मस्यौदा चिन्तन
०७ साउन २०७२
•
११ मिनेट पाठ
मस्यौदा चिन्तन
संविधानको मस्यौदावरिपरी अनेक गतिविधि भइरहेका छन्, अनेक घटना भइरहेका छन्। यी घटना र गतिविधिका बीचमा सृजना भएका तरंगहरू कुनै मधुर संगीतजस्तो हैन, हल्ला र कोलाहल प्रतीत हुन्छन्। तर, यसो भयो भनेर पिरिनुको कुनै अर्थ छैन।यो महत्वपूर्ण संक्रमणकालमा स्वाभाविकरूपमा अनेक किसिमका आवाज सुनिन्छन्। कुनै आवाज सदाशयतापूर्ण, उत्तरदायित्वबोध बोकेका, सुविचारित, दूरदर्शी, सकारात्मक हुन्छन् भने कुनै आत्मकेन्द्रित, प्रतिगामी, परपीडक, विध्वंशक अनेक किसिमका हुनसक्छन्। आफ्नो ब्रह्मले देखेका कुरालाई जस्ताको त्यस्तै, कुनै आकांक्षा नराखी उत्तरदायित्वबोधसहित गम्भीरतापूर्वक सुझाव दिनेहरू पनि हुन्छन्, कुनै जवाफदेही नलिइ, केवल बाहिर देखापर्नैका लागि सुझाव दिइटोपल्नेहरू पनि हुनसक्छन्। देशलाई हिजोकै अवस्थामा फर्काउन पाए हुन्थ्यो भन्नेदेखि लिएर देशै टुक्राइदिने धम्की दिनेसम्मका अनेक मानिस पनि यस्तैबेला देखा पर्नसक्छन्। यस्तोबेला सुनिने विविध आवाजको मिश्रण कसरी संगीतजस्तो हुनसक्छ? कोलाहल त हुन्छ नै। यो स्वाभाविक हो।

अस्तित्वमा रहेका सबै कुरा परिवर्तनशील छन्। यो देशमात्रै अपरिवर्तनीय हुनसक्दैन, छैन। परिवर्तनको दिशालाई धेरै तत्वले निर्धारण गरेको हुन्छ। अधिकांश तत्व वस्तुगत हुन्छन्– जसमाथि मानिसको चाहनाको त्यति धेरै प्रभाव रह"दैन। तर, ती यावत् वस्तुगत तत्वभन्दा मानिसको मनोगत प्रयत्नको भूमिका भने महत्वपूर्ण सावित हुनसक्छ– खासगरी यस्तो प्रयत्न सामूहिक भयो भने। सामूहिक विवेक र ज्ञानको प्रस्फुटनले जति उपलब्धि गर्नसक्छ, त्यत्तिकै हानी सामूहिक मूर्खताले गर्नसक्छ। त्यसैले, परिवर्तनको दिशा तय गर्ने अनेक वस्तुगत तत्वभन्दा पनि मानिसको मनोगत प्रयत्नको भूमिका अझ महत्वपूर्ण हुनसक्ने हो। तर, त्यो मनोगत प्रयत्न गर्ने भनेको यति नै बेला, वर्तमानको यही क्षणमा मात्र हुन्छ। जे गरिन्छ, गरिसकेपछि त त्यो सिद्दिन्छ। गरिसकेका कुराहरू तुरुन्तै विगतका भइसक्छन्। जे विगतका भए, ती 'मनोगत' रह"दैनन्– ती त वस्तुगत परिस्थितिमा परिणत भइसक्छन्। मानिसको चाहनाबाहिरका कुरा बनिसक्छन्। यसरी मानिसको मनोगत प्रयत्नले परिवर्तनको दिशा निर्धारण गर्न ठूलो भूमिका निर्वाह गर्छ, तर त्यो छनौट गर्ने अवधि भने अत्यन्त छोटो हुन्छ। त्यसैले होला, वर्तमानको तत्क्षणमा अवस्थित रहेर काम गर भनी बुद्धले सिकाएको।

अहिले नया" संविधानको मस्यौदा हातमा लिएर कुरा गरिरह"दा, हामीले आफ्नो जीवनको एउटा महत्वपूर्ण छनौटको निम्ति ज्यादै नै महत्वपूर्ण अवसर पाएका छौँ। तर, अत्यन्त छोटो छ यो समय। यसको उपयोग सदुपयोग हुन्छ कि दुरुपयोग हुन्छ, त्यो हाम्रो छनौटमा भर पर्छ।

जगत्को परिवर्तनशीलतालाई आत्मसात गर्दै गरिने छनौट र त्यो परिवर्तनशीलतालाई अस्वीकार गरेर गरिने छनौट फरक हुन्छ। यथास्थितिप्रतिको असन्तुष्टि मानिसको नैसर्गिक गुण हो। मानिस जहिले पनि परिवर्तन चाहन्छ, त्यसैले आज जति 'पूर्ण' लाग्ने परिवर्तन ल्याउ"छु भनेर लागे पनि, भोलि त त्यो फेरि अपूर्ण नै हुन्छ। यो कुरा बिर्सेर गरिने परिवर्तनका प्रयासहरू प्रायः अतिवादका रूपमा देखापर्छन्। आआफ्ना आग्रहअनुसार आफूले तय गरेको लक्ष प्राप्तिका निम्ति भनेर गरिने प्रयत्नहरू विस्फोटक आन्दोलनका रूपमा देखा त पर्छन्, तर उपलब्धि भने त्यसअनुरूप नहुन सक्छ। 'उपलब्धि' नै ठानिएको कुराको मूल्य अनावश्यकरूपमा बढी चुकाउनुपर्ने पनि हुनसक्छ वा उपलब्धिको सट्टामा झन् पछाडि फर्कनुपर्ने परिस्थिति पनि आउनसक्छ। यसरी गरिने आन्दोलनहरू 'क्रान्ति भनेको आज एकचोटी गरे पुग्छ' भन्ने भ्रमबाट निर्देशित हुन्छन्। तर, यथार्थमा सगरमाथा चढेर रेकर्ड बनाएजस्तो एकचोटी गरेर 'सम्पन्न' हुने कुरा हु"दैन क्रान्ति।

जगत्को परिवर्तनशीलतालाई आत्मसात गरेर गरिने परिवर्तनका प्रयत्नहरूमा लक्षभन्दा बढी दिशाबोध महत्वपूर्ण हुन्छ। आफूले तय गरेको दिशातर्फ उन्मुख छ भने सानै परिवर्तनलाई पनि स्वीकार गर्दै अघि बढ्ने विवेक र साहस हुन्छ यस्तो प्रयत्नमा। यो विवेकले विभिन्न व्यक्ति र समुदायका बीचमा भिन्नताभन्दा बढी समानताको खोजी गर्न, आग्रहको भन्दा बढी सत्यको सम्मान गर्न प्रोत्साहित गर्छ। एकचोटी क्रान्ति गरेर आराम गर्ने दुस्साहसिक खेलका सौखिन खेलाडी हैन, सकारात्मक समाज–परिवर्तनका निम्ति निरन्तर लागिरहने 'चीर अभियन्ता' वा 'धम्म–यात्री' बन्न प्रोत्साहित गर्छ।

यात्रामा दिशा हुन्छ, गति हुन्छ र लक्ष हुन्छ। दिशालाई प्रमुखता दिएर गरिने यात्रामा एउटा लक्ष हैन, असंख्य लक्षको सिलसिला हुन्छ। ती सबै लक्षले हरेक पाइलामा दिशानिर्देशको भूमिका निर्वाह गर्छन्। हाम्रो लोकतान्त्रिक यात्रामा 'लोकतन्त्र' नै दिशा हो। लोकतन्त्रतर्फको यात्रा छेकेर बसेकाले राजतन्त्र उन्मूलन गर्नु त्यसबेलाको लक्ष थियो। तर, त्यो लक्षप्राप्ति गर्नु नै यात्राको अन्त्य थिएन। देशका निम्ति गणतन्त्र त प्राप्य अवस्था थियो– राजतन्त्र गयो, गणतन्त्र आयो! तर, लोकतन्त्र त पूर्णतातर्फको यात्रा हो। मानवअधिकार, सामाजिक न्याय, आपसी सद्भाव, सामाजिक लयात्मकता आदि यस्ता 'कोअडिर्नेट'हरू हुन् जसले हाम्रो यात्रा कहा"सम्म पुग्यो भनेर जानकारी दिन्छन्। यिनले हाम्रो लोकतान्त्रिक यात्रामा बाटो बिरायौँ कि भनेर दिशा–निर्धारण गर्न सघाउ"छन्। सही दिशामा छौँ भने हरेक पाइलापछि यी अझ पूर्ण, अझ परिमार्जित हुनैपर्छ। संविधानले गर्नुपर्ने काम हो– दिशानिर्धारण गर्न, दिशाबोधका निम्ति लक्षहरूको सिलसिला निर्धारण गर्न र त्यो दिशामा बाधा छिचोल्दै अघि बढ्न ऊर्जा प्राप्त गर्न सघाउने। संविधानलाई त्यस्तो गुनिलो साधन नबनाइ साध्य नै बनाउन खोज्नु बुद्धिमानी हु"दैन। समाज परिवर्तनशील छ। जीवन परिवर्तनशील छ। मानिस परिवर्तनशील छ। मानिसका निम्ति, जीवनका निम्ति, समाजका निम्ति चाहिने संविधान अपरिवर्तनीय बनाउन खोज्नु भावी पुस्तालाई अहिलेदेखि नै बन्दी बनाउन खोज्नुसरह हुन्छ।

जनताका मौलिक तथा अन्य समयसापेक्ष अधिकारले परिभाषा खोज्छन्। तिनको रक्षाका निम्ति कानुन चाहिने हो। तर, कानुनले नै दायरा र सीमाको स्पष्टता पनि खोज्छ। मनोवैज्ञानिक, दार्शनिक, अध्यात्मिक तहमा करिबकरिब अमूर्त लाग्ने अवधारणालाई कानुनले मूर्तता दिन खोज्छ। तर, यो मूर्तता सीमाबन्धनसँग जोडिएकाले एउटा अचम्मको विरोधाभाष जन्मिन्छ। यस्ता विरोधाभाषहरूलाई निकास दिन संविधान सक्षम हुनुपर्छ। सापेक्षता र निरपेक्षता, नैसर्गिकता र परिस्थितिजन्यता, अमूर्तता र मूर्तता, वैयक्तिकता र सामूहिकता आदि विरोधीजस्ता लाग्ने अनेक अन्तरपूरक तत्वका बीचमा सन्तुलन र लय कायम गर्न संविधानले सघाउनुपर्छ। तर, लामो समयदेखि राज्यको उत्तरदायित्वविहीनता, अक्षमता, अविश्वसनीयता भोगेका नागरिक विश्वस्त छैनन्। त्यसकारण आआफ्नो बुझाइअनुरूप आआफ्नो समूह, पेशा, समुदाय आदिको 'हित'लाई संविधानमै सशब्द छिराउने आग्रह सृजना भएको देखिन्छ। यसो गर्दा संविधान झन्झन् जड र प्रतिबन्धी चरित्रको बन्नसक्छ।

यतिबेला चर्चामा रहेको संविधानको मस्यौदा जसरी–जताबाट आएको भए तापनि, अत्यन्त स्थूलरूपमै भए पनि जनताको रायसमेत संकलन भइसकेको स्थितिमा, सम्बन्धित सबैले यी कुरालाई मनन् गरेरमात्र संविधान बाहिर ल्याउलान् भन्ने आशा गरौँ। विवेक, संयम र संयकश्रवणको अभावमा पाइने कुरा त उही हो– दुःख! त्यस्तो नहोस्!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस