चुरे संरक्षणका चुनौती
१३ पौष २०६६
•
८ मिनेट पाठ
चुरे संरक्षणका चुनौती
नेपालबाट भारततर्फ ठूलो मात्रामा बालुवा, गिटी, ढुंगा निकासी भइरहेकोमा चिन्ता व्यक्त गरिएका समाचार केही दिन यता संचार माध्यममा आइरहेका छन्। नेपाल-भारतबीचका व्यापारिक नाकाबाट अहोरात्र हजारौं ट्रकले अभियान नै चलाएको जस्तो गरेर यी प्राकृतिक सम्पदा ओसार्ने काम भइरहेको छ।
त्यस्तो देख्दा नेपाललाई माया गर्ने सबै मर्माहत हुन्छन्। नेकपा (एमाले) को आठौं महाधिवेशनमा भाग लिन गत फागुनमा बुटवल जाँदा मैले पनि त्यो क्रम देखेको थिएँ। गिट्टी, ढुंगा ओसार्न बेलुका राजमार्गमा केही होलो भएपछि सुरु हुँदोरहेछ। बेलुका ८ -९ बजेदेखि बालुवा, ढु'गा, गिटी बोकेका ट्रक दगुर्न थालेपछि अरू ट्रक र बसले बाटै नपाउँदा रहेछन्। बुटवलमा ८-९ दिन बस्दा नेपालबाट बालुवा, ढुंगा, गिटी ओसारेको देखेपछि म यो काम तत्काल रोकिनुपर्छ भन्ने निष्कर्षमा पुगेको थिएँ।




काठमाडौं फर्केपछि यस विषयलाई अगाडि बढाउन खोज्दा मैले उपयुक्त बाटो पाउन सकेको थिइन। तर जब २०६६ साल जेठमा सरकार परिवर्तन भई अर्थ मंन्त्रालय नेकपा (एमाले) को जिम्मामा आयो र म आर्थिक वर्ष २०६६/६७ को बजेट निर्माणको निमित्त गठित विज्ञ समूहमा छानिएँ। यसलाई कार्यान्वयन गर्ने उपयुक्त अवसर आएजस्तो लाग्यो। उपयुक्त समयमा आधिकारिक ठाउँमा उठाउँदा यसमा सबैबाट सहजै स्वीकृति पनि पाइयो। तर निकासीमा पूर्ण प्रतिबन्ध लगाउँदा त्यस्को गलत सन्देश जाने ख्याल गरी निकासी शुल्कको माध्यमबाट नियन्त्रण गर्ने सहमती भयो। त्यहीबमोजिम चालू आर्थिक वर्षको बजेट वक्तव्य र आर्थिक विधेयकमा ती तीन वस्तुमा लाग्ने निकासी शुल्क दोब्बर बढाउने प्रस्ताव गरियो। यसबाट एकातिर नेपालको प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन नियन्त्रण हुन पुग्थ्यो भने अर्कोतिर सरकारलाई पनि थप राजस्व आउँथ्यो। राष्ट्रको निमित्त यो एउटा राम्रो काम गरियो भन्ने सन्तोष लागेको थियो।

बजेट प्रस्तुत भएपछि विज्ञ समूहले मंन्त्रालयबाट सधन्यवाद बिदा पायो। केही दिनपछि बजेट र त्यससम्बन्धी कागजात लिन मन्त्रालय जाँदा अर्थमन्त्री लगायत मन्त्रालयका सबै उच्च अधिकारी बैठक कक्षमा भएकाले म पनि त्यही गएँ। बैठक कक्ष खचाखच थियो। त्यहाँ बालुवा, गिटी, ढुंगाको निकासी शुल्क बढाइएको विरोध भइरहेको थियो।
नेपालबाट भारततर्फ बालुवा, गिटी, ढुंगा निकासी गर्ने ठेकेदार र यातायात व्यवसायीले मधेशवादी दलका (विशेषगरी तमलोपा) नेताहरूलाई अघि लगाएर बढाइएको निकासी महसुल पहिलेकै स्तरमा फर्काउनुपर्ने माग लिएर आएको प्रतिनिधिमण्डल रहेछ त्यो। ती नेताले अर्थमन्त्री र मन्त्रालयका पदाधिकारीलाई औला ठड्याएर चर्को स्वरमा धम्की दिएका थिए। उनीहरूको तर्क थियो - बालुवा, गिटी र ढुंगा निकासी नियन्त्रण गर्दा राष्ट्रलाई दुईवटा गम्भीर नोक्सानी हुन्छः पहिलो, बालुवा, गिटी, ढुंगा निकासी रोकिँदा जिल्ला विकास समितिको आम्दानी घट्छ, सयौं व्यवसायीको व्यवसाय बन्द हुन्छ र हजारौँ मजदुरको रोजगारी खोसिन्छ। दोश्रो, नदीमा माथिबाट बगाएर ल्याएको बालुवा, गिटी, ढुंगा हिउँदमा नझिके नदीहरू पुरिएर पुल माथिबाट पानी बग्ने र खेत, बस्तीतिर नदी पस्ने डर हुन्छ। वर्षामा बगाएर ल्याएको बालुवा, गिटी, ढुंगा हिउँदमा झिक्ने गरेकाले नै पुलहरू सुरक्षित रहेका छन्, खेती र बस्ती जोगिएका हुन्। त्यसैले बढाएको निकासी शुल्कलाई पहिलेकै स्तरमा फर्काउनु पर्छ। यस्ता तर्क र मधेशवादी दलका नेता तथा ठेकेदार र व्यवसायीको धम्कीयुक्त दबाब आइरहेको थियो। सरकार २२ दलको गठबन्धनको र त्यस्मा मधेशवादी दलको महत्वपूर्ण स्थान र भूमिका छ। बजेट व्यवस्थापिका संसद्मा भर्खर पेस भएको थियो। त्यसलाई त्यहाँबाट पारित गराउनु थियो। यस पृष्टभूमिमा बालुवा, गिटी, ढुंगा निकासी नियन्त्रण गर्ने उदेश्यले बढाइएको शुल्क घटाइयो होला। कति घटाइयो भनेर मलाई थाहा पाउन पनि मन लागेन।

बालुवा, गिटी, ढुंगाको भारततर्फ निकासी नियन्त्रण गर्ने विषय अहिलेमात्र उठेको छैन। नेपालका यी प्राकृतिक सम्पदाको निकासी अभियानकै रूपमा भएको देख्ने जो सुकैले पनि त्यसलाई तत्काल नियन्त्रण गरी हाल्नुपर्छ भन्छ। तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दा सामना गर्न पर्ने समस्याको छुट्टै पक्ष छ। त्यसलाई चिरेर अगाडि बढ्न त्यति सजिलो छैन। त्यो बालुवा, गिटी, ढुंगा मातृभूमिको रगत, मासुजस्तै हो। तर त्यसैको व्यापारमा कति नेपाली रमाएका रहेछन्! त्यसैको ब्यापारबाट कतिले महल ठड्याएका होलान् र कति नेताको राजनीति फलेफुलेको होला। त्यस दिनको छलफलबाट मैले यही बुझेको थिएँ।

भारतमा विगत एक डेढ दशकदेखि विकास निर्माण कार्य तीबरूपमा संचालन भइरहेका छन्। नेपालबाट सजिलै र सस्तोमा यति महत्वपूर्ण निर्माण सामग्री पाउँदा भारतको विकासमा ठुलो सघाउ पुगेको छ। उनीहरूले त्यसरी बालुवा, गिटी, ढुंगा लगेर पछिका लागिसमेत संचय गरेर राखी रहेका छन्। त्यसरी प्राकृतिक सम्पदा अनियन्त्रितरूपमा ओसार्दा नेपालमा कुनै पनि बेला प्राकृतिक विपत्ति आइपर्न सक्छ। अर्कातिर नेपालमै विकास निर्माण अभियान तीब्ररूपमा अगाडि बढ्ने बेलामा हाम्रा लागि यिनै वस्तु दुर्लभ हुने चिन्ता छ। त्यसैले यस विषयलाई राज्यको उच्चस्तरबाट प्राथमिकतामा राखेर गम्भीरतापूर्वक हेरिनु जरुरी छ।
अर्को समाचार
चुरे संरक्षणका चुनौती
०७ भदौ २०७१
•
१७ मिनेट पाठ
चुरे संरक्षणका चुनौती
चुरे पर्वत शृंखलाको वन विनाश र भू–क्षयीकरण मूलतः स्थानीय जनसमुदायको गार्हस्थ्य उपयोगका लागि चाहिनेभन्दा अत्याघिक दोहनको परिणाम हो।आधा शताब्दीअघि देखि विकासको तीव्र चाहना पूरा गर्नका लागि साधन स्रोत आपूर्ति गर्न चुरे आकर्षक केन्द्र भएको छ। अतिसंवेदनशील यो भूभाग अपेक्षाकृत यातायातको सुविधा र भारतसँगको सामिप्यले प्राकृतिक दबाबमा पर्न गएको हो। विकासका लागि आवश्यक मूलतः निर्माण सामग्री आपूर्तिका लागि सीमित स्रोत भएको चुरेमा वन विनाश, चोरी निकासी एवं मानवीय दोहन बढी नै भएको छ। फलस्वरुप, सबभन्दा कान्छो पहाडी शृंखलाको अझै स्थिर भइनसकेको खुकुलो माटामा यो दोहन धान्न सक्ने क्षमता रहेको छैन। अपरिपक्व र संवेदनशील भू संरचना भएकाले हावा या वर्षाले पनि माटोलाई खुकुलो बनाई भूक्षय, खहरेको उत्पत्तिजस्ता प्राकृतिक विषमतालाई साधारण नियति बन्न पुगेको छ। अझ, यस क्षेत्रमा पाइने प्राकृतिक बुट्यान, त्यहाँ अवस्थित जडीबुटी र पातपतिंगर, गिट्टी आदिको जथाभावी प्रयोगले ग्रामीण चरिचरण क्षेत्रको अभाव, तीव्र वन विनाश, आवश्यक जैविक विविधताको अभावजस्ता प्रतिकूल वातावरणीय असर देखापरेको छ। यसले गर्दा भू स्खलन र सतहको माटोको ऊर्बरता कम आएको छ। साथसाथै, बोटबिरुवाका अभावले यस क्षेत्रलाई कमजोर बनाई भूक्षययुक्त इलाका बनाएको छ। यस किसिमको परिवर्तित प्राकृतिक संरचनाका कारण वन क्षेत्रको प्राकृतिक वनस्पति तथा जीवजन्तु लोप तथा पलायन भएका छन्। यसको असर माटो, रुख तथा जरा वरपरकोे सूक्ष्मजैविक विविधतामा पनि कमी आएको छ। सूक्ष्मजैविक विविधताको अभावमा माटोको पानी सोस्न सक्ने क्षमतामा ह्रास र वर्षाको पानी पर्दा माटोले धान्न सक्ने क्षमता कमी भएर त्यहाँको माटो अझ खुकुलो हुँदैगएको छ। साथसाथै, जैविक विविधताको कमीले त्यस स्थानमा संक्रमण फैल्याउन सक्ने सूक्ष्म जीव, कीरा फट्यांग्य्राको संख्या बढेर रोगको मुहानमा परिणत भएको छ। त्यहाँबाट सजिलै कृषी क्षेत्रमा संक्रमण फैलन सक्छ। त्यसलाई रोक्न पनि, वन क्षेत्रको संरक्षण र नयाँ वन क्षेत्रको विस्तार अतिआवश्यक भैसकेको छ। 
तर, यस क्षेत्रमा भएको उत्पादकत्व ह्रासले विस्थापित वन क्षेत्रलाई पुनर्जीवन दिन प्राकृतिकरूपले नयाँ वन स्थापना गराउने संभावना न्यून छ। वातावरणीय दृष्टिकोणले यो भाग न्यून हरितवृद्धि इलाकाजस्तो देखिएको छ। यस्ता क्षेत्रमा प्राकृतिक बीज उम्रन मुस्किल हुने हँुदा वन जंगलको प्राकृतिक विस्तार कम हुन्छ। त्यसमा पनि अव्यवस्थित सहरीकरण, खनिज इन्धनको अत्याधिक प्रयोजनले ल्याएको विश्वव्यापी उष्णताले यी प्राकृतिक बीजको अंकुरणमा पनि असर पर्न गएको छ। यी कारणले आवश्यकताअनुसारको वन क्षेत्रको स्थापना तथा विस्तार हुनसकेको छैन। एकातिर वन क्षेत्रको ह्रास भएको छ भने, अर्कोतर्फ वन विनाशसँगै बढ्दो तापक्रमले कृषि उत्पादकत्वमा ह्रास, प्राकृतिक तवरले भूमिगत सिंचनमा कमी आएको छ। अझ, असामयिक वर्षा, अति वृष्टिले विभिन्न स्थानमा ल्याउने बाढी नदीका धार परिवर्तनजस्ता समस्याले खडेरी, डुबान क्षेत्रको वृद्धि, टापु निर्माण वा बगर बन्ने क्रम बनाएको छ। यी कुरालाई ध्यान दिँदा समष्टिगतरूपमा चुरे समस्याको समाधानको सुरु प्राथमिकरूपले जैविक विविधतालाई कायम राखी वनस्पति विविधता बढाएर अन्य समस्याको निराकरण एकीकृत दृष्टिकोणबाट गर्नुपर्ने देखिएको छ।
पृष्ठभूमिः 
इन्डियन टेक्टोनिक प्लेट उत्तरतर्फ बढ्ने क्रमसँगै युरेससयन प्लेटमा ठोक्किन पुग्दा समुद्री सतह (सी बेड) उठ्न गई कालान्तरमा हिमालय शृंखला निर्मित भएको हो। यसै शृंखलाको दक्षिणमा सोही समुद्री सतहको थुप्रोबाट बनेको सबैभन्दा कान्छो र अझै परिपक्व नभएको अतिसंवेदनशील भूभाग चुरे वा शिवालिक शृंखला हो। यो पामिर नटको दक्षिणपश्चिमदेखी ब्रह्मपुत्रको पूर्वी भागसम्म दसदेखि पन्ध्र किलोमीटर चौडा र समुन्द्र सतहबाट ५ सयदेखि १ हजार ५ सय मिटरसम्म फैलिएको छ। यो क्षेत्र खुकुलो माटो, गेगर र बालुवाले बनेको छ तर यी भू बनोटमा खनिज तथा युरियाजस्ता वनस्पतिलाई चाहिने पौष्टिक तत्व समाहित भएको पाइन्छ। कालान्तरमा यो तत्व बिरुवालाई उपलब्ध हुन्छ। यसले गर्दा यो क्षेत्र वातावरणीय दृष्टिकोणले अतिसंवेदनशील तर विविधता भएको र अझै विकास क्रममा रहेको मानिन्छ। 
चुरे क्षेत्रबाट केही हदसम्म उत्तर र धेरैजसो दक्षिणतर्फ बग्न गएको माटो, गेगर मिश्रित भावर क्षेत्र पर्छ। यो भूमिगत जलाधार सिंचनको मुख्य क्षेत्र हो। त्यस्तै, दक्षिणमा गंगा बेसिनको उत्तरी क्षेत्रको समथर खेती योग्य तराई भूभाग पर्छ। यस क्षेत्रबाट साना ठूला गरी धेरै नदी बग्छन्। यस क्षेत्र सूक्ष्मजैविक तथा वनस्पतीय विविधता भएको, विभिन्न जलाधारका स्रोत, ठूला साना नदीका बहाव क्षेत्र एवं भूमिगत जलको प्राथमिक स्रोत जस्ता प्राकृतिक विशिष्टताले धनी छ। यी प्राकृतिक धरोहरको स्थायित्वमा चुरे क्षेत्रको वातावरणको प्रत्यक्ष प्रभाव छ। तसर्थ, चुरे क्षेत्रको वातावरणले त्यहाँको मात्र नभई नेपालका धेरै भूभागको वातावारणमा असर पार्ने हुनाले यस क्षेत्रको वातावरणीय प्रभाव र यसको संरक्षण साझा चासोको विषय भएको हो। 
चुरे विनाशका संभावित कारण 
सन् १९६० को दशकअगाडि औलोको प्रकोप व्यापक भएकाले यस क्षेत्रमा खासै मानव बस्ती थिएन। भित्रीमधेस क्षेत्रमा वंशानुगतरूपले औलो प्रतिरोधक मानिएको थारु समुदायको बसोबास थियो। यस क्षेत्रको दक्षिणमा भने गंगा मैदानमा विकसित सभ्यताको बिस्तार भएर बाक्लो बसोवास थियो। यसरी भावर क्षेत्रले मानव सभ्यताबाट प्रकृतिमा पर्ने प्रतिकूल प्रभावको प्रतिरोधकका रूपमा काम गरेर प्रकृति संरक्षण गरेको थियो। तर, सन् १९६० को दशकमा भएको औलो उन्मूलन कार्यक्रम, पूर्व पश्चिम राजमार्गको सुरुवातले यस प्रतिरोध क्षेत्र तोडिनाले त्यहाँ बसोबास बढ्न गर्यो। यसपछि यो संवेदनशील वातावरणमा मानवीय असर सुरु भएको मान्न सकिन्छ। 
सन् १९७०–८० को दशकमा भएको राजनीतिक अस्थिरताले पहाडी क्षेत्रको वनमा ठूलै चाप परेको थियो। यस क्षेत्रमा राजनीतिक संरक्षणमा धमाधम वन विनाश भयो। पहाडी वन विनाशले जन्माएको प्राकृतिक प्रकोपआदिबाट निम्तिएको सुकुमवासी समस्या र यसको अस्थायी समाधानका रूपमा दीर्घकालीन राजनीतिक प्रभाव पार्ने गरी पहाडका वातावरणीय विस्थापितलाई चुरे भावर क्षेत्रमा बसाइनाले पनि यस क्षेत्रको वनमा प्रत्यक्ष असर पर्न गएको हो।
सन् १९८० को दशकमा भएको राजनीतिक अस्थिरताका बेला राजनीतिक रूपले सजग दक्षिणका बासिन्दाको राजनीतिक प्रभाव कम गर्न पूर्वपश्चिम राजमार्ग तथा चुरेकोे फेतिर वन जंगल फडानी गरी बस्ती बसाइएको मानिन्छ। तराईभन्दा भावर या चुरे क्षेत्र तुलनात्मकरूपमा केही चिसो हुने हुनाले पनि बसाइँ सर्ने पहाडी समुदायको प्राथमिकतामा यो क्षेत्र परेको देखिन्छ। यसरी भएको आप्रवासनले भावर क्षेत्रमा रहेका वनजंगलमा दबाब पर्न गयो। यहाँ बसोवास गर्ने र वा अन्यत्रबाट अउने जनसमुदायले प्रत्यक्षरूपमा वन विनाश गरी खेती गर्न कृषि भूमिको क्षेत्र विस्तार गरेकाले यस क्षेत्रको वातावरणमा चर्को प्रतिकूल प्रभाव पर्न थाल्यो। 
सन् १९९० को दशकपछि यस क्षेत्रको वन विनाश बढी भएको मानिन्छ। सन् १९९० को राजनीतिक परिवर्तनपछिको परिवर्तित राजनीतिक अवस्था र पहाडी वन क्षेत्रको विनाशले उत्पन्न अभावले वन पैदावारको अत्याधिक माग आदिले चुरे क्षेत्रमा रहेको वन पैदावारमा दबाब उत्पन्न गर्योप। साथसाथै, भारतीय सीमाक्षेत्रको विहार राज्यमा विकास निर्माणको गचि तीव्र भएकाले पनि निर्माण सामग्रीको विशेषगरी गिट्टी बालुवाको माग धेरै बढ्यो। चुरे प्राकृतिक रूपमै गिट्टी, बालुवाआदिको संचित भण्डार भएकोले सबैको आँखा त्यहाँ पर्नु स्वाभाविकै थियो। अर्थात्, भारतमा भएको मागले गर्दा पनि चुरे क्षेत्रका खोलानालाको अवैज्ञानिक दोहन भयो र त्यहँाको वातावरणलाई पूरै धराशायी बनायो। 
आन्तरिकरूपमा सन् '९० को दशकको उत्तरार्ध र सन् २००० को मध्यसम्म चर्केको माओवादी हिंसाले पनि चुरेको वन जंगलमा प्रत्यक्ष प्रतिकूल असर पार्योा। यी वातावरणीय अवस्थाको असर चुरेको वातावरणमा मात्र परेन यसले हरित ग्यास उत्सर्जन, तापक्रममा वृद्धि, वर्षाको चक्रमा अनियमितता, जलाधारको क्षय, भूमिगत जलाधारमा कमी भई चुरे बाहिरका खेती योग्य जमिनको उत्पादकत्वमा पनि ह्रास भयो र समग्र कृषिमा प्रतिकूल असर पारेको छ। 
चुरेमा देखिएका समस्या 
१. वन विनाशले जैविक विविधतामा असर पर्नुका साथै कार्बन विसर्जनमा कमी तथा मिथेन उत्सर्जनमा वृद्धि हुनाले हरित गृह असर पर्न गई सरदर तापक्रम बढ्नाले कृषि उत्पादकत्वमा असर गर्नु।
२. वन विनाश एवं भूक्षय आदिले सूक्ष्म जैविक विविधतामा आएको ह्रासले माटोको स्थिरतामा कमी आउनु। 
३. सूक्ष्म जैविक विविधतामा आएको ह्रासले माटोमा पौष्टिक तत्वको पुनः समाहीकरण घट्नु। पौष्टिकतत्वको अभावमा त्यहाँ रहेका वनस्पति, जडीबुटी आदिको विकास तथा विविधतामा कमी आउनु। 
४. जैविक विविधताको अभावले मुख्यरूपमा चुरेमा आश्रित या चुरेसँग प्रत्यक्ष एवं परोक्ष सरोकार भएका मानव बस्तीमा प्रतिकूल असर पर्नु। 
५. वन विनाशले भूमिगत जलाधार सिंचनमा असर पर्न गई यत्रतत्र खहरेको विकासले बाढी, भूक्षय र बगरीकरण हुँदा खेती योग्य जमिनको विनाश हुनु एवं सिंचाई एवं खानेपानीमा कमी आउनु।
६. अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्बरता, माटोको पानी थेग्न सक्ने क्षमतामा ह्रास आई वर्षाको पानी रोक्न नसक्नाले बाढी तथा सुख्खा समयमा खडेरीको असर पर्नु।
७. खोलानाला वा बगरबाट अनियन्त्रित गिट्टी बालुवाको दोहनले कुनै ठाउँमा गेगर थुप्रिनाले खोला नदीको सतह बढ्न गई बाढीको प्रकोप हुनु र कुनै ठाउँमा नदीको सतह घट्न गई सिंचाईलगायत अन्य कार्यमा कठिनाइ पर्नु।
८. चुरे भई बग्ने खोलानालाको मार्ग परिवर्तन भई खेती योग्य जमिनको विनाश एवं मानव बस्ती रहेको क्षेत्र बाढी प्रकोपमा पर्नु।
सारांशमा, परिपक्व भई नसकेको भू बनोट, गेगर, बालुवाको अति दोहनबाटे क्षतिग्रस्त भूभाग, वन विनाशआदिले चुरे क्षेत्रमा प्रतिकूल वातावरणीय अवस्था उत्पन्न भएको छ। यसले बृहत्तर रुपमा चुरेमात्र नभई भित्री मधेस, महाभारत क्षेत्र तथा तराईमा समेत प्रतिकूल असर गरी कृषीमै संकट आउने जोखिम बढाएको छ। 
कुनै पनि समस्याको समाधान हुन्छ। प्रारम्भिकरूपमा समस्याका कारण पत्ता लगाउन सकिएमा त्यसका समाधानका मार्ग पनि प्रशस्त गर्न सकिन्छ। यस अंकमा समस्याका कारण पहिल्याउने प्रयत्न गरिएको छ। समस्याका कारण थाहा भएमा यसका समाधान पनि निकाल्न सकिन्छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस