संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक भएको छ। मस्यौदाअनुसार अब नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ र राज्यशक्तिको प्रयोग यिनैले गर्नेछन्। संविधानले नै हालसम्म सरकारले प्रयोग गर्दै आइरहेका धेरै अधिकार प्रान्त र स्थानीय तहसम्म बाँडफाँट गरेको छ।अब सामान्य कामका लागि नागरिकलाई काठमाडौं धाइरहनु पर्दैन। प्रान्त र स्थानीय तहबाट नै धेरै समस्या समधान हुन्छ। संवैधानिकरूपमा नै काठमाडौंले प्रयोग गर्ने गरेका अधिकार विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी जस्ता ठूला सहरसम्म पुग्नेछन्। सम्भवतः यिनै सहर प्रान्तका केन्द्र/राजधानी हुनेछन्।
अधिकार बाँडफाँटको सूचीअन्तर्गत रक्षा र सेना, केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण, केन्द्रीय स्तरका ठूला विद्युत्, सिँचाइ र अन्य आयोजना तथा परियोजना केन्द्रीय सरकार ( संघ ) ले गर्नेछ भने प्रान्तीय र स्थानीय स्तरका काम क्रमशः प्रान्त र स्थानीय सरकारले गर्नेछन्। केन्द्रमा जस्तै प्रान्त र स्थानीय स्तरमा कार्यपालिका, विधायिका र न्यायपालिका रहनेछन्। मुलुकका कुनाकाप्चाका नागरिकका लागि यो ठूलो उपलब्धि हो। यति ठूलो उपलब्धिलाई केही दलले नजरअन्दाज गर्नु परिवर्तन आत्मसात् गर्न नसक्नु हो।
संविधानको मस्यौदामा पहिचान र सामर्थ्यका आधारमा ८ प्रान्त रहने उल्लेख छ। पहिलो संविधान सभाले पहिचानका ५ र सामर्थ्यका ४ आधार उल्लेख गरेको थियो। पहिचानका आधार जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता हुन्। यसैगरी सामर्थ्यमा आर्थिक अन्तरसम्बन्ध र सामर्थ्यता, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता र प्ा्रशासनिक सुगमता छन्। प्रान्तहरुको सीमाङ्कनका लागि संघीय आयोग बनाइने र सो आयोगले छ महिनाभित्र सुझाव दिनुपर्ने व्यवस्था मस्यौदामा छ। यसैगरी आयोगको सिफारिस तीन महिनाभित्र रूपान्तरित व्यवस्थापिका—संसद्को दुई तिहाई बहुमतले निर्णय गरी कार्यान्वयन गर्ने व्यवस्था छ। प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट हुनेछ। यसैगरी स्थानीय सरकारको संख्या र क्षेत्र निर्धारण गर्नका लागि सरकारले एक आयोग गठन गर्नेछ। यस आयोगले स्थानीय सरकारको संख्या र क्षेत्र निर्धारण एक वर्षभित्र गर्नुपर्नेछ। संविधान जारी भएको मितिले छ महिनाभित्र आयोग गठन गर्नुपर्नेछ। प्रान्त र स्थानीय निकायको सीमाङ्कन आयोगले गर्नेछ तर पनि राजनीतिक दलहरुले प्रान्तहरुको सीमाङ्कन सकेसम्म संविधान सभाबाट नै गर्ने प्रयासको थालनी गरेका छन्। यस प्रयासले सार्थकता पायो भने सम्भवतः संविधान प्रान्तहरुको सीमाङ्कनसहित जारी हुनेछ।
प्रतिनिधि सभा गठन
मस्यौदाको दफा ८८ मा २७५ सदस्यीय प्रतिनिधि सभा गठनसम्बन्धी व्यवस्था छ। जसअनुसार १ सय ६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिकबाट हुनेछन्। नेपाललाई भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिएको र यसको निर्वाचन प्रत्यक्ष विधिअनुसार हुन्छ। यसैगरी दफा ९० अनुसार राष्ट्रिय सभामा प्रतिनिधित्वका लागि प्रत्येक प्रदेशबाट ४०/४० जनाको प्रतिनिधित्व हुने व्यवस्था छ। राष्ट्रिय सभालाई प्रान्तहरुको बहसको केन्द्र बनाइएको छ। दफा ९० ले केन्द्रीय शासनसत्ता/व्यवस्थापिका मा सबै क्षेत्रको सम्मानजनक प्रतिनिधित्वका लागि प्रान्तहरुको निर्धारण/सीमाङ्कन समानुपातिक आधारमा गरिनुपर्ने सन्देश दिन्छ।
सीमांकनको गणितीय विश्लेषण
१ सय ६५ निर्वाचन क्षेत्र वर्गीकरणका लागि जनसंख्यालाई ५० प्रतिशत र भूगोल एवं प्रादेशिक सन्तुलनलाई २५/२५ प्रतिशत भार दिऊँ। यस आधारमा १ सय ६५ निर्वाचन क्षेत्र विभाजन गर्दा जनसंख्याको भागमा ८२.५ र भूगोल र प्रादेशिक सन्तुलनको भागमा प्रत्येकलाई ४१.२५ पर्छ। यहाँ भूगोललाई जनघनत्वका आधारमा समायोजन गरिएको छ। जसअनुसार प्रतिवर्गकिलोमिटरमा कम्तिमा २० जना हुनुपर्ने मान्यता छ। जस्तो– डोल्पाको क्षेत्रफल ७८८९ वर्ग कि.मि. छ। यस मान्यताका आधारमा समायोजन गर्दा यहाँको क्षेत्रफल १८३५ वर्ग कि.मि. मात्र हुन्छ। मधेशवादी दललगायत केही बुद्धिजीवीले बसोबास नै नभएको पहाडमा भूगोलका आधारमा पनि निर्वाचन क्षेत्र कायम गरियो भन्ने आरोप लगाइरहेका छन्, यो अवस्थामा यस मान्यता उपयुक्त विकल्प हुन सक्छ। राज्यको साधन र स्रोत भूगोलका आधारमा वितरण गर्दासमेत यो विधि उपयुक्त हुन सक्छ। जस्तो गाउँ विकास समितिहरुको भूगोलमा रहेको असमान अवस्थाले गर्दा अनुदान वितरणमा समस्या भइरहेको छ। जस्तो बझाङको काँडा गाविसको क्षेत्रफल १४६७.२६ वर्ग कि.मि. छ। जुन उपत्यकाका ३ वटा जिल्ला भन्दा पनि ठूलो हो। जबकि यी तीन जिल्लाको क्षेत्रफल मात्र ८९९ वर्ग कि.मि. छ। क्षेत्रफल समायोजनको यस मापदण्ड लगाउदा काँडा गाविसको क्षेत्रफल १०९.१० वर्ग कि.मि. हुन्छ। समायोजित यो गाविसको क्षेत्रफल लगभग भक्तपुर जति हुन्छ। भक्तपुरको क्षेत्रफल ११९ वर्ग कि.मी. छ। समायोजित क्षेत्रफलले मानिस बसोबास गर्ने गरेको क्षेत्रफल जनाउँछ।
स्थानीय निकाय वित्तीय आयोगले स्थानीय निकायहरुको अनुदान वितरणका लागि सबै जिल्लाको लागत सूचक बनाएको छ। निर्माणमा प्रयोग हुने भौतिक र मानवीय सामग्री, जस्तै– रड, सिमेन्ट, इँटा, श्रम आदिको बजार मूल्यका आधारमा यो सूचक बनाइएको छ। नियमानुसार यो सूचक प्रत्येक वर्ष अपडेट गर्नुपर्छ। आयोगको अद्यावधिक सूचकको अधिकतम र न्यूनतम अङ्क २.५ र १.० छ। २.५ सूचक हुने जिल्ला हुम्लामात्र छ। यसपछि २.० सूचक हुने जिल्ल्ाा डोल्प्ाा र मुगु हुन्। बाँकी जिल्लाको सूचक १.० देखि १.५ सम्म छ। तराईका जिल्ला, काठमाडौं उपत्याकाका जिल्ला र ठूला सहरहरु अवस्थित अन्य केही जिल्लाको सूचक १.० छ। क्षेत्रीय सन्तुलनको डमी सूचकका रूपमा यहाँ लागत सूचक प्रयोग गरिएको छ।
उपरोक्त ३ वटा सूचकहरुको विश्लेषणका आधारमा सबभन्दा बढी भार काठमाडौंको ३.६३ प्रतिशत (६ वटा निर्वाचन क्षेत्र) हुन्छ। यसपछि क्रमशः मोरङ, कैलाली र रुपन्देहीको २.४४ प्रतिशत , २.३४ प्रतिशत र २.१९ प्रतिशत छ। यी ३ वटा जिल्लाको भागमा ४/ ४ निर्वाचन क्षेत्र पर्न आउँछ। सबभन्दा थोरै भार मनाङ, मुस्ताङ, तेह्रथुमलगायतका जिल्लाको छ । यीसहित ९ जिल्लाको भागमा एक/एक निर्वाचन क्षेत्र पर्छ। ४५ वटा जिल्लाको भागमा २/२ निर्वाचन क्षेत्र र १७ वटा जिल्लाको भागमा ३/३ वटा निर्वाचन क्षेत्र पर्छन्। लागत सूचकको स्थानमा गरिबी सूचक राख्दासमेत परिणाममा तात्विक फरक पर्दैन। भरपदो विवरणहरु नहुन्जेल क्षेत्रीय सन्तुलनको डमी सूचकका रूपमा लागत या गरिबी सूचक प्रयोग गर्न सकिन्छ। निर्वाचन आयोगका लागि समेत यो विधि उपयोगी हुन सक्छ।
प्रान्तहरुको सीमांकन
प्रान्त निर्धारण जनसंख्या, भूगोल र क्षेत्रीय सन्तुलनका आधारमा गर्दा औसतरूपमा यी ३ वटा सूचकको भारित अङ्क १२.५ हुनुपर्छ। ८ वटा प्रान्त प्रस्तावित छ। १ सय प्रतिशतलाई ८ ले भाग गर्दा १२.५ हुन्छ। एकीकृत भार जनसंख्या, भूगोल र क्षेत्रीय सन्तुलनका आधारमा निकालिएको छ। जनसंख्या र सामर्थ्य एकापसमा परिपूरक हुन्। जनसंख्या वृद्धिसंगै आर्थिक क्रियाकलाप बढ्छ। साथै विकासको स्तरमा पनि सुधार हुन्छ। आर्थिक क्रियाकलाप र विकासको स्तरसँगै राजश्व पनि सुधार हुन्छ। प्राविधिक, आर्थिकलगायतका हिसावले प्रान्तको सीमाङ्कन उत्तर दक्षिण गर्दा नै उपयुक्त हुन्छ। तर केही राजनीतिक दल तराईका लागि अलग्गै प्रान्त बनाउनुपर्छ भन्छन्।सीमाङ्कन जसरी गरे तापनि ती प्रान्त माथि विश्लेषण गरिएका जनसंख्या, भूगोल र प्रादेशिक सन्तुलनका आधारमा सन्तुलित हुनुपर्छ। यी तीनवटा सूचकको भार तराईमा ३६.९२ प्रतिशत हुन्छ। यदि तराईमा अलग प्रान्त बनाउने हो भने यसको संख्या तीन हुनुपर्छ। तराईमा तीनभन्दा कम प्रान्त बनाइए राजनीतिक र गणितीय दुवै हिसावले असन्तुलन हुन्छ। राष्ट्रिय सभामा तराईको प्रतिनिधित्व पनि कम हुन्छ।
जनसंख्या, भूगोल र क्षेत्रीय सन्तुलनका आधारमा विश्लेषण गर्दा चर्चामा रहेका झापा, मोर्र र सुनसरी जिल्लाको एकीकृत भार ६.४९ प्रतिशतमात्र हुन्छ। प्रतिप्रान्तको औसत भार १२.५ प्रतिशतका लागि यी जिल्लामा थप भार ६.० हुने गरी अन्य जिल्ला थप्नुपर्छ। औसत भार मिलाउने हो भने मेची र कोशीका बाँकी जिल्ला मिलाउनुपर्छ। यदि तराईका जिल्लाहरु मात्र मिलाउने हो भने धनुषा र महोत्तरीसम्मका जिल्ला मिलाउनुपर्छ। झापादेखि सिरहासम्मको औसत भार ९.९२ हुन्छ । जुन प्रतिप्रान्तको औसत भारभन्दा २१ प्रतिशतले कम हो। यसअनुसारको प्रान्त गणितीय हिसावले असन्तुलित हुन्छ।
यसैगरी कैलाली र कञ्चनपुरको हकमा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला मिलाउनुपर्छ। यी सबै जिल्लाको औसत भार ११.७० हुन्छ। यदि तराई जिल्लाको मात्र प्रदेश बनाउने हो भने रुपन्देही जिल्ल्ाासम्म मिलाउनुपर्छ। काठमाडौं उपत्यकाको हकमा वाग्मतीका सबै जिल्ला मिलाउनुपर्छ। यी सबै जिल्लाको भार ११.९४ हुन्छ। नेपाली कांग्रेस र नेकपा एमालेले प्रस्ताव गरेअनुसार जनकपुरका पहाडी, वाग्मतीका सबै र नारायणीका चितवन र मकवानपुर जिल्ला मिलाउँदा यसको भार १८.१ हुन्छ। जुन भार प्रतिप्रान्तको औसत भारभन्दा डेढ गुणाले बढी हो। यस्तो प्रान्त सकेसम्म बनाउन हुँदैन।
वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधि