प्रत्यक्ष निर्वाचित कार्यकारी
३१ असार २०७२
•
२७ मिनेट पाठ
प्रत्यक्ष निर्वाचित कार्यकारी
न त्यहाँ कोही प्रजा छन्

न यो कुनै तन्त्र हो

मान्छेविरुद्ध मान्छेको

यो खुला षड्यन्त्र हो।

–धूमिल (भारतीय कवि)।
डेढ दशकको संवैधानिक राजतन्त्र र त्यसपछिको गणतन्त्रले पनि नेपालमा संसदीय व्यवस्था अफापसिद्ध गरिसकेको छ। तर, नेपालको संविधान–२०७२ को मस्यौदाले ४ दलको १६ बुँदे सहमतिमा टेकेर त्यही अफापसिद्ध भइसकेको संसदीय शासन प्रणाली रहने उल्लेख गरेको छ।यसलाई घाटे वैद्य बनेर पुनर्जीवन दिनमा पुरानै संसदीय प्रणालीको चिर पक्षधर नेपाली कांग्रेसको भूमिका जति छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीको पक्षमा आवाज उठाएर बीचैमा छाडिदिने क्रमशः एमाओवादी र एमालेेको भूमिका पनि उत्तिकै छ। निर्वाचन घोषणापत्रमा एमाओवादी र एमालेले गरेको आफ्नै प्रतिबद्धता छाडेपछि नै देशको शासकीय स्वरूपमा परिवर्तन असम्भव हुनपुग्यो।

विगतमा एमाओवादीले संसदीय व्यवस्था नमान्ने अडान राखेको थियो। उसको जोड अध्यक्षात्मक अर्थात् राष्ट्रपतीय व्यवस्थामा थियो। त्यसलाई उसले संविधान सभा चुनावमा प्रत्यक्ष निर्वाचित बनाउने घोषणापत्रमा उल्लेख गर्योव। यही कुरा तत्कालीन प्रधान मन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दोहोर्याखउँदा गिरिजाबाबुको धैर्यको बाँध भत्किएको थियो। यो कुनै नौलो थिएन। कांग्रेस र केही पत्रकारको विरोधले त्यसबेला मूलधारका सबै सञ्चार रंगिएका थिए। गिरिजाबाबुले त्यतिखेर भनेका थिए, 'संसदीय व्यवस्था नमान्ने तर प्रजातन्त्र मान्ने रे, यो के चाला हो? हेर्दै जानुहोला, जसले यसको विरोध गर्छ त्यो आफै सकिन्छ।'

गिरिजाप्रसादको आशय संसदीय व्यवस्था नै निर्विकल्प प्रजातान्त्रिक व्यवस्था भन्ने थियो। प्रचण्डको अभिव्यक्तिको विरोध गर्ने सञ्चारकर्मीको आशय पनि गिरिप्रसादबाटै अभिप्रेरित थियो। गिरिजाप्रसादका लागि संसदीय प्रणाली प्रजातन्त्रको सर्वोत्तम रूप हुनाले त्यसका पक्षमा उनले बोल्नु स्वाभाविक थियो। संसदीय व्यवस्थाको पर्दाफास गर्दै १० वर्षसम्म राज्यविरुद्ध लडेका माओवादीले संसदीय व्यवस्थाविरुद्ध अभिव्यक्ति दिनु पनि स्वाभाविक नै थियो। उसले लोकतन्त्रको विरोध गरेको थिएन, लोकतन्त्रकै अर्को मोडेलको अभ्यास गरौँ भनेको थियो। तर, कांग्रेस र कतिपय सञ्चारकर्मीको अभिव्यक्ति सुन्दा यस्तो लाग्थ्यो, संसदीय व्यवस्थाबाहेक अरू व्यवस्थाबारे सोच्नुमात्र पनि लोकतन्त्रविरुद्ध जानु हो। यो, राजनीतिक अल्पज्ञानका साथै आफ्नै कुरामात्र अन्तिम सत्य ठान्ने पञ्चायती प्रवृत्ति थियो।

गिरिजाप्रसादले जोड दिएको संसदीय प्रणाली लोकतान्त्रिक व्यवस्थाको एउटा मोडेलमात्र थियो, जो वेस्टमिन्स्टर शैलीको बेलायती प्रजातन्त्रसँग मेल खान्थ्यो। कांग्रेस त अमेरिकी प्रजातन्त्रलाई पनि संसारकै सबैभन्दा ठूलो प्रजातन्त्र ठान्थ्यो, जो राष्ट्रपतीय मोडेल हो। संसदीय प्रणाली निर्विकल्प प्रजातन्त्र हो भने अमेरिकी प्रजातन्त्र कसरी प्रजातान्त्रिक हुनसक्छ? यसमा भने कांग्रेस जानीजानी मौन बसिदिन्थ्यो।

संसदीय र अध्यक्षात्मक

संरचनाका हिसाबले जसरी संसारमा एकात्मक वा संघात्मक मोडेल छन्, त्यसैगरी व्यवस्थाका हिसाबले संसदीय तथा राष्ट्रपतीय (अध्यक्षात्मक) व्यवस्था प्रचलित छन्। सामान्यतया सरकारका २ अंग व्यवस्थापिका र कार्यपालिकाबीच सम्बन्ध छ र कार्यपालिका व्यवस्थापिकाको नियन्त्रणमा छ भने त्यस्तो व्यवस्थालाई संसदीय भनिन्छ। बेलायती प्रजातन्त्र यस मोडेलको जननी हो। यसमा राष्ट्राध्यक्ष नाममात्रको प्रमुख हुन्छ र वास्तविक कार्यपालिका प्रधान मन्त्रीको अध्यक्षतामा गठित मन्त्रिमण्डल हुन्छ। भारत, नेपाललगायत देशमा लागु भएको व्यवस्था पनि यही हो।

कार्यपालिका र व्यवस्थापिकाबीच घनिष्ट सम्बन्ध, व्यवस्थापिकाप्रति उत्तरदायी कार्यपालिका, नागरिकमा राजनीतिक चेतना बिस्तार, जनतामा पकड भएका व्यक्तिको शासन, विपक्षी दलको उपस्थिति आदि यसका राम्रा पक्ष हुन् भनेर राजनीतिशास्त्रीहरूले व्याख्या गरेका छन्। शक्ति पृथकीकरण सिद्धान्तको अवहेलना, निर्वाचितको निरंकुशता, अल्पमतको उपेक्षा, अस्थिर सरकार, संकटमा अनुपयुक्त हुनु आदि यसका नराम्रा पक्ष हुन् भनिन्छ।

अध्यक्षात्मक अर्थात् राष्ट्रपतीय व्यवस्थामा जनताद्वारा निर्वाचित राष्ट्राध्यक्ष शक्तिशाली हुन्छ। यसमा संसदीय व्यवस्थाको विपरीत राष्ट्रपति सरकार गठनमा स्वतन्त्र हुन्छ। सरकारका दुवै अंग एकअर्काबाट पूर्णतः स्वतन्त्र हुन्छन्। कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी हुनु नपर्ने हुनाले राष्ट्रपति आफ्नो नीति तथा कार्यक्रम लागु गर्न स्वतन्त्र हुन्छन्। सरकार जोगाउन पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा वा भारतीय पूर्वप्रधान मन्त्री मनमोहन सिंहले जस्तो सांसद किनबेचको खेल खेल्ने स्थिति आउँदैन। कार्यपालिका सदस्यहरू व्यवस्थापिकाप्रति होइन, कार्यपालिका प्रमुखप्रति उत्तरदायी हुन्छन्। प्रमुखको विवेकअनुसार उनीहरू पदमा रहन्छन् र मुक्त हुन्छन्।

संसदीय व्यवस्थाको तुलनामा अध्यक्षात्मक व्यवस्थामा स्थायित्व बढी हुन्छ। यसमा राष्ट्रपति निश्चित अवधिका लागि निर्वाचित हुन्छ। विशेष परिस्थितिमा महाभियोग लगाएरबाहेक उसलाई व्यवस्थापिकाले कठपुतली बनाएर नचाउन सक्दैन। संकटग्रस्त मुलुकमा यस्तो व्यवस्था उपयोगी मानिन्छ। व्यवस्थापिकाको कुनै हस्तक्षेप नहुने हुनाले ढुक्क भएर सरकारले काम गर्न पाउँछ। अमेरिकी राष्ट्रपतिलाई हेरौँ, उनी आवश्यकताअनुसार दृढ कदम चाल्न र लागु गर्न स्वतन्त्र छन्। व्यवस्थापिकाले बनाएको कानुन जस्ताको तस्तै कार्यपालिकाले लागु गर्नुपर्ने हुनाले कार्यपालिका निरंकुश हुने खतरा पनि कम हुन्छ भन्ने राजनीतिशास्त्रीहरूको तर्क छ।

यसलाई घाटे वैद्य बनेर पुनर्जीवन दिनमा पुरानै संसदीय प्रणालीको चिर पक्षधर नेपाली कांग्रेसको भूमिका जति छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीको पक्षमा आवाज उठाएर बीचैमा छाडिदिने क्रमशः एमाओवादी र एमालेेको भूमिका पनि उत्तिकै छ। निर्वाचन घोषणापत्रमा एमाओवादी र एमालेले गरेको आफ्नै प्रतिबद्धता छाडेपछि नै देशको शासकीय स्वरूपमा परिवर्तन असम्भव हुनपुग्यो।

परिवर्तनको उपेक्षा
नेपाली गणतन्त्र संघीय लोकतान्त्रिक र धर्मनिरपेक्ष हुने त टुंगो लागिसक्यो। राजनीतिक हिसाबले यो सानो परिवर्तन होइन। तर, संसदीय व्यवस्था ठीक कि अध्यक्षात्मक भन्ने बहस मौलाउन नपाउँदै यहाँ अफापसिद्ध भइसकेको संसदीय प्रणाली लाद्ने निर्णय गरियो! अध्यक्षात्मक व्यवस्थामा सामान्यतया ५० प्रतिशतभन्दा बढी प्रत्यक्ष मत ल्याउने व्यक्ति कार्यकारी प्रमुख हुन्छ, जसका लागि जनताको मन जितेको उम्मेदवार हुनु अनिवार्य छ। संसदीय प्रणालीमा चाहिँ संसद्मा बहुमत जुटाउन सक्ने पार्टीको लठ्ठी पनि कार्यकारी प्रमुख हुनसक्छ। चुनावमा ३ प्रतिशत मुस्किलले पाएको राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दजस्ता अप्रिय नेतासमेत प्रधान मन्त्री भएको यहाँनिर स्मरणीय छ। अलोकप्रिय व्यक्तिको प्रधान मन्त्री बनिरहने चाहना पूरा गर्न हामीले फेरि पनि पार्टीका 'लठ्ठी' लाई कार्यकारी प्रमुख मान्नुपर्ने भयो!

कांग्रेसले जोड दिएको संसदीय प्रजातन्त्र खासमा संवैधानिक राजतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, आवधिक निर्वाचन र बहुमतको सरकारमा सीमित थियो। यसबाट नेपाली जनताका लोकतान्त्रिक आशा पूरा भएनन्। पूरा हुँदा हुन् त आजको परिवर्तन आवश्यक थिएन। यसैकारण एमाओवादीले मात्र होइन, एमाले, नेमकिपा, जनमोर्चालगायत वामपन्थी पार्टी र मधेसी जनअधिकार फोरमले समेत संसदीय पद्धतिको विकल्प खोजेका थिए। वामपन्थी र मधेसी पार्टीहरूको जोडबलले कांग्रेस पनि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा आउन बाध्य भयो। नेपाली जनताको चाहना न्यायमूलक सामाजिक संरचना, राजनीतिक स्थिरता र आर्थिक क्रान्ति हुन्। संसद्ले सरकारलाई कठपुतली बनाउने स्थिति नहुँदो हो त न भारतमा मनमोहन सिंहले, न नेपालमा शेरबहादुर देउवाले संसारले नै जिब्रो टोक्ने गरी सांसदलाई 'व्यापारिक सामान' जस्तै किनबेचको खेल खेल्थे! हुन पनि नेपालजस्तो संकटग्रस्त मुलुकमा पहिला राजनीतिक स्थिरता आवश्यक छ। त्यसका निम्ति २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने अहिलेको प्रावधानले केही हदसम्म सघाउँछ। तर, कार्यपालिकाले स्वतन्त्र भएर काम गर्न पाउँदैन। त्यसका लागि अध्यक्षात्मक व्यवस्थै उपयुक्त हुन्छ। एमाओवादीको प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा एमालेको प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीको प्रस्ताव दुवै कार्यकारी प्रमुखलाई शक्तिशाली बनाउने, स्वतन्त्र तरिकाले काम गर्न दिने अध्यक्षतात्मक विशेषता भएका प्रणालीको वकालत थियो। ती दुवै आफ्नो अडानबाट तल झर्नु आवश्यक थिएन। मूलतः एमालेले बिनाकारण आफ्नो एजेन्डा छाड्नु हुँदैनथ्यो। किनभने, कांग्रेस र एमाओवादी दुवैले बीचको बाटो खोज्दा उसैको एजेन्डामा आउन बाध्य हुने थिए। अझ, प्रत्यक्ष निर्वाचित कार्यकारीको नैतिक बल पनि उँचो हुने थियो। जनताको मनमा नभिजेको मान्छे यसमा चुनिने सम्भावनै थिएन। तत्काललाई यो सम्भावना टरे पनि, जनताकहाँ पठाइएको मस्यौदामा यो परिवर्तन लगभग असम्भव देखिए पनि संविधानका प्रावधान अपरिवर्तनीय हुँदैन। ढिलोचाँडो नेपाल यही व्यवस्थामा नगई सुखै छैन। त्यसका लागि अहिल्यैदेखि जनमत बनाउनु जरुरी छ।

अर्को समाचार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन
१८ भदौ २०७४
•
२ मिनेट पाठ
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन
काठमाडौं-  नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक स्थायित्व ल्याउन र देशलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गरेको छ।  आइतबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

बानेश्वरबाट सुरु भएको र्‍याली माइतिघरमा आएर टुंगिएको थियो। नयाँ शक्तिले यस अघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू नहुँदासम्म सांसद किनबेच जस्तो निकृष्ट अभ्यास जारी रहने भएकोले संविधान संशोधन गरी सो व्यवस्था लागू गर्न पार्टीले माग गरेको छ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै यस अघि १० लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाइसकेको छ।

देशमा राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको भन्दै त्यसका लागि नयाँ शक्तिले अन्तरक्रिया, धर्ना, जुलुस जस्ता कार्यक्रमहरु जारी राखेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस