गन्तव्य: चुक्ता पुँजी
२४ साउन २०७२
•
१५ मिनेट पाठ
गन्तव्य: चुक्ता पुँजी
गत शुक्रबार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई भदौ मसान्तभित्र मौद्रिक नीतिमा तोकिएबमोजिम पुँजी पु¥याउने योजना पेश गर्न निर्देशन दिएपछि एउटा बहसको करिबकरिब अन्त्य भएको छ । मौद्रिक नीतिको पुँजीवृद्धिसम्बन्धी प्रावधानमा परिवर्तन हुनेछ भन्ने हल्ला र ती हल्लालाई यथार्थमा परिणत गर्न चालिएका चालहरूको अब कुनै अर्थ रहेन । अब बैंकिङ क्षेत्रमा अर्को छलफल र बहस सुरु भएको छ, चुक्ता पुँजी कसरी र कहिलेसम्म जम्मा गर्ने ? साथै, अब साना लगानीकर्ताहरूको शतप्रतिशत ध्यान सेयरबजारतर्फ केन्द्रित भएको छ ।राष्ट्र बैंकको परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कार्ययोजनामै समानुपातिकरूपमा चुक्ता पुँजी बढाउनुपर्ने उल्लेख छ । यसको अर्थ अब बैंकहरूले एकैपटक २०७४ असार मसान्तमा अग्राधिकार सेयर जारी गर्छु र पुँजी ८ अर्ब रुपैयाँ पु¥याउँछु भनेर पुँजीवृद्धिको योजना पेश गर्न पाउने छैनन् । अहिले ३ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकको पुँजी योजनामा २०७३ असार मसान्तमा चुक्ता पुँजी कम्तीमा ५ अर्ब ५० करोड रुपैयाँ र २०७४ असार मसान्तसम्म ८ अर्ब हुनपर्ने हुन्छ । समानुपातिकको अर्थ यही हो । २०७३ असार मसान्तमै समानुपातिकरूपमा चुक्ता पुँजी नपुगेको खण्डमा नगद लाभांश वितरणमा रोकदेखि शाखा खोल्नसमेत नपाइने हुन्छ । मौद्रिक नीतिमा नभनेको तर आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट प्रस्तावित बोनस सेयर रकमलाई समेत यस प्रयोजनका लागि गणना गर्न पाइने व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई झण्डै १५ अर्ब रुपैयाँबराबरको राहत भने मिलेको छ । राष्ट्र बैंकले पुँजी पु¥याउने योजना भदौ मसान्तभित्रै माग्नु र नपुगेको खण्डमा हुने कारबाही अहिले नै तोक्नुकोे पछाडि केही कारण अवश्य छन् ।




१. बैंक तथा वित्तीय संस्थाको आव २०७१÷७२ को वासलात तथा नाफानोक्सान हिसाब स्वीकृतिका लागि अब राष्ट्र बैंकमा पेश हुन थाल्नेछ । सो विवरण स्वीकृत गर्नुअगाडि नै राष्ट्र बैंक चुक्ता पुँजी निर्देशनअनुसार ८ अर्ब पु¥याउन सकिने धेरै उपायमध्धे कुनै उपाय अपनाउन बैंकहरू तयार भएकोमा सन्तुष्ट हुन चाहन्छ ।

२. राष्ट्र बैंकको यो नीतिका पछाडि २ वटा मूल उद्देश्य छन् । पहिलो, नेपालका बैंकलाई पुँजीको हिसाबले ठूलो बनाउने र अर्को मर्जरलाई बाध्यात्मक बनाउने । परिपत्रपछि मर्जरमा जान चाहनेले प्रक्रिया द्रुत बनाउने र नचाहनेले अरु उपाय अवलम्बन गर्ने छन् । किनकि, कुनै बैंकले आफ्नो पुँजीवृद्धि योजनामा मर्जरको कुरा राखे भने जोसँग मर्ज गर्ने हो त्योसँग भएको सम्झौताको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने भयो । अब नेपालमा कति बैंक वा वित्तीय संस्था मर्ज हुन्छन् भन्ने कुरा भदौ मसान्तभित्रै थाहा हुनेछ । यस व्यवस्थाबाट राष्ट्र बैंकले चाहेजति संख्यामा बैंक र वित्तीय संस्था मर्ज हुन चाहेनन् भने अरु कुनै उपाय सोच्न पर्याप्त समय पनि पाउने भयो ।

३. बैंक तथा वित्तीय संस्थाबाट सुरु भएको वा हुनसक्ने चलखेल र हल्लाको खेतीलाई तुरुन्तै एकैपटक बन्द गर्ने । जब मौद्रिक नीतिमा बाणिज्य बैंकहरूले चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने बुँदा समेटियो, बैंकहरू स्पष्टरूपमा दुई कित्तामा बाँडिए । एकथरि यसको पक्षमा उभिए भने अर्कोथरि कुनै हालतमा प्रावधान परिवर्तन हुनुपर्छ भन्न थाले । यस्तो हल्ला अझ बढ्न सक्ने कुरामा केन्द्रीय बैंक सचेत बन्यो । राष्ट्र बैंक त्यो बेला झस्कियो जब नेपाल बैंकर्स संघले अत्यन्त अव्यावहारिक माग राख्दै यो प्रावधान संशोधनका लागि गभर्नरसमक्ष ज्ञापनपत्र नै पठायो ।

ज्ञापनपत्रमा पुँजीवृद्धिसम्बन्धी मागमा बैंकहरूले समयसीमा बढाउनुपर्ने, बैंकका अरु स्वतन्त्र कोषलाई पनि ८ अर्ब रुपैयाँमा सामेल गर्नुपर्ने, बासेल ३ को प्रावधानअनुरूप पुँजीलाई रकममा नहेरी जोखिमभारित सम्पत्तिका आधारमा पुँजीकोष तोकिनुपर्नेलगायतका सामान्यखालका विषय पनि उठाएका थिए । नियमनकारी निकायसमक्ष बैंकहरूले आफ्ना माग राख्नुलाई अन्यथा भन्न मिल्दैन । तर, मागको सूचीमा पुँजी पु¥याउन सम्भव नहुने, प्रतिफल घट्ने, मर्जले एकाधिकारलाई जोड दिने र मर्जर प्रक्रियामाथि नै प्रश्नचिह्न लाग्ने, ठूला बैंक असफल भएमा त्यसको प्रभाव ठूलै हुने कारणले परिवर्तन आवश्यक छ भन्नेजस्ता अव्यावहारिक माग समावेश गरिएपछि केन्द्रीय बैंक झस्किनु स्वाभाविकै हो । यहाँ बुझ्नुपर्ने कुरा के हो भने, पुँजीवृद्धिको लागि मर्जर प्रक्रियामा गए प्रतिफल घट्दैन, नयाँ सेयर जारी गरेमात्र प्रतिफल केही वर्ष घट्ने हो । बैंक जति ठूलो भयो त्यति नै असफल हुने सम्भावना कम हुन्छ । राष्ट्र बैंकले नेपालजस्तो सानो देशमा १५ वटा जति वाणिज्य बैंकको परिकल्पना गर्दा बैंकरहरूले एकाधिकार हुन्छ भन्नु हास्यास्पदमात्रै हैन लज्जास्पद पनि हुन्छ । मर्जर प्रक्रियाको सफलता वा असफलतामा केन्द्रीय बैंकको भन्दा सम्बन्धित बैंक स्वयंकै भूमिका बढी हुन्छ । यसकारण पनि बैंकहरू मर्जरमा जान नचाहनुले राष्ट्र बैंकको उद्देश्य पूरा गर्न सहयोगी नबन्ने चाहना स्पष्ट हुन्छ । सबै माग बैंकर्स एसोसिएसनबाट आएको भए पनि यसमा सहमत हुनेमा केही साना बैंकमात्र थिए ।

मागको सूचीको सबैभन्दा लाजमर्दो र हास्यास्पद बुँदा मर्जरको कारणबाट कुनै पनि ऋण वा कर्जा, संस्थापक वा सञ्चालकसँग सम्बन्धित हुन गएमा त्यस्तो कर्जा चुक्ता गराउन ३ देखि ५ वर्षको समय माग गरिनु हो । यसबाट पनि बैंकरहरूको नियत मर्जरमा नजाने स्पष्ट हुन्छ । बैंकरहरूले जे माग गरे पनि मर्जरको स्वीकृतिका लागि केन्द्रीय बैंकमा फाइल पठाउँदा त्यस्ता ऋण राफसाफ भइसकेको हुनुपर्ने व्यवस्था जरुरी छ । तर, परिस्थिति जतिजति स्पष्ट हुँदैछ, वाणिज्य बैंकहरूको संख्या राष्ट्र बैंकले सोचेअनुसार नघट्ने देखिन्छ । अहिले नै भएको ९७ अर्ब रुपैयाँको चुक्ता पुँजीमा ३ वर्षको नाफा जोड्दा करिब ४० अर्ब रुपैयाँ थपिन जान्छ र ख तथा ग वर्गका केही संस्था मर्ज भएर आउने करिब १५ अर्ब रुपैयाँ जोड्दा झण्डै १५२ अर्ब रुपैयाँ हुन आउँछ । यसबाट २० वटा वाणिज्य बैंक सजिलै सञ्चालनमा आउन सक्छन् । हाल कारोबारमा रहेका ३० वटा वाणिज्य बैंकमध्धे २ वटा मर्जर प्रक्रियामा गइसकेको स्थितिमा आगामी २ वर्षमा २० देखि २२ वटा वाणिज्य बैंक रहने देखिन्छ । करिब २० अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी भयो भने संख्या नघट्न पनि सक्छ ।

