संविधान सभाबाट 'नेपालको संविधान, २०७२'को प्रारम्भिक मसौदा नेपाली जनता सामु आएपछि मोरंगको उत्तरी भेगका एक जना जनजाति मित्रले मलाई आश्चर्य पार्दै भने- 'बाहुन क्षेत्रीलाई सुविधा पुर्यामउने' संविधानको मसौदा आएछ। मैले बुझिन र कसरी भनी सोधेँ। उनले त्यही पुरानै संसदीय व्यवस्था त आएछ नि 'जोड घटाउको' व्यवस्था भने।
मेरो र जनजाति मित्रको संवाद अगाडि बढ्यो। उनी बूढानीलकण्ठ स्कुलका विद्यार्थी थिए। अग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा लिएपछि आफ्नो गाउँघर आफँै बनाउनुपर्छ भनी गाउँमै शिक्षक भएर बसे। र, संभवतः नेकपा (एमाले)को राजनीति रुचाए। पठनपाठनको समयपछि आफँै ट्य्राक्टर हाँक्छन्। घर र टोलको बाटो बनाउन नदीबाट सानासाना ढुँगा ल्याउँछन्। आफु र परिवारसमेत मिलेर बाटो बनाउँछन्। जनजातिहरूको आफ्नो माटो र समाजप्रतिको लगाव मलाई बढो अद्भूत लाग्छ। तिनको आफ्नो कामप्रतिको निष्ठा देखेर म दंग पर्छु। मित्र रिसाउँछन् की भनेर तिनको नाम लिन यहाँ मलाई अपठेरो लाग्यो।
मैले मित्रलाई भने बाहुनक्षेत्रीसँग अब तिमीहरूले माग्ने होइन, तिनले दिँदैनन्। मसौदा संविधान आगत होइन विगतको पृष्ठभूमिमा लेखिएको हो र तिमीले भनेजस्तै यो बाहुनक्षेत्रीका लागिमात्र पनि हुनसक्छ। विगतमा जुन विकृति भयो संसदीय व्यवस्थामा त्यसैलाई सुधार गरेर सुधि्रएको संसदीय व्यवस्था भनिएको छ। तिनैले सुधारेका छन् जस्ले विकृत बनाएका थिए। प्रस्तावित संविधानमा संसदीय व्यवस्थाअन्तर्गत विगतमा भएका विकृतिको स्वीकृति छ। विकृत आत्मा कति सुधि्रए थाहा छैन तर संसदीय संविधानलाई भने विकृत पारे भनी हामीबीच लामै छलफल चल्यो।
अब सबै आदिवासी, जनजाति, अल्पसंख्यक, मधेसी मिलेर मोर्चा गठन गर्ने र प्रत्यक्ष कार्यकारी प्रमुख जिताउने अभियान सुरु गर्नुको विकल्प तिमीहरूसँग छैन – मैले भने। लोकतान्त्रिक विधिबाट सम्पूर्ण नेपालीले सिधा मत हाल्ने र छिटो निर्णय गर्नसक्ने कार्यकारी प्रमुखबाट मात्र सत्ता र शक्ति राजधानी बाहिर आउला। यसै पनि प्रदेश बन्ने छाँट देखिँदैन हामी यिनै कुरामा केन्द्रित भयौँ। जनजाति मित्रले भने – हामीलाई राजनीतिमात्र गरेर बस्ने फुर्सदै हुँदैन, केही काम नगरी हामी कसरी बाँच्ने?
नेपालमा राजनीतिको मूलधारमा आउन काम गरी खानेलाई धेरै गाह्रो छ। केही काम गर्नु नपर्नेले राजनीतिमा सम्पूर्ण समय दिन सजिलो छ, सत्ता तिनैको छ। धेरैजसो जनजाति र आदिवासी मित्रहरू यसै भन्छन्।
मसौदा संविधानलाई परिमार्जित र सुधार गर्न समाजका सबै पक्षसँग राय सुझाव दिने क्रममा हामी दुबैले विद्युतीय माध्यमबाट सुझाव पठायौँ। तर सरकार परिवर्तन गर्न संविधान बनाउन लागिएकाले हाम्रा सुझाव रद्दीको टोकरीमा पुग्ने सहज अनुमान पनि हामीले गयौँ। संविधान सरकार परिवर्तन गर्ने हतारोमा बन्दैछ र विगतको पृष्ठभूमिमा टेकेर बन्ने संविधानले नेपालको आगत पुस्ताप्रति कसरी न्याय गर्नसक्ला?
प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै प्रधानमन्त्रीत्वकालमा संविधान नआए पनि जनभावना अनुरूप, जनताको अभिमतको कदर गर्दै केही समयपछि नै संविधान ल्याउन खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीको कुर्सी दिनु अहिलेको अवस्थामा कस्तो होला? हाम्रो अर्को राजनीतिक विमर्श यो भयो। सुशील कोइरालाको प्रभावकारिता प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिएपछि देशको राजनीतिमा कम हुँदैन बरु झन् बढ्नेछ। अहिले प्रधानमन्त्रीको कुर्सीमा भएर होला कोइराला कैयौं विषयमा सम्झौतावादी भएको आरोप उनैका समर्थकले समेत लगाएको गाउँघरमा सुनिन्छ।
जनताको दबाब मसौदा संविधानको आधारभूत ढाँचामा नै परिवर्तन गर्नुपर्छ भन्नेरहेको देखियो। यसमा पनि मूलतः शासकीय स्वरूपलाई मसौदा संविधानमा गरेको व्यवस्था हामी दुईजनालाई जस्तै धेरै नेपाली नागरिकलाई पटक्कै मन परेन। देशको कार्यकारी प्रमुख छान्ने काम नेपाली जनता अब पार्टी र विदेशीको जिम्मा दिन तयार देखिँदैनन्। स्वयं निर्णय गर्न चाहन्छन्।
एमालेका नेता मदन भण्डारीको घरअगाडिको चियापसलमा यस्तै छलफल सुनेर हामी बस्यौ। एकजना पाका नागरिक भन्दैथिए – अब त सबैको हात हातमा मोबाइल छ, रेडियो पनि छ। कस्तो नेता छान्ने, किन छान्ने भनेर गाउँघरका अल्लारे केटा र टुरिष्ट नेताले हामीलाई सिकाइरहनु पर्दैन। हामी सक्षम छौँ। अब हामी सक्षम र योग्य प्रधानमन्त्री छान्न सक्छौँ। तर नेताहरूले देलान् र? उनको चिन्ता थियो।
संसदीय व्यवस्था नेताहरूले नै असफल पारेको निष्कर्ष गाउँघरमा सबैले खुलेरै छलफल गर्छन्। गाउँघरमा पनि हिजोआज आफ्नै देशको राजनीति, साहित्य र कथा कविताको बढी चर्चा हुनेगर्छ। केही वर्षदेखि समाजका अगुवाले लेखेको पुस्तक बढो रुचिपूर्वक पढ्न थालिएको छ यतातिर। तत्कालिन राजा महेन्द्रले 'कु' नगरेको भए आफ्नै सांसदले मलाई हटाउने अभियान नै' चलाएको थिए भनी बीपीको आत्मवृत्तान्त पढेका एकजना शिक्षक भन्दै थिए। साढेपाँच दशक पहिले तत्कालीन सरकारमा मन्त्री नपाउने साथीहरूले गरेका षड्यन्त्र र मंत्री बनाउन छरछिमेकबाट आएको दबाब बारे बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा दिक्क भएर लेखेको विषय चियापसलमा चर्चा भएको थियो।
बीपी कोइरालाका कुरा इतिहास भइसक्यो। तर विगत अढाई दशकको संसदीय अभ्यासका कारण हाम्रो अर्थ राजनीतिको तन्नम अवस्था देशभर नाङ्गो आँखाले देखिन्छ। गाउँघरमा सिँचाइ नभएर खेत बाँझै छ। काठमाडांैमा कतै यसको चिन्ता छैन। विश्वका अत्यन्त गरिब राष्ट्रहरूको सूचीमा नेपाल पर्छ र एसियामा अब सायद अफगानिस्तानपछि सबैभन्दा गरिव राष्ट्रको सूचीमा नेपाल पर्दैछ। तर यही देशका शासकका भने सबै जसोका सन्तान पश्चिमा देश पुगे। गाउँघरका किसान र मजदुरका छोराछोरी मलेसिया र मध्यपूर्वमा रोजगारी गर्दैछन्। अनि पहाडबाट छोरीबेटीहरु अझै बम्वै, कलकत्ता र दिल्लीका कोठीमा शरीर बेचेर जीवन धान्न विवश छन्। के संसदीय व्यवस्थाको उपहार यही मान्ने हो? संभवतः संसदीय व्यवस्था यति खराव थिएन होला जति यसको अभ्यासको क्रममा नेपालका नेताले बनाए वा अझै बनाउन उद्यत छन् ।
मसौदा संविधानमा संसदीय व्यवस्थाको अभ्यासको क्रममा भएका राजनीतिक विकृति र विसंगतिलाई सिधै सम्बोधन गर्न खोजिएको छ। जस्तो प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने, मन्त्रिपरिषद्को आकार निश्चित गर्ने, प्रधानमन्त्रीको नाम तोकेर अविश्वासको प्रस्ताव अगाडि ल्याउनुपर्नेजस्ता विगतका तीता अनुभवलाई बन्देज गर्न खोजिएको छ। तर व्यवस्था संसदीय भनिएको छ। यो भनेको संसदीय व्यवस्थाको दार्शनिक र सैद्धान्तिक विचलन भयो। एकजना मन्त्री स्वयं 'यो उँट संविधान हो' भन्थे। मैले उँट नेपालमा केही काम लाग्दैन 'खच्चर' संविधान बनाउनु बरु हितकर होला भनी रमाइलो गरँे। अर्थात् सुधारसहितको संसदीय व्यवस्थाले राजनीतिक स्थिरता दिनेछ भनी कुनै कोणबाट पनि विश्वास गर्न गाह्रो छ।
यहाँ म एउटा रूपकको माध्यमबाट किन प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नेपाली जनताले मनपराएका होलान् भनी उदाहरण प्रस्तुत गर्छु। रूपक यस प्रकार छ :
संविधान निर्माणमा १६ बुँदेबाट राष्ट्रिय सहमति जुटाउने हाम्रा नेताहरू भवितव्यले एकैपल्ट यमलोकमा यमराज अगाडि पुगेछन्। निकै ठूलो मेहनत र लेनदेनपछि देश र जनतालाई स्थिर र समृद्धिमुखी संविधान दिएका कारण आफ्ना लागि स्वर्गको ढोका खुला हुने भ्रम यी नेतामा रहेछ। तर यमराजले आफ्नो कोठाभर भएको भित्तेघडी हेरेछन् र हाम्रा नेतालाई नर्कतर्फको बाटो देखाएछन्। नर्कतर्फको बाटो देखाउनुअघि यमराजले हाम्रा नेतालाई भित्तेघडीको औचित्य यसप्रकार बताएछन।
यो कोठाका भित्ते घडी स्थिर छन् र यिनका तीनैवटा सुई पनि नियमबद्ध भएर अगाडि बढिरहेका छन्। यो त्यस्ता देशका नेता र देशको जीवनचक्र हो जहाँका जनता समृद्ध छन् र शासन पद्धति पनि जनतामुखी छ। तर नेपाली नेताको जीवनचक्र यहाँ नहुनु भनेको तिमीहरू स्वार्थी छौ र अस्थिर पनि। तसर्थ तिमीहरूजस्ता नेताको जीवनचक्र अन्यत्रै छ। हाम्रा नेता आफ्नो विगत हेर्न यमराजको पछि लाग्छन्। चारै नेता यमराजको कोठामा जाँदा आफ्नो जीवनचक्र भित्तामा हैन सिलिङमा फनफनी घुमिरहेको देख्छन् र टाउको समात्छन्। यमराजले भनेछन् – 'यी घडीका सुईहरूको वेगवान् घुमाइबाट मैले पंखाको काम लिएको छु। तिमीहरूकै कारण तिम्रो देश नेपालको जीवनचक्र यसरी अस्थिर भएको हो।'
नेपालको संविधान , २०७२ प्रारम्भिक मसौदाको भाग ७ धारा ७९ मन्त्रिपरिषद्को गठनअन्तर्गत उपधारा ७ सम्मको व्यवस्थाले यमलोकमा यमराजलाई गर्मीमा पंखाको काम गर्ने सुविधा हाम्रो संविधानले दिएको छ। यो कथा भन्नुपर्ने कारण के पनि हो भने राष्ट्र र व्यक्तिका जीवनमा अनुभवले धेरै सिकिन्छ शास्त्रले भन्दा। शास्त्र थोत्रो हुनसक्छ, अनुत्पादक पनि हुनसक्छ र भएको देखिएको छ। तर पटकपटकको अनुभवबाट नेपाल र नेपाली जनताले बुझेको र जानेको के हो भने बेलायती शैलीको वेष्टमिन्स्टर ढाँचा नेपालमा चलेन।
संसदीय व्यवस्था विश्वमा कहाँ सफल र कहाँ असफल भयो भन्नेतिर नजाऊँ। मैले आफ्नो जीवनका केही ऊर्जावान्समय प्रजातन्त्र र त्यसको पर्यायवाची ठानेको संसदीय व्यवस्था ल्याउन नेपालका सडकमा बिताएँ र जेलमा पनि सडे। यिनै यातना र संघर्षका दिनमा कहिले काहीँ संसदीय व्यवस्थाका राम्रा नराम्रा पक्षमा छलफल पनि गरँे।
मान्छे आफ्नै अनुभववाट धेरै कुरा सिक्न र सुधार गर्न सक्षम हुने प्राणी हो। यही पृष्ठभूमिबाट मैले नेपालको शासकीय स्वरूपलाई हेरेको छु। झन्डै साढे पाँच दशकको अनुभव छ हामीसँग संसदीय व्यवस्थाको। बीपी कोइरालाको शासनकाललाई नसम्झने हो भने पनि अढाई दशक भयो नेपालमा संसदीय अभ्यास अगाडि बढेको। अनि यसबीचमा एक्काइसवटा सरकार बने। अर्थात् एउटा सरकारको आयु एक वर्षभन्दा केहीमात्र बढी छ। तर पनि प्रस्तावित संविधान निर्माण गर्दा विगतका तीता अनुभवबाट केही नसिकेको देखियो। केही 'कस्मेटिक' सुधार प्रस्तावित संविधानले गरेको छ त्यो पनि विगतको असफलता, डर र असंगतिमा टेकेर। अर्थात्, संविधानको दस्तावेज भविष्योन्मुख छैन, विगतको भयबाट प्रभावित छ।
प्रत्यक्ष कार्यकारीको चयनले देशमा राजनीतिक स्थिरता दिन्छ कि दिँदैन अहिले यसै भन्न सकिँदैन तर जनतामा यसको चाहना भने प्रबल देखिन्छ। यही बाटोबाट देशमा रोजगारी र आर्थिक समृद्धिको ढोका पक्कै पनि खुल्छ भन्न पनि अहिले छिटो होला। धेरै देशमा संसदीय व्यवस्था सफल पनि होला। अनि जापान र बेलायतमा राजतन्त्र लोकतन्त्रसँगै पनि गएको होला। तर नेपालमा त राजतन्त्र लोकतन्त्रसँगै जान सकेन। नेपाली जनतासँगै संसदीय पद्धति पनि चलेन। यसको अर्थ जनताले चुनेको कार्यकारी प्रमुखसँग जादूकै छडी हुन्छ र देश र जनताका सबै समस्या 'छु मन्तर' हुनेछन् भन्ने भ्रम पनि राख्नु हुँदैन। तर गुण्डा, व्यापारी, विदेशीसामु प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले झुक्नुपर्ने छैन। निश्चित समयका लागि कार्यकारी प्रमुख जनताबाट सिधै चुनिने छ। अनि मेरा जनजाति मित्रले बाहुनक्षेत्रीलेमात्र देश भागबन्डा गर्ने भए भनेर गुनासो गर्ने अवस्थामा पनि बिस्तारै सुधार होला।