उबेला गिरिजाबाबु राष्ट्रपति हुने र सेनालाई माओवादी सरकारविरुद्ध आफ्नो बिजुली गारद बनाउने लक्ष्यसाथ बनाइएको अन्तरिम संविधानका कारण उत्पन्न कुख्यात कटवाल काण्डले देशको मार्ग नै परिवर्तन गरी माओवादीको सरकारकालमा बनिसक्ने संविधानलाई सात वर्ष धकेलिदियो।अहिलेको मस्यौदाका केही बुँदा हेर्दा ठीक त्यसरी नै एमालेको सरकारमुनीबाट सेना लगेर कांग्रेसी राष्ट्रपतिका तजविजमा पुर्यामउने आधार भेेटिए, जानेरै कि अन्जानमा? साथै अन्य देशका संविधानमा झैं नेपालमा पनि सदैव संवैधानिक अंग रहिआएको सेनालाई संवैधानिक अंगबाट हटाएर प्रहरीझैं बनाई सेनाको तेजोवध गरिएको छ। यस राजनीतिक चालले पर्ने दीर्घकालीन कुप्रभाव विषयबारे छुट्टै छलफल गर्न सकिन्छ। संविधानको मस्यौदामा सेना विषयक निम्न बुँदाको शल्यक्रिया यसप्रकार गरेको छु :
१. भाग ४ राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको धारा ५५(क) ५ सायद विश्वकै पहिलो संवैधानिक धारा होला, जसमा सेना र प्रहरीलाई समान अर्थात राष्ट्रिय सुरक्षा तथा शान्ति सुरक्षालाई एकै मानिएको छ। 'राष्ट्रिय सुरक्षा नीतिका आधारमा सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई सवल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने।' कुनै पनि राज्यमा सेनाले राष्ट्रिय सुरक्षा र प्रहरीले शान्ति सुरक्षाको जिम्मा लिन्छ। राष्ट्रिय सुरक्षा भनेको राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको संरक्षण हो। यसमा पनि २६२(१) र (५)ले नै प्रष्ट उक्त तत्वको संरक्षणका लागि सेनाको एक संगठन रहनेछ भनेकै छ, एक प्रहरी रहनेछ भनिँदैन कुनै संविधानमा पनि। सरकार स्वयंले किसिमकिसिमका प्रहरी स्थापना र खारेज गर्न सक्छ। त्यसैले सेनालाई संविधानमै एक बेग्लै परिच्छेद छुट्याइन्छ र नेपालका हरेक संविधानमा यस्तै हुँदै आए पनि यसपटक प्रहरीसँग मिसमास गरिएको छ। संवैधानिक प्रक्रियाबाटै मात्र उपयोग गरिने हुनाले सेनालाई संवैधानिक अंगका रूपमा लिइन्छ। ल एन्ड अर्डर शान्ति सुरक्षाअन्तर्गत हो र यो गृह अर्थात स्थानीय सरकार अर्थात सिडिओसम्मको अधिनमा प्रवाहित हुन्छ, संवैधानिक प्रक्रिया चाहिन्न। परन्तु राष्ट्रिय सुरक्षाको अधिकार भने मन्त्रिपरिषद, राष्ट्रपति हुँदै अन्ततः सदनमा निहीत हुन्छ। यसैबाट राष्ट्रिय सुरक्षा र शान्ति सुरक्षाको फरक अर्थात सेना र प्रहरीबीचको फरक बुझिन्छ। परन्तु यो संविधान यसमा चुकेको छ। कार्यपालिकाको स्वतः अधिकारभित्रको हुने भएकाले प्रहरी तथा मन्त्रालयहरुका विषय संविधानमा उल्लेख हुँंदैन र भएको पनि थिएन। शान्ति सुरक्षा विषयक कुरा कानुन बनाएर हरेक सरकारले चाहेको बेला थप्न घटाउन जे गर्न पनि सक्छ, सदन जानुपर्दैन। तसर्थ यस पटक पनि केन्द्रीय तथा प्रादेशिक प्रहरी आदिबारे ५५(५) मा समावेश गर्नु संविधान र कानुनको फरक नबुझ्नु हो।
२. संविधानमा सेनाको बेग्लै भाग नबनाई राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्थाको भाग ३० बनाएर भुल गरिएको छ। उक्त भागमा राष्ट्रिय सुरक्षा विषयक संवेदनशील अंग सेना (धारा २६२) तथा कार्यपालिकाको नियमित शान्ति सुरक्षा तथा प्रशासनिक विषयक (धारा २६३) समेत संलग्न छ। माथिको तर्कले यसबाट प्रहरी अर्धसैनिक बल र गुप्तचर संगठन विषयक धारा २६३ हटाएर संविधानको मर्म कायम राख्नुपर्छ। सरकारले आफैँ आवश्यक्तानुसार सदनबाट कानुन बनाउंँदै हालै सशस्त्रलाई प्रहरी बनाएझैं नियमावलीबाटै जे पनि गर्न सक्छ। अब सरकारले नयाँ किसिमको शान्तिसुरक्षाको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ। ५८ सालमा सशस्त्र खडा गर्दा संविधान संशोधन गर्नै परेन। आफ्नै खल्तीको पैसा राष्ट्र बैंकको ढुकुटीमा हालेर कार्यपालिकाको खुट्टामा बन्चरो हान्ने संवैधानिक विज्ञ कस्तो?
अब सेना विषयक विभिन्न बुँदामा देखिएका कमजोरी र भ्रमबारे केही उल्लेख गर्न चाहन्छु :
३. २६१(१)मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था छ। प्रधान मन्त्रीको अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र तथा अर्थ मन्त्री सदस्य छन्। अन्तरिममा भन्दा यो उचित छ किनभने यी चार विभाग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका अर्थ, विदेश, आन्तरिक सुरक्षा आदिसँग सम्बन्धित छन्। परन्तु राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीति तर्जुमा गर्न तथा सेनाको परिचालन, नियन्त्रण र व्यवस्थापन गर्न सरकार र मन्त्रिपरिषद्लाई सिफारिस गर्न बनेको परिषद्मा संविधानले नै 'धारा २६२ (१) अनुसार सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय एकताको रक्षार्थ सेनाको एक संगठन रहनेछ' किटान गरेपछि धारा २६२(४)ले राष्ट्रपतिले संविधानबाट सिर्जना गरिने सेनापति नै नराखिनुले शल्यक्रिया गर्ने मुख्य डाक्टरलाई नै शल्यक्रियाको योजनाकार्यबाट हटाउनुजस्तै हो। अन्तरिममै यो भूल स्वीकारिसकिँदा पनि सेनापतिलाई माइनस गरिएको छ। भारत र बेलायतको क्याबिनेट कमिटी र हाम्रो सुरक्षा परिषद्लाई एकै ठान्ने कानुनी सल्लाहकारले यो क्याबिनेट कमिटी होइन यो एक चेक एन्ड ब्यालेन्सका लागि ४६ सालको संविधानले सोचेको दीर्घकालीन संवैधानिक औजार हो भन्ने बुझ्न सकेनन्। नत्र ती सबै मन्त्री क्याबिनेटमै हुने भएपछि किन चाहियो बेग्लै सुरक्षा परिषद्? हटाए भइहाल्यो।
त्यसमाथि ४६ को संविधानजस्तो अब सुरक्षा परिषद्को सिफारिस बाध्यकारी पनि छैन। मन्त्री सरहको हैसियत नभएको कारणले हो भने सल्लाहकार सदस्य या विशेष सदस्यका रूपमा भए पनि समावेश अपरिहार्य छ। चिफ माइनस सुरक्षा परिषद् संविधानमा एक खोस्टामात्र भएर बस्नेछ। यस्तै २६१(२)मा रक्षा सचिवलाई पदेन सचिव तोकेर भुल गरेको छ। सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णयपश्चात सेनाको परिचालन, नियन्त्रण र व्यवस्थापनका लागि कार्यकारी कार्य गर्नुपर्ने सचिवलाई गैरकार्यकारी उच्च संवैधानिक अंग सुरक्षा परिषद्मा सचिव बनाउनु कार्यकारी सिद्धान्तविरुद्ध हो। त्यसमाथि सुरक्षा परिषद्को निर्णय मन्त्रिपरिषद् लान या कार्यान्वयन गर्ने निर्णय पनि सुरक्षा परिषद् सचिवालयले नै रक्षामा नै पठाउने हो। सिधा मन्त्रिपरिषद्मा हैन। अनि यता पनि आफैँले निर्देशन पठाउने, उता आफैँले कार्यान्वयन गर्ने, काम नभएमा यताबाट आफैँले प्रष्टीकरण, उताबाट आफैँले जवाफ? तसर्थ ४६ को संविधानमा झैं परिषद्ले सचिव नियुक्त गर्नेछ भनेर लेखिनुपर्छ। खासमा कार्यकारी जिम्मेवारी नबोकेको पूर्व सैनिक या विज्ञहरुलाई पूर्णरूपले यसैमा संलग्न गराउने हेतुले ४६ मा उक्त व्यवस्था गरिएको हो।
४. सोही धारा २६२(१)मा सेनालाई 'लोकतान्त्रिक सिद्धान्तप्रति प्रतिबद्ध हुनुपर्ने' भनेर 'कम्युनिस्ट राज्यको सेनाजस्तो राजनीतिक सिद्धान्तप्रति प्रतिबद्ध भातृ संगठन' बनाउन खोजिनु खतरनाक छ। सेनाको प्रतिबद्धता सोही धाराले सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता भनी किटान गरिसकिएपछि कताबाट आयो यो? यी तत्व र लोकतान्त्रिक सिद्धान्तबीच सेनाले छान्नुपरे के हुने? लोकतान्त्रिक सिद्धान्तको परिभाषा सेनाले आफैँ खोजेर दूषित हुन लागेको राजनीतिमा थाई र बर्मेली सेनाले झैं हस्तक्षेप गराउन किन खोजिएको हो? अचम्म त के भने प्रस्तावना तथा संशोधन (भाग ३३) मा भने 'लोकतान्त्रिकतालाई निर्विकल्प या संशोधनहीन' बनाइएको छैन। अर्थात दुई तिहाईले चाहेमा नेपाल फेरि राजतन्त्र या कम्युनिस्ट पद्धतिमा फर्कन सक्नेछ। अनि सेनाले लोकतान्त्रिक पद्धति कायम राख्न सदनको निर्णयविरुद्ध परिचालित हुनुपर्ने नैतिक बाध्यता आउने भयो यो धाराले त।
५. भाग ३(२३) ले समानताको हक किटान गरिसकेपछि राज्यका हरेक अंगमा स्वतः समानता अर्थात समावेशी हुन बाध्य भइसकेपछि खुसुक्क २६२(१)मा 'सेनामा समावेशी' विशेषण हाल्नु गलत देखिन्छ। उत्कृष्टता प्रमाणित गरी स्वेच्छाले मर्न मार्न, घरबार परिवार त्याग्न तयार योद्धाहरुको संगठन मानिने सेनालाई शुद्ध राष्ट्रिय सेना भनिन्छ संसारभर, समावेशी या फलानो फलानो जातको भनिन्न। परन्तु २६२(२)मा महिला, दलित, आदिवासी, जनजाति, खस, आर्य, मधेसी, थारू, मुस्लिम भनी किटान गरिएको छ। यसभित्र नपर्ने अरु जातको के हुन्छ? आफूलाई मधेसी नमान्ने समुदाय तराईमा बग्रेल्ती छन्। द्रविडियन र सिख पनि छन्। कानुन बनाएर प्रतिशतको व्यवस्था भइआएकै हो र भविष्यमा पनि गर्ने यही हो। किन धारा २३ समानताको सिद्धान्तलाई कमजोर सोचिएको थाँक्रो हालेर?
६. भाग ७ को ७८ ले मन्त्रिपरिषद्मा कार्यकारिणी अधिकार निहीत गरेको छ परन्तु कार्यकारिणीकै अंग सेनाको कार्यकारी कार्य अर्थात नियन्त्रण, परिचालन तथा व्यवस्थापन मन्त्रिपरिषद्को सिफारिसमा कार्यकारिणी अधिकार नभएका राष्ट्रपतिले गर्नेछ भनेको के? सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन मन्त्रिपरिषद्ले नै गर्नु संविधानको ७८ ले बाध्यकारी बनाएको छ। यी नियमित कार्य हुन्। नक्कल पनि बुझेर गर्नुपर्छ। भारतका राष्ट्रपति कार्यकारी राष्ट्राध्यक्ष हुन्, (संवैधानिक भन्ने भ्रम नेपालमा छ) जसका कुनकुन अधिकार मात्र स्वतः प्रधान मन्त्रीले उपयोग गर्ने किटान छ। सेनाको दुरपयोग नहोस् भन्नका लागि चेक एन्ड ब्यालेन्सका रूपमा बाह्य आक्रमणविरुद्ध, राजनीतिक कारणले उत्पन्न विद्रोह (माओवादी टाइपको) तथा गृहयुुद्धमा अन्तिम विकल्पका रूपमा प्रयोग गर्नेखालका 'राष्ट्रव्यापी परिचालन' मा मात्र मन्त्रिपरिषद्ले राष्ट्रपतिको स्वीकृति लिनुपर्नेसम्मको व्यवस्था संवैधानिक हुन्छ भाग ७को ७८ अनुसार।
प्रशासनलाई सहयोगका लागि गरिने सीमित परिचालन सरकारकै कार्यकारी जिम्मेवारी हो र व्यवहारमा पनि यही नै भइरहेको छ, लिखितमा जे भए पनि। मन्त्रिपरिषद्को निर्णयविरुद्ध या स्वेच्छाले कटवाल काण्ड गरेझैं राष्ट्रपतिले 'कु' नै गर्न सेना खटाए भने के गर्ने? तसर्थ कार्यकारिणी अधिकार बाँड्न भारतजस्तो सिस्टम र संरचना हुनुपर्छ। धारा २६२(४) ले त राष्ट्रपतिलाई संवैधानिकरूपमा कार्यकारिणी अधिकार दिएको छ। 'राष्ट्रपतिले कानुनबमोजिम प्रधान सेनापतिको नियुक्ति र पदमुक्त गर्नेछ', अब त रेडियोबाट थाहा हुने भयो सरकारलाई कि राष्ट्रपतिले रामबहादुर हटाएर कृष्णलाललाई सेनापति बनाएछन् भन्ने कुरा। अन्य संवैधानिक निकायझैं यसमा पनि 'मन्त्रिपरिषद्को सिफारिसमा...' उल्लेख हुनुपर्छ। सेनापति कर्मचारी नै भएकाले सरकारले चाहेका अवस्थामा कानुनअनुसार अवकाश दिन सकिने भएकाले कतै पनि पदमुक्त विषय संविधानमा हालिन्न। सैनिक ऐनमै प्रष्ट पारे भइहाल्छ।
७. धारा २४२ (२)ले सेनाको नियुक्ति (सरुवा पनि नियुक्ति हो) तथा बढुवा लोक सेवाले गर्ने भनेको छ। भर्नामा प्रतिनिधिका रूपमा लोक सेवाबाट खटिने परम्परा छ। परन्तु सेनाको सरुवा बढुवा पनि लोक सेवाले गर्ने कसरी? प्रष्ट छ, प्रहरीझैं सेनाभित्र अधिकृतहरुलाई राजनीतिक झुकाव तथा ब्रिफकेस सिद्धान्त अवलम्बन गर्न बाध्य बनाउनेछ यस बुँदाले। सेनाको बढुवा सरुवाहरुका कडा तथा प्रष्ट आधार हुन्छन्, त्यसैअनुसार उच्च अधिकारीको बोर्डको सिफारिसमा सेनापतिले द्वितीय र तृतीय श्रेणीको र माथिको क्याबिनेटले सरुवा बढुवा गर्ने प्रचलन छ। एक सही अफिसर सही समय सही ठाउँमा भए युद्ध जितिन्छ, नभए सयौं सिपाही तथा जनता मर्नेछन्। यस्तो संवेदनशील संस्थामा लोक सेवाले सरुवा बढुुवा गर्ने हदसम्मको विनाशकारी सोच माओवादी सरकारमा हुँदा पनि आएको थिएन। देशको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताको रक्षा गर्ने सेनाको जिम्मेवारी सेनापतिका टाउकामा धारा २६२(२) अनुसार दिइसकेपछि संस्था अर्थात त्यो गाडी कसरी परिआउँदा चुस्त बनाइराख्ने भन्ने पूर्ण अधिकार सेनापतिको भएन भने के होला? सेनाको बढुवा सिस्टम विवादरहित बनाउन अन्य उपाय छन्।
अन्य : (क) ६५(३) 'राष्ट्रपति सेनाको परमाधिपति हुनेछन्।' परमाधिपति भनेको राष्ट्रको सोभरेन अर्थात सार्वभौमसत्ताधारी हो, पहिले राजा भएजस्तै। अब सोभरेन अर्थात परमाधिपति जनता हुन्। सुप्रिम कमान्डर इनचिफ भन्न खोजिएको हो। यसको नेपालीमा हुन्छ परमसेनाधिपति। धेरै किसिमका सेना भएका देशमा सुप्रिम कमान्डर इनचिफ भनिने हो। नेपालमा थल सेना मात्र भएकाले सर्वोच्च सेनापति या सेनाधिपति मात्र भनिनु उचित हुन्छ। राजसी परमसेनाधिपति शब्दको उपयोग लोकतन्त्रमा किन?
(ख) ६५(४) मा राष्ट्रपति नेपाल र नेपालीको राष्ट्रिय एकताका प्रतीक भनिएको छ। राजा, हिटलर, जार, माओत्सेतुंग, किम इलसुंग राष्ट्रिय एकताका प्रतीक होलान् तर लोकतन्त्रमा कुनै पनि व्यक्ति या संस्था देश र जनताको एकताको प्रतीक हुन सक्दैन। स्वयं राष्ट्र र जनता नै राष्ट्रका प्रतीक हुन्, राष्ट्रिय एकताका प्रतीक हुन्। धारा २६२(१)मा सेनाले राष्ट्रिय एकताको रक्षा गर्ने भनिएको अवश्य पनि राष्ट्रपतिको रक्षा भनेको हैन। प्रस्तावनाले नै जनतालाई सर्वोपरि र सार्वभौमसत्ताधारी बनाइसकेपछि त्यसको पनि माथि एकताका प्रतीक कसरी हुन सक्छ? लोकतन्त्रमा राष्ट्रपति, प्रधान मन्त्री, मन्त्री र सांसदहरु जनताका सेवक हुन्, मालिक हैनन्, त्यसैले राजाजस्तो एकताका प्रतीक हुन सक्दैनन्। संरक्षण गर्नु भनेको अर्थ पनि संरक्षकमा लिएको देखिन्छ। कुनै वस्तुको संरक्षण गर्न खटाइएको व्यक्ति संरक्षक हुँदैन। डेमोक्रेसीमा एकताका प्रतीक र संरक्षक पनि जनता नै हुन्। कुनै जननाथ या पशुपतिनाथ हैनन्।
(थापा गिरिजाबाबुकालभर राष्ट्रिय सुरक्षा परिषद्का 'को–कोर्डिनेटर' तथा गृह मन्त्री अध्यक्षताको केन्द्रीय सुरक्षा समितिका सदस्य थिए।)