संघीयताको जिम्मा आयोगलाई
२७ साउन २०७२
•
१४ मिनेट पाठ
संघीयताको जिम्मा आयोगलाई
'हामीले चाहेको के हो भन्ने स्पष्ट नहुँदा आन्दोलन आन्दोलनमय हुनेमात्र नभई अराजक बन्ने खतरा बढेको छ'– गोविन्द कोइराला, कांग्रेस कोषाध्यक्ष, सुर्खेत। 'नेताको कुरा भन्दा पनि जनताको माग र चाहनाअनुसार प्रदेश निर्माण गर्नुपर्छ'– रामकुमार शर्मा, जनकपुर विकास समिति। २७ साउनको नागरिकमा प्रकाशित फरक–फरक समाचारमा व्यक्त फरक व्यक्तिका भनाइले संघीयताको मामलामा अन्योलग्रस्त मुलुकको ताजा तस्बिर दिन्छ। कोइराला, मध्यपश्चिम सुर्खेतको कांग्रेस राजनीतिसँग आबद्ध छन्। उता शर्मा मिथिलाबासी हुन्, उनी एमाओवादीसँग सम्बन्धित छन्।




काठमाडौंमा प्रमुख राजनीतिक दलका नेताले साउन २० मा संघीयताको खाका कोरेर मुलुकलाई ६ वटा प्रदेशमा विभाजन गरेपछि त्यसको विरोधमा उठेको अखण्ड आन्दोलनले आकार लिइरहेको छ। अखण्ड आन्दोलनकै क्रममा एक जनाको ज्यानसमेत गुमाएको सुर्खेत यी पंक्ति लेखुन्जेलसम्म पनि कर्फ्युको बन्देजमा छ। स्वायत्त कर्णाली माग्दै आन्दोलनमा होमिएको जुम्ला सहजै सेलाउने देखिँदैन। तराई–मधेसमा आन्दोलनका खाका बुनिँदैछ। पश्चिम तराईमा थरुहटवादी सडकमा उत्रिएका छन्। पूर्वी तराईमा मधेसी मोर्चा आन्दोलन कार्यक्रमको खाका कोरिरहेको छ। के देखिन्छ भने जिल्लामा फैलिएका आन्दोलनहरूको आडमा संविधान निर्माणको काम/कारबाहीमा गतिरोध आएको बहाना देखाउन नेताहरूलाई सहज भएको छ। संविधान जारी हुने साउन मसान्तको प्रचारित म्याद भदौ दोस्रो साता पुग्ने बताइँदैछ। संघीयताको मामला र अखण्ड राजनीतिका आयामहरूको सम्बोधन कसरी हुन्छ, त्यसैले संविधान निर्माणको बाटो र तिथि निर्धारण गर्नेछ।

भनिन्छ, समस्याको समाधान जति सहज हुन्छ, त्यत्तिकै पेचिलो हुन्छ उप्रान्त सिर्जित समस्याको समाधान। अहिले मुलुक यही समस्या भोग्दैछ। मुलुकका प्रमुख चार राजनीतिक दलका केही जिम्मेवार नेताहरूको अखण्ड राजनीतिले निम्त्याएको समस्याबीच हामी छौं। राजनीतिक दलका जिम्मेवार नेताहरूका अखण्ड अडानहरूलाई मुख्य आधार बनाएर संघीयताको खाका कोरिएपछि जताततै अखण्डको आवाजले आकार लिएको देखिन्छ। यता राजधानीमा अखण्डधारीहरू कोठे बैठक र अपिलको राजनीति गर्दैछन्। उता जिल्लामा छोटे अखण्डधारीहरू आन्दोलनको अगुवाइ गरिरहेका छन्। नेताहरू 'आफँै धामी, आफैँ बोक्सी' को नेपाली उखान चरितार्थ त गरिराखेका त छैनन्? सुर्खेत, जुम्ला वा दाङ र कैलाली आन्दोलनका अगुवा को को छन्? लगाम कतै काठमाडौंमा बस्ने राजनीतिक नेताको हातमा त छैन? ठूलाठूला नेतालाई अखण्ड भन्दै ठूलो भूक्षेत्र चाहिएपछि दोस्रो दर्जाका नेताले आफ्नो पकड जमाउन आफ्नै आकारको अखण्ड चाहनु स्वाभाविक हो।

कस्तो विडम्बना, संघीयताको नाममा हामीकहाँ संघीयताकै मर्मविपरित अभ्यास भइरहेका छन्। अखण्ड एकीकृत राज्य पं्रणालीकै रूप हो जुन आफँैमा संघीयताको विपरीत मानिन्छ। अखण्ड मुलुकलाई राजनीतिक प्रशासनिक हिसावले टुक्राटुक्रामा विभाजन गरेर त्यसको समग्र विकास, शासनमा त्यहाँका जनताको प्रभुत्व, जनतालाई सहजता र शासनमा पहुँच पुर्यामउनु संघीयताको विशेषता मानिन्छ। तर हामीकहाँ अखण्ड मनोविज्ञानमा आधारित भएर संघीयताको खाका कोरिएको छ। मुख्य समस्या यहीँनेर छ। सहमतीय राजनीतिको नाममा हस्ताक्षर गर्ने तर सबैभन्दा पेचिलो मामला संघीयतामा फरक राय दर्ज गराउँदै सडक तताउने राजनीति गर्नेहरू अर्को समस्या हुन्। एमाओवादी र मधेसी जनाधिकार फोरम, लोकतान्त्रिक सहमतिपत्रमा हस्ताक्षर पनि गर्ने र त्यही सहमतिमा फरक राय राखेर आन्दोलनलाई ऊर्जा दिन पछि परिरहेका छैनन्।

सुर्खेतका कोइरालाले भनेजस्तै सुर्खेतको हकमा खोजेको के हो स्पष्ट नहुँदा आन्दोलन अराजक बन्ने खतराहरू छन्। कुरो सुर्खेतको मात्र होइन, मुलुकमा कस्तो संघीयता चाहिएको हो? खासमा हाम्रा शीर्ष राजनीतिज्ञ नै यसबारे अनभिज्ञ देखिन्छन्। मुलुकलाई संघीयता चा।हिएको छ वा छैन, चाहिएको छ भने कस्तो संघीयता चाहिएको छ? मसिनोसँग केलाउने काम अहिलेसम्म भएको छैन। पछिल्लो जनआन्दोलनपछि तराई मधेसमा आन्दोलन चर्कियो। मधेस आन्दोलनपछि संघीयता राजनीतिको सतहमा आएको हो। मधेस आन्दोलनको पृष्ठभूमिमा मेची–कालीसम्मको तराईको समथर भूभाग मधेस प्रदेश हुनुपर्छ भन्ने आवाज थिए त्यसबेला। ८ वर्षअघिको राजनीतिक गर्मीमा अघि सारिएको संघीयताको नक्सामा परिवर्तन आएका छैनन्? मधेसी मनोविज्ञानमा परिवर्तन आएको छ कि छैन? खै अध्ययन? पहिलो संविधान सभामा मधेसवादी दलले पाएको मत र दोस्रो संविधान सभासम्म आइपुग्दा उनीहरू खुम्चिएको अवस्थाको राजनीतिक आंकलनका आधारमा संघीयताको मुद्दा पर्गेल्नुपर्ने होइन र? एकातिर हाम्रा नेताहरू त्यही पुरानो आन्दोलनको भयबाट लखेटिएझैँ देखिन्छन्, अर्कोतर्फ मधेस आन्दोलनका केही स्वघोषित मसिहा विगतकै बलमा संघीयताको खाका कोरिनुपर्ने आवाज बुलन्द पार्दैछन्।

मिथिलाबासी रामकुमार शर्माले भनेजस्तै जनताका चाहनाअनुसार संघीयताको खाका कोरिनुपर्ने हो। 'नेता होइन, जनताको माग र चाहनाअनुसार प्रदेश बनाउनुपर्छ' भन्नुको अर्थ नेताले भनेजस्तो संघीयता जनताले रुचाएका छैनन् भन्ने हो? त्यसो हो भने मधेसी जनताको तातो मनोविज्ञान के हो? मननीय छ। मधेस आन्दोलनकी अगुवा सरिता गिरीले प्रस्तावित २ नम्बर प्रदेश (सप्तरीदेखि पर्सासम्म) चीनसँग नजोडिएकोमा तीतो पोखे जस्तै समग्र मधेस एक प्रदेश धुमिल भएको त होइन? दुवै छिमेकी मुलुकसँग प्रदेशका सिमाना जोडिनुपर्छ भन्ने सोचले आकार लिएको हो भने संघीयताको मामलालाई अब नयाँ किसिमले सोच्नुपर्ने बेला आएको छ। र, त्यसै आधारमा संघीयताका नक्सा कोरिने व्यवस्था हुनुपर्छ। गोर्खादेखि प्युठानसम्मको पहाडी भूभाग (जो प्रस्तावित ५ नम्बर पर्छ) त्यसलाई भारतसँग छुवाउन नेताहरूले रातारात नवलपरासी टुक्रयाएका थिए। त्यसैको प्रतिक्रियामा क्षेत्र नं. २ लाई चीनसँग जोड्नुपर्छ भन्ने धारणा आएको हो भने त्यो प्रतिक्रियाको राजनीतिमात्र हो।

तर क्षेत्र नं. २ को चीनसँग प्रदेशको सिमाना नजोडिएको रोष प्रकट गर्नेमा गिरी एक्ली छैनन्। एक दुई गर्दै यो मान्यतामा मुख खोल्नेहरूको संख्या बढ्ने देखिन्छ। यसको अर्थ मधेसमा संघीयता मामलामा नयाँ बहसले प्रवेश गरेको ठान्नुपर्छ। भूगोलको पहिचानभन्दा प्राकृतिक स्रोत, साधन र सम्पन्नताको आकर्षणले मधेसको मन बदलिएको त होइन? उत्तर खोज्ने बेला हो। नेताहरू सत्ता प्राप्तिको हतारोमा छन् र उनीहरू चाँडोभन्दा चाँडो संविधान जारी गर्ने उद्घोष गर्दैछन्। अहिले उठेका आन्दोलन सम्बोधन गर्ने नाममा आफँैले कोरेका नक्सामा थोरबहुत परिमार्जन गर्नुले समाधान दिँदैन। संघीयताबारे जनताका मन पढ्न सक्नुपर्छ। त्यसका लागि अध्ययन गर्ने र वस्तुपरक सुझाव दिने आयोग गठन गरिनुपर्छ जुन राजनीतिक धर्म पनि हो, आफैँले गरेका सम्झौता पालना।

प्रमुख राजनीतिक दलले १६ बुँदे सम्झौतामा मुलुकलाई ८ प्रदेशमा विभाजन गर्ने, संघीयताका सीमा आयोग गठन गरेर गर्ने, नाम प्रदेश सभाले गर्ने भनिएको थियो। यसको अर्थ संघीयताबाहेकको संविधान जारी गर्ने सहमति थियो त्यो। त्यही मान्यतामा संविधानको मस्यौदा तयार भएको हो तर अहिले आएर नेताहरू आफैँले गरेको सम्झौता लत्याएर मुलुकलाई आफूखुसी प्रदेशमा विभाजन गर्ने स्थितिमा पुगेका छन्। नेताहरूलाई यस्तो हैसियत कसले दियो? सुर्खेत, जुम्ला, बर्दिया होस् वा मधेसका फाँटमा नेताहरूले कोरेको खाकामाथि भइरहेका आक्रमणको सुक्ष्म आंकलन गर्न सक्नुपर्छ। के देखिन्छ भने नेताहरू अरूले गरेका काममा विश्वास गर्दैनन्। अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको समितिले तयार गरेको १४ प्रदेशवाला संघीयताको खाकाले पनि एमाओवादी नेताको चित्त बुझाउन सकेन्। एमाओवादी सभासद् लोकेन्द्र बिष्ट सभापति भएको समितिले २०६६ माघमा तयार गरेर तत्कालीन संविधान सभामा पेश भएको खाकामा कांग्रेस सहमत थिएन, एमालेका सभासद् विभाजित थिए। एमाओवादीको चाहनाअनुसार जातीय आधारमा मुलुकको खाका कोरिएको थियो। त्यो प्रतिवेदन कम्तिमा एमाओवादीले आफ्नो ठान्नुपर्थ्याे, त्यो पनि भएन।

राजनीतिक दलहरूको सहमतिमा संघीयता सुझाव आयोग गठन गरियो २०६८ मंसिरमा। मदन परियार संयोजक रहेको आयोगले १० प्रदेशको खाका दियो मूलतः जातीय आधारमा। त्यसबेला एमाओवादी, मधेसवादीका सदस्य एक ठाउँमा रहे। कांग्रेसका सदस्यले फरक प्रस्ताव राखे। एमालेका दुई सदस्य दुईतिर बाँडिए। एउटा प्रतिवेदनको पक्षमा र अर्को विपक्षमा। त्यो प्रतिवेदन पनि नेताहरूलाई स्वीकार भएन। एमाले सम्भवतः संघीयताबारे सबैभन्दा बढी गृहकार्य गर्ने पार्टी हो। कुनै पनि प्रतिवेदनले नेताहरूको चित्त बुझाउन सकेन। अहिले आएर पार्टी अध्यक्ष केपी ओलीको अखण्ड पूर्वको चट्टानी अडान, कांग्रेेस नेता शेरबहादुर देउवाको अखण्ड सुदूरपश्चिम अडानको मारमा मुलुक फसेको छ र अखण्डकै नाममा आन्दोलन चर्किएका छन्। अखण्डको नाममा मुलकलाई खण्डीकरण गर्ने नेताहरूको मानसिकतामा परिवर्तन आवश्यक छ। १६ बुँदेमा भनेजस्तै संघीयता थाती राखेर पनि संविधान जारी गर्न सकिन्छ। जोरजबर्जस्ती गरेर अखण्ड चिन्तन थोपर्ने वा निस्तेज पार्ने राजनीतिक धन्दा बन्द गरौं। आन्दोलनको आगोमा विवेकसम्मत निर्णय हुन सक्तैन। संघीयताको खाका समय लिएर गरौं। यही नै मुलुकको आवश्यकता हो।
अर्को समाचार
संघीयता थाती राखेर पनि माघ ८ मै संविधान : ओली
१२ मंसिर २०७१
•
३ मिनेट पाठ
संघीयता थाती राखेर पनि माघ ८ मै संविधान : ओली
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए संघीयताको काम संघीय आयोगलाई जिम्मा दिएर भए पनि माघ ८ भित्र संविधान जारी गर्नुपर्ने बताएका छन्।नेपाल पत्रकार महासंघद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तर्त्रि्कयामा अध्यक्ष ओलीले कांग्रेस–एमालेले सहमतिमै संविधान जारी गर्न चाहेको भन्दै एमाओवादीलगायत विपक्षी दललाई पनि सहमतिमा आउन आग्रह गरे।




उनले संघीयताको विषय अहिल्यै टुंग्याउन प्रयास गरिने र नभए थाती राख्न सकिने बताए।

'संघीयताको विषयमा सहमति नभए संविधान जारी भइसकेपछि संघीय आयोगबाटै सल्ट्याउन सकिन्छ,' नेता ओलीले भने, 'संसदले कानुन बनाउन सक्ने भएकाले संघीय आयोगको सुझावलाई त्यतिबेला पनि पारित गर्न सकिन्छ।'

उनले संविधान जारी गर्नुअघि एमाओवादीलगायत दललाई सहभागी गराएर संयुक्त सरकार बनाएर संविधान जारी गर्ने कोसिस भए पनि संविधान निर्माणअघि संयुक्त सरकार बन्ने सम्भावना नरहेको बताए।

'संविधान जारी हुनुअघि संयुक्त सरकार बन्ने सम्भावना देख्दिनँ,' उनले भने, 'अब संविधान निर्माण गर्ने विषयसँग केही पनि जोडिँदैन।' संविधान जारी भएपछि मात्रै राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने उनको भनाइ थियो।

संघीयताको विषयलाई जनमतसंग्रहमा लैजान सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा नेता ओलीले संविधानसभाको दोस्रो निर्वाचन पनि जनमतसंग्रह बराबर भएको बताए। कार्यतालिका सकिन लागेकाले फास्ट ट्र्याकमार्फत संविधान जारी गर्नुपर्ने उनको भनाइ थियो। उनले कार्यतालिका हेरफेर नगरी समयमै संविधान जारी हुने बताए।

ओलीले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायालयका विषयमा केही विवाद रहेको बताउँदै संसदीय सर्वोच्चतासहितको शासकीय प्रणाली, समानुपातिकतर्फ माथिल्लो सभा र प्रत्यक्ष निर्वाचन तल्लो सभा रहने निर्वाचन प्रणाली, संवैधानिक अदालतसहित वा स्वतन्त्र न्यायालयमा सहमति जुट्ने दाबी गरे।

पत्रकार महासंघले 'नेपाली जनतासँग गरेको बाचा नतोडी आगामी माघ ८ भित्रै संविधान निर्माण' गरौं भन्ने मूल आह्वानसहित विशेष अन्तर्त्रि्कया गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस