विश्वविद्यालयको नेतृत्व छनोट
१९ साउन २०७२
•
१३ मिनेट पाठ
विश्वविद्यालयको नेतृत्व छनोट
कुनै पनी संघ संस्थाको उन्नति प्रगति संस्थाको नेतृत्वको क्षमता, इमान्दारी र जिम्मेबारी बोधमा निर्भर रहन्छ। त्यस्तो क्षमतावान्, इमानदार र जिम्मेवार नेतृत्वको छनोट हाम्रो देशमाजस्तो 'राम्रोभन्दा हाम्रो' छान्ने प्रक्रियाबाट होइन वैज्ञानिक, प्रजातान्त्रिक र पारदर्शी प्रक्रियाबाट मात्र हुनसक्छ।। नेपालको राजनितिमात्र होइन हरेक क्षेत्र यस्तै 'राम्रोभन्दा हाम्रो' छान्ने रोगबाट ग्रस्त भएकैले दिनानुदिन धराशायी बन्दै गएका छन्।नेपाल पछि पर्नुको कारण खराब नेतृत्वनै हो भनेर ठोकुवा गर्न अब कुनै तथ्य र तर्क अनि परिस्थितिको सहायता लिइरहनु पर्दैन।

देश विकासमा देशको शिक्षा प्रणाली र त्यसले उत्पादन गर्ने शैक्षिक जनशक्तिको भूमिका महत्वपूर्ण र अपरिहार्य हुन्छ। विडम्बना, नेपालमा भने यस प्राकृतिक सिद्धान्तविपरीत देशको अधोगति शिक्षित र कुलिन वर्गबाट मात्र भएको छ। शासन सत्तामा सदैव त्यही वर्गको पहुँच र प्रभुत्व छ र देशको विकासको दुरावस्था सबैका सामु छर्लङ्गै छ। विश्वविद्यालयहरू पनि यसको अपवाद हुन नसक्नु थप दुर्भाग्यको विषय हो।

देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको छनोट हुन लागेको छ। नेपालका विश्वविद्यालयको नेतृत्व छनोट कसरी हुन्छ भन्ने यस विषयमा थोरैमात्र चासो राख्ने सबैलाई थाहै छ। भनाइ र ऐन नियममा विश्वविद्यालय स्वतन्त्र प्राज्ञिक थलो भए पनि व्यवहारमा यो सधैँ नै शासक वर्गको नियन्त्रणमा रहने गरेको छ। विश्वविद्यालयमा शासकीय नियन्त्रणको थालनी सर्वप्रथम विश्वविद्यालयको कुलपतिको व्यवस्थाबाटै हुन्छ। राजनीतिक काममै व्यस्त हुनुपर्ने प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुन किन जरुरी भयो? निरंकुशकालमा त भयो भयो तर प्रजातान्त्रिक शासनकालमा पनी विश्वविद्यालयको कुलपति पद स्वतन्त्र बुद्धिजीवीमा किन जान सकेन? अन्यथा अर्थ नलागोस्, प्राज्ञिक विमर्शको थलो हुने विश्वविद्यालय औपचारिक शिक्षा पनि हासिल नगरेका व्यक्तिको नियन्त्रणमा पनि जानसक्ने (किनभने नेपालमा राजनितिकर्मीको योग्यता त तोकिएको छैन ) अवस्था हुनु आफैमा लज्जास्पद र निरंकुश मानसिकताको द्योतक हो। कुलपतिको पदलाई आलंकारिक मानेर कार्यकारी अधिकारीका रूपमा उपकुलपति पदलाई लिने हो भने पनि हालसम्मका उपकुलपतिको नियुक्ति प्रत्यक्ष राजनीतिक हस्तक्षेपद्वारा हुने र केही अपवादलाई छाडेर त्यसरी नियुक्त भएका उपकुलपतिहरूको कार्यसम्पादनको स्तर चर्चा नै गर्न नहुने गरी कमजोर रहेको यहाँ लेखिरहनु पर्दैन। साथै शिक्षाध्यक्ष र रजिष्ट्रार पनी भागबन्डामै नियुक्त हुने हुँदा उनीहरु उपकुलपतिप्रति नभएर आआफ्ना दलका नेताप्रति नै उत्तरदायी हुन्छन्। अझ पछिल्लो समयमा आएर त नियुक्तिमा गरिने आर्थिक चलखेल र त्यसको पूर्तिका लागी विश्वविद्यालयमा हुने आर्थिक हिनामिनाका बारेमा भ्रष्टाचारको सन्देहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कारबाही गरेको छ। अझै अगाडि बढेर केही समय पहिले मेडिकल कलेज खोल्ने विषयमा विश्वविद्यालयका पदाधिकारीको चलखेलको बिरोधमा भएका अनसन, हडताल र विभिन्न सम्झौताले पनि त्रिविको दुरवस्थालाई छर्लङ्गै पारेका छन्। यसमा नियुक्ति गर्नेको मात्र दोष नभएर नियुक्त भएर जाने पदाधिकारीको जिम्मेवारी र नैतिकताको पनि भूमिका हुन्छ तर नियुक्ति प्रक्रिया पारदर्शी, स्वतन्त्र र मर्यादित बनाउन सकियो भने गलत र 'राम्रा होइन हाम्रा' मान्छेको छनोटबाट विश्वविद्यालयलाई मुक्त गरेर अझैपनी प्राज्ञिक मर्यादाको स्थल बनाउन सकिन्छ।

पंक्तिकार अध्ययनरत ताइवानको नेसनल चुङ्ग सिङ्ग विश्वविद्यालयमा हालै नेपालको कुलपतिजस्तै सभापति पदमा नयाँ व्यक्तिको छनोट भएको छ। यहाँ कुलपति, उपकुलपति, शिक्षध्यक्ष, रजिष्ट्रार नभएर सभापति र सभापतिद्वारा छानिएका उपसभापतिहरू द्वारा कार्यसम्पादन गरिन्छ। यहाँका सबै विश्वविद्यालय स्वतन्त्र छन् र नेतृत्व छनैाट प्रक्रिया पनि पारदर्शी, प्रजातान्त्रिक र एकै किसिमको छ। आफ्नो देशका विश्वविद्यालयको बेथिति देखेर वाक्क भएका बेला यहाँको नेतृत्व छनोट प्रक्रियाका बारेमा चासो रहनु स्वाभाविकै थियो। फलस्वरूप, पंक्तिकारले सभापतिको पदमा प्रतिस्पर्धा गरेर असफल भएका प्राध्यापकसँग समेत विशेष समय लिएर छनोटको प्रक्रियाका बारेमा जनाकारी हासिल गरेको थियो।

विश्वविद्यालयमा प्रत्येक वर्ष चुनावद्वारा एक सय आठ सदस्यीय विश्वविद्यालय सभा गठन हुन्छ। त्यसमा अन्ठानब्बे जना विश्वविद्यालयका प्राध्यापकहरूले आफूमध्येबाछ छान्छन् भने दस जना विधार्थीबाट चुनिन्छन्। स्मरण रहोस्, हाल यस विश्वविद्यालयमा झन्डै आठ सय प्राध्यापक र पन्ध्र हजार जति विद्यार्थी छन्। विश्वविद्यालयको सभापति छनोटका लागि विश्वविद्यालय सभाले आफूमध्येबाट नौ जना र विश्वविद्यालयभन्दा बाहिरका प्राज्ञिक क्रियाकलापमा संलग्न व्यक्तिहरू नौ जना चुनावका माध्यमबाट छनोट गर्छ भने सरकारबाट तीन जना मनोनीत हुन्छन्। यसरी जम्मा एक्काइस जनाको सभापति छनोट समिति निर्माण हुन्छ। यस छनोट समितिले सभापतिको पद रिक्त हुनुभन्दा कम्तीमा पनि ६ महिना पहिले निश्चित योग्यता निर्धारण गरी व्श्विव्यापीरूपमा सभापति पदका लागी आवेदन आह्वान गर्छ। आवेदनको म्याद सकिएपछि उमेदवारको योग्यता छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिन्छ। तत्पश्चात सो नामावलीमाथि विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापकलाई मतदानको अवसर प्रदान गरिन्छ र मतदानमा कम्तीमा पच्चीस प्रतिशत मत प्राप्त गर्ने उमेदवारहरू दोस्रो चरणको प्रतिष्पर्धामा संलग्न हुन पाउँछन्। दोसा्रे चरणमा प्रवेश गरेका उमेदवारले आफू सभापतिका लागि छनोट भएमा विश्वविद्यालयलाई कसरी अगाडि बढाउने भन्ने कार्ययोजनासहित छनोट समिति समक्ष आफ्नो योजना प्रस्तुत गर्छन्। प्रस्तुतिपश्चात् तत्कालै सो एक्काइस सदस्यीय छनोट समितिले गोप्य मतदान गरी नयाँ सभापति छनोट गर्छ। समितिका सदस्यले उमेदवार सबैलाई मत दिन पाउँछन् र छनोट हुन उमेदवारले सबैभन्दा बढी तर कम्तीमा पनि समितिका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। पहिलो चरणमा पचास प्रतिशत मत नआए सबभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान हुन्छ। यसरी चुनिएका सभापतिको कार्यकाल चार वर्षको हुन्छ। सभापतिले आवश्यकताअनुसार तीन वा चार जना उपसभापति मनोनीत गरी प्रशासन, विकास र अनुसन्धान, मानवस्रोत संशाधन, बाह्य सम्पर्कलगायत अन्य आवश्यक विधाको जिम्मेवारीसहित अख्तियार प्रत्यायोजन गर्छ। विश्वविद्यालयको नियम (कुनै विश्वविद्यालयमा दुई वा कुनैमा तीन) र सभापतिको उमेर हेरी सभापतिले बढीमा तीन कार्यकालसम्म सेवा गर्न पाउँछ। विश्वविद्यालय सभाको दुई तिहाइ संख्याले अबिश्वासको प्रस्ताव पारित गरी सभापतिलाई पदमुक्त गर्न सक्छ तर चयन भएको कम्तीमा एक वर्षसम्म त्यस्तो अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन। दोस्रो कार्यकालका लागि निरन्तरता दिने कि नदिने भन्ने निर्णय पनी विश्वविद्यालय सभाले नै गर्छ तर आफू दोस्रो कार्यकालको लागि इच्छुक भए नभएको जानकारी सभापतिले कार्यकाल सकिनु ६ महिना अगावै विश्वविद्यालय सभालाई दिनुपर्छ। यसरी चुनिएको सभापति आफ्नो कामका लागि पूर्ण स्वतन्त्र र जिम्मेवार हुन्छ, कहीँ कतै पनी सरकारको हस्तक्षेप र अनुचित प्रभाव हुँदैन। आफ्नो देशमा एक पटक पदमा पुगेपछि सकेसम्म पदबाट हट्न नचाहने संस्कार देखेको पंक्तिकारले सभापतिको दोस्रो कार्यकालको चाहना र हालसम्म विश्वविद्यालयमा भएको रेकर्डका बारेमा कौतुहल राख्दा त्यो विषय सभापतिको आत्मूल्याङ्कनमा भर पर्ने र त्यस्तो मूल्याङ्कन सामान्यत जनसाधारणको भन्दा खासै भिन्न नहुने गरेको थाहा पाएको थियो। सभापतिले चाहे पनि विश्वविद्यालय सभाकोे दुई तिहाइ संख्यालाई चित्त नबुझेमा म्याद थप नहुने गरेको उदाहरण पनि रहेछ।

राजनीतिक भागबन्डा र कृपामा छनोट हुने विडम्बनाबाट मुक्त भएर माथि उल्लेखित वा त्यस्तै प्रक्रियाबाट नेतृत्व छनोट हुने चलन हाम्रो देशमा पनि विकास गर्न सके हाम्रा विश्वविद्यालय फोहोरी राजनीतिबाट मुक्त भएर विशुद्ध प्राज्ञिक विमर्शको थलो हुन सक्थे कि? यद्यपि, खाँचो भने सुधारका लागि राजनीतिक प्रतिबद्धताकै छ। दुर्भाग्य, देशमा त्यसैको सबैभन्दा अभाव छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस