सार्वजनिक गरिएको संविधानमा स्थानीय निकायमा २ जना महिला अनिवार्य हुनैपर्ने व्यवस्था छ। यो राम्रो हो। यसैगरी एक जना अपाङ्गता भएका व्यक्ति पनि अनिवार्य गर्नुपर्छ।त्यस्तै लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय योजना आयोग र जिल्लास्तरका सबै तहमा कम्तीमा एक जना अपाङ्ग अनिवार्य गरिनुपर्छ। यतिमात्र हैन, समाज कल्याण परिषद्, मन्त्रिपरिषद् जस्ता निकायमा पनि सकभर १० प्रतिशत नभए ५ प्रतिशतमा नघटाई अपाङ्गता हुनेको प्रतिनिधित्व गराइनैपर्छ। यसो भयो भनेमात्र अहिलेसम्म सबैतिरबाट हेपिएका अपांगले केही भए पनि राहत पाउने अवस्था सिर्जना हुन सक्छ।
यो माग किन स्वाभाविक छ भने नेपालमा ३० लाख अपाङ्ग छन्। तर यिनीहरुकै बारेमा मस्यौदा संविधान मौन छ। वास्तवमा जो पनि अपाङ्ग हुन सक्छ, १ मिनेटअगाडिमात्र सपांग रहेको व्यक्ति त्यसपछि लगत्तै अपांग भयो भने अचम्म नमाने हुन्छ। यो वास्तविकता नबुझेकैले होला, अहिले संविधान बनाउन अघि सरेकाहरुले अपांगका सवाल अपांगता भएकाको मात्र ठानिरहेका छन्। अनि यसलाई महत्व दिनुपर्ने आवश्यकता पनि ठानेका छैनन्। अहिले २००७ सालदेखि आन्दोलनमा लाग्दै आएको पार्टी नेपाली कांग्रेस, झापा आन्दोलनदेखिको पार्टी नेकपा एमाले र १० वर्ष युद्ध लडेर आएको माओवादी संविधान जारी हुनेमा ढुक्क त छन् तर उनीहरुले जारी गर्ने संविधान जनतासँग वाचा गरेअनुरूप छ कि छैन भन्नेचाहिँ हेर्न नभ्याएजस्तो छ। हैन भने सबै नेपालीका लागि भन्दै जारी गर्न लागिएको संविधानमा अपांगका बारेमा किन उल्लेख हुन्न? किन कन्जुस्याइँ गर्छन् यस्ता विषयमा उल्लेख गर्न नेताहरु?
जो अपांग भएकै कारण वर्षौंदेखि समाजमात्र हैन, आफ्नै घर/परिवारबाटसमेत हेपिँदै आएका छन्, उनीहरुलाई अवसरबाट वञ्चित गरिएको छ, दोस्रो दर्जाको नागरिकको व्यवहार लादिँदै आएको छ, उनीहरुमाथि नै राज्य पनि निर्दयी बन्दै आएको छ। हुँदाहुँदा अब त केही हुन्छ कि भन्ने आश गरिएको नयाँ नेपालको संविधानले समेत कुनै वास्ता नगर्नु अपांगमाथिको हदैसम्मको हेपाइ हो। के अपांगहरु आजको अवस्था ल्याउने आन्दोलनहरुमा सक्रिय सहभागी थिएनन्? के अपांगको योगदान लोकतान्त्रिक आन्दोलनहरुमा नभएकै हो? हैन भने किन सधैँ अपांगलाई दोस्रो तवरको व्यवहार गरिन्छ? किन संविधानमा पनि अपांगकै हक अधिकार लेख्ने ठाउँ पुग्दैन? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
यो मुलुकसँग सबैलाई दिन पैसा हुन्छ, सबैका हक लेख्ने कागज हुन्छ तर जब अपांगको सवाल आउँछ, सरकारदेखि संविधानसम्मै हच्किन्छन्, आखिर किन? के अपांगहरु पनि यही देशका सन्तान हैनन्? के कोही रहरले अपांग हुन्छ? हैन भने अपांग हुनुमा उसको के दोष? के अपांगले भिख मागेका छन्? उनीहरुले त आफ्नो अधिकारमात्र खोजेका हुन्। राष्ट्रिय/अन्तर्राष्ट्रिय सन्धि/प्रावधान आदिले सुनिश्चित गरेका हक कार्यान्वयनमा ल्याउमात्र भनेका हुन्। आफ्नै नागरिकमाथि दुई वटा व्यवहार नगर भनेका हुन्। हामीलाई पनि गरिखाने सिप र अवसर दिलाइदेऊ भनेका हुन्। के राज्यसँग यति माग राख्ने अधिकार पनि छैन अपांगलाई? नत्र किन सधैँ अपांगता हुनेका माग लत्याइन्छ? किन यसलाई प्राथमिकतामा पार्नु जरुरी ठान्दैन?
प्रश्न यावत् छन्। उत्तर मौन छन्। मस्यौदा संविधानसमेत यस विषयमा चूप बसेपछि अब कोसँग आश गर्ने? कसले अपांगका हकहित हेरिदिने? त्यसैले अब बन्ने संविधानमा अपांगहरुले वर्षौंदेखि सहँदै आएको अपमानको क्षतिपूर्तिसमेत हुने गरी उचित व्यवस्था उल्लेख हुनुपर्छ ताकि भविष्यमा हामी पनि यही देशका नागरिक हौँ, हामीलाई राज्यले सौतेनी व्यवहार गरेको छैन भनेर गर्व गर्न सकियोस्। त्यतिबेला न हुन्छ हाम्रो पनि सक्रिया योगदान राष्ट्र निर्माणमा।