरूको मुलुकमा जान दिन्न भने के गुनासो गर्नु?

मेरो गुनासो केमात्र हो भने भिसा क्यान्सिल गरिदिनुअघि कार्यक्रमको गम्भिरताका बारेमा पनि बुझिदिनुपर्थ्यो। मेरो देश पनि संयुक्त राष्ट्र संघको सदस्य हो। त्यसैले राष्ट्रसंघका कार्यक्रममा जाने मेरो पनि अधिकार छ। त्यही अधिकार भएरै मैलो फेलासिप पाएको हुँ। राष्ट्रसंघको मुख्यालय अमेरिकामा छ। त्यसैले त्यहाँ जान अमेरिकाको भिसा चाहिन्छ। महासभामा भाग लिन जाने अमेरिका विरोधी राष्ट्रका प्रतिनिधिलाई समेत भिसा दिइन्छ। अमेरिकाले हाम्रोजस्तो गरिब देशका नागरिक, पत्रकारलाई आफ्नो देशमा जानै नदिने हो भने हामी संयुक्त राष्ट्रसंघको सदस्य हुनुको अर्थ के हुन्छ?

मेरो पासपोर्टमा लागेको भिसामा यात्रा नगर्दै 'क्यान्सिल' भनेर स्ट्याम्प लगाइएको छ। अब यसले मेरो जीवनमा कति दुःख दिने हो अहिले अनुमान पनि गर्न सकिँदैन। मैले अब अर्को कुनै देश जान भिसा माग्दा काउन्सुलरले अमेरिकाले किन भिसा क्यान्सिल गरिदिएको हो भनेर सोधे के जबाफ दिने? विनाकारण रद्द गरियो भन्दा कसैले पत्याउलान् र? कि 'अमेरिकामा लुकेर बस्छ भन्ने शंका गरिएकाले हो ' भन्ने?

राष्ट्रपति महोदय,

मैले भिसा पाइसकेपछि त्यसकोे फोटो कपी युएन हेडक्वाटर, फेलोसिप शाखामा पठाइसकेको थिएँ। त्यसको आधारमा युएनले गर्नु पर्ने काम सुरु गरिसकेको थियो। बीचैमा एक्कासी भिसा रद्द भएको जानकारी गराएपछि उताबाट पनि के भएको भनेर जानकारी लिइयो। रिपोर्ट परेको कारण भिसा क्यान्सिल भएको उता जानकारी गराइएको छ। यसले गर्दा राष्ट्रसंघमा मेरो नराम्रो रेकर्ड हुने भयो। मैले युएनका अन्य फेलोसिपमा आवेदन दिनसमेत नपाउने अवस्था भयो। दिए पनि छनोट हुनबाट रोकिने भयो। के कारणले म यी सबैका लागि अयोग्य ठहरिएको हुँ? मेरो के अपराध छ? मलाई न्याय चाहियो।

भिसा स्वीकृत हुनेबित्तिकै साथीभाइ, घरपरिवार सबैले थाहा पाएका थिए। अमेरिकामा बसाइका लागि किनमेल गरिसकेको थिएँ। फेलोसिपमा अन्य देशबाट छानिएका साथी हिमचिम भइसकेको थियो। अनलाइन गफ राम्रो हुन्छ। उनीहरूले भिसा क्यान्सिल हुनुको करण सोध्छन्। केही समस्या परेको छ भनेर टारेको छु। मैले उनीहरूलाई के जवाफ दिने!

मैले त्यस दिन देखि राम्रोसँग काम गर्न सकेको छैन। मानसिक तनावमा छु। कसैलाई मेरो भिसा क्यान्सिल हुनुको कारण भनिदियो भने उनीहरूले पत्याउँदैनन्। कसैले पनि नपत्याउने कस्तो काम गर्यो अमेरिकी दूतावासले?

राष्ट्रपति, ओबामा मेरो समस्या, पीडा सम्बोधन हुने झिनो आशा अझै बाँकी छ।

वरिष्ठ संवाददाता
अर्को समाचार
बोस्टनमा पड्कँदा आँसु, बंगलौरमा पड्कँदा किन चुप?
०४ वैशाख २०७०
•
१ मिनेट पाठ
बोस्टनमा पड्कँदा आँसु, बंगलौरमा पड्कँदा किन चुप?
नयाँ दिल्ली, वैशाख ४ (एजेन्सी) - अमेरिकाको बोस्टनमा बम पड्‍किएको केही समयमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पत्र लेखेर दुःख जनाउने भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफ्नै देशको बंगलौरमा विस्फोट हुँदा चुप रहेकोमा आलोचना गर्दै भारतीय सोसल मिडिया प्रयोगकर्ताहरुले आलोचना गरेका छन्।
बंगलौरमा आज विपक्षी भारतीय जनता पार्टीको कार्यालयबाहिर भएको विस्फोटबारे साँझसम्म सिंहले कुनै वक्तव्य जारी गरेका थिएनन्।




बम विस्फोट भएको ठाउँमा भाजपाको राज्य शासन रहेको र भाजपाकै कार्यालयबाहिर विस्फोट भएकोले प्रधानमन्त्री जस्तो व्यक्ति चुप बस्नु उचित नहुने भन्दै ट्विटर र फेसबुकमा उनको आलोचना भएको छ।

निर्वाचन अगाडि भएको विस्फोटमा पनि राजनीतिकरण सुरु भएको भन्दै उनीहरुले आलोचना गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस