संघीयताको सीमाङ्कनको राप अझै सेलाएको छैन। भूगोलको व्यवस्थापन र विभाजन प्राविधिक विषय हो। पत्रिक सम्पत्ति भागबन्डा गर्दासमेत अमिन, जानकारका रूपमा पुराना आफन्त खोजिन्छ र त्यसपछि नापी, मालपोतलगायतका कार्यालयमा पुगेर त्यसलाई अन्तिमरूप दिइन्छ। त्यति गर्दा पनि अंशियारको जमिनको स्वामित्वसम्बन्धी गुनासो सकिँदैन। वषर्ौंसम्म अदालतमा मुद्दामामिला भइरहने गर्छन्।जीवनसँग जोडिएको जमिनको बाँडफाँटको विषय चानचुने होइन। यसलाई सजिलै विभाजन गर्न सकिन्छ भन्ने ठान्नु गलत हो। सायद यही बुझेर होला संविधान सभाका प्रमुख चार दलले संघीयताको सीमाङ्कन विज्ञको आयोगलाई जिम्मा लगाएर संविधानका अन्य अन्तरवस्तुमा १६ बुँदे सहमति गरी संविधान निर्माणको बाटोलाई सुनिश्चित गरेको। तर, यसो गर्दा संघीयता नै धरापमा पर्छ भन्ने प्रतिक्रियाका साथ तराई केन्द्रित केही दल प्रक्रियामै सहभागी नहुने भनेर आन्दोलन गए। यस आन्दोलनले फेरि कुनै अनीष्ट निम्त्याउला भन्ने डरले पनि जनताले सीमाङ्कनसहितको संविधानका पक्षमा सुझाव दिए।
जनताको सुझावलाई सम्बोधन गर्ने क्रममा दलहरूले सीमाङ्कन गर्ने 'रहर' देखाए। यो जटिल विषय निराकारण गर्ने तिनको कोठे प्रयत्न सोचे जति वैज्ञानिक नहुनु स्वाभाविकै थियो। कुनै बेला आर्फँले तय गरेको संघीयताका लागि पहिचान र सामर्थ्यका आधारलाई पूर्ण वेवास्ता गर्दै तिनले आफ्नो र आफ्नाको राजनीतिक भविष्य हेरेर प्रदेशको सीमा छुट्याए। यति हुँदाहँुदै पनि अब सीमांकनका विरोध गरिरहँदा समस्या झनै जटिल हुन्छ। राजनीतिक नेतृत्वले विवेकले भ्याएसम्म गरिसकेको छ। एउटा प्रदेशको सीमाङ्कन हेरफेर गर्दा पूरै देशभर परिवर्तन गर्नुपर्ने हुन्छ। त्यतिमात्र हैन, प्रदेशहरूको संख्यासमेत थपघट हुनसक्छ। त्यसकारण दलका नेताले अब सीमाङ्कनमा हेरफेर गरी थप जटिलता ल्याउने दुस्साहस गर्नहुने अवस्था छैन। अब तिनले विज्ञहरूको समिति बनाएर सामान्य हेरफेर गराउने र आफूहरूले गरेको सीमाङ्कनको औचित्य पुष्टि गर्नेबाहेक अरू केही गर्नसक्ने देखिँदैन। राजनीतिक नेतृत्वबाट बढी अपेक्षा गर्नु अर्थहीन हुन्छ। मानवीय र भौतिक क्षति निम्त्याउने गरी गरिएका आन्दोलनलाई सम्बोधन गर्नसक्ने विवेक र साहस अहिलेको राजनीतिक नेतृत्वसँग नरहेको जान्दाजान्दै आन्दोलनका नाममा थप क्षति निम्त्याउनु बुद्धिमानी हुँदैन। एकथरी संविधान बनेमा त्यसलाई च्यातेर आफ्नो अस्तित्व देखाउने लालसा बोकेर बसेका देखिन्छन्। अघिल्लो र यो संविधान सभामा पनि फरकफरक संख्या र आकारमा आधा दर्जनभन्दा बढी संघीयताका खाका प्रस्तुत भएका छन्। तीमध्ये कुनै पनि ठीक छैन भनेरमात्र प्रस्तुत हुने मानसिकतालाई पनि राम्रोसँग बुझ्नु आवश्यक छ।
अहिले सीमाङ्कनको विरोध हेर्दा संविधान निर्माणलाई अझै जटिल बनाउँदै संक्रमणकालमा मुलुकलाई राखी नेतृत्वलाई अझ थकाई आफ्नो स्वार्थ सिद्ध गर्न चाहने तŒव प्रभावशाली नै छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ। सीमाङ्कन पछि गर्नेगरी आएको मस्यौदामा असन्तुष्टि जाहेर गरेर सीमाङ्कनको माग गर्ने समूहले नै अहिले संघीयताकै औचित्यमा प्रश्न उठाएर संघीयताको यो स्वरूपलाई अस्वीकार गर्ने अभिव्यक्ति दिन थालेको छ। एउटा कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भनेका थिए कि, 'तराई केन्द्री दलका केही साथीले भनेका छन् – संविधान बनाउने कुरामा हाम्रो आपत्ति हुँदैन, संघीयता बनाउने कुरामा पनि आपत्ति हुँदैन तर जस्तो संविधान बनाए पनि र जस्तो संघीयता बनाए पनि हामी विरोध गर्नेछौँ।' पौडेलको भनाइलाई सत्य मान्ने हो भने देशलाई समस्यामा राखिरहन चाहनेहरूकै कारण मुलुक संक्रमणमा रहिरहने स्पष्ट छ।
अब विवाद र आलोचनामै अडिएर अराजकता भिœयाउने कि परिस्थितिलाई सकारात्मक मोड दिने? पहिचान र सामर्थ्यका आधारभन्दा नेताहरूको राजनीतिक स्वार्थ हेरेर सीमाङ्कन गरिएका कारण समस्या उत्पन्न भएको हो भन्ने स्वीकारी ६ प्रदेश कायम राख्नेगरी विज्ञहरूको समिति बनाएर सबै जिम्मा दिनु श्रेयश्कर हुन्छ। यसलाई बेवास्ता गर्दै नेताहरूले आफँै सच्याउने आश्वासन दिँदै हिँड्ने हो भने चारैतिर भ्वाङ पर्ने अवस्था आउनेछ र त्यसले दुर्घटना निम्त्याउन सक्छ। तसर्थ तत्काल यस सीमाङ्कनलाई प्रारम्भिक गृहकार्यका रूपमा व्याख्या गरेर त्यसलाई अब विज्ञहरूको समितिले अन्तिमरूप दिनु उचित हुनेछ। उदाहरणका लागि कुनै पनि वैज्ञानिक आधार, तर्कसंगत कुरा, पहिचान र सामर्थ्यका ९ वटा आधारको चस्माबाट हेर्दा सल्यान र आधा रुकुमलाई प्रदेश नं.६ मा हाल्नु उचित मान्न सकिँदैन। यस्ता अस्वाभाविक लाग्ने र नेताहरूको स्वार्थका आधारमा सीमाङ्कन गरिएको भन्ने खुलारूपमा पुष्टि हुने उदाहरण पूर्वपश्चिम सबैतिर पाइन्छ। अब नेतालाई अझै यस विषयमा चलखेल गर्न दिने हो भने समस्या थपिनेमात्र हो।
यस्ता कुराको वैज्ञानिक पुष्टि गरे पनि अथवा संशोधन गरे पनि त्यो जिम्मा विज्ञकै समितिले पाउनुपर्छ। त्यसैगरी सीमाङ्कनपछिको प्रतिक्रियाले देखाएको अर्को शिक्षा के हो भने प्रादेशिक राजधानी निर्माणको जिम्मा पनि कोठे बैठकबाट निर्णय गर्न बानी परेका नेतालाई दिने हो भने त्यसले थप समस्या निम्त्याउने निश्चित छ। त्यसकारण यस विषयमा पनि नेताहरूले अब हात हाल्नु हुँदैन। तिनले इमानदारीपूर्वक प्रादेशिक राजधानीका केही विशिष्ट आधार तय गरिदिएर पन्छिनुपर्छ। कुन भूगोललाई राजधानी बनाउने भन्ने विषयमा नेताहरू प्रबेश गर्न थाले फेरि आगो बल्ने र मानवीय एवं भौतिक क्षति बढाउने काममात्र हुनेछ।
दुईवटा विकल्पका आधारमा राजधानीको निर्णय टुङ्याउनुपर्छ। एउटा राजधानी हुन आधार के के हुनसक्छन् भन्ने अन्तर्राष्टिय स्तरको अभ्यासको समेत अध्ययन गरी आधार तयार गरेर विज्ञहरूको समितिलाई जिम्मा दिने हो। यसो गर्दा नेताले आफ्नो अनुकूलको भूगोललाई राजधानी बनाउने मोह त्याग्नु जरुरी हुन्छ। यही मोहका आधारमा विज्ञको काममा हस्तक्षेप गरियो भने त्यसबाट ठूलो क्षति हुने निश्चित छ।
अर्को विकल्प भनेको प्रादेशिक सभामा चुनिएर आएकाले बहुमतबाट राजधानीको निधो गर्ने हो। तर, यसो गर्दा पनि विज्ञहरूको सुझाव भने ग्रहण गर्नुपर्ने हुन्छ। प्रदेशको सीमाङ्कन सकेपछि निर्वाचन गराउने र निर्वाचित प्रतिनिधिको पहिलो बैठक काठमाडौंमा बसेर त्यही बैठकले प्रदेशको राजधानी किटान गर्ने उपाय पनि अवलम्बन गर्न सकिन्छ। यसरी निर्णय गर्दा जनचाहनाअनुसार प्रादेशिक राजधानी निर्माण भएको मान्न सकिन्छ।
अब राजनीतिक नेतृत्व एकपटक स्वार्थ र दलीय घेराभन्दा माथि उठेर संघीयताको नामांकन र सीमाङ्कन टुङ्ग्याउन इमानदार हुनु जरुरी छ। नेताहरूको अदूरदर्शी र अविवेकी निर्णयका कारण देशले आन्दोलनका नाममा मानवीय र भौतिक क्षति बेहोर्ने अवस्था आइरहने शृङ्खलाको अन्त्य गर्नु आवश्यक छ। त्यसका लागि दलका नेताहरूले आफूलाई गंभीरतापूर्वक प्रस्तुत गर्न जरुरी छ। सीमाङ्कनका क्रममा दलका नेताले कोठे बैठकमार्फत् देखाएको 'रहर'ले दिएको शिक्षा यही नै हो। राजाले पनि विकास क्षेत्र बनाउँदा विज्ञको सुझावमात्रै हैन प्रस्तावै मागेका थिए। दलका नेताले भने विज्ञहरूसँग परामर्श गर्नसमेत आवश्यक ठानेनन्। अब नेताहरूले आफैँलाई सर्वज्ञ ठान्ने मानसिकता त्यागेर अगाडि बढ्नु आवश्यक छ।