सेयर बजार र मर्जर
१८ साउन २०७२
•
१८ मिनेट पाठ
सेयर बजार र मर्जर
अर्थमन्त्रीले बजेट भाषणमार्फत् प्रस्तुत गर्ने वार्षिक आय व्ययको विवरण तथा वित्तीय सुधारका कार्यक्रमका कतिपय विषयलाई नेपाल राष्ट्र बैंकले आफ्नो नीति परिमार्जन गरेर समेट्नुपर्ने हुन्छ। तिनमा खासगरी आयात निर्यात, ब्याज दर, मुद्रास्फीति नियन्त्रणजस्ता विषय पर्छन्। साथै समयसमयमा आफ्ना नीतिलाई समयानुकूल बनाउन नेपाल राष्ट्र बैंकले पनि नीति निर्देशन परिवर्तन गर्नुपर्ने हुन्छ।कुनै विषय तत्कालै परिवर्तन गर्नुपर्दा परिपत्रका माध्यमबाट र नत्र आर्थिक वर्षको अन्त्यतिर एकीकृत निर्देशनका रूपमा आफ्ना नियम समयानुकूल परिमार्जन गरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गर्नुका साथै समष्टिमा देशको अर्थतन्त्रलाई दिशा तथा गति प्रदान गरिरहेको हुन्छ। यसैक्रममा अर्थमन्त्रीले बजेट भाषण गरेपछि राष्ट्र बैंकले स्वतः केही नयाँ सर्कुलर जारी गर्नुपर्ने हुन्छ। हरेकवर्ष सरकारको वित्तीय नीतिलाई सफल पार्न बैंकले साउनको पहिलो साता मौद्रिक नीति जारी गर्छ। मौद्रिक नीतिमा सामान्यतया विदेशी विनिमय, ब्याजदर, पुँजी, बैैंक दर, पुनर्कर्जाका व्यवस्था, पुँजीको दोस्रो बजार, अनिवार्य नगद मौज्दातआदिका माध्यमबाट बैंक नियमनका कार्य गरिन्छ। कर्मचारीलाई बजेटमा तलब बढ्ने चासो, व्यापारीलाई भन्सार अन्तःशुल्कको घटबढको चासो भएजस्तै ब्यापारी, सेयर लागनीकर्ता र बैंकरहरूलाई मौद्रिक नीतिको व्यग्र प्रतीक्षा हुन्छ। वास्तवमा मौद्रिक नीतिको अध्ययनपछि नै कतिपय बैंकले सो वर्षका लागि आफ्ना योजना परिमार्जन गर्छन्। यस वर्षको मौद्रिक नीतिमा अरू जेसुकै भए पनि बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको परिवर्तनको व्यवस्थाले अरू सबै बुँदालाई ओझेलमा पार्योू।




विगतका तथ्यांकलाई आधार मानेर हेर्दा अघिल्ला गभर्नरका पालामा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कहिले पनि व्यापारी, सेयर लगानीकर्ता तथा बैंकरमुखी हुनसकेन। यस्ले कहिले घरजग्गा कारोबारलाई धराशायी बनायो त कहिले सेयर बजारलाई। कतियप ख र ग वर्गका वित्तीय संस्था डुब्नुका पछाडि नेपाल राष्ट्र बैंकको विगतका मौद्रिक नीतिका प्रावधान जिम्मेवार थिए। सामान्यतया संसारका सबै देशमा त्यहाँको केन्द्रीय बैंकले नयाँ नीति ल्याउँदा वा पुराना नीति परिवर्तन गर्दा आर्थिक उन्नतिको वाहक हुने गर्छ। तर दुर्भाग्यवश, नेपालमा विगत पाँच वर्ष त्यसो हुन सकेन। त्यस समयमा जब जब मौद्रिक नीति आउँथ्यो सेयर बजार डुब्थ्यो। कुनै समय त मौद्रिक नीति सम्बन्धित सरोकारवालाका लागि डरको पर्यायसमेत बन्यो।

यसपटक भने त्यसो भएन। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेकै दिन सेयर बजार बढ्यो। अर्को दिन त स्टक एक्सचेन्जमा सर्किट ब्रेकर नै लगाउन पर्यो् र त्यसपछि बजार सम्हालियो। देशको सकारात्मक राजनीतिक वातावरणले केही उँभोलाग्न थालेको पुँजी बजार, नेपाल स्टक एक्सचेन्जको सूचकांक यस वर्षको मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिल्लो दिन ९ सय ६३ अंकमा थियो जुन अहिले ६.७५ प्रतिशतले बढेर १ हजार २८ अंकमा पुगेको छ। यस्को मूल कारण आगामी दुई वर्षभित्र बैंक तथा वित्तीय संस्थाले बढाउनुपर्ने चुक्ता पुँजी रह्यो भने सहायक कारणमा समग्रमै मौद्रिक नीति अर्थतन्त्र मैत्री हुनु हो।

अब त्यो सूचकांक कति अंकमा पुग्ला?

दुई दिन एक्कासि बढेको बजार तेस्रो दिन किन घट्यो वा बढ्ने क्रम रोकियो? कारण सेयर खरिदकर्ता र विक्रीकर्ता दुवै डराए। डराउनुको मुख्य कारण अचानक बजारमा हल्ला चलाइयो – यसे नीतिमा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्छ। कि त दुई वर्षको समय सीमा बढ्छ कि त बैंकहरूको स्वतन्त्र कोषको रकमलाई पनि आठ अर्बमा जोड्न पाइन्छ। यी सब विनाआधारका हल्ला थिए तर पनि लगानीकर्ताले यस्लाई पत्याए। किनभने हल्ला चलाउनेहरू प्रतिष्ठित व्यक्ति नै थिए। तर यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट कुनै धारणा आएको छैन र मेरो विचारमा आउँदैन पनि। कारण, यस नीतिमा पुनर्विचार हुँदैन र हुनु पनि हुँदैन।

माथिको तर्क मान्दा समग्रमा सेयर सूचकांक लगभग ४० प्रतिशतले बढ्नुपर्ने हुन्छ करिब डेढ वर्षका अवधिमा। वा ९६३ अंकलाई आधार मान्दा सेयर सूचकांक १ हजार ३ सय ५० को हाराहारीमा पुग्नुपर्ने हुन्छ। यसका लागि तत्काल ३ महिनाभित्र करिब २० प्रतिशत बढेर बाँकी २० प्रतिशत बिस्तारै बढ्ने संभावना रहन्छ। अब एउटा प्रश्न उठ्छ – कुन बैंकको सेयर किन्ने र कुन बैंकको नकिन्ने अनि कतिमा किन्ने? किनभने सबैको सेयर मूल्य समान तरिकाले बढ्ने हैन। सेयर किन्न्ो वा बेच्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई ४ भागमा बाँड्नुपर्ने हुन्छ। अहिले नै ८ अर्ब वा त्यस्को हाराहारीमा चुक्ता पुँजी पुगेका, आफ्नै नाफाको स्रोतबाट आगामी दुई वर्षमा चुक्ता पुँजी ८ अर्ब पुर्यािउन सक्नेहरू र बोनस सेयर जारी, मर्जर तथा अग्राधिकार सेयर जारीमध्ये कुनै दुई वा तीन तरिकाबाट चुक्ता पुँजी आठ अर्ब पुर्याबउने र इच्छा भएमा सजिलै सेयरपुँजी बढाउन सक्ने विदेशी लगानीका बैंकहरू। यसक्रममा मर्ज गर्ने र मर्ज हुनेलाई छुट्ट्याउनु अत्यन्त जरुरी हुन्छ।

पहिलो प्रकारका बैंकको सेयर मूल्यलाई यो प्रावधानले कुनै असर नगर्ने हुँदा उक्त बैंकको नाफा नोक्सान र भविष्यमा पाइने लाभांश नै सेयर मूल्यको आधार हो। यस प्रकारका बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र धेरै हदसम्म नेपाल बैंक पर्छन्। दोस्रोमा नेबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंकजस्ता पर्छन्। तिनो सेयर पुँजी आगामी दुई वर्षमा आफ्नै नाफाबाट आठ अर्ब रुपैयाँ पुग्नसक्छ। यी बैंकहरूको सेयर, बोनस सेयरको हदसम्म बढ्दा लगानीकर्तालाई घाटा हुन्न। उदाहरणका लागि, यो प्रावधान आउनुभन्दा अगाडि नेबिल बैंकको सेयर मूल्य रु. १ हजार ९ सय रुपैयाँ, नेबिल बैंकको चुक्ता पुँजी गत चैत्र मसान्तमा ३ अर्ब ६६ करोड रुपैयाँ र एक वर्षको खुद नाफा करिब २ अर्ब २५ करोड रुपैयाँ रहेको छ। नेबिल बैंकले अर्को दुई वर्षसम्म ५० प्रतिशतका दरले बोनस सेयर जारी गर्यो२ भने उस्को चुक्ता पुँजी सजिलै आठ अर्ब पुग्छ। यस अर्थमा अहिले १ हजार ९ सय रुपैयाँ बराबरको १०० सेयर भएको सेयर धनीसँग दुई वर्षपछि २२५ सेयर हुन्छ र त्यस्ा बेला नेबिल बैंकको सेयर मूल्य १ हजार रुपैयाँको हाराहारीमा हुँदा पनि उक्त लगानीकर्तालाई घाटा हुँदैन। यस्मा आगामी दुई वर्षको लगानीको ब्याज रकमसमेत समायोजन गरिएको छ। कसैले नेबिल बैंकको सेयर मूल्य त्यस बेला हजार रुपैयाँभन्दा जति माथि हुन्छ भन्ने कल्पना गर्छ त्यतिमै त्यो सेयरको मूल्य बढ्न सक्छ।

तेस्रो प्रकारका बैंकहरूमा नेपाल राष्ट्र बैंकको उद्देश्य र बैंकहरूका विभिन्न बाध्यताले धेरैजसोलाई मर्जरमा नगई सुखै नहुने बैंकहरू पर्छन्। अझ कतिपय स्थितिमा त बैंकहरूले बोनस सेयर, मर्जर र केही अग्राधिकार सेयर जारी गर्नु पर्नेहुन्छ। विदेशी लगानीका स्ट्यान्डर्ड चार्टड, नेपाल एसबीआई तथा एभरेष्ट बाहेकका अरू सबैजसो बैंक यही समूहमा पर्छन्। यहाँ मर्ज गर्दा, मर्ज हुन जाने कि लिएर आउनेमा धेरै फरक पर्नेहुँदा बैंकको नाम लिएर उदाहरण दिन कठिन छ। किनभने केटा र केटी दुवैका लागि विवाह त विवाह नै हो तर केटाले दुलही ल्याउने र केटी बुहारी बनेर जानुपर्ने सामाजिक नियम करिबकरिब यहाँ पनि लागु हुन्छ। एउटा २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको, करिब ६० करोड रुपैयाँ वार्षिक खुद मुनाफा भएको बैंकले अर्को त्यस्तै बैंक सँग मर्ज गर्दा दुई वर्षमा चुक्ता पुँजी दुवै वर्षको सबै नाफाबाट बोनस सेयर जारी गर्दा पनि ६ अर्ब रुपैयाँमात्र हुन्छ। यस अवस्थामा कि त दुईभन्दा बढी बैंक एकैसाथ मर्ज गर्नुपर्ने हुन्छ वा तीन सेयर बराबर एक अग्राधिकार सेयर जारी गर्नुपर्ने हुन्छ। नेपालको अहिलेको परिस्थितिमा दुईवटा बैंक एकआपसमा मर्ज गर्न त कठिन छ भने त्यहाँ तीन वा बढी बैंक मर्ज गर्न असम्भव प्रायः देखिन्छ। त्यस्तो बैंकको अहिलेको सेयर मुल्य करिब ४ सय रुपैयाँ छ भने दुई वर्षपछि २३० रुपैयाँसम्म हुदाँ पनि लगानीकर्तालाई घाटा भने हुन्न। तर आठ अर्ब चुक्ता पुँजी भएपछि पनि यी बैंकले करिब १५ प्रतिशतका दरले लाभांश दिनसक्ने हुँदा त्यसबखत पनि सेयरको मूल्य करिब ३०० भन्दा माथि हुन्छ। यस अर्थमा यस्ता बैंकको सेयर मूल्य अहिलेको मूल्यमा सजिलै ५० प्रतिशतसम्म माथि जान सक्छ। तर यहाँ माथि भनिएझैं मर्ज गरेर ल्याउनेको जानेको भन्दा सेयरमूल्य निकै बढी हुन्छ। तसर्थ लगानीकर्ताले यस कुरामा ध्यान दिनु जरुरी छ।

यस प्रकारका बैंकमध्ये धेरैमा मर्जरको विरोध गर्ने वा जान नचाहने कारणको रूपमा अर्को बिकराल समस्या रहेको पाइन्छ। ती बैंकहरूले बैंक खोल्दा वा अहिलेसम्म बैंकको चुक्ता पुँजीको संरचनालाई आफू अनुकूल यसरी बनाएका छन् कि निश्चित व्यक्तिबाहेक अर्को कोही ती समूहबाट बैंकको संचालक कहिल्यै पनि हुन सत्तै्कन। कुनै पनि बैंकहरू यस स्थितिमा परिवर्तन चाहँदैनन्। तसर्थ यसपटक पनि नेपाल राष्ट्र बैंकको चाहना र देशको आवश्यकताअनुरूप बैंकहरू मर्ज नहुन सक्छन्। साथै मर्जमा गएपछि सञ्चालकको संख्या आधा घट्नाले पनि मर्ज सबैको रोजाइको विकल्प नबन्ने पक्का छ। अझ प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ अधिकृतको जागिरको चिन्ता त बेग्लै छँदैछ। बैंकहरूले समय थप चाहियो र स्वतन्त्र कोषमा रहेको रकमलाई पनि ८ अर्बमा गणना गर्न पाइयोस् भन्नुको कारण पनि यही हो। त्यसो भएमा नेपाल राष्ट्र बैंकको ठुला बैंक बनाउने इच्छा त पूरा होला तर थोरै बैंकमात्र राख्ने उद्देश्य भने कुनै हालतमा पूरा हुँदैन।

चौथो प्रकारका बैंकका लागि आठ अर्ब पुर्या उन दुई वर्षको नाफा र अग्राधिकार सेयर नै काफी हुनेहुँदा उनीहरूको सेयर मूल्यमा ठूलो उछाल आउन सक्छ।

ख र ग वर्गका विकास बैंैक र वित्त कम्पनीमध्ये अधिकांशको अस्तित्व यस व्यवस्थाले संकटमा पारेकाले त्यस्ता संस्थाको सेयरमा धेरै चलखेल हुनसक्छ तर ती संस्थाको सेयर रकमको हिसाबले धेरै नहुनाले नयाँ लगानीकर्ताले ध्यान त्यता नलाँदा जोखिमबाट आफूलाई सुरक्षित बनाउन मद्दत पुग्छ।

मर्ज कहिले?

यो अहिलेको सबैभन्दा गम्भीर प्रश्न हो। बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले यो नियम परिवर्तन नहुने कुरामा पूरै आश्वस्त पार्नसके मर्जको प्रक्रिया तुरुन्त सुरु हुन्छ। तर त्यसो हुन नसके सबैले अर्को आर्थिक वर्षको तेस्रो त्रैमासिक कुर्छन् नियम परिमार्जन हुने आशामा। मर्ज प्रक्रियामा रहेका बैंकको सेयर कारोबार रोकिने हुँदा सबैले अर्को वर्ष कुरे भने कुनै समय दुई तिहाई बैंक तथा वित्तीय संस्थाका सेयर कारोबार एकैपटक रोकिने पनि हुनसक्छ। यहाँ एकै पटक धेरै बैंक तथा वित्तीय संस्था मर्ज हुने हुदाँ प्रक्रिया भने अझै सरल बनाउनु जरुरी छ।

नेपाल राष्ट्र बैंक आफ्नो यो नीति लागु गर्न कति संवेदनशील छ भन्ने अब तुरुन्तै बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०७१।०७२ को नाफा नोक्सानबाट नगद लाभांश पारित गर्न दिन्छ कि दिँदैन भन्नेबाट स्पष्ट हुन्छ। आशा र विश्वास गरौँ, यो वर्ष र अर्को वर्षको नाफाबाट आठ अर्ब पुगिनसकेका कुनै पनि बैंकले नाफाबाट नगद लाभांश दिन पाउनेछैनन्। त्यसो भएमा नियम संशोधन हुने र गराउनसक्ने आशंका पूरै हट्नेछ।
अर्को समाचार
मर्जर प्रक्रिया छोट्याउन नेप्सेको आग्रह
२५ माघ २०७२
•
९ मिनेट पाठ
मर्जर प्रक्रिया छोट्याउन नेप्सेको आग्रह
काठमाडौं- बैंक तथा वित्तीय संस्थाको मर्जरमा लाग्ने समयले सेयर कारोबारको दोस्रो बजार प्रभावित भएको भन्दै नेपाल स्टक एक्सचेन्जले उचित कदम चाल्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। मर्जरको प्रक्रियामा गएका संस्थाहरुको कारोबार रोकिँदा लगानीकर्ताले चाहेको समयमा सेयर बिक्री गर्न नपाएको भन्दै नेप्सेले प्रक्रिया छोट्याउन आग्रह गरेको हो।मर्जर प्रक्रिया पूरा गर्न कम्तीमा ६ महिना र बढीमा दुई वर्ष लाग्ने गरेको छ। त्यत्ति लामो समयसम्म लगानीकर्ताले सेयर बेच्न नपाउँदा अप्ठेरो भएको गुनासो गरेपछि नेप्सेले मर्जर प्रक्रिया छोट्याउन राष्ट्र बैंकलाई लिखित रुपमै आग्रह गरेको छ।




स्टक एक्सचेन्जले केन्द्रीय बैंकलाई पत्र लेख्दै 'मर्जर प्रक्रिया छोट्याउन वा मर्जर प्रक्रियामा रहेेका संस्थाको पनि सेयर कारोबार हुने व्यवस्था गर्न' आग्रह गरेेको छ। सर्वसाधारण लगानीकर्तालाई समस्या नहोस भनेर मर्जर प्रक्रियालाई छिटो छरितो गर्न आग्रह गरिएको नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले सोमबार नागरिकलाई बताए।

'राष्ट्र बैंकले मर्जर प्रक्रिया छोट्याउनु पर्छ,' उनले भने, 'मर्जर प्रक्रिया छोट्याउन नसकिए अन्य व्यवस्था गरेर भए पनि मर्जरको समयमा पनि सेयर कारोबार खुला राख्ने वातावरण बनाउनु पर्छ।'

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये ७० प्रतिशतभन्दा बढी सेयर बैंक तथा वित्तीय संस्थाको छ। ठूलो हिस्सा भएका बैंक, वित्तीय संस्थाको सेयर कारोबार हुन नसक्दा लगानीकर्ता र सेयर बजार समेत प्रभावित हुने हुँदा मर्जर प्रक्रियामा रहेका संस्थाको पनि कारोबार हुनु जरुरी भएको महाप्रबन्धक थपलियाले बताए।

हाल नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनी सूचीकृत छन्। तीमध्ये २७ कम्पनीको मर्जरका कारण सेयर कारोबार रोकिएको उनले जानकारी दिए। 'थप २५/२६ कम्पनी मर्जरमा जाँदैछन्,' उनले भने, 'ती पनि मर्जर प्रक्रियामा जाँदा कुल ५२/५३ कम्पनीको कारोबार रोकिन्छ।'

ठूलो संख्यामा मर्जरमा जाँदा सेयर बजारमा हुने कारोबार रकममा समेत कमी आउँछ। स्टक एक्सचेन्जले थोरै कम्पनीको मात्र सेयर कारोबार गर्दा ती कम्पनीको सेयरमा चलखेल हुने सम्भावना भएका कारण पनि मर्जर प्रक्रियामा छोट्याउन आग्रह गरेेको बताइन्छ।

राष्ट्र बैंकले मर्जर प्रक्रियालाई प्रोत्साहन गर्ने नाममा सेयर लगानीकर्तालाई निरुत्साहित हुने काम गर्न नहुने तर्क पनि विज्ञहरुले गरेका छन्। 'मर्जरको प्रक्रियामा पनि सेयर कारोबार हुनुपर्छ,' एक विज्ञले भने, 'कारोबार रोकिँदा ठूला लगानीकर्तालाई समस्या नपरे पनि सानालाई भने असर पर्नेछ।' मर्जर प्रक्रिया लामो हुँदा टेड्रिङमा असर पर्नुका साथै लगानीकर्तालाई अप्ठेरो परेेको उनीहरुको भनाइ छ।

५ ग्रामीण विकास बैंक मर्जर हुन करिब दुई वर्ष लागेको थियो। दुई वर्षसम्म ती बैंकको सेयर लिएका सर्वसाधरण लगानीकर्ताले बिक्री गर्न पाएका थिएनन्। 'अहिले मर्जरमा गएका केही बैंक तथा वित्तीय संस्थाको कारोबार एक वर्ष सम्म हुन सकेको छैन,' एक लगानीकर्ताले भने, 'यसले गर्दा लगानीकर्ताले आफ्नो सम्पत्ति बेचबिखन गर्ने अधिकारबाट वञ्चित हुनुपरेको छ।'

यसअघि पनि लगानीकर्ताले सेयर बिक्रीमा समस्या आएको गुनासो नेपाल स्टक एक्सचेन्ज र राष्ट्र बैंकमा गरेका थिए। लगानीकर्ताको हितलाई ध्यानमा राखी मर्जर प्रक्रिया छोट्याउनुपर्ने विज्ञहरुको सुझाव छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले मर्जर प्रस्ताव ल्याएको थियो। मर्जर प्रक्रिया अपनाएर चुक्ता पुँजी बढाउँदा लामो समय लाग्ने गरेको गुनासो बैंकरहरुले पनि गरेका छन्।

अहिले (२०७२ असार मसान्तसम्म) ३० वाणिज्य बैंक, ७६ विकास बैंक, ४८ वित्त कम्पनी छन्। ती संस्थालाई घटाएर साढे दुई दर्जनमा झार्ने रणनीतिमा पुगेको राष्ट्र बैंक स्रोतको भनाइ छ।

केन्द्रीय बैंकले ल्याएको पछिल्लो मौद्रिक नीति कार्यान्वयन हुने हो भने २ वर्षपछि करिब १५ वाणिज्य बैंक, ८ देखि १० वटामात्र विकास बैंक र करिब ५ वटा मात्रै फाइनान्स कम्पनी रहने बैंकरको भनाइ छ। राष्ट्र बैंकले पनि हाल भइरहेका बैंक, वित्तीय संस्था घटाएर ३० वटामा सीमित राख्न चाहेको एक बैंकरले बताए।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत २ वर्षमा चुक्ता पुँजी वृद्धि गरेर ४ देखि २५ गुणासम्म पुर्यारउने प्रस्ताव ल्याउनुको उद्देश्य पनि जसरी भए पनि संख्या घटाउनु हो। संख्यात्मकभन्दा गुणात्मक सेवा प्रदान गर्ने वित्तीय संस्था भएको हेर्न चाहेको राष्ट्र बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्थाहरु गाभिन थालेका हुन्।

नेप्से एक अंकले बढ्यो

नेप्से सोमबार करिब एक अंकले बढेको छ। उक्त दिन नेप्से ०.९३ अंकले बढेर १२६३.७५ मा पुगेको छ। आइतबार ११.०४ अंकले बढेको थियो।

अधिकांश समूहका सूचक नकारात्मक रहे पनि जलविद्युत र बिमा समूहमा आएको उच्च सुधारले नेप्से बढेको हो। यस दिन जलविद्युत समूहको सूचक ६३ र बिमाको ५५ अंकले बढेको छ भने अन्य सबै समूहका नकारात्मक रहे।

१२० कम्पनीको कारोबार भएको बजारमा ११ लाख १९ हजार कित्ता सेयर ६१ करोड ५५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १४ करोड रुपैयाँले घटेको छ। ७५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

उक्त दिन नेको इन्स्योरेन्सको सबैभन्दा धेरै ३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्सको पनि ३ करोड बढीको कारोबार भएको छ। सानिमा बैंक, सानिमा हाइड्रो र नेसनल हाइड्रोको पनि २ करोड बढीको कारोबार भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस