मुलुकमा अहिले अराजकता, अस्थिरता र अशान्ति व्याप्त छ । काबुभन्दा बाहिरको परिस्थिति निम्तिन नदिन यतिखेर धैर्य, आत्मसंयम र उच्च सुझबुझको खाँचो छ । देशमा मुठभेडको नयाँ शृङ्खला प्रारम्भ गर्नु कसैको पनि हितमा हुादैन । मुठभेडको स्थिति पैदा भएमा राष्ट्रिय लक्ष्य प्राप्तिमा प्रतिकूल असर त पर्छ नै लोकतान्त्रिक गणतन्त्रको विकास पनि अवरुद्ध हुन्छ । त्यसैले अहिले मुलुकका सम्मुख देखापरेको विवादलाई लोकतान्त्रिक र संवैधानिक दृष्टिले निराकरण गर्नुपर्छ । बलपूर्वक विवाद निराकरण गर्ने प्रयत्नले वाञ्छित परिणाम दिन सक्दैन । मुलुकमा असहज स्थिति उत्पन्न हुन नदिन लोकतान्त्रिक र संवैधानिक प्रक्रिया स्वीकार्नुको कुनै विकल्प छैन ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थाकरण र नयाँ संविधान लेखन प्रक्रिया जारी रहेका बेला मुलुकलाई गतिहीन तुल्याउने कार्य उचित हुन सक्दैन । दलहरूबीच समझदारी, सहमति र सहकार्यबाटै मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा प्रारम्भ गरेको हो । आगामी दिनमा पनि यो यात्रा निर्बाध जारी रहनुपर्छ । ऐतिहासिक कार्यमा अर्थपूर्ण साझेदारी गर्ने राजनीतिक दलहरू एक अर्काउपर गाली गलौज र दोषारोपण गर्ने, हदैसम्म अविश्वास बढाउने कार्यमा प्रवृत्त हुनु चिन्ताको विषय हो ।
संविधान लेख्ने र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने मुद्दाको किनारा लाग्न बाँकी छ । मुलुकलाई सङ्कटको डिलतर्फ उन्मुख हुन नदिन तसर्थ राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सहमतिका नयाँ आधार र औजारको खोजी गर्नुपर्छ । मुलुकलाई पुनः युद्धमा होम्ने चेतावनी राष्ट्र र जनताको हितमा कदापि हुन सक्दैन । त्यसैले सबैबाट विगतका आआफ्ना व्यवहारको सिंहावलोकन गर्दै वर्तमानका कदमहरू सच्याउनु जरुरी छ ।
अरुले गरेको गल्तीबाट लोकतान्त्रिक गणतन्त्र सङ्कटमा पर्छ तर आफूले भने जस्तोसुकै गल्ती गरे पनि कुनै खतरा हुादैन भन्ने दावी दोहोरो मापदण्डको परिचायक हो । गल्ती जो सुकैले गरे पनि गल्ती नै हुन्छ । आफ्नो दलगत स्थान सुरक्षित गर्ने निहित सोचका साथ गरिने शासकीय व्यवहारलाई उचित मान्न सकिांदैन । अरुलाई राष्ट्रिय आत्मसमर्पणवादी, प्रतिक्रान्तिकारी र यथास्थितिवादीको विशेषण भिराउादैमा आफ्नो सक्कली अनुहार छोपिन सक्दैन । यो कटु सत्य आत्मसात गरी ने.क.पा.-माओवादी) लोकतान्त्रिक शक्तिका रूपमा आफ्नो रूपान्तरणका लागि इमान्दार रहनुपर्छ ।
आफूलाई निर्विवाद सम्भिmने र सर्वेसर्वा ठान्ने महारोगबाट मुक्ति आजको खाँचो हो । राजनीति विज्ञानले कुनै पनि सिद्धान्त र विचारधारालाई विकल्पहीन ठहर्याएको छैन । लोकतान्त्रिक राजनीति पक्कै पनि जटिल हुन्छ तर संवादबाट सहमति पहिल्याउन अन्य राजनीतिमा भन्दा यसमा सजिलो हुन्छ । त्यसर्थ लोकतान्त्रिक विधि र प्रक्रियामा जोड पुर्याउनु जरुरी छ ।
मुलुकको वर्तमान तरल राजनीतिक अवस्था, भू-राजनीतिक स्थिति र गम्भीर संक्रमणकालप्रति सबैको पर्याप्त समझदारी र संवेदनशीलता जरुरी छ । मुलुकको विशिष्ट अवस्था र अवस्थितिलाई ख्याल गरेर राजनीतिक कार्यशैली अख्तियार गर्नु जरुरी छ । दलगत लक्ष्य प्राप्तिलाई ध्यानमा राखी एकलौटी गर्न खोज्दा समस्या उब्जिनु अस्वाभाविक होइन । अरु कोही पनि सहमत हुन नसक्ने व्यवहार लोकतान्त्रिक हुनै सक्दैन । जोरजबर्जस्ती लोकतन्त्रसम्मत आचारण होइन । जनताको सर्वोच्चता लोकतान्त्रिक आचरणबाट मात्र स्थापित गर्न सकिन्छ । बहुमतले स्वीकार्न नसक्ने कार्य कुनै पनि तर्कका आडमा लोकतान्त्रिक हुन सक्दैन ।
समयका साथै जीवन मूल्यमा पनि उल्लेख्य परिवर्तन आएको छ । हाम्रो समाज पनि प्रजातान्त्रिक जीवन मूल्यप्रति सजग हुादै गएको छ । सम्प्रभु र निर्णायक त जनता हुन् न प्रधानमन्त्री न राष्ट्रपति नै । जनताले मुलुकमा शान्ति सुव्यवस्था, अमन चैनको बहाली र गरी खान पाउने वातावरण चाहेका छन् । जनचाहनाविपरीत अनाहकमा बखेडा झिकेर अशान्ति र अराजकता मच्चाउने र उदण्डता प्रदर्शन गरी समाजमा भय र त्रास विस्तार गर्ने कार्य कसैले पनि गर्नु हुादैन । सबै राजनीतिक दलहरू वृहत्तर राष्ट्रिय स्वार्थ र व्यापक जनताको हितका लागि क्रियाशील हुनुपर्छ । दलगत आग्रहबाट निर्देशित भएर सङ्कट बढाउने कार्यमा लाग्नु उचित हुँदैन ।
अवस्थाभन्दा विचार परिवर्तनले बढी महत्व राख्छ । अवस्थाअनुरूप विचार परिवर्तन हुनु जरुरी छ । परन्तु, अवस्था परिवर्तन हुादैमा विचार पनि तदनुकूल हुन्छ भनेर मान्न मिल्दैन । विचारको परिवर्तन आचरणमा प्रतिविम्बित हुनुपर्छ । सार्वजनिक उपभोगका लागि दिइने अभिव्यक्ति विचार परिवर्तनको सबुद हुन सक्दैन । पुराना प्रसङ्ग सबै असान्दर्भिक हुन्छन् भन्न मिल्दैन । प्रसङ्गलाई असान्दर्भिक बनाउने वास्तवमा व्यवहार, आचरण र क्रियाकलापले हो । जनता जनार्दनले अहिले दिन दिनै सडक प्रदर्शनमा जे जस्तो व्यवहार देखिरहेका छन् र जे जस्ता उग्र र अभद्र नारा सुनिरहेका छन् त्यसैले परिस्थितिअनुरूप विचार परिवर्तन नभएको स्पष्ट हुन्छ ।
लोकतान्त्रिक गणतन्त्र रणनीतिक उपलव्धि होइन, गन्तव्य हो । अब पनि रणनीति बारेको अन्योल सन्देहको विषय हुन्छ । गन्तव्यमा पुग्ने मार्गहरु कुनै घुमाउरा, कुनै सिधा परन्तु विकट हुन सक्दछन् । आफ्नो क्षमता र सामथ्र्यअनुसार उपयुक्त मार्गको चयन हुन सक्दछ तर गन्तव्य भने स्थिर रहनुपर्छ । लोकतान्त्रिक गणतन्त्र नै हाम्रो अन्तिम लक्ष्य हो । जनतालाई भ्रममा पार्ने कार्य झन् कसैले पनि गर्नु हुादैन । चर्को अन्तर्विरोध जनताको होइन, दलहरूकै समस्या हो । दलहरु चर्को अन्तर्विरोधबाट मुक्त नभएसम्म मुलुक सही दिशातर्फ अग्रसर हुन नसक्ने निश्चित छ ।