मुलुक अब ६ प्रदेशसहितको संघीयतामा जाने करिब निश्चित भएको छ। संघीयता हाम्रा लागि बिल्कुलै नयाँ विषय हो। संसारका विभिन्न देशमा भौगोलिक स्थिति, सामर्थ्य, जात, भाषा, आर्थिक स्थिति, शैक्षिक स्थिति आदिका आधारमा देशलाई विभिन्न प्रदेश वा राज्यका रूपमा सीमांकन गरी सञ्चालनको चाँजोपाँजो मिलाइएको पाइन्छ।लोकतन्त्रका विभिन्न मोडेलमध्ये संघीयताको मोडेल ठ्याक्कै यस्तै अवलम्बन गर्ने भन्ने संसारमा कहीँ पनि हुँदैन। यसको लागि सबैभन्दा पहिले देशको मौलिकतालाई सर्वोपरि ठान्नुपर्छ। फलानो देशमा संघीयताको यो मोडेल छ, हामीलाई यही ठीक हुन्छ भन्न सक्दैनौँ।
नेपालले विगत १० वर्षदेखि संक्रमणकालको नाममा गर्नुपर्ने जति विकास गर्न सकेन। हरेक पटक जनतालाई नेताहरूले संविधान बनेपछि सबै समस्या एकैपटक समाधान हुन्छन् र देशले काँचुली फेर्छ भनियो र हामी जनता संविधान सभाले संविधान बनाएको र देशले फेरेको काँचुली हेर्ने अभिलाषामा दिन बिताउँदै आयौँ। कैयौँले संविधान बनेपछि उद्योग खोल्ने योजना बनाए भने कतिले संविधान बनेपछि व्यापार विविधिकरण गर्ने सोचे। कतिले विदेश पढ्न पठाएका छोराछोरी संविधान बनेपछि नेपाल बोलाउँछु भनेर संकल्प गरे भने कतिले संविधानपछि बाटो बन्ने आशामा बाटोले नछोएको बारीको पाटोमै ज्यान गुमाए। संक्रणकालको निहुँमा नेपाललाई अन्य देशको तुलनामा चौथाइ शताब्दी पछाडि धकेल्ने काम भयो। मैले अहिलेसम्म बु‰न नसकेको कुरा र कसैले मलाई बुझाउन पनि नसकेको कुरा के हो भने, देशमा ठूलो विद्युत् आयोजना ल्याउन होस् वा पहाडी लोकमार्गको काम सम्पन्न गर्न, नेपालको अन्तरिम संविधानले कहाँ र कसरी रोकेको थियो? सरकारले हरेक वर्ष विनियोजन गरेको विकास बजेट खर्च गर्न कुन नियम–कानुनले रोकेको थियो? काम हुन नसक्नुको समग्र दोष थोपरियो संविधानमाथि! जेहोस् अब नेपालले बीचमा कुनै अचम्मको घटना नभएमा केही दिन वा नभए केही सातामा सीमांकनसहितको संघीय संविधान पाउने निश्चित छ।
संविधान आएपछि सरकार फेरिएला, विभिन्न पदमा नियुक्ति होलान्, स्थानीय निकायको निर्वाचन होला, प्रादेशिक सरकारहरू बन्लान् तर आर्थिक, सामाजिक र प्रशासनिकरूपमा साँच्चिकै अबचाहिँ संक्रमणकाल सुरु हुन्छ। कुन निकायको काम, कर्तव्य र अधिकार के हो? कसको स्वामित्व कस्तो हो? भन्ने अवधारणाले केही समय ठूलो संकट ल्याउने सम्भावना देखिन्छ। एकातिर देशमा विद्यमान नियमकानुनको संरचनामा आमूल परिवर्तन हुनु आवश्यक छ भने अर्कोतिर ती परिवर्तित परिस्थितिलाई अँगाल्ने शक्ति र इच्छा हामीमा जगाउनु सिंगो राष्ट्र र प्रदेशको लागि ठूलो चुनौतिको रूपमा रहनेछ।
मुलुक संघीयतामा गएपछि बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन कसरी हुन्छ र नियमनकारी निकायले तिनको नियमन कुन ढंगमा गर्छ भन्ने प्रश्न यतिखेर सर्वत्र उठिरहेको छ। संसारका विभिन्न संघीय मुलुकमा बैंक तथा वित्ती संस्था सञ्चालन र नियमनका विभिन्न तरिका अपनाइएको पाइन्छ। हाम्रा लागि यही तरिका नै ठीक हुन्छ भनेर भन्न सकिन्न। तसर्थ, हामीले आफ्नै मौलिक तरिका अपनाउनुपर्छ। यसका लागि पहिला नेपालको आजको आर्थिक स्थिति र बैंक तथा वित्तीय संस्थाका शाखा तथा कामको प्रकृति हेर्नुपर्ने हुन्छ।
हाल नेपालभरि कार्य गर्न पाउने क वर्गका ३० वाणिज्य बैंक र ७९ वटा ख वर्गका विकास बैंक छन्। तीमध्धे आधाजति कि त सीमित जिल्लामा कारोबार गर्न पाउने कि त काठमाडौँबाहिर केन्द्रीय कार्यालय रहेका छन्। ५० वटा वित्त कम्पनी नेपाल राष्ट्र बैंकको पुँजी बढाउने पछिल्लो निर्देशनपछि लोपोन्मुख अवस्थामा पुगेका छन्। तीमध्धे १६ वटा संकटग्रस्त छन् भने करिब १० वटा अहिले नै मर्जको प्रक्रियामा छन्। वित्त कम्पनीहरू भने अधिकांश काठमाडौँ उपत्यका केन्द्रित छन्। करिब ४० को संख्यामा रहेका घ वर्गका लघुवित्त संस्थाको केन्द्रीय कार्यालय जहाँ भए पनि काम भने गाउँ केन्द्रित छ। यसबाहेक करिब ३५ को संख्यामा रहेका सीमित बैंकिङ कारोबारको इजाजत पाएका गैरसरकारी संस्था पनि छन्, जसलाई राष्ट्र बैंकले घ वर्गको लघुवित्तमा परिवर्तन गर्न समयसीमा तोकिदिइसकेको छ।
सीमित बैंकिङ कारोबार गर्न केन्द्रीय बैंकबाट स्वीकृति पाएका १६ वटा सहकारीसहित करिब ३१ हजारको संख्यामा सहकारी संस्था क्रियाशील छन्। देशको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ४ प्रतिशत योगदान दिने, कुल बैंकिङ कारोबारको १५ प्रतिशत हिस्सा ओगटेको यो क्षेत्र करिब ५ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिन र ४५ लाख जनालाई सहकारी सदस्यका रूपमा एउटै छातामुनि ल्याउन सफल छ। यसका कथा, व्यथा, गुनासा, समस्या, दादागिरि, घमण्ड, चरम राजनीतिक हस्तक्षेप र पीडा आफ्नै छन्। बेलैमा सरोकारवालाले यो क्षेत्रलाई व्यवस्थित गर्न नसके आर्थिक क्षेत्रमा यसले कुनै पनि दिन ल्याउने नकारात्मक प्रभाव हाम्रोजस्तो सानो अर्थतन्त्रले धान्नै सक्दैन।
यसरी विभिन्नरूपमा छरिएर रहेका र अलगअलग प्रकृतिका वित्तीय संस्थालाई अबको संघीय संरचनामा नियमन गर्न, कार्यविधि तोक्न र प्रदेशका बीचमा अधिकार तोक्न कठिन छ। तर पनि अब हामीले संघीय संरचनामा बैंक तथा वित्तीय संस्थाको कार्यविधिबारे चर्चा नगरी सुख छैन। संघीयतासहितको संविधान बनिसकेपछि अहिले भएका सबै क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई केन्द्रको अधिकारभित्र समाहित गर्नुपर्छ। राष्ट्र बैंकले केन्द्रीयस्तरबाट नियमन र नियन्त्रण प्रणालीलाई अहिले जसरी नै जारी राख्नुपर्छ। देशमा कति बैंक चाहिने? कसरी चलाउन दिने? त्यसको एकरूपताका लागि पनि बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय संरचनामा राख्नुपर्छ। साथै, केन्द्रीय सरकार र राष्ट्र बैंकले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग बैंक तथा वित्तीय संस्थाका कामकारबाहीलाई प्रत्यक्ष असर गर्ने सम्झौता पनि गरेको हुन सक्छ। त्यसलाई लागु गर्न र अनुगमनका लागि पनि बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र दिने र अनुगमन गर्ने अधिकार प्रदेशलाई दिनु हुँदैन।
प्रस्तावित प्रदेशको आर्थिक स्थिति, व्यवसायको सम्भाव्यता र सुरक्षा स्थिति हेर्दा बैंक तथा वित्तीय संस्थाका शाखा एक वा दुई प्रदेशभित्र थुप्रिन जाने र कुनै प्रदेशमा अत्यन्त कममात्र उपस्थिति हुने अवस्था आउन सक्छ। यसको समाधानका लागि हाल एक जिल्ले वा १० जिल्लेसम्मका विकास बैंक तथा वित्त कम्पनीहरूलाई एक प्रदेश कार्यक्षेत्र तोक्दै पुँजी पनि सोहीअनुरूप तोकिनुपर्छ। राष्ट्र बैंकले हरेक प्रदेशमा भएका आर्थिक कारोबारको स्थिति र जनसंख्यालाई हेरेर आवश्यक मात्रामा बैंकका शाखा ती क्षेत्रमा पुर्या उने बाध्यात्मक व्यवस्था गर्नुपर्छ।
बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धिसम्बन्धी राष्ट्र बैंकले हालै नयाँ व्यवस्था लागु गरेको स्थितिमा संघीयताको ढाँचाले केन्द्रीय बैंक तथा निजी बैंक/वित्तीय संस्था दुवैलाई समस्या समाधानको दिशामा जान सरल पार्न सक्छ। हरेक प्रदेशले कुनै न कुनैरूपमा आफ्नै क्षेत्रमा केन्द्रीय कार्यालय भएको र सोही प्रदेशभित्र कार्यसञ्चालन गर्ने बैंकको स्थापना गर्न चाहनु स्वाभाविक हो। यहाँनेर राष्ट्र बैंकले अहिले भएका कुनै वाणिज्य बैंकहरू कुनै एक प्रदेशमा मात्र कार्य गर्न चाहन्छन् भने त्यसको लागि बाटो सजिलो गरिदिनुपर्छ। हालको प्रस्तावित व्यवस्थाअनुसार प्रदेश नं. ३ बाहेक अन्य प्रदेशमा एक क्षेत्रभित्र कारोबार गर्न चाहनेले राष्ट्रियस्तरका वाणिज्य बैंकको आधामात्र पुँजी राखे हुने व्यवस्था हुनु जरुरी छ। यसो गर्दा यदि त्यस्तो वाणिज्य बैंकको अहिले नै अरु प्रदेशमा शाखा छन् भने ती शाखा अन्य वाणिज्य बैंकमा सार्ने सुविधा दिनुपर्छ। यस्ता वाणिज्य बैंकले अबको १० वर्षसम्म पुँजीवृद्धि गरे पनि अर्को प्रदेशमा शाखा खोल्न भने नपाउने व्यवस्था हुनुपर्छ। साथै, कारोबार पनि सोही प्रदेशका ग्राहकसँग सीमित हुनुपर्छ। तर, यी बैंकले केन्द्रीयस्तरका बैंक वा वित्तीय संस्थासँग साझेदारीमा आफ्नो प्रदेशमा सहवित्तीयकरणमा कर्जा उपलब्ध गराउन र अन्य कुनै पनि प्रदेशका बैंक वा वित्तीय संस्थासँग अन्तरबैंक कारोबार भने गर्न पाउनुपर्छ । यस्तो कार्यलाई प्रोत्साहित गर्न सरकारले आगामी ५ वर्षका लागि ती बैंकको कर्पोरेट करमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ। अहिलेको राष्ट्रियस्तरका विकास बैैंक तथा वित्त कम्पनीमा पनि यही व्यवस्था लागु गराउन सकिन्छ। सबैलाई एक क्षेत्रभित्र काम गर्न र ५ वर्षसम्म कर छुटको फाइदा लिन राष्ट्रियस्तरको सोही समूहको संस्थाको आधा पुँजी हुने व्यवस्था गर्न सकिन्छ।
यहाँनेर के ध्यान दिनु आवश्यक छ भने, कुनै पनि हालतमा सरकारी पुँजीमा कुनै पनि प्रदेशमा कुनै पनि प्रकारको बैंक वा वित्तीय संस्था खोल्ने स्वीकृति दिइनु हुन्न। चाहे त्यो केन्द्रीय सरकारको होस् वा प्रदेश सरकारको। स्वीकृति दिँदा आर्थिक संक्रमणकालको फाइदा उठाउँदै त्यो बैंक चरम राजनीतिक दबाबको सिकार बन्न जान्छ। साथै, एउटै समूहको आर्थिक क्रियाकलापमाथिको नियन्त्रण कम गर्न केन्द्रीयस्तरका बैंक तथा वित्तीय संस्थाको 'सब्सिडरी कम्पनी'को रूपमा पनि अर्को प्रदेशमा बैंक वा वित्तीय संस्था खोल्ने स्वीकृति दिइनु हुँदैन।
पुँजीवृद्धिका कारणले समस्यामा परेका र गुनासा गर्दै रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाले औपचारिक र अनौपचारिकरूपमा तह घटुवा हुन पाउँ भनी केन्द्रीय बैंकमा भनिरहेको हालको स्थितिमा समस्या समाधानका लागि यो एउटा गतिलो औजार हुनसक्छ। यी सबै समस्यालाई समाधान गर्न हालैको पुँजीवृद्धिको योजनामा दृढ रही राष्ट्र बैंकले संघीयतामा बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्न तुरुन्तै देखिनेगरी नेतृत्व लिनु जरुरी छ।
अब बाँकी रह्यो घ वर्गका लघुवित्त कम्पनीहरू र करिब सरकारी नियन्त्रण र नियमनभन्दा बाहिर रहेका सहकारी क्षेत्रको संघीय संरचनामा व्यवस्थापनको काम। लघुवित्तको अहिलेसम्मको काम अत्यन्त सफल, उच्च पारदर्शी, गाउँगाउँमा रहेर कार्य गरेको, केन्द्रीय बैंकको उचित नियन्त्रण र अनुगमनमा रहेकाले तिनलाई प्रदेशमा क्रियाशील हुन दिनुपर्छ र उनीहरूको नियमनका लागि प्रदेशस्तरमै नियमनकारी निकायको गठन गरिनुपर्छ। सहकारीलाई कता राख्ने भन्ने विषयमा कुनै चिन्ता लिनु पर्दैन। यसलाई केन्द्रीयस्तरमा राख्नै सकिन्न। तर, यही मौकामा सहकारीलाई आवश्यक नियमन गर्ने निकायको गठन र कार्यविधि तोक्दै यसलाई अहिलेको चरम राजनीतिक हस्तक्षेपको अवस्थाबाट मुक्त गराउनुपर्छ।
संघीयतासहितको संविधान जारी हुन थोरै समय बाँकी हुँदा बैंक तथा वित्तीय संस्थाबारे केन्द्रीय बैंकभित्र र सम्बद्ध सरकारी निकायमा चर्चा सुरु गर्न ढिला भइसक्यो। यी विषयमा अध्ययन र छलफलका लागि सरकारले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका ठूला लगानीकर्ता र विशेषज्ञ सम्मिलित टोली गठन गरेर काम सुरु गर्नुपर्छ।