मुलुक मनसुनी वर्षामय छ। जताततै पानी, हिलो, डुबान, बाढी र पहिरोको चर्चा छ। किसानहरू हलोकोदालो र धानका बीउबीच हिलो खेल्दैछन्। मानो रोपेर मुरी फलाउने उद्यममा जुटेका छन् उनीहरू। केही दिनअघि पूर्वी तराईसम्म पुग्ने अवसर मिल्यो।काभ्रेदेखि सप्तरीसम्मको सडक यात्राका क्रममा जताजतै रोपाइको रमाइलो देखिन्थ्यो। किसानहरू व्यस्त देखिएका थिए। तिनलाई भ्याइनभ्याई छ। झरीमा रुझ्दै र प्रतिकूलतासँग जुझ्दै खेतीको चटारोमा छन् गाउँबेसीका नेपाली। काठमाडौंमा के भैरहेको छ भन्ने थाहा पाउन एफएम सुन्छन् र आआफ्ना काममा लाग्छन् उनीहरू। संविधान निर्माणका बारे जिज्ञासा राख्दा सप्तरीका एक किसानको जवाफ थियो – 'नेताहरूले संविधान ल्याउनेमा अझै शंका छ। उनीहरू मिलेका जस्ता पनि छन्, अझै विवाद गरिराखेका पनि छन्।' उनी भन्दै थिए – 'आउँदो मंसिरसम्ममा संविधान आउँछ आउँदैन भन्न सकिन्न। तर मैले रोपेको धान अवश्य फल्छ । अघन ( मंसिर)मा त्यो फल निस्कन्छ।' उनी मुलुकमा भइरहेका राजनीतिक गतिविधिप्रति सचेत छन् र संविधान सभाको राजनीतिक प्रपञ्चबारे पनि बेखबर छैनन्। 'नेताहरूको काम त्यही हो, विवाद गर्ने, मिल्ने र फेरि विवाद गर्ने' उनको एक वाक्यको निष्कर्ष थियो। कादो (हिल्याउँदै) गरेका ती किसान पंक्तिकारको जिज्ञासाको जवाफ दिन तयार भए। सिमसिम पानी परिरहेको थियो। उनी टक्क अडिए। गोरुलाई एक छिन विश्राम दिए। हातमा खैनी मोल्दै भने – 'हामी अनाज फलाउन लागि परेका छौँ, नेताजन सत्ताको खेलमा रमाएका छन्।' ख्यालख्यालमै संविधान आइहाल्ने पो हो कि? शंकासहितको उनको प्रश्नजस्तै मुलुकको राजनीति अघि बढेको छ।
राजधानी काठमाडांैमा देखिएको राजनीतिक चटारोले त्यस्तै सन्देश दिँदैछ। यहाँ राजनीतिक हतारो छ। एकातिर 'फास्ट ट्रयाक'को मार्गबाट संविधान ल्याउने प्रयास भइरहेको छ। अर्कातर्फ अहिलेसम्म संविधान जारी गर्ने मूल्यमा पर्दापछाडि पारिएको सत्ता भागबन्डा सतहमा आउन थालेकाछन्। सत्ता प्राप्तिकै लागि संविधान निर्माणका विधि र प्रक्रिया छोट्याइको राजनीतिले स्पष्ट गरेको छ – शीर्ष राजनीतिक नेतृत्व हतारमा छ। संविधानको मस्यौदा जनता समक्ष लैजाने सन्दर्भमा पनि प्रशस्त विमति थिए। सत्ताको नेतृत्व गर्ने कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले जनताबीच प्रशस्त छलफल हुनुपर्छ भन्ने अडान राखे। सत्ता साझेदार एमालेका पार्टीभित्र विपक्षी नेता माधवकुमार नेपालले पनि कोइरालाको अडानमा बल दिए। सत्ता प्राप्तिको तीव्र प्रतीक्षामा रहेका एमाले अध्यक्ष केपी ओलीका लागि लाजगालको विषय भएकाले हुनसक्छ उनले पनि जनताबीच जाने कुरामा खुलेर विमति जनाउन सकेनन्। त्यसैले जनताबीच ७ दिन छलफल हुने प्रारम्भिक प्रचारबीच १५ दिनसम्म छलफल गर्ने कार्यतालिका अनुमोदन हुनसक्यो। संविधान सभा नियमावलीमा २ महिनासम्म जनताको तहमा छलफल गर्ने व्यवस्था छ। त्यसो त अघिल्लो संविधान सभामा प्रत्येक घरधुरीमा संविधानको मस्यौदा पुर्याकउने भनिएको थियो। दोस्रो संविधान सभाले पनि प्रत्येक गाउँमा मस्यौदा पुर्यारएर छलफल गर्ने भनेको थियो। तर अहिले क्षेत्रीय तहसम्म छलफल गर्ने निर्णय भएको छ। सभासद्हरू संविधानको मस्यौदा लिएर आआफ्नो निर्वाचन क्षेत्र जाँदैछन्। मुलुको राजनीतिक स्थायित्व, राजनीतिक भविष्य, विकास अनि समुन्नतिको मार्ग प्रशस्त गर्ने आशा राखिएको राजनीतिक दस्तावेज भएकाले संविधानका निर्माणमा सबैको चासो हुनुपर्छ। त्यसैले मस्यौदामा मुलुकका विभिन्न क्षेत्रमा छलफल हुनेछन्। भनिदैछ, जनताबीचको छलफलले संविधानप्रति नेपाली जनताको अपनत्व जगाउनेछ। निश्चय नै जनताको आत्मा भरिएको संविधान बन्यो भने त्यो टिकाउ हुन्छ, त्यसले लामो समय काम गर्छ। तर जनतासँगको छलफल विधि पुर्यालउने औपचारिकतामा सीमित हुने त होइन? शंका भने बाँकी नै छ। किसानको नाता आकाशको बादलसँग हुन्छ। त्यसले पानी पार्छ कि पार्दैन भन्ने चिन्ता छ उनीहरूमा। यता, नेताहरू 'फास्ट ट्रयाक'बाट सत्ताप्राप्तिको सपनामा दौडिरहेको देखिदैँछ। सत्ताप्राप्तिका अभीप्सा लुकाएर नेताहरू संविधान निर्माणमा एक जुट भएको अवस्थाले आशा जगाएको छ — हामी संविधान सभाबाट संविधान प्राप्ति गर्ने सात दशक लामो यात्राको अन्तिम पाइला चाल्दैछौँ। यसबीच आत्मबोध भएको देखिँदैछ, राजनीतिक पार्टी र नेताहरूमा। संविधानको मस्यौदामा अन्तिम छलफलमा मंगलबार शीर्ष नेताको लोलीबोली मिलेको अनुभव भयो। उनीहरू परिमार्जन र संशोधनको सम्भावना रहेको भन्दै विरोधीलाई संविधान निर्माणमा लागि पर्न आग्रह गर्दै थिए। उनीहरू भन्दै थिए – त्यसैका निम्ति जनताबीच लगिएको हो।
संंविधानमा के के लेख्ने, कसरी लेख्ने र कति लेख्ने भन्नेमा जनताबीचको छलफलबाट ऊर्जा प्राप्त गर्नेछन् नेता र राजनीतिक दलले। तर, जनताबाट आएका राय, सुझाव, परिमार्जन र परिवर्तनमा सुझाव र मागको सम्बोधन कसरी हुन्छ? लाखौंका संख्यामा आउने सुझाव विश्लेषण र निष्कर्ष संश्लेषण गरेर संविधान निर्माणमा जनताको आवाज उतार्ने काम हुन्छ कि हुँदैन? हतारिएका दल र नेताले राय सुझावलाई कति महत्व दिन्छन्? त्यो हेर्न बाँकी छ।
राजनीतिक खेलाडी र पार्टीहरू फरकफरक राजनीतिक दर्शन, राजनीतिक मूल्य पद्धतिप्रति प्रतिबद्ध छन्। नेपाली समाजको पनि निकै हदसम्म राजनीतिकरण भएको छ। यस अर्थमा केन्द्रमा देखिएका संघीयता, शासकीय स्वरूप, न्यायपालिका, निर्वाचन प्रणालीजस्ता विवाद जनस्तरमा पनि सतहमा आउने त होइन? जनताको राय सुुझाव लिनुको अर्थ विवादास्पद विषयमा उनीहरