नेतृत्वको शैक्षिक योग्यता
२७ साउन २०७२
•
१९ मिनेट पाठ
नेतृत्वको शैक्षिक योग्यता
संविधानको प्रारम्भिक मसौदामा जनताले विभिन्न रायसुझाव दिएका छन् । तिनै सुझावको दुहाई दिँदै नेताहरूले संविधानको मसौदामा केही परिमार्जन पनि गरे । नामाकरण नभए पनि प्रस्तावित ६ प्रदेशको सीमा तोकियो । तर जनताले सबैभन्दा बढी चासो देखाएका 'निर्वाचित जनप्रतिनिधिको न्यूनतम शैक्षिक योग्यता' तोकिनुपर्ने सुझावलाई भने तिनले सम्बोधन गर्न आवश्यक देखेनन् । तर त्यो गम्भीर विषय हो । 

बहुदलीय व्यवस्थाको आगमनपछि एकातिर राजनीतिले शिक्षित वर्गलाई आकर्षण गर्न सकेको छैन भने अर्कातिर मुलुकको नेतृत्व गरिरहेका तथा देश हाक्न प्रतीक्षारत नेता दुवैले विश्वविद्यालयको मुखै देखेका छैनन् । यस्तो परिस्थितिमा देशको बागडोर सह्माल्ने व्यक्तिले निश्चित शैक्षिक योग्यता हासिल गरेकै हुनुपर्ने प्रावधान संविधानमै किटान गर्न कति सहज होला ? राजनीतिमा अपराधी प्रवृत्तिका व्यक्तिको वर्चस्व देखिन थालेपछि पढेलेखेका मानिस 'पोलिटिक्स'भन्दा पृथक बस्न खोज्नु अन्यथा पनि होइन । खोटा सिक्काले सक्कली मुद्रालाई प्रतिस्थापन गर्ने नियम राजनीतिमा लागु नहुने त होइन । लोक्तन्त्रको आगमनपछि देशको भविष्यका लागि नियोजितरूपमा बौद्धिक समुदायलाई राजनीतिमा प्रवेश गराउनुपर्ने थियो । तर त्यस्तो प्रयास कुनै पनि वर्गबाट भएन । सायद पढेका मानिस राजनीतिमा आए आफ्नैे भविष्य असुरक्षित हुने देख्यो नेतृत्वले ।

नेपाली राजनीतिमा स्थापित राजनीतिकर्मीहरू आफ्ना सन्तानलाई राजनीतिमा ल्याउन हच्किएका देखिन्छन् । त्यतिमात्र होइन तिनले नेपालमा बसेर केही गरुन् भन्नुभन्दा पनि सन्तानलाई विदेश खेद्नमा आतुर देखिए नेपालका राजनीतिक नेताहरू । वर्तमान मन्त्रिपरिषद्का सदस्यका सन्तान अहिले कहाँ कहाँ छन् र के गर्दैछन् त्यसको अभिलेखले राजनीति नेताहरू आफ्ना सन्तान राजनीतिमा नपसुन् भन्नेमात्र होइन बरु नेपाल नै नबसुन् भन्ने चाहन्छन् भन्ने नै देखाउँछ । यस्तो अवस्थामा लालबाबु पण्डित नायकका रूपमा देखापर्नु अन्यथा होइन । यद्यपि, राजनीति उत्तराधिकारमा हासिल हुने विषय भने होइन ।

मुलुकको मेरुदण्डका रूपमा रहने राजनीतिक पद्धतिमा सुधार नहुन्जेल संसारका कुनै पनि देशले विकास गरेका छैनन्, सही बाटो समाएका छैनन् । कस्तो व्यक्तिले मुलुकको बागडोर सह्माल्दा देशको विकास होला भनेर ठ्याक्कै भन्नसक्ने अवस्था त देखिन्न तर निष्पक्ष तथा भविष्यको आकलन गर्नसक्ने व्यक्तिले देशको नेतृत्व गर्दा राष्ट्रको विकास हुनेमा भने दुबिधा छैन । इमानदार हुन र भविष्य देख्न व्यक्ति विश्वविद्यालय गएकै हुनुपर्छ भन्ने पनि छैन । तर अल्पशिक्षितभन्दा उच्च शिक्षा हासिल गरेको व्यक्तिले केही शैक्षिक ग्रन्थ बढी अध्ययन गर्ने हुनाले पनि सामान्यतः उच्च शिक्षा हासिल गरेको व्यक्ति मुलुक हाँक्न बढी योग्य हुन्छ भन्नेमा विवाद नहोला । संसारकै सर्वाधिक शक्तिशाली मानिने मुलुक संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूले उच्चशिक्षा हासिल गर्नेमात्र हैन अधिकांशले प्रतिष्ठित हार्वार्ड, यल, कोलम्बिया र प्रिन्स्टनजस्ता 'आईभी लिग' कलेजबाट उच्च शिक्षा हासिल गरेकाले अब्बल दर्जाको शिक्षा र सुशासनबीच तालमेल रहेको यथार्थ उजागर हुन्छ ।

विश्व राजनीतिको उदीयमान शक्तिहो चीन । सामरिक महŒवमात्र होइन संसारकै सबैभन्दा शक्तिशाली देश हुँदैछ हाम्रो उत्तरी छिमेकी । 'द इकोनोमिस्ट'लगायतका विभिन्न निकायले गरेको आर्थिक प्रक्षेपणअनुसार अबको ५ वर्षभित्र हालको सबैभन्दा धनी देश संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई पछि पार्दै चीन विश्वको सबैभन्दा धनी देश बन्नेछ । आखिर कस्ता राजनीतिक नेताले हाँकी रहेकाछन् त चीनलाई ?

अध्ययन अनुसन्धानले जहिले पनि अग्रगामी निकास दिने हो । त्यसमा पनि अन्य विषयको अध्ययन अनुसन्धानभन्दा विज्ञानको खोज फरक हुन्छ । विज्ञानमा गफलाई स्थान हँुदैन । प्रत्येक कथनलाई तथ्याङ्कले पुष्टि गर्नुपर्छ । एउटा क्यानेडेली संस्थाले चीनको आर्थिक उन्नतिका सम्बन्धमा सन् २०१२ मा 'जर्नल अफ इकोनोमिक पर्सपेक्टिभ्स'मा अनुसन्धान सामग्री छापेको छ । राजनीतिलाई वैज्ञानिक स्वरूप दिनसक्नुलाई चीनको उच्च आर्थिक वृद्धिको प्रमुख कारक ठह¥याएको उक्त अनुसन्धानले । राजनीतिक व्यक्तिको क्षमता र सफलताको मापन विधिलाई तथ्याङ्कले पुष्टि गर्नु नै वैज्ञानिक राजनीतिकरण हो । राजनीतिक आधुनिकीकरणका लागि विज्ञान पढेका मानिस राजनीतिमा आउनुपर्ने र त्यसो गर्न सकेमात्र राजनीतिमा कुतर्कलाई तथ्यले जित्ने संस्कृतिको विकास हुने ठहर गरे चिनियाँले । अघोषित वैज्ञानिक राजनीतिकरणको नीति ल्यायो चिनियाँ कम्युनिस्ट पार्टीले । पछि उक्त नीति वास्तविकतामा पनि चरितार्थ भयो । उदाहरणका लागि चीनका पूर्वराष्ट्रपति हु जिन्ताओ हाइड्रोलिक इन्जिनियर हुन् । अनि अघिल्लो कमिटीका सर्वोच्च ९ पदाधिकारीमध्ये ८ जना विज्ञानका प्राज्ञ हुनुले चिनियाँ कम्युनिस्ट पार्टीको वैज्ञानिकीरणलाई पुष्टि गर्छ । साथै, चीनका वर्तमान राष्ट्रपति सि जिनपिङ विद्यावारिधि गरेका केमिकल इन्जिनियर हुन् । विगतमा हालको पोलिट ब्युरो र स्थायी समितिका अधिकांश सदस्य विज्ञानका विद्यार्थी हुन् । विज्ञानीहरूको वर्चस्व रहेकाले कुनै पनि नेतृत्वले आफ्नो सफलतालाई वैज्ञानिक ढाँचामा पुष्टि गर्नुपर्ने हुन्छ चीनमा । आगामी नेतृत्व कस्को हातमा जाने भन्ने कम्युनिस्ट व्यवस्था भए पनि पारदर्शी छ चीनमा । सबैभन्दा सफल व्यवस्थापकले राजनीतिक नेतृत्व लिनुपर्छ भन्ने मान्यता विकास गरे उनीहरूले । नेपालमाजस्तो अर्थतन्त्र धराशायी बन्दै जाने तर अर्थ मन्त्री सफल मानिने, देशमा महामारीले दर्जनौ गरिब विनाकाल मर्ने तर स्वास्थ्य मन्त्री अपरिहार्य बन्ने तथा देशको उद्योगधन्दा धराशायी बन्ने तर उद्योग मन्त्री सफल मानिने हुँदैन चीनमा । हाल कायम रहेको पारदर्शी वैज्ञानिक राजनीतिक नेतृत्व छनोट विधि कायम रहने हो भने चीनको उन्नतिको गति नरोकिने ठोकुवा गर्छन् आधुनिक राजनीतिका व्याख्याताहरू । पढेलेखेको वैज्ञानिक नेतृत्व तथा देशको विकासबीच तालमेल देखियो चीनमा ।

जनप्रतिनिधि बन्न जनताको मत अनिवार्य सर्त हो । तर निर्वाचित पदाधिकारी अशिक्षित हँुदा संसद् कुस्तीको अखाडामा रूपान्तरित हुन्छ भन्ने यथार्थ संविधान सभाका बैठकमा देखिइसकेको छ । देशको राजनीतिमा पढेलेखेको मानिसको उल्लेख्य उपस्थिति भए नियन्त्रित पंचायती व्यवस्था नचल्ने र अनपढमात्र जम्मा भए राष्ट्रिय पंचायत भेँडी गोठमा रूपान्तरण हुने बुझेरै राजा महेन्द्रले तत्कालीन राष्ट्रिय पंचायतमा थोरै नै भए पनि स्नातक प्रतिनिधित्वको व्यवस्था गरेका थिए । उक्त आरक्षित स्थानमा उमेदवार र मतदाता हुन स्नातक तह उत्तीर्ण गर्नुपर्ने संवैधानिक प्रावधान थियो । पञ्चायतको स्नातक प्रतिनिधि निर्वाचनले नेपालको राजनीतिमा अब्बल दर्जाका राजनीतिक पात्र उत्पादन गरेको थियो । राष्ट्रिय पंचायतकै बैठकमा गणतन्त्रको उद्घोष गर्ने हिम्मत गर्नसक्ने गणतन्त्रवादी रामराजाप्रसाद सिंह त्यही स्नातक प्रतिनिधित्वका उत्पादन थिए । पढेलेखेको मानिस भविष्य देख्छ र देखेको कुरा बोल्छ भन्ने उदाहरण हुन् सिंह । अन्यथा सिंहले पैतालीस वर्षअघि नै गणतन्त्रको उद्घोष गर्ने थिएनन् ।

कर्मचारीको कर्तव्य संसद्ले बनाएको नियमकानुन अनुसार चल्नेमात्र हो । उनीहरूलाई स्वविवेकीय अधिकार खासै हुँदैन । लेखिएको नियमकानुनको अक्षरशः पालन गर्ने कर्मचारी बन्न एउटा निश्चित शैक्षिक योग्यतामात्र पर्याप्त हँुदैन । लोकसेवा आयोगले सञ्चालन गर्ने क्षमता परीक्षणमा समेत आफ्नो योग्यता पुष्टि गर्नैैपर्छ । तर देशको नियम कानुन बनाउने सांसद र देशको कार्यकारी अधिकार प्रयोग गर्ने प्रधानमन्त्री तथा मन्त्रीहरूले भने कुनै पनि शैक्षिक योग्यता हासिल गर्नु नपर्ने कस्तो विडम्बना ? नियम पालन गर्नेभन्दा कानुन बनाउने व्यक्ति नै बढी जानिफकार हुनुपर्छ । बौध्दिक क्षमता कमजोर भएको समूहले देशलाई भविष्यमा आवश्यक पर्ने ऐननियमको आकलन कसरी गर्न सक्ला? तसर्थ, देशको नियम कानुन लेख्ने सांसद तथा कार्यकारी मन्त्रीहरूको शैक्षिक योग्यता तोकिनुपर्ने जनताको माग उचित देखिन्छ ।

प्रजातन्त्रको पुनःस्थापनापछि हालसम्म चुनाव सामान्यतः निष्पक्षरूपमै भए । अनि जनताले छानेका प्रतिनिधिले नै देशको नियमकानुन बनाए र शासन चलाए । तर जनताका न्यूनतम मागसमेत सम्बोधन हुन सकेनन् । धनी अझ धनी र गरिब झन् गरिब हुँदै गए । नेताहरू कानुनभन्दा माथि भए र रातारात करोडपति बने । प्रजातन्त्रका सामान्य मान्यताअनुसार मुलुक चल्दा पनि देशको अवस्था अझ चिन्ताजनक बन्दैजान्छ भने पद्धतिमै त्रुटि भएको मान्नुपर्छ । जनप्रतिनिधिले संसद्मै मच्चाएको वितण्डा हेर्दा पनि अक्षम व्यक्तिको सदनमा उल्लेख्य उपस्थिति नै समस्याको जडरहेको ठहर गर्न गाह्रो पर्दैन ।

देशको उन्नतिका लागि सवै विधायक क्षमतावान हुनैपर्छ । सबैभन्दा पारदर्शी क्षमता मापन विधि व्यक्तिको औपचारिक शैक्षिक योग्यता नै हो । जनताको मागबमोजिम सांसद हुन निश्चित शैक्षिक योग्यता अपरिहार्य रहने संवैधानिक व्यवस्था कायम गर्न सके देशको भलो हुने देखिन्छ । चीनको जस्तो विज्ञान शिक्षा पाएको व्यक्तिको बहुमत हुने गरी संसद् गठन गर्न कठिन भए पनि विश्वविद्यालयसम्म सहजै पुग्न सकिने वर्तमान अवस्थामा सांसद बन्न कम्तीमा पनि स्नातकोत्तर सरहको शैक्षिक योग्यता हासिल गरेकै हुनुपर्ने व्यवस्था हुनु उपयुक्त देखिन्छ । त्यस्तो प्रावधानले मन्त्री र सांसद बन्न पढनुपर्ने रहेछ भन्ने सन्देश पनि दिनेछ र शिक्षाप्रति आकर्षण पनि बढ्नेछ ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिहरू पदावधि सकिएपछि समाजको उत्थान तथा देश विकासको उद्देश्य राखेर आफ्नो फाउन्डेसन खोल्ने परम्परा छ । मानवीय हितमा तिनको नाममा खुलेका त्यस्ता संस्थाका लागि आवश्यक रकम जम्मा गर्ने दायित्व पनि सम्बन्धित पूर्वराष्ट्रपतिकै हुन्छ । अर्थ संकलनका लागि पूर्वराष्ट्रपतिहरूले आफ्नो बौध्दिक क्षमता र साखको उपयोग गर्छन्, आफ्नो ज्ञान बेच्छन् । राजनीतिक अनुभव लिपिबद्ध गरी किताब बेचर आएको पारिश्रमिक कोषमा जम्मा गर्छन् । त्यतिमात्र होइन कोष बलियो पार्न पारिश्रमिक लिएर वक्तव्य दिन जान्छन् अमेरिकाका पूर्वराष्ट्रपतिहरू । बिल क्लिन्टनले निवृत्त भएपछि विभिन्न ठाउँमा भाषण गरेरमात्रै पनि करिब पन्ध्र करोड अमेरिकी डलर जम्मा गरेका थिए आफ्नो फाउन्डेसनका लागि । क्लिन्टनमात्र होइन अमेरिकाका अधिकांश राष्ट्रपतिले सःशुल्क भाषणमार्फत आफ्नो फाउन्डेसनमा पैसा जम्मा गरेर आफ्ना नाउँमा पुस्तकालय खोलेका छन् । पैसा तिरेर भाषण सुन्न तैयार छन् अमेरिकीहरू पूर्व राष्ट्रपतिहरूको । उनीहरूको राजनीति प्रवेश अघिको शैक्षिक ज्ञान र राष्ट्रपति हुँदाको अनुभव सुन्न र जान्नका लागि न मानिस पैसा तिर्न तयार भएका हुन् । नेपालको परिस्थिति अमेरिकाको भन्दा पृथक छ । सित्तैमा चियाखाजा खान दिँदा पनि सामान्य मानिसहरू नेताको भाषण सुन्न जान मानिस हच्कन्छन् । नेपालका अधिकांश नेतामा बौद्धिक जगतका लागि दिन सक्ने खुराक छैन । अहिलेसम्म नेपालका कति नेताले आफ्नो राजनीतिक अनुभवलाई छापामा उतारे र उक्त पुस्तकको विक्रीबाट रोयल्टी कति जम्मा भयो त्यसको लेखाजोखाले नै यसको स्पष्ट उत्तर दिन्छ ।

देशको राजनीति सही बाटामा नआउँदासम्म मुलुकको स्थायित्व र विकास सम्भव हुँदैन । क्षमतावान् व्यक्ति राजनीतिमा प्रवेश नगर्दासम्म राजनीति सुध्रने लक्षण देखिँदैन । सामान्यतः अनपढले भन्दा पढेलेखेका व्यक्तिले नै भविष्यको सुमधुर सपना देख्न र लागु गर्नसक्ने भएकाले राजनीतिमा निश्चित शैक्षिक योग्यता तथा क्षमता भएको व्यक्तिमात्र प्रवेश गर्नसक्ने कानुनी व्यवस्था गर्नसके मुलुकको राजनीतिको सुधार हुन्थो कि ? आखिर जनताको आवाजसमेत प्रतिनिधि उच्च शिक्षित होऊन् भन्ने चाहना राखेका छन् । यस अवस्थामा सार्वजनिक माग सुन्ने र त्यसअनुसारको संविधान लेख्ने दायित्व संविधान सभासद्को नै त हो ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस