हरेक धर्म निरन्तरको सामाजिक उथलपुथलको उपज हो। आर्थिक, राजनीतिक प्रणाली फेरिँदा धर्म पनि फेरिएका छन्। त्यसैले त हामीले भोगे/देखेको धर्म र धार्मिक अभ्यास हिजोजस्तै उस्तै/त्यस्तै छैन। यो कुनै एउटा खास धर्मविशेष नभएर सबै धर्म र समुदायमा लागु हुन्छ।धर्मअनुसारको धर्मत्व समाजको संरचना र चरित्रअनुसार धेरै/थोरैजस्तो देखिन्छ। राजा/महाराजालाई देवता भनाउने र उनको हरेक कर्मलाई अलौकिक बनाउने धार्मिकता लोकतन्त्रसम्म आइपुग्दा जनआस्था बनेको छ। एउटै धार्मिक आस्था रैतीको निच, राजा/महाराजाको उच भन्ने व्याख्या र मान्यतामा विशिष्ट इतिहासमा भएको समानताको खोजीले राज्य र धर्मबीच नया" सम्बन्ध खोजेको हो। राजा/महाराजाको खटनको धर्म—राज्यको सम्बन्धमाथि लोकतान्त्रिक विधि र प्रक्रियानिहित संवैधानिक बहस भइरहेका छन्।
हामी सबैको जीवनकथा र अनुभवले वर्तमानलाई ज्यादा महत्वपूर्ण भन्न/मान्न कर गरेको छ। धर्म आस्था मात्र नभएर अभ्याससमेत भएकाले हामीले जुन धर्मलाई आफ्नो भन्यौं, त्यो नै हाम्रा लागि अकाट्य, अत्याज्य छ। जसले राज्य धर्म निरपेक्ष हुने/नहुने भन्ने ध्रुवीकृत बहसलाई ऐतिहासिक र स्वभाविक बनायो। तर हामीले जे—जसरी जुन धर्म बेहोरेका छौं। त्यसलाई उपेक्षा गरेर इतिहासको गुण/दोषको गणितीय व्याख्याले धार्मिक—सम्बन्धलाई छिन्ने कुरा समाजशास्त्रीय होइनन्। इतिहास तौलिँदैमा अहिले नै सबै बनिबनाउ हुन्छ भन्ने पनि होइन। यसका लागि हाम्रो समाजको धर्म तथा अर्थराजनीतिको बनावट र चरित्रको अनुमति आवश्यक छ। जसले गैरऐतिहासिक राजनीतिक अभीष्ट वा स्वार्थलाई जायज मान्दैन।
हाम्रो आफ्नै अनुभवको इतिहासले धर्म र राज्यको सम्बन्ध कस्तो हुन्छ र हुनुपर्छ भन्ने सिकायो। धर्म र राज्यबीचको आधुनिक सम्बन्ध निरपेक्ष, सापेक्ष र स्वतन्त्रमध्ये कुनै एक हुने हो भन्ने ज्ञान आर्जन गर्यौं । अन्तरिम संविधानमा तोकिएको राज्य र धर्मको निरपेक्ष सम्बन्ध एक दशकबीचमा मस्यौदा संविधानलाई बेहोर्दै अहिलेको समाज, अर्थतन्त्र, राजनीतिसम्म आइपुग्दा सम्बन्ध कस्तो हुने भन्नेबारे नागरिक सुझावका रूपमा नया" बहस सुरु भएको छ। धार्मिक निरपेक्षतालाई हिन्दु धर्मसहितको धार्मिक स्वतन्त्रताले प्रतिस्थापन हुनुपर्ने माग धार्मिक राजनीतिको मूलधारमा आएको छ। धार्मिक राजनीतिनिहित अभीष्टले यो हिन्दु धर्मावलम्बी र खस आर्य समुदायमा मात्र खुम्चिएको नस्लीय रागजस्तो बनायो। जो सही होइन। किनभने सामूहिकजस्तो लाग्ने धर्मत्व निजी तजबिज भएकाले यो जातजाति वा नस्लविशेष उतार्ने कुरा गलत हुन्।
विधिका हिसाबमा नागरिक सुझाव संकलन गाउ"/सहरको तल्लो तहसम्म पुगेको देखियो तर जनसुझावलाई समय, स्थान, जनसंख्या, भुगोल र समाजको अनुपातको सापेक्ष विश्लेषणबिना गणितीय सामान्यीकरण जटिल छ। लोकतान्त्रिक विधि र प्रक्रियाको सैद्धान्तिक धारले मात्र यो पूर्ण सक्दैन।
धर्मको अलौकिक चेतले गा"जेको राजनीति, नस्लीय अहंकारले धानेको समाज लोकतान्त्रिक समाज होइन। धर्म र जातजातिको बहुचरित्रलाई प्राप्त नकारोक्तिले लोकतन्त्रलाई लोकतन्त्र हुन दिँदैन। यसैले खास धर्म, जातजातिको नाममा हुने कुनै पनि धार्मिक राजनीति निरंकुश नै हुन्छ। अहिलेको समाज र यसको चरित्रलाई खुट्याउन अनिच्छुक खास धर्मनिहित राज्य—धर्मको सम्बन्धमा हुर्किएको धार्मिक राजनीतिले नै शासकीय निरंकुशता फस्टाउने हो। हिन्दु, बौद्ध, मुस्लिम, इसाई धर्मको मनोविज्ञान र मन्दिर, गुम्बा, मस्जिद, चर्चमा प्रतिविम्बित धर्मलाई गणितीय व्याख्याले न्याय गर्न सक्दैन। व्यक्ति/समूहको निजत्वको छनोट धर्ममा राज्य वा राजनीति जोडिने कुरा तार्किक होइन। धार्मिक आस्थामाथि सवार नेता, दल, राज्य कसैले पनि समाज रूपान्तरण गर्ने ल्याकत राख्दैन।
धेरै/थोरै जनसंख्याको चित्रले धर्मको महानता वा निचता नाप्न सकिँदैन। समाज, अर्थतन्त्र, राजनीतिस"गै बन्ने/भत्किने भएकाले एउटै समाजनिहित सबै धर्म यो प्रक्रियामा उत्तिकै सामेल भएका हुन्छन्। प्रभावको संरचना र चरित्र तल–माथि भए तापनि कुन धर्म कति अकाट्य र महत्वपूर्ण भन्ने नै हुन्न। समाज, अर्थतन्त्र, राजनीतिमाथिको ऐतिहासिक धार्मिक निर्भरतालाई स्वीकारेर धर्म—राज्यबिचको सम्बन्धको छिनोफानो हुनुपर्ने हो तर भइरहेको छैन। बदलिएको सामाजिक तथा अर्थराजनीतिमा समाजशास्त्रले यसलार्ई जायज भन्दैन। अहिलेको हाम्रो जे/जस्तो समाज, अर्थतन्त्र, राजनीति र धर्मको स्थिति छ त्यसैमा रहने धार्मिक समानता, समावेशिता र स्वायत्तता नस्वीकार्ने राजनीतिक प्रणाली लोकतन्त्र ठहरिन्न।
हाम्रो इतिहासमा खास राजनीति र पात्रको अभीष्टले धेरै पटक धार्मिक आस्थालाई धार्मिक राजनीतितिर मोड्न खोजेको छ। सन् १९७४ मा जंगबहादुर राणाले अलौकिक धार्मिक व्याख्याको भरमा जारी गरेको मुलुकी ऐन, सन् १९६५ मा निरंकुश पञ्चायती शासनलाई वैध बनाउन भएको धर्मको दुरुपयोग, राज्य राजा र राजा रैती भन्ने भाष्य (डिस्कोर्स) सहित राज्यले ग्रहण गरेको खास धर्म, धार्मिक राजनीतिको आडमा लम्बिएको महेन्द्रीय शासन आदि धार्मिक राजनीतिका प्रमाण हुन्।
शासनको पुनरावृत्ति वा निरन्तरताको अभीष्टमा उभिएको धार्मिक राजनीतिले कबोलेको खास धर्मत्व त डिस्कोर्समात्र हो। खास धर्मलाई मात्र सही भन्ने धार्मिक राजनीति जनमैत्री हुन्छ भन्नु राजनीतिक समाजशास्त्रीय दृष्टिमा भ्रम हो। राजनीतिक दल, व्यक्तिको खटनमा चलेको धार्मिक राजनीतिले लोकांक्षालाई अराजक भन्दै लोकतन्त्रलाई कमजोर बनाइरहेको छ। यो कुरा हाम्रो राजनीति र राजनीतिज्ञले बुझेका छैनन् भन्ने लाग्दैन तर शक्ति सन्तुलनको किचलोले यो दबिएको देखियो।
अहिलेको राज्य—धर्म सम्बन्धको बहस बढ्दो इसाईकरण र वर्चश्वशाली हिन्दु धर्मको प्रभावबीचमा यो/त्यो जात भन्दै नस्लीय चेतमा उभिएको छ। जसले सबै खसआर्य धर्म निरपेक्षता विरोधी र अन्य सबै धर्म निरपेक्षतावादी जस्तो बनायो। धर्मको ऐतिहासिक बदलावलाई वस्तुवादी र आलोचनात्मक भएर बुझ्ने कोसिस नै भएन। राजनीतिक संक्रमणले सबै राजनीतिक आदर्शलाई जनतास"ग अलग्याएजस्तो देखिएको बेलामा धार्मिक राजनीतिको अकाट्य र अलौकिक व्याख्याले टाउको उठाएको छ। जसले धार्मिक राजनीतिलाई ऐतिहासिक हो भन्न खोज्दैछ। धर्म निरपेक्षता, सापेक्षता वा स्वतन्त्रताको पक्षपातीले धर्म ग्रहण/त्यागको व्यक्तिगत अनुकूलता/प्रतिकूलताको सामाजिक, आर्थिक, राजनीतिक सापेक्षतालाई उपेक्षा गरेको देखिन्छ। राज्यको कुन धर्म किन हुने वा नहुने भन्ने कुरा राजनीतिक दल वा नेताले भन्ने नै होइन। जनसुझाव वा आकांक्षाले निर्क्यौल गर्ने हो। आदेशक र नियन्त्रक शैलीले धार्मिक राजनीतिलाई निरंकुशजस्तो बनाउँदै लगेको छ।
हाम्रो विशिष्ठ सामाजिक, आर्थिक, राजनीतिक इतिहासमा हुर्किएको अन्तरधार्मिक सहिष्णुता र समझदारीले समाजवादी, साम्यवादी, उदारवादी, प्रजातन्त्रवादी जोसुकै भएर गरेको धार्मिक राजनीतिलाई नाजायज भनेन। यसले नस्लीय धार्मिक अतिवादलाई स्वाभाविक बन्न सघाइरह्यो। अति कमजोर राजनीतिक आदर्श, जनताको राजनीतिक स्वार्थमा आएको बदलावलाई सम्बोधन गर्न अक्षम राजनीतिज्ञले धार्मिक संवेदनशीलतामाथि अस्वीकृत भएका राजनीतिक नेतृत्वलाई उभ्याउने अभीष्टको वैधानिकता धार्मिक राजनीतिमार्फत् खोजेको देखिन्छ। तर धार्मिक राजनीतिको अतिवाद हाम्रोजस्तो अन्तरनिर्भर समाजमा फस्टाउला भन्ने बलियो वस्तुगत आधार छैन। हाम्रो समाजको तल्लो तहको धार्मिक तथा सामाजिक संरचनाले यसलाई नकार्नेछ। सन् १९३२ मा बौद्ध धर्म प्रचारकलाई काठमाडौं उपत्यकाको स्वयम्भु र क्षेत्रपाटीमा गरिएको धार्मिक बहिष्कारबाहेकका धार्मिक राजनीतिको अतिवादी इतिहास हामीस"ग छैन। यो नै धार्मिक राजनीतिको अतिवादलाई नेपाली समाज, अर्थतन्त्र, राजनीतिले कसरी अवैध ठहर्यावउ"छ भन्ने नजिर हो।
हामी धर्मका कुरा गर्छौं तर यसको गठन/विघटन, यसले बेहोरेका हण्डर/ठक्करको इतिहास र वर्तमानलाई छिचोल्ने कष्ट गर्दैनौं। हामीलाई राजनीतिमाथि धर्म वा धर्ममाथि राजनीति के सवार छ भन्ने पनि यकिन नै छैन। हाम्रो दैनिकीमा सोझो नदेखिने धर्मले हामीले भोग्दै—चल्दै आएको यथार्थमा हस्तक्षेप गरेजस्तो पनि लाग्दैन। तापनि धार्मिक राजनीतिको आग्रहले यस्तै खास बेलामा हामीलाई धर्म र धार्मिकता अत्याज्य, अकाट्यजस्तो हो भन्ने बनाइदिएको छ। जसलाई हामीले मन्दिर, मस्जिद, गुम्बा, चर्चको बिम्बमा उतारेका छौं किनकि धार्मिक राजनीतिले आलोचनात्मक विश्लेषणलाई अराजक मानेको छ।
धर्ममाथिको बहसले राजनीतिमा पाएको यति धेरै प्राथमिकता हामीलेे बेहोरको अहिलेको बजार अर्थतन्त्रको संरचाना र चरित्रमा फजुल हो। हामी पुरापुर हिन्दु, बौद्धिस्ट, इसाई वा मुस्लिम मात्र भएर बस्ने अवस्थालाई बजारिया भोगाइ र पेलाइले निरिह बनाइसकेको छ। हिन्दु मालिक र बौद्ध कर्मचारी, विद्यार्थी—शिक्षक हुनुजस्ता बाध्यताले हाम्रो सामु हिजोको जस्तो जाति व्यवस्था र धार्मिक अभ्यास दुवै कमजोर भएको हो। बहुपन/अल्पपनको लोकतान्त्रिक विशेषताले इतिहासमा त्याज्य धार्मिक राजनीतिलाई गैरसमाजशास्त्रीय करार गर्छ।
धर्म वस्तुतः व्यक्ति, परिवार, समुदाय, समाज हु"दै राज्यसम्म देखापर्ने हो। व्यक्ति, घरपरिवारले जुनरूपमा धर्मत्व ग्रहण गरेको हुन्छ, यो राज्यसम्म आइपुग्दा अभ्यासमा नदेखिएर भाष्यीमात्र हुन्छ। अभ्यासमा नदेखिने कुनै पनि कुरा राज्यको हुने कुरै भएन। लोकतान्त्रिक समाजमा धर्म—राज्यको सोपान सम्बन्ध नहुनु, धर्म एवं धार्मिकता दुवै अर्थतन्त्र र राजनीतिमा निर्भर हुनुले राज्यले धर्मस"गको आफ्नो सम्बन्धलाई धार्मिक मतले मात्र छिनोफानो गर्न सक्दैन।
धार्मिक अन्तरसम्बन्ध नियाल्दा इसाईकरणको करिब साढे ५ दशकमा देखिएका धार्मिक अगलावबाहेक धार्मिक चरमपन देखिएका छैनन्। बौद्ध/हिन्दु/इस्लाम वा अन्य सबै धार्मिक आस्थाबीचको धार्मिक सहिष्णुताले अन्तर धार्मिक संस्था चलेका छन्। यो राज्यको तहसम्म आइपुगेकै छैन। यो हाम्रो विशिष्ट ऐतिहासिक समाज तथा अर्थराजनीतिको देन हो। तथापि राज्य शासकत्वको अभीष्टले यसको राजनीतिक उपयोग गरिरहेको छ। खास राजनीतिक अभीष्टको जबर्जस्तीमा धर्मले अर्थतन्त्र र राजनीतिलाई थिचेजस्तो देखिए तापनि समाजको तल्लो तहको राजनीति र अर्थतन्त्रमाथि यो निर्बल छ। जसले धार्मिक अन्तरसम्बन्धमाथि चरमपनलाई उठ्न दिएको छैन।
धर्म र राजनीतिबीचको भिन्नतालाई लोकतन्त्रको केही दशकमा विकसित राजनीतिक अस्थिरताले अतिवादी धार्मिक राजनीतिलाई संस्थागत गर्ने भय देखियो। धार्मिक कार्यक्रममा उपस्थित राजनीति, खास धर्मलाई प्राप्त राजनीतिक समर्थन र सहयोग यसका दृष्टान्त हुन्। राजनीतिक स्खलन, लोकतान्त्रिक अभ्यासको क्षयीकरण, आममानिसमा कमजोर भएको राजनीतिक सम्बन्धले धार्मिक राजनीति सहीजस्तो देखिएको छ।