स्वतन्त्रताको जननी मानिएको संयुक्त राज्य अमेरिकामा सन् १८९६ मा गरिएको एक विज्ञापनमा काला र गोरामध्ये गोरालाई प्राथमिकता दिएपछि सोविरुद्ध अदालतमा परेको मुद्दा (प्लेसी भर्सस फर्गुसन) मा समान भए पनि गोराको कोटीमा कालालाई राख्न नसकिने (इक्वेल बट सेपरेट) भनी फैसला सुनाएपछि सोको विरुद्ध समान अवसरको अवधारणाले बहस पाउन थालेको थियो।बीसौँ शताब्दीसम्म आइपुग्दा रुजबेल्ट (१८४१), ट्रुमान (१९५३), केनेडी (१९६०) र जोहनसन (१९६५) ले कालालाई पनि समान अवसर दिनुपर्ने पटके कार्यकारी आदेश जारी गरे तापनि सन् १९७२ मा समान अवसर ऐन कार्यान्वयनपछि मात्र सार्वजनिक पद खास वर्ग र सम्प्रदायको वर्चस्वबाट सबैको हुन थालेको हो। त्यसपछिका दिनमा यस अवधारणालाई अन्य मुलुकमा पनि अवलम्बन गर्दै लैङि्गक, जातीय उद्भव, भाषिक र अपाङ्गता भएका व्यक्तिका आधारमा विशेष व्यवस्था गर्न थालियो। भारतमा अनुसूचित जातिका लागि भनेर यसको सीमित प्रयोग १९४७ बाट गरियो। नेपालमा शासकीय सुधार कार्यक्रम (२००१–२००५) को जेनेट टे प्रतिवेदनले शासकीय सुधारका पाँच क्षेत्रमध्ये एक सार्वजनिक प्रशासनमा पछि परेका महिला, जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सुरुका दश वर्ष सेवा प्रवेशका पदमा क्रमशः २०, १० र १० प्रतिशत आरक्षण गर्ने सुझाव दिएपछि आरक्षणले सैद्धान्तिक प्राथमिकता पाएको हो। जसलाई २०६४ को निजामती सेवा ऐन संशोधनले विस्तृततासहित प्रवेश गराएपछि ८ वर्षदेखि यसलाई अभ्यास गरिँदै आएको छ।
किन चाहिन्छ आरक्षण? यसको एकै उत्तर हुन्छ– विविध कारणले इतिहासदेखि मूलधारमा समेटिन नसकेका वर्गलाई राष्ट्रिय विकासमा उन्नयनका लागि विशेष अवसर दिन। प्रजातन्त्रको अभ्यास थालिएको २५ सय वर्ष भए तापनि यसले वास्तविक समानता संस्थागत गर्न नसकेकाले त्यसको उपचारका लागि सकारात्मक विभेदको अङ्गका रूपमा आरक्षण अवलम्बन गर्न थालियो। किनकि कानुन र औपचारिक प्रक्रियाले समान अवसरको ग्यारेन्टी गरे पनि समाजमा वर्गीय, जातीय, लिङ्गीय, भौगोलिक र सम्पत्तिका कारण अधिकार, कर्तव्य, प्रभाव र शक्तिमा रहने भिन्नताले असमानता संस्थागत गरी नै रह्यो जसले अन्ततः खास वर्गलाई शासकीय प्रक्रिया र अवसरबाट किनारा लगायो। त्यसैले विगतको गल्ती र कमजोरीलाई सुधार गर्न आरक्षणलाई सरल उपाय मानियो। वास्तविक समानताको उपायका रूपमा लिइयो। आरक्षण खास सिद्धान्तबाट निर्देशित छ। जन्मँदा कोही पनि नैसर्गिक गुण र क्षमतासहित जन्मिएको हँुदैन, कोही विशेष क्षमतावान छ भने त्यो परिवेश र वषार्ंैसम्म उसको परिवारले उपयोग गरेको विशेष अवसरका कारण हो। त्यसैले यस्तो सांस्कृतिक बचत उपयोग गर्न नपाउनेहरुलाई विगतको अवसरको वर्तमानमा क्षतिपूर्ति गर्न, कमजोर वर्गलाई संरक्षण गर्न र सबै वर्ग/सम्प्रदायलाई समन्याय गर्न आरक्षण आवश्यक मानियो। यसले शासकीय प्रक्रियामा रहने जातीय/वर्गीय वर्चस्व हटाउन मद्दत गर्छ, लैंगिक–जातीय दूरी घटाउँछ, राष्ट्रिय विकासमा सबैको क्षमता र सम्भावनाको उपयोग गर्ने अवसर दिन्छ, कमजोर वर्गकोे आत्मविश्वास बढाउँछ, सामाजिक–सांस्कृतिक विभेद पनि घटाउँछ र विविधतामूलक कार्यसंस्कृति निर्माण गर्छ। यिनै सैद्धान्तिक कारणले विविधतामूलक समाजमा आरक्षण विविधता व्यवस्थापनको अल्पकालीन अस्त्र हो, द्रूतमार्गीय रणनीति हो।
नेपालमा निजामती सेवा ऐनको संशोधनपछि २०६४ बाट दश वर्षका लागि आर्थिक र सामाजिकरूपमा पछाडि परेका छ वर्गका लागि विशेष व्यवस्था गरियो। अन्य क्षेत्रगत ऐनहरुले पनि निजामती सेवा ऐनले गरेका विशेष व्यवस्थालाई छाता अवधारणाका रूपमा स्वीकारी आफूमा समाबिष्ट गर्दै आएका छन्। आरक्षणले रोजगारी, सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य, गैरसरकारी क्षेत्र, निजी व्यवस्थापन र उद्योग प्रतिष्ठान, राजनीति र नीति निर्माणका संरचनाका विस्तृत क्षेत्र ढाक्ने भए तापनि सार्वजनिक प्रशासनको रोजगारीमा बाहेक अन्य क्षेत्रमा यसलाई प्रभावकारीरूपमा लागु गरिएको छैन। आरक्षित वर्ग र अधिकारकर्मीहरुबाट पनि यस क्षेत्रबाहेक अन्यमा आवाज मुखरित हुन सकेको छैन। तर सार्वजनिक प्रशासनका क्षेत्रमा भने आरक्षणका विशेष व्यवस्थाबाट पहिला नसमेटिएका/कम समेटिएका वर्गको उपस्थिति बढ्न गई समावेशीकरणलाई सहयोग पुर्याणएको छ। आरक्षणका व्यवस्थाले सार्वजनिक रोजगारीमा प्रवेश, परीक्षण, बढुवा, सरुवालगायतका क्षेत्रमा छ वर्गलाई सहुलियत र सुविधा विनियोजन गरेको छ।
आरक्षणको मान्यता के हो भने यो आर्थिक, सामाजिकरूपमा पछि परेका र अल्पसङ्ख्यक वर्गका लागिमात्र लागु गरिन्छ, निश्चित समयसम्मका लागिमात्र लागु गरिन्छ, खास वर्गभित्र अवसरको विभेदीकरण नहोस् भन्नाका खातिर सावधानीका वस्तुगत सूचकहरु निर्धारण गरिन्छ, रोजगारीका क्षेत्रमा लागु गर्दा प्रवेशविन्दुमा मात्र लागु गरिन्छ। तर नेपालमा यी मान्यता लागु गरिएका छैनन्। आर्थिक र सामाजिकरूपमा पिछडिएको भनेर चिन्ने सूचक नै निर्धारण गरिएको छैन, परिणामतः खास वर्गका केही परिवार सदस्यले मात्र यसलाई उपयोग गरिरहेका छन्। प्रवेशविन्दुमा मात्र लागु नगरी खुला छाडिएकाले अवसर पाउने व्यक्ति नै पटकपटक आरक्षित हुँदै आएका छन्। आरक्षितहरुलाई वृत्तिमार्गका खुटि्कलाहरु छिटो चढ्न पनि सहज भएको छ। जसका कारण मूलप्रवाहका प्रतिस्पर्धीहरुमा निराशा र कुण्ठा विकास हुन थालेको छ भने वृत्तिपथका माथिल्ला तहमा पुग्न आरक्षितहरुले बेहोर्नुपर्ने मनोवैज्ञानिक लागत पनि बढेको छ जसको प्रभाव नागरिक सेवा प्रवाह एवम् नीति निर्माण जस्ता कार्यसम्पादनमा देखिने गर्छ। आरक्षणलाई सावधानीपूर्वक अपनाउन नसकिएमा यो समावेशीकरणको माध्यमभन्दा असमावेशी कार्यसंस्कृतिको कारक बन्न सक्छ। कतिपय देशको आरक्षण अभ्यासको अनुभवले यही बताएको छ।
आरक्षण सतर्कतापूर्वक अपनाउन नसके अपेक्षित नतिजामात्र नदिने होइन कि स्थापित प्रणाली नै बिगारिदिन्छ र समावेशी समाज निर्माणको बाटो असजिलो हुन्छ। ८–९ वर्षको हाम्रो अभ्यासको अनुभवबाट यसका सन्दर्भमा केही पक्षमा विचार पुर्याणउनु आवश्यक छ ताकि आरक्षण वास्तविक वर्गमा पुग्न सकोस् र अपेक्षित उद्देश्य पनि हासिल होस्। पहिलो कुरा आरक्षणका विषयमा थप अध्ययन जरुरी छ। कुन वर्ग र सम्प्रदायमा आरक्षण आवश्यक हुने हो? यसलाई ब्लाङ्केट एप्रोचबाट अवलम्बन गरिनुहँुदैन। दोस्रो, आर्थिक र सामाजिकरूपमा पिछडिएको भनेर कसलाई भन्ने? यसबारे वस्तुगत सूचक निर्धारण गरिनुपर्छ। सबै महिला, सबै जनजाति, सबै मधेसी, सबै पिछिडएका क्षेत्रका बासिन्दा आर्थिक र सामाजिकरूपमा पछि परेका होइनन्, ती वर्गभित्रका लक्षित वर्ग पहिचानका लागि केही आधार निर्धारण गर्नु आवश्यक छ। उदाहरणका लागि निजी विद्यालय र विदेशी संस्थाबाट शिक्षा लिएका, पक्की ठूला घरमा बसेका, एकाघरमा अधिकृत भएका, निश्चित तहभन्दा माथि सार्वजनिक ओहोदामा रहेका, एक लाख रुपियाभन्दा बढी बैंक निक्षेप भएका, तराई, पहाड र सहरमा निश्चित सीमाभन्दा बढी स्थिर सम्पत्ति भएका परिवारका सदस्यलाई आरक्षणमा समावेश गरिनुहँुदैन। त्यस्तै सेवा प्रवेश (शाखा अधिकृतलाई मान्ने) का विन्दुमा मात्र आरक्षण दिइनुपर्छ, अधिकृत वा सोभन्दा माथि पुगेको व्यक्तिलाई आर्थिक र सामाजिकरूपमा पछि परेको भन्न मिल्दैन। सम्पत्ति सीमा, शैक्षिक अवस्था, पारिवारिक पृष्ठभूमि, पद वा अवसरको पृष्ठभूमि, सांस्कृतिक अवस्था, प्रवेशविन्दु, अवसरको सीमाजस्ता सूचक नै खास वर्गभित्रका लक्षित समूह पहिचानका आधार हुन्। साथै एकपटक आरक्षण पाएको व्यक्तिले पुनः त्यही वृत्तिभित्र आरक्षण जस्ता विशेष सुविधा नपाउने व्यवस्था गरिनु व्यावहारिक र सैद्धान्तिक दृष्टिबाट न्यायपूर्ण हो। अर्को सवाल विशेष वर्गमा विशेष क्षमता भएका पद वा क्षेत्रहरु पहिचान गरी अवसर विनियोजन गरिनु उपयुक्त हुन्छ। यसले आरक्षित वर्गभित्र अवसरको पहुँचलाई सहज पार्छ भने त्यस वृत्तिभित्र उसको क्षमता उपयोगको अवसरले पनि प्रोत्साहन पाउँछ। जस्तो कि शैक्षिक र बैंकिङ वृत्तिभित्र महिलाको विशेष क्षमता र रुचि हुनसक्छ। अहिले ध्यान दिनुपर्ने अर्को सवाल सार्वजनिक क्षेत्रमा मात्र कि अन्य सङ्गठित प्रतिष्ठान र अरु क्षेत्रमा पनि यसलाई विस्तार गर्ने? साथै आरक्षण व्यवस्था लागु भइसकेपछि कार्यसंस्कृति र समग्र सेवा प्रवाहको स्तरमा कति सुधार आयो? राज्य पुनर्संरचनापछि यस मुद्दालाई कसरी व्यवस्थित गर्ने? यी विषयमा थप अध्ययन आवश्यक छ। र, फेरि पनि क्षमता विकास र सशक्तीकरण स्थायी उपाय हो आर्थिक र सामाजिकरूपमा पछि परेका वर्गका लागि। त्यसलै सशक्तीकरण र क्षमता विकासका थप औजार खोजी लागू गरिनुपर्छ।