स्वास्थ्य राजनीति र आवश्यक साहस
२४ असार २०७२
•
१४ मिनेट पाठ
स्वास्थ्य राजनीति र आवश्यक साहस
कुनै पनि देशका जनताको स्वास्थ्य सामाजिक–आर्थिक–सांस्कृतिक यथार्थका अनेक पक्षसँग अत्यन्त निकटरूपमा जोडिएको हुँदोरहेछ। यस्तै स्वास्थ्य राजनीति र शासनपद्धतिसँग पनि जोडिएको हुँदोरहेछ। यी सबै पक्षलाई वास्ता नगरी देशको स्वास्थ्य स्थितिमात्र सुधार्छु भन्नु पनि 'आफ्नो टुपी समातेर आँफैलाई जुरुक्क उचाल्छु' भनेजस्तै हुँदोरहेछ। देशको स्वास्थ्यसेवा सुधारका निम्ति भएका अहिलेसम्मका प्रयत्नको अनुभवबाट हामीले सिकेको महत्वपूर्ण पाठ सायद यही हो।अहिले ठूला पार्टीका रूपमा चिनिएका सबै राजनीतिक दलले आफ्नो जन्मकालदेखि नै सामाजिक न्यायप्रति प्रतिबद्धता जनाएका हुन्। अहिले बुझिने 'लोकतन्त्र'प्रति भने तीमध्ये केहीले अलिपछि मात्रै प्रतिबद्धता जनाउन थाले तापनि ती सबैका भाषणमा बेला मौकामा सामाजिक न्याय तथा लोकतन्त्र दुवैले अझै ठाउँ पाइरहेकै हुन्छन्। तर तिनका व्यवहारले भने यो 'प्रतिबद्धता' आलङ्कारिक मात्र हो कि साँच्चीकै हो भनी सोध्नै पर्ने स्थिति सधैँ नै रहँदै आएको छ। सामाजिक न्याय र लोकतन्त्रप्रति यिनको प्रतिबद्धता झन्झन् फितलो र सतही हुँदैगएको हो कि भनेर सन्देह गर्ने आधार प्रशस्तै छन्। यतिबेला ठूला वा साना परम्परागत पार्टीसँग जनताको लोकतन्त्रको आकांक्षा बोक्न सक्ने दरो काँध नभएको आभास हुन्छ। अप्ठेरो परिस्थिति हो यो र यस्तो परिस्थितिमा जिम्मेवार गैरराज्य पात्रहरू, चिन्तक र ›ष्टाहरू लोकतन्त्र र सामाजिक न्यायका आफ्ना सपना र यात्राका बारेमा झन् गम्भीर हुनुपर्ने बाध्यता हुन्छ।

लोकतन्त्रको चर्चा गर्दा यथार्थमा हामी हरेक व्यक्तिको नैसर्गिक अधिकारको कुरा गरिरहेका हुन्छौँ। अरूलाई हानिी नपुर्या्उने सर्तमा, अरूका अधिकार हनन र हरण नहुने सर्तमा सबैको अधिकार सुरक्षा गर्ने काम राज्यको हो। सामाजिक न्याय विद्यमान भएको समाजमा जुनसुकै वर्ग, समूह, समुदायका नागरिकको नैसर्गिक अधिकार सुनिश्चित हुन्छ र त्यो सुनिश्चितता प्रदान गर्ने माध्यममाथि सहज पहुँच हुन्छ। यसरी हेर्दा सामाजिक न्यायविनाको लोकतन्त्र यथार्थमा सम्भव नै हुँदैन। अझै अत्यन्त कलिलो अवस्थाको हाम्रो लोकतन्त्रमा स्वास्थ्यमाथिको अधिकारलाई जनताको नैसर्गिक अधिकार नै भन्ने गरिएकोछ। यो भनाई 'फेसन' मात्रै हैन र स्वास्थ्यलाई साँच्चै नै जनताको नैसर्गिक अधिकार मानिएको हो भने त्यसको अर्थ हुन्छ – राज्यले अत्यन्त ठूलो उत्तरदायित्व स्वीकार गर्नु।

मानव स्वास्थ्यका विभिन्न सामाजिक आयाम छन्। ती यावत् सामाजिक निर्णायकहरूको सुनिश्चितता आफैँ आउने विषय हैन। अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका निहित स्वार्थको बुझिनसक्नु खेलका बीचमा स्वास्थ्यका सामाजिक निर्णायकहरूको सुनिश्चितता कायम गर्न राजनीतिक दृष्टिबाट निकै जोखिमपूर्ण हुन्छ। यस्तो जोखिम मोल्न बन्दै ढल्दै गर्नेगरेका सरकार र त्यस खेलमा संलग्न राजनीतिक खेलाडी पटक्कै सक्षम देखिँदैनन्।

करिब दुई दशक यता भएका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त दर्जर्नौ विद्वान्का अध्ययनले स्पष्ट देखाइ दिएकाछन् – कुनै पनि देशको स्वास्थ्य सूचकाङ्क कतिको राम्रो वा नराम्रो छ भन्ने त्यस देशमा सापेक्षिक गरिबीकोे स्थितिमा भर पर्छ। सापेक्षिक गरिबीको अर्थ हुन्छ धनी र गरीबका बीचको आर्थिक दूरीको मात्रा। कुनै देशको गार्हस्थ उत्पादन र औसत आय धेरै छ भने त्यस देशलाई हामी धनी मुलुक भन्छौं। तर त्यही 'धनी' भनिएको देशमा धनी र गरिबका बीचमा धेरै फरक छ भने, औसत आय जति धेरै भए पनि, गार्हस्थ उत्पादन जति धेरै भए पनि, त्यस देशमा सापेक्षिक दरि›ता बढी हुन्छ। यस्तो सापेक्षित दरि›ताले स्वास्थ्य सूचकाङ्कमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने तथ्य अब नौलो रहेन। संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सूचकांक जापानभन्दा धेरै खराब हुनुको कारण यही हो। सबै प्रकारका राजनीतिक, सामाजिक, सांस्कृतिक पूर्वाग्रहले पार्नसक्ने यावत् सम्भावनालाई हटाएर कडा वैज्ञानिक अनुशासनका साथ जनस्वास्थ्यविद् र चिकित्सकदेखि लिएर समाजशास्त्री, नृशास्त्रीसम्मका पश्चिमा विद्वान्ले विभिन्न देशमा विभिन्न समयमा गरेका यी अध्ययनले बारम्बार यही तथ्य देखाएका छन्। अर्थात्, यो कुनै राजनीतिक पूर्वाग्रहको उपज हैन, वैज्ञानिक तथ्य हो।

त्यति नौलो कुरा पनि हैन यो। मानव जीवनको सामाजिक आयामसँग स्वास्थ्यको सम्बन्ध उहिल्यै देखी स्थापित तथ्य हो। इभान इल्यिचले त आधुनिक चिकित्सा विज्ञानले समग्र मानवस्वास्थ्यमा खासै प्रभाव पारेकै छैन भनेका थिए। समग्र विश्व जनसंख्याको कुरा गर्ने हो भने उनका भनाइमा सत्यता देखिन्छ पनि। तथापि आधुनिक चिकित्सा विज्ञानको आफ्नै महत्व छ र त्यो मानव जीवनको अनेकौँ आयामसँग जोडिएको छ। विज्ञान–प्रविधिको महत्वपूर्ण उपहारका रूपमा प्राप्त आधुनिक चिकित्सा विधिको एकजना बिरामी व्यक्तिको जीवनमा वा उसका नजिकका मानिसको जीवनमा धेरै नै ठूलो महत्व हुन्छ। त्यसैले स्वास्थ्य सेवामा कुनै नागरिकको सहज पहुँच सामाजिक न्यायको महत्वपूर्ण पाटो हो। लोकतन्त्रले व्यक्तिगत अधिकार सुनिश्चित गर्छ। सामाजिक न्यायले कसैलाई पनि त्यो अधिकारबाट वञ्चित हुनु नपर्ने स्थिति तयार गरिदिन्छ। सामाजिक न्यायसहितको लोकतन्त्र भएको देशमा सामान्यदेखि जटिल रोगव्याधीसम्म बोकिरहेका सबै नागरिकले सहज स्वास्थ्य सेवा पाउने अधिकारलाई राज्यले सुनिश्चित गर्न सक्नुपर्छ। कम्तीमा देशैभित्र प्राप्य उच्चतम ज्ञान, प्रविधि, सुविधाबाट जनता सहजै लाभान्वित हुन पाउनुपर्छ।

परन्तु, यससँगै नारिएर आउने अर्को महत्वपूर्ण प्रश्न हो – स्वास्थ्य र शिक्षा पनि किनबेचको 'वस्तु' (कमोडिटी) कै रूपमा रहँदासम्म जनताको यस्तो अधिकारलाई राज्यले सुनिश्चित गर्न सक्छ कि सत्तै्कन? स्वास्थ्य सेवाको त्यो सहज प्राप्यतालाई सघाउने संरचनादेखि लिएर स्वास्थ्य प्रणाली त्यसैअनुरूप बनाउने विषयमा राज्य साँच्चै गम्भीर हुन सक्छ कि सत्तै्कन? स्वास्थ्यसेवा र चिकित्साशास्त्र शिक्षणका बारेमा अचेल चलिरहेको निकै सार्थक बहसभित्र यो आधारभूत प्रश्न पनि कतै लुकेको छ। अब भने ती सार्थक छलफलमा यस प्रश्नले प्रत्यक्ष प्रवेश नै पाउनु आवश्यक भइसकेको छ।

आन्तरिक कुशासन र वाह्य हस्तक्षेपविरुद्ध सँगसँगै जुझिरहनु पर्ने स्थितिका कारण नेपालको लोकतान्त्रिक आन्दोलन प्रायः असन्तुलितै रह्यो र त्यो असन्तुलन अझै कायमै छ। अर्कातिर खुला बजार अर्थतन्त्र र सामाजिक न्याय सँगसँगै जानसक्ने विषय हुन् कि हैनन् भन्ने प्रश्नमा पनि सबैजसो पार्टीमा स्पष्टताको अभाव रहिरह्यो। खुला बजार अर्थतन्त्रको आकर्षणले उग्र वामपन्थीका रूपमा चिनिएका शक्तिसमेत बेसरी नै प्रभावित भइरहेको स्थितिमा 'मलुवा समाजवाद'का कुरा गर्नेहरू प्रभावित नहुने कुरै भएन। समन्वित (कोअर्डिनेटेड) बजार अर्थतन्त्रको बाटो लिँदा सामाजिक न्याय पनि सुनिश्चित गर्न सकिएला भन्ने झिनो आवाज त सुनिन्छ तर यसबारे पनि कतै सघन छलफल हुन थालेको देखिँदैन। गणतन्त्र प्राप्तिसँगै लोकतान्त्रिक यात्रा समाप्त हुने हैनरहेछ भन्ने त करिब एक दशकको अनुभवले पनि छर्लङ्ग पारिसकेकै छ।

मानव जीवनको करिब केन्›मै पर्ने स्वास्थ्य सम्बन्धित सबै प्रकारका चिन्तन र व्यवहारमा यो सबको प्रत्यक्ष प्रभाव पर्ने नै भयो। बजार अर्थतन्त्रका निम्ति राम्रैसँग ढोका खोल्ने काम बहुदलीय व्यवस्थाको पुनरागमनसँगै भयो। बहुदल र खुला बजार सँगसँगै देखा परेकाले लोकतन्त्र र खुला बजारलाई समानार्थीकै रूपमा लिने मानसिकता धेरै राजनीतिक खेलाडीमा देखिने गरेको छ। प्राइभेट मेडिकल कलेजको बाढी आउनुलाई पनि लोकतन्त्रकै उपजका रूपमा कतिले लिए। सुरुसुरुमा केही सकारात्मक पक्ष पनि देखा परेका थिए तर त्यो बाढीसँगै बगेर आउने अनेक अवाञ्छित प्रवृत्ति र समस्यासँग अहिले यसरी जुझ्नुपर्ला भन्ने अनुमान सायद धेरैले गरेका थिएनन्। यी समस्या र विकृतिसँगको संघर्ष सुरु भइसकेको स्थितिमा अझै पनि लोकतन्त्र, सामाजिक न्याय, अर्थतन्त्रजस्ता विषयसँग नजोडी सतहमा देखिने समस्याको मात्र सहज समाधान हुने देखिँदैन।

यस्तो बेलामा, अब उप्रान्तको यात्रालाई सहज पार्न, दिशानिर्धारणको तहमा केही साहसिक निर्णय गर्नै पर्छ। स्वास्थ्य र शिक्षालाई किनबेचको वस्तुका रूपमा लिन छोडेर सिद्धान्ततः राज्यकै दायित्वका रूपमा स्वीकार गर्ने काम जति कठिन र चुनौतीपूर्ण भए पनि, त्यसो नगर्ने हो भने निकट भविष्यमै सामना गर्नुपर्ने अझै अप्ठेरा स्थितिले डरलाग्दो असन्तुलन र अनिश्चितता उत्पन्न गर्नेछ।

तर यी दुवै विधामा राज्य बाहेकका विभिन्न गैरराज्य पात्रहरू अझै संलग्न र क्रियाशील रहिरहेकै स्थिति रहेकाले अन्तरिम व्यवस्थाका रूपमा निश्चित कालसम्मका निम्ति (यो त्यति छोटो पनि नहोला) नाफामुखी निजी कम्पनी, सहकारी संस्था तथा गैरनाफामुखी गैरसरकारी संस्थाका भूमिका तथा सीमा निश्चित समयको निम्ति निर्धारण गरिदिनु पर्ने हुन्छ। स्वास्थ्य सेवा, स्वास्थ्य प्रणाली, चिकित्सकलगायत स्वास्थ्यकर्मीको उत्पादन तथा तालिम आदि व्यावहारिक र प्रकट पक्षमा सुधारका चुनौती अनिमात्र सामना गर्न सकिएला।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस