चुक्ता पुँजीको भुइँचालो
१० साउन २०७२
•
१४ मिनेट पाठ
चुक्ता पुँजीको भुइँचालो
बैशाख १२ गतेको भुइँचालोको चोट भुल्ने प्रयास गर्दैगर्दा नेपालको बैंकिङ क्षेत्रमा फेरि अर्को भुइँचालो आएको छ। साउन ७ गते त्यो पनि ठ्याक्कै ८ रेक्टर स्केलको। नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै आगामी दुई वर्षभित्र बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी ठूलो परिमाणमा बृद्धि गर्नुपर्ने बताए।त्यस समारोहमा उपस्थित सबैजसो बैंकरलेे अप्रत्यासितरूपमा आएको उक्त प्रावधानलाई गत बैशाख १२ को भन्दा पनि ठूलो भूकम्प अनुभूति गरे। अब वाणिज्य बैंकहरूले २०७४ साल असारसम्ममा आफ्नो चुक्ता पुँजी ८ अर्ब रुपैयाँ, विकास बैंकले कारोबारको क्षेत्र हेरी ५० करोडदेखि २ अर्ब ५० करोड रुपैयाँ र वित्त कम्पनीहरूले ४० करोडदेखि ८० करोड रुपैयाँ पुर्याैउनुपर्नेछ। यो भनेको विद्यमान पुँजी संरचनाको करिब ४ गुणा बढी हो। यस पटकको मौद्रिक नीतिमा अरु धेरै कुरा भए पनि चुक्ता पुँजीको नयाँ व्यवस्थाले सबै ओझेलमा परे।

हालको स्थिति

२०७१ साल चैत महिनाको स्थितिमा देशमा सञ्चालित ३० वटा वाणिज्य बैंकको कुल चुक्ता पुँजी ९७ अर्ब २३ करोड रुपैयाँ रहेको छ। जुन अबको दुई वर्षमा ८ अर्ब रुपैयाँ पुग्नुपर्छ। यसमध्धे सरकारी लगानीका बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको चुक्ता पुँजी अहिले नै ८ अर्ब रुपैयाँभन्दा माथि छ भने नेपाल बैंक लिमिटेडको ६ अर्ब ४६ करोड रुपैयाँ छ। बाँकी २७ वटा वाणिज्य बैंकमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ५ अर्ब एक करोड रुपैयाँ र सबैभन्दा कम एनसीसी बैंकको १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुगेका दुई वाणिज्य बैंकबाहेक अन्यले अबको दुई वर्षभित्र अर्को १४५ अर्ब २१ करोड रुपैयाँबराबरको चुक्ता पुँजी बृद्धि गर्नुपर्ने हुन्छ।

उपाय के त?

यो परिस्थितिमा बैंकहरूले सामान्यतया दुई–तीनवटा उपाय अपनाउन सक्छन्। यो व्यवस्था अति अव्यावहारिक भयो भन्दै रुँदैकराउँदै आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी कि त यसलाई हटाउने या त समय थप गर्न लगाउने अथवा सेयर बृद्धि गर्न लगाउने। चिरञ्जीवी नेपाल गभर्नर भएपछिको पहिलो मौद्रिक नीति, जसमा उनको प्रतिष्ठासमेत गाँसिएको छ, यसलाई बैंकरहरूको रुने–कराउने कुराले त्यति अर्थ नराख्ला भन्नेमा कमसेकम मचाहिँ विश्वस्त छु। केही गरी ठूलै दबाबले त्यो हुनगयो भने उनको बाँकी कार्यकालको लागि योभन्दा ठूलो दुर्भाग्य अरु केही हुने छैन। र, उनी पनि बैंकरका लागि युवराज खतिवडाजस्तै ३ कदम अगाडि र ४ कदमपछाडि हट्ने गभर्नर हुनेछन्।

दोस्रो उपाय भनेको नाफाबाट नगद लाभांश जारी नगरी बोनस सेयर दिने, अग्राधिकार सेयर जारी गर्ने र अर्को बैंक वा वित्तीय संस्थासँग गाभिने हो। यीमध्धेको पहिलो उपाय हेर्दा यदि ८ अर्ब रुपैयाँ पुँजी पुग्न बाँकी २८ वटै वाणिज्य बैंकले आगामी दुई वर्ष आफ्नो नाफाको सबै हिस्साबराबर बोनस सेयर जारी गरे भने पनि त्यसबाट आउने भनेको करिब २५ अर्ब रुपैयाँमात्रै हो। हुन त अब यो व्यवस्था आइसकेपछि राष्ट्र बैैंकले कुनै पनि वाणिज्य बैंकलाई अबका दुई वर्ष नगद लाभांश जारी गर्न त नदेला वा दिनै परे पनि भरपर्दो पुँजी योजना र त्यसमा बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनको दह्रो प्रतिबद्धतापछि मात्र देला। तैपनि, पहिलो उपायले मात्रै बैंकहरू पूर्ण सुरक्षित नहुने पक्का छ।

जहाँसम्म अग्राधिकार सेयर जारी गर्ने कुरा छ, यो कानुनीरूपमा सबैभन्दा सजिलो र व्यावहारिकरूपमा भने सबैभन्दा अप्ठेरो काम हो। एकातिर बैंकका ठूला सेयरधनीहरू बैंकमा अरु पैसा थप्न तयार छैनन् भने अर्कोतर्फ यति ठूलो परिमाणमा कर चुक्तासहितको रकम ल्याएर बैंकमा सेयर लगानी गर्न असम्भवप्रायः नै छ। यो तथ्य धेरैलाई अप्रिय हुनसक्छ, तर वास्तविकता भने यही नै हो। यति हुँदाहुँदै पनि केही बैंकका ठूला लगानीकर्ताले मौद्रिक नीति सार्वजनिक भएकै राति आफू बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्या उन थप लगानीको लागि तयार भएको कुरा सामाजिक सञ्जालमा लेखेको कुरालाई सकारात्मक मान्न सकिन्छ।

अब बाँकी रह्यो तेस्रो वा सर्वोत्तम उपाय, मर्जमा जाने। मर्जमा जाँदा कुनै पनि वाणिज्य बैंकले अर्को वाणिज्य बैंक वा विकास बैंक वा फाइनान्स कम्पनीसँग मिल्नसक्छ। यहाँनेर विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि चुक्ता पुँजी बृद्धि गर्नुपर्ने हुँदा उनीहरू अधिकांश मर्जमा जान तयार हुने कुरा स्पष्ट छ। नेपालमा अहिले कारोबार गरिरहेका 'ख' वर्गका ७९ विकास बैंक र 'ग' वर्गका ५० फाइनान्स कम्पनीको कुल पुँजीकोष रकम करिब ४० अर्ब रुपैयाँ छ। यीमध्धे केहीले आफै पुँजी बृद्धि गरी काम गरे भने र केही मर्जमा गएर पनि आफ्नै समूहमा बसेर काम गरे। मर्ज गर्दा पुँजी २ र २ जोड्दा ३ वा ३.५ मात्र हुनेहुँदा यो प्रक्रियाबाट वाणिज्य बैंकको पुँजीमा बढीमा २० अर्बसम्म मात्र आउनसक्ने देखिन्छ। त्यतिमात्रै नभई अधिकांश ख र ग वर्गका संस्थाको कर्जाको स्थिति र काम गर्ने तरिका त्यति सन्तोषप्रद नहुँदा धेरैजसो वाणिज्य बैंक ती संस्थालाई सजिलै आफूसँग मर्ज गराउन उत्साहित देखिँदैनन्।

यस अर्थमा बाँकी रहेको उपाय अथवा राष्ट्र बैंकले चाहेको पनि वाणिज्य बैंक–वाणिज्य बैंकबीचको मर्जर नै हो। सोझो हिसाब गर्दा ३० वाणिज्य बैंकमध्धे ग्रान्ड बैंक, प्रभु बैंकमा जाने करिबकरिब निश्चित भैसकेको स्थिति र स्टान्डर्ड चार्टर्ड, एभरेस्ट र नेपाल एसबीआईजस्ता ठूला विदेशी बैंकलाई पुँजी बढाउन कुनै कठिनाइ नहुने देखिन्छ। यो क्रममा निहँु खोजेर कोही बाहिरिन चाहन्छन् भने केन्द्रीय बैंकले दिनुपर्छ। नेपाल इन्भेस्टमेन्ट, ग्लोबल र नबिलजस्ता पुँजीको हिसाबले ठूला बैंकले पनि दुई वर्षको नाफाबाट सजिलै ८ अर्ब पुर्यामउन सक्छन्। सरकारी स्वामित्वका बैंकलाई पनि यस प्रावधानले कुनै अप्ठेरो पार्दैन। समस्या १९ वटा वाणिज्य बैंकलाई पर्ने हो। यी बैंकहरू मिलेर ६ वा ७ वटा हुन केले रोक्यो? जवाफ स्पष्ट छ बैंकर, कर्मचारी र अझ बढी प्रमुख कार्यकारीको जागिर जाला भन्ने डर र ठूला लगानीकर्ताको नचाहिँदो आत्मसम्मान तथा अरुसँग मिलेर काम गर्न नचाहने प्रवृत्ति बाधक छ! यो समस्या अबका दिनमा बैंकरहरू स्वयंले समाधान नगरी सुखै छैन।

राष्ट्र बैंकको चाहना

यो नीति अनायासै आएको भने होइन। युवराज खतिवडा गभर्नर हुँदा सल्लाह गरेर वाणिज्य बंैकहरूको ५ अर्ब रुपैयाँ पुँजी बनाउन खोज्दा माथि भनिएझैँ रुने–कराउने र कुनै वाणिज्य बैंकले देशै छाडेर जान्छु भनी घुर्क्याएका कुरा बैंकिङजगतका धेरैलाई थाहा छ। त्यसैले राष्ट्र बैंकले यसपटक हल्ला नगरी यो नीति ल्यायो। यसमा केन्द्रीय बैंक्का केही निहित उद्देश्य देखिन्छन्।

क. कुनै न कुनैरूपमा व्यापारी र बैंकका लगानीकर्ता छुट्याउने, जसबाट बैंकका लगानीकर्तालाई बैंकप्रति बढी उत्तरदायी बनाउने।

ख. देशमा बलिया र ठूला बैंकहरूको व्यवस्था गर्ने।

ग. सेयरबजारमा सीमित व्यक्तिबाट हुने अनैतिक चलखेललाई कम्तीमा अर्को १० वर्ष रोक्ने।

घ. अन्तर्राष्ट्रिय बैंकसँग प्रतिस्पर्धा गर्नसक्ने करिब १० वटा बैंकको देशमा उपस्थिति गराउने।

ड. समाजको कुरीतिको रूपमा रहेको 'भीभीआईपी सेयरधनी' परम्परा सदाका लागि बन्द गराउने।

च. च्याउसरी खुलेका तथा समाजको आर्थिक, सामाजिक उत्थानमा योगदान दिन नसकेका विकास बैंक र वित्त कम्पनी बन्द गराउने।

छ. गाउँका सानातिना आर्थिक कारोबार 'घ' वर्गका लघुवित्त संस्था र सहकारीमार्फत् गराउन जोड दिने आदि।

यी सबै उद्देश्य देशका निम्ति हितकर छन् र यो नीति अत्यन्त सकारात्मक छ। अब सबै बैंकरले पुँजी बृद्धिका लागि पैसा कहाँबाट ल्याउने भन्ने प्रश्न गर्न छाडेर आफ्नो उच्च व्यवस्थापन र सञ्चालक समितिको बैठकमा कोसँग मर्ज गर्ने भन्ने प्रश्नको उत्तर खोज्न थाल्नुपर्छ। यति गर्न सक्दा अहिले लागेको पुँजी बृद्धिको झट्काको असर चाँडै कम हुन्छ। अन्यथा समय बाँकी छ नि भनेर विगतमा जस्तै बस्न थालियो भने राष्ट्र बैंक अर्को सालको मौद्रिक नीतिमा अझ कडा हुन सक्छ भन्ने सबैले बुझ्नु जरुरी छ। किनकि, राष्ट्र बैंक यसपटक मर्जको कुरामात्र गरेर झारा टार्ने तर मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको आदतलाई एउटा तार्किक निष्कर्षमा पुर्या्उने लक्ष्य लिएको देखिन्छ।

आशा र भरोसा गरौँ अबको २ वर्षमा नेपालमा ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका करिब १५ वटा वाणिज्य बैंक हुनेछन्। करिब २० को संख्यामा विकास बैंक र वित्त कम्पनी हुनेछन्। हरेक वाणिज्य बैंकका १५० को हाराहारीमा शाखा र प्रत्येक बैंकमा करिब १ हजार ५ सय कर्मचारी हुनेछन्। ती कसैले पनि २० मेगावाट बिजुली उत्पादन गर्ने परियोजनाको लागि कुनै ग्राहक कर्जा लिन आउँदा सहवित्तीयकरणका लागि अर्को बैंक खोज्ने छैनन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस