मध्यपश्चिमको आवाज
१३ साउन २०७२
•
१४ मिनेट पाठ
मध्यपश्चिमको आवाज
'तपाईं जनताको प्रतिनिधि हो भने केको डर? जनताबाट डराउने केको नेता?' रोल्पा क्षेत्र नम्बर १ का एमाले अध्यक्ष हितबहादुर रोका साउन ५ मा लिवाङमा कुर्लंदै थिए। गाउँगाउँमा आयोजना हुनुपर्ने संविधानको मस्यौदामाथिको रायसुझाव सदरमुकाम लिवाङमा मात्र आयोजना गरिएकोमा उनले आक्रोश पोखे। मन्चमा एमाओवादी महासचिव कृष्णबहादुर महरा जो क्षेत्र नं १ क सभासद् हुन्, विराजमान थिए।साथमा संविधान सभाका उपाध्यक्ष एव क्षेत्र नं २ का सभासद् ओनसरी घर्ती मगर पनि थिइन्। र, नेपाली कांग्रेस, एमालेका जिल्ला नेताहरू पनि थिए त्यहाँ। रोका प्रश्न गर्दै थिए, 'तपाईंहरूले ८–८ वर्षमा गर्ननसकेको काम हामीले २ मिनेटमा कसरी गर्नसक्छौँ?' उनको यो प्रश्नमा धेरैले सहमति जनाए र ताली बजाए। रायसुझाव दिनेलाई २ मिनेटमात्र बोल्न दिइएकोमा उनी असन्तुष्ट थिए। उनी शंका गर्दै थिए 'राजनेता' प्रति। उनी भन्दै थिए, 'राय संकलनमा जनताको मत संकलन गर्ने हो भने त ठीकै छ। तर, यो रद्दिको टोकरीमा जानसक्छ, कसरी विश्वास गर्ने?' यतिखेर रोकाको शंका सत्य सावित हुने क्रममा छ। जनताले दिएका सुझावका पोका र आवाज संविधान सभाको सम्पत्ति बन्ने उद्घोष गरिएको छ र नेतागण धमाधम संविधान निर्माणमा जुटेको प्रचार पनि गर्दैछन्।




संविधानको मस्यौदाबारे रायसुझाव संकलनको रिपोर्टिङको सिलसिलामा रोल्पा, प्युठान र दाङका विभिन्न कार्यक्रममा सहभागी हुने मौका मिल्यो। थुप्रै स्थानीयसँग संविधानको मस्यौदाका बारेमा कुराकानी गर्ने अवसरका रूपमा मैले यसलाई लिएको थिएँ। कतिपय स्थानीयसँग गरिएको छलफलका आधारमा भन्न सकिन्छ– संविधान सभाले एउटा औपचारिकता निर्र्वाह गरेको छ– मस्यौदा जनतामाझ पुर्याकएर। अहिले जनमत संकलनको एउटा अध्याय समाप्त भएको छ। जनताले आआफ्नो ढंगले सुझाव दिएका छन्, तर ती सुझावहरू संविधानमा समेटिने विश्वास उनीहरूलाई किन्चित पनि छैन। लिवाङमा भेटिएका रोका एक प्रतिनिधि पात्र हुन्, जसले सुझाव दिनुको अर्थ छैन भन्ने उद्घोष नै गरिदिए। शंकाहरूबीच केकति सुझाब समेटिन्छन्? त्यसको लेखाजोखा हुँदैजाला। जनताले दिएको सुझाबका नाममा जिम्मेवार राजनीतिक दल र नेता आफैले गरेका सम्झौताहरू तोड्ने कसरत भैरहेको राजनीतिक वातावरण छ यहाँ। संविधानको मस्यौदा ४ प्रमुख राजनीतिक दलको १६ बुँदे सम्झौताको जगमा बनेको हो। जसलाई नेताहरू आफैले सहमतिको दस्तावेज भन्दै आएका छन्। यहाँ १६ बुँदेका हस्ताक्षरकर्ताहरू जनताको रायसुझाबको नाममा विवाद गर्न थालेका छन्। राजधानीमा विचित्रको राजनीतिक बहस र अभ्यास जारी छ। एकातिर आपसमा विभाजित र विवादित उनीहरू संविधानको मस्यौदा जलाउने र च्यात्नेहरूलाई पनि संविधान निर्माणमा संलग्न गराउने वक्तव्यबाजी गर्दैछन् भने अर्कोतिर साउन मसान्तसम्म संविधान जारी हुने प्रचार छ। हेरौँ, त्यसबेलासम्म कस्ताकस्ता नाटक मन्चन हुने हुन्! गतिरोध सामना गरेर संविधान बनिहाल्यो भने त्यसबेला पनि नेताहरूले भन्नेछन्– 'यो साझा दस्तावेज हो, यो हामी कसैको पनि होइन, हामी सबैको हो।' बनिबनाउ उत्तर दिन सिपालु छन्, नेतागण। अर्थात्, १६ बुँदे सम्झौताको जगमा उभिएका दलहरू सहमत हुनसके भने र छिमेकीहरूले साथ दिए भने संविधान साउनभित्र जारी हुन्छ। त्यो असिम सहमतिको राजनीतिक दस्तावेज हुनेछ। ४ राजनीतिक पार्टी, त्यसमाथि जनताले अपनत्व ग्रहण गरेको र अन्तर्राष्ट्रिय साथ र समर्थन पाएको संविधान भनिने छ त्यसलाई!

जनताका राय समावेश हुनेमा शंका गर्दै सुझाब कसरी संकलन गरिएको थियो, कस्ताकस्ता सुझाव आएका थिए, त्यसको चर्चा गरौँ। पंक्तिकार मध्यपश्चिमका दाङ, प्युठान र रोल्पाको अनुभवका आधारमा ठोकुवा गर्नसक्छ– तीनवटै जिल्लाका अधिकांशले राजनीतिक आस्थाका आधारमा सुझाबहरू दिएका हुन्। नेपाली समाज राजनीतिक हिसाबले चरमरूपमा विभाजित छ। अझ राजधानीदेखि सुदूरमा रहेका कतिपय जिल्लामा त्यस्तो विभाजन चर्को छ। यस्तो अवस्था तीनवटै जिल्लाका कार्यक्रमहरूमा देखियो। तीनवटै जिल्लाको आआफ्नैखालको भूराजनीति छ। रोल्पाका दुवै क्षेत्र एमाओवादीले जितेको हो, पछिल्लो संविधान सभा निर्वाचनमा पनि। प्युठानका दुवै क्षेत्र एमालेको हातमा छ। यता दाङका पाँचैवटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको हो। राजनीतिक पार्टीसँगको आवद्धताका आधारमा हुनसक्छ, तीन जिल्लामा फरकफरक महत्वका साथ रायसुुझाबहरू प्रकट भए।

एमाले कार्यकर्ता हितबहादुर रोकाले सदरमुकाममा मात्रै रायसुझाब संकलन गर्नुको कारण खोजे। सुरक्षाअवस्था, वर्षा, बाटोजस्ता कारण देखाएर रोल्पाको सदरमुकाममा मात्र रायसुझाब संकलनको कार्यक्रम राखिएको थियो। सुरुमा क्षेत्र नं १ को सुलीचौर र क्षेत्र नं २ को घर्तीगाउँको प्रचार गरिएको पृष्ठभूमिमा एकाएक एउटै क्षेत्रमा कार्यक्रम आयोजना गरिएको भए पनि एमाओवादी आफ्ना कुरा राख्न सफल भयो। लिवाङको कार्यक्रममा बोल्ने अधिकांश एमाओवादी कार्र्यकर्ता थिए। माओवादी 'जनयुद्ध'को राजधानी मानिने रोल्पामा जुझारु क्ार्यकर्ताहरूले मस्यौदा पटक्कै रूचाएनन्। उनीहरूमध्ये कतिपय भन्दै थिए 'यो मस्यौदा जलाउनुपर्ने हो, च्यात्नुपर्ने हो।' तर, राजनीतिको पेचिलो पक्ष के हो भने, एमाओवादीसँग आवद्ध अधिकांश वक्ताहरूलाई पार्टीका बटमलाइनमा आधारित भएर बोल्न अघिल्लै दिन प्रशिक्षण दिइएको थियो। उनीहरू भन्दै थिए— प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय आधारमा संघीयता, धर्मनिरपेक्ष मुलुक अनि राष्ट्रिय जनावर गाई होइन गैँडा। धर्मनिरपेक्ष राज्य हुनुपर्छ भन्नेहरूमध्ये अधिकांशले राष्ट्रिय जनावर गाई नभएर गैँडा राख्नुपर्ने सुझावका पछाडि माओवादीले गाई काटेर भतेर चलाएको पृष्ठभूमिले मात्र काम गरेको थिएन। एक दशकयता ह्वात्तै बढेका क्रिस्चियनको आवाज पनि त्यसमा बलियोसँग मिसिएको थियो। रोल्पामा एमालेका कार्यकर्ता पनि पार्टीबाट प्रशिक्षित थिए। उनीहरूले रायसुझाबमा जमेर भाग लिए। पार्टीको नीतिअन्तर्गत उनीहरू प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्दै थिए। कांग्रेसजनले उपस्थितिको औपचारिकतामात्र निर्वाह गरेको देखिन्थ्यो। हिन्दु राष्ट्र हुनुपर्छ भन्ने आवाज मसिनो ढंगमा आयो। संसदीय शासकीय पद्धति हुनुपर्छ भन्ने मत दर्जमात्र हुनसक्यो।

दुई निर्वाचन क्षेत्र रहेको रोल्पामा सदरमुकाममा मात्र कार्यक्रम आयोजना गरिए पनि छिमेकी प्युठानमा ५ ठाउँमा कार्यक्रम आयोजना गरेर रायसुझाब संकलन गरेको देखियो। एमाले उपाध्यक्ष एवं उपप्रधान मन्त्री तथा गृह मन्त्री वामदेव गौतमको उपस्थितिलाई सार्थक तुल्याउन ठूलो संख्यामा सो पार्टीका कार्यकर्ता सक्रिय रहे। प्युठानको राजनीतिमा बलियो आधार रहेको राष्ट्रिय जनमोर्चा, संघीयतासम्बन्धी सम्पूर्ण शब्दावली खारेज हुनुपर्ने मागका साथ उपस्थित थियो। यहाँ पनि कांग्रेसको नाममात्रैको उपस्थिति थियो। एमालेका उपस्थित पार्टी कार्यकर्तामध्ये थोरैले मात्र रायसुझाब दिएका थिए। उनीहरू सबैजसोले प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीको अडान दोहोर्यारएको देखिन्थ्यो। जनमोर्चाको घोषित नीति राज्य धर्मनिरपेक्ष हुनुपर्छ र गाईको सट्टा गैँडा राष्ट्रिय जनावर हुनपर्छ भन्नेमा उनीहरू अडिग थिए। एमाओवादीको कमजोर उपस्थिति अनुभव हुन्थ्यो प्युठानमा। कांग्रेस र एमालेमा आवद्ध केहीले उठाएका नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने आवाज मधुरो सुनिन्थ्यो।

थरूहट आन्दोलनको जग निर्माण भएको दाङमा 'थरूहट'बारे बोल्ने भने भेटिएनन्। एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रत्यक्ष प्रशिक्षणमा एमाले कार्यकर्ता प्रस्तुत भएका थिए। एमाओवादी महासचिव कृष्णबहादुर महराको निर्देशनअनुसार सो पार्टीका कार्यकर्ताले आफ्नो अभिव्यक्ति दिएका थिए। एमालेको प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री र एमाओवादीको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मान्यताको पक्षमा दुवै दलसँग आवद्धले आवाज बुलन्द पारे। मस्यौदामा संसदीय प्रणालीको शासनपद्धति भनिएकोमा सायद कांग्रेसजन ढुक्क देखिएका थिए। उनीहरूले मस्यौदामा भइसकेको व्यवस्थाको बचाउ गर्नुपर्छ भन्ने ठानेनन्। 'राष्ट्र धर्मनिरपेक्ष हुनुपर्छ' र 'हिन्दु राष्ट्र हुनुपर्छ' भन्ने ठूल्ठूला आवाज सुनिन्थे।

सीमांकन र नामांकनका बारेमा पार्टी लाइनअनुसार सुझाबहरू आएको अनुभव हुन्थ्यो। कांग्रेस र एमाओवादी कोण जसरी प्रस्तुत भयो, त्यसैगरी एमालेबाट १६ बुँदेको आड लिँदै त्यसमा अलमल गर्न नहुने धारणा आयो। एमालेका शीर्ष नेताहरूले संघीयता भुल्न नहुने विचार राखे पनि अधिकांश कार्यकर्ताले संघीयताको विषयलाई छोएनन्।

पार्टी नीतिअन्तर्गत भए पनि संघीयताको सीमा र नाम तोक्नुपर्ने, मुलुक धार्मिकरूपमा स्वतन्त्र हुनुपर्ने, निर्वाचन प्रणालीमा थ्रेस होल्डको व्यवस्था हुनुपर्ने सुझावहरू घनिभूतरूपमा उठे। प्रस्तावनाबाट नकारात्मक शब्द हटाउनुपर्ने माग ठूलो संख्यामा उपस्थित प्रबुद्धले गरे। संविधान दीर्घकालीन महत्वको राजनीतिक दस्तावेज हुने भएकोले प्रस्तावना सरल, स्पष्ट हुनुपर्ने, लोकतान्त्रिक राजनीतिक प्रणालीको ऐना बन्नुपर्ने उनीहरूको सुझाव रह्यो। सामन्ति, निरकुंश, केन्द्रिकृत, एकात्मकजस्ता नकारात्मक शब्द हटाउने सुझाबलाई संविधान निर्माताहरूले संवेदनशील भएर आत्मसात गर्नु आवश्यक छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस