देश संविधान निर्माणको चरणमा छ। जारी हुने संविधानप्रति जनताको अपनत्व तथा संविधानका विषयवस्तुहरूमा सबैको भावना समेटियोस् भनी जनताबाट रायसुझाव लिने चरण सकिएको छ। यो चरणमा धेरै सुझाव आए।संविधान निर्माणको आधारका रूपमा रहेको १६ बुँदे सहमतिभन्दा बाहिर गएर पनि सुझाव आएको छ। अब दलहरूले ती सुझाव ग्रहण गर्दै संविधानको मस्यौदामा संशोधन गर्छन् कि गर्दैनन् भन्ने प्रश्न एवं आशंका उब्जिएको छ। प्रधान मन्त्री स्वयं सुझाव संकलनका लागि आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्, भोलिपल्ट छिमेकी जिल्लाहरूमा पुगेका छन् र जनताको चाहनाअनुसारको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। जनताको सुझाव सुन्दै उनले सबैको भावनाको सम्मान गर्ने बताएका छन्। प्रधान मन्त्रीले नै प्रतिबद्धता जनाइसकेकाले मस्यौदालाई पूर्णता दिनेबेलामा जनताका महŒवपूर्ण सुझावहरूलाई संविधानमा बिम्बित गर्न नेतृत्व सफल हुनुपर्छ।
त्यसो त, एउटा लोकतन्त्रवादीका लगि संविधान लोकतन्त्रलाई संस्थागत गर्ने र जनतालाई अधिकारसम्पन्न गराउनेखालको छ कि छैन भन्ने कुरा नै मुख्य हो। जनता आफ्नो पहिचान तथा स्वाभिमानका साथ आफ्नो व्यक्तित्व बनाउन स्वतन्त्र छन् कि छैनन्? कानुनको नजरमा सबै नागरिक बराबर छन् कि छैनन्? समाजका हरेक खालका विभेदको रेखालाई मेट्दै राष्ट्रिय एकताका लागि संविधानको विषयवस्तु सहयोगी वा प्रेरणादायी छ कि छैन? अहिले संविधानको मस्यौदामा खोजिनुपर्ने कुरा यिनै हुन्। तर, यसतर्फ सार्थक बहस हुनसकेन। बहस शब्दमा बढी भयो, वर्गीय स्वतन्त्रता र स्वाभिमानका लागि भन्दा पनि वर्गीय प्रतिनिधित्वका लागि बढी भयो। अब संविधानको मस्यौदालाई जनताबाट आएको सुझावका आधारमा संशोधन गर्दा लोकतन्त्रको आधारभूत जगका रूपमा रहेको उल्लिखित ३ वटा कुरा संविधानले बोक्न सक्यो कि सकेन भनेर हेर्नुपर्छ। लोकतन्त्रका विश्वव्यापी मान्यताका रूपमा रहेका ४ वटा सीमा र ६ वटा विशेषता संविधानमा बिनासंकुचन र बन्देजरहित ढंगमा समाहित हुन सक्नुपर्छ। वाक स्वतन्त्रता, शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता, घुमफिरको स्वतन्त्रता, चाहेको पेशा–व्यवसाय गर्न पाउने स्वतन्त्रता, राजनीतिक दल खोल्न पाउने स्वतन्त्रता र संघसंस्था खोल्न पाउने स्वतन्त्रता लोकतन्त्रका आधारभूत ६ सिद्धान्त हुन्। त्यसैगरी अर्काको स्वतन्त्रताको सम्मान गर्नु, राष्ट्रिय अखण्डाताका पक्षमा रहनु, सामाजिक नैतिकतालाई स्वीकार्नु (यो कुरा समाजअनुसार भिन्नभिन्नरूपमा व्याख्या हुनसक्छ) र सामाजिक सद्भावका पक्षमा भूमिका निर्वाह गर्नु लोकतन्त्रका ४ सीमा हुन्। आज हामीले संविधान निर्माण गर्दा यी सिद्धान्त र सीमाका माध्यमबाट लोकतन्त्रलाई संस्थागत गर्ने, उचाइँमा पुर्याहउने र त्यसको महसुस नागरिकलाई हुने अवस्थाको निर्माण गर्ने दिशामा संविधान बनाउँदै छौँ कि छैनौ? यो कोणबाट हेर्नुपरेको छ। यति कुराको सुनिश्चितता नभएर समावेशी, वर्गीय प्रतिनिधित्व, धार्मिक सापेक्षता र निरपेक्षताजस्ता कुराको उतिसारो अर्थ रहन्न। संविधानमा शब्दका माध्यमबाट सबैका कुरा समेटिए पनि ती शब्दमा प्राण भर्दै त्यसलाई समाजका सबै सदस्यले ग्रहण गरेर अगाडि बढ्ने परिस्थिति निर्माण गर्ने कुराका लागि लोकतन्त्रका आधारभूत सवालमा संविधान स्पष्टरूपमा उभिन सक्नुपर्छ। संविधानका मौलिक अधिकारका रूपमा व्यवस्था गरिएका जनताका अधिकारमा थुप्रै बन्देज लगाइएका छन्। जस्तोः 'प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ :
(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता तर, (१) खण्ड (क) को कुनै कुराले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता र अखण्डतामा वा संघीय इकाइ वा विभिन्न जातजाति, धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन।'
संविधानको यो प्रस्तावका आधारमा भन्ने हो भने राज्य जुनसुकै समयमा पनि उल्लिखित प्रतिबन्धात्मक भाषालाई आधार मानेर अभिव्यक्ति स्वतन्त्रता अर्थात् मानिसले बोल्ने स्वतन्त्रतामा रोक लगाउने गरी अगाडि आउनसक्छ। नागरिकका हक र अधिकारमा १३ ठाउँमा प्रतिबन्धात्मक व्यवस्था गरिएको छ। लोकतान्त्रिक संविधानमा नागरिकका ६ प्रकारका स्वतन्त्रतामाथि कुनै पनि प्रतिबन्धात्मक वाक्यांश राखिनु हुँदैन। त्यस्ता संवेदनशील कुरालाई व्यवस्थापन गर्नकै लागि ४ प्रकारका सीमालाई पनि लोकतान्त्रिक पद्धतिले स्वीकारेको हुन्छ। ती ४ प्रकारका सीमाको उचित प्रयोगले लोकतान्त्रिकीकरणको अभियानलाई नियमन गरिरहेका हुन्छन् र यो अभियानलाई ट्रयाकबाहिर जान दिँदैन। लोकतन्त्र आफैमा अत्यन्त संवेदनशील राज्य सञ्चालन पद्धति हो। यसको संवेदनशीलता नबुझेर भाषागतरूपमा नै त्यसलाई ट्रयाकमा ल्याउँछु भन्ने सोच्दा, अति उग्र लोकतन्त्रवादीकै हातबाट लोकतन्त्रको हत्या हुनसक्छ भन्ने दार्शनिकहरूको भनाइलाई पनि हामीले यतिबेला स्मरण गर्नुपर्छ।
संविधानबारे बीपी कोइरालाले भनेका छन्, 'संविधानका चिसा अक्षरहरूमा पनि लोकतन्त्रको न्यायो स्पन्दन खोज्नुपर्छ। यदि अक्षरमा अधिकार खोजिन्छ भने, त्यसले कागजी अधिकारमात्र पाउँछ, यदि लोकतान्त्रिक स्पन्दन खोजिन्छ भने उसले लोकतन्त्रको मर्म भेट्न सक्छ।' बीपीको यो भनाइ पनि यतिबेला सान्दर्भिक हुन पुगेको छ। संविधानको सारले नागरिकको पहिचान, समानता र सामाजिक विभाजनको अन्त्यको आधार खडा गरिदियो कि गरिदिएन त? समावेशीका नाममा गरिएको व्यवस्थाले प्रतिनिधित्वको सुनिश्चितता गरिदेला, तर त्यसले सबै नागरिकको प्रतिनिधित्व हुन सक्दैन। त्यसकारण, एउटा व्यक्तिलाई इकाइ मानेर संविधानमा उसले पहिचान, समानताको हक र विभाजनको अन्त्यको महसुस गर्न सक्यो कि सकेन भनेर हेरिनुपर्छ।
महिला, जनजाति, दलित, तेस्रो लिंगी, भौगोलिक विकटता, भाषागतरूपमा, अल्पसंख्यकलगायत विभिन्न वर्गको प्रतिनिधित्वको सुनिश्चितताका कुराले मात्र लोकतन्त्र बलियो हुन सक्दैन। यस्तो व्यवस्थाले केही टाठाबाठालाई सत्ताको सिँढी चढ्न मद्दत गर्नेछ। ती टाठाबाठा भनाउदाले सत्ताको उपयोग गर्दै आफ्नो वर्ग तथा समुदायको हितमा काम गर्ने विश्वासका आधारमा यो प्रावधान स्वीकार्य भएको हो। तथापि, सबै नागरिक सत्तामा जाने होइन, सबै नागरिकले लोकतन्त्रको अनुभूति गर्नका लागि संविधानमा सबै नागरिकको अधिकार उल्लेख गरिनुपर्छ। लोकतन्त्र बलियो बनाउन प्रत्येक व्यक्ति बलियो हुन आवश्यक छ। संविधानभित्र सबै व्यक्तिलाई पहिचान, समानता र सामाजिक विभाजन रोक्नका लागि भूमिका दिइएको छ कि छैन, त्यो हेर्नुपर्छ। र, त्यही आधारमा संविधानमा नागरिकको हक सुनिश्ििचत भए–नभएको थाहा हुन्छ। नागरिक हकलाई प्रतिबन्धात्मक बुँदा राखेर कमजोर पार्नु हुँदैन।
संविधानको मस्यौदामा प्राप्त सुझावहरूका आधारमा त्यसलाई संशोधन गर्दा नागरिक स्वतन्त्रतालाई विशेषरूपले हेरिनुपर्छ। यो कुरामा प्रष्ट हुन सकियो भने मात्र धर्मको कुरा, बहुलवादको कुरा, समावेशिताको नाममा प्रतिनिधित्वको प्रतिशत तोक्ने कुरामात्र होइन, राज्यको शाशकीय स्वरूपको सही व्यवस्थापन पनि गर्न सकिन्छ। उदाहरणको लागि, इच्छाअनुसार धर्म मान्ने अधिकार सबैले पाउनुपर्छ, तर राजनीतिक दलको सदस्यता वितरण गरेझैँ धर्म परिवर्तन गर भन्दै हिँड्ने छुट कसैलाई हुनु हुँदैन। धर्म परिवर्तन गराइँदै गर्दा हुनसक्ने सामाजिक विखण्डन वा विभाजनले हिंसाको रूप लिनेतर्फ सजग हुनुपर्छ। यसले के देखाउँछ भने, नागरिकका आधारभूत अधिकारमा कटौति हुनु हुँदैन, तर अधिकारको दुरूपयोगबाट सामाजिक विखण्डन हुने अवस्थालाई प्रतिबन्धात्मक व्यवस्थाबाट हैन, लोकतन्त्रका ४ सीमाका माध्यमबाट नियमन गर्नुपर्छ। बीपीले भनेझैं अब संविधानलाई पूर्णता दिनेबेलामा त्यहाँ लोकतन्त्रको न्यानो स्पन्दन खोजौं, शब्दको लडाइँलाई समस्याका रूपमा नहेरौँ– अगाडि नलैजाऔँ।