तर, यो नीतिको फाइदा उठाउँदै केही ठूला व्यवसायीले विभिन्न बैंकमा गरेको लगानी (सेयर) बेच्ने निर्णय गरे भने बैंकहरूको संख्या घट्न सक्छ । साथै, राष्ट्र बैंकले एउटै परिवारले लगानी गरेका २ वा सोभन्दा बढी बैंक र वित्तीय संस्थाका सेयरलाई यही प्रक्रियामा बेच्न बाध्य बनाउन सक्यो भने पनि संख्या घटाउन मद्दत पुग्नेछ । यहाँनेर चर्चा नगरी नहुने एउटा विषय के छ भने, अहिलेसम्म बैंक व्यवस्थापनले यो सम्पूर्ण स्थितिलाई आफूले स्वामित्व लिएको देखिन्छ । जबकि यसको स्वामित्वको ठूलो हिस्सा लगानीकर्ता वा बैंकको सञ्चालक समितिले लिनुपर्ने हो । नेपाल बैंकर्स संघले गभर्नरसमक्ष पठाएका मागपत्रका कतिपय बुँदा बैंक व्यवस्थापनको अधिकार क्षेत्रभन्दा बाहिरका थिए । पुँजीवृद्धिसम्बन्धी सबै र धेरै हदसम्म मर्जरसम्बन्धी कार्यक्षेत्र बैंक व्यवस्थापनको होइन । औपचारिक तथा अनौपचारिक भेटघाटका क्रममा बैंकका प्रमुख लगानीकर्ताहरूले सेयरपुँजी थप्न आफूलाई कुनै समस्या छैन भनिरहँदा बैंक व्यवस्थापनका तर्फबाट यो असम्भव छ भनी मौखिक र लिखितरूपमा प्रतिक्रिया आउनुले भविष्यमा बैंक व्यवस्थापन र केन्द्रीय बैंकबीच अविश्वास बढ्न सक्ने देखिन्छ । यसबाट बैंक व्यवस्थापनको जिम्मेवारी लिएका सीमित व्यक्तिले जागिरको डरले यी सबै क्रियाकलाप गरिरहेको जस्तो भान हुन्छ । साथै, २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुँदाको व्यवस्थापनलाई ८ अर्ब रुपैयाँ पु¥याएपछि लगानीकर्ताले फेर्ने संकेत पाएकोले पनि बैंक व्यवस्थापनका केही व्यक्ति यस्तो व्यवस्थाको विरोधमा लागेको स्पष्ट हुन्छ । चुक्ता पुँजी र मर्जरको विषयमा वाणिज्य बैंकहरूले सहयोग गरेको खण्डमा शाखा खोल्ने वा बन्द गर्ने, विपन्न वर्ग कर्जा सीमा वा अरु यस्तै सानातिना मागमा भने राष्ट्र बैंकलाई लचिलो हुन कुनै कठिनाइ नहोला ।

अहिलेसम्म थोरै पुँजीकोष भएको तर नियमनको हिसाबले राष्ट्र बैंकको टाउको दुखाइको रूपमा रहेका ७९ वटा विकास बैंक र ५० वटा वित्त कम्पनी अब के गर्छन् भन्ने अड्कल काट्न भने कठिन छ । ५० मध्धे १६ वटा वित्त कम्पनी समस्याग्रस्त भएका र करिब १० वटा मर्जरको प्रक्रियामा गइसकेकाले बाँकी २४ वटा पनि पछिल्लो व्यवस्था पूर्णरूपमा लागु भएपछि ५ वटाको हाराहारीमा झर्ने अनुमान गर्न सकिन्छ । तर, कतिपय विकास बैंक भने मर्जर प्रक्रियामा जान अनिच्छुक देखिएका छन् । अहिलेसम्मको गतिविधिलाई नजिकबाट नियाल्दा आधाभन्दा बढी विकास बैंकका लगानीकर्ताहरू पुँजी थप्न तयार देखिन्छन् । ती बैंकका ठूला लगानीकर्ताहरूले नबुझेको कुरा के हो भने, पुँजी थप्ने बित्तिकै व्यवसाय बढ्दैन र प्रतिफल ऋणात्मक हुन जान्छ । साथै, अहिलेका साना व्यापारमा अब ठूला वाणिज्य बैंकहरूले हात हाल्नेछन् र देशमा वाणिज्य बैंकका सयौँ नयाँ शाखा खुल्ने छन् । विकास बैंकका लगानीकर्तामा पुँजी थप्दा र नथप्दा हुने फाइदा–बेफाइदाका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनु जरुरी छ । यस्ता कार्यक्रम केन्द्रीय बैंकको अनुपस्थितिमा कुनै स्वतन्त्र निकायले गर्दा बढी प्रभावकारी हुन्छ ।

देशमा अब ६ वटा संघीय प्रदेश हुँदैछ । यो परिस्थितिमा बैंकिङ लाइसेन्स प्रणाली कस्तो र नियमन कसरी हुन्छ ? यो प्रश्न भने अझै अनुत्तरित नै छ र यसको उत्तरका लागि हामीले केही समय कुर्नुपर्छ ।

rajunepal@rajunepal.com
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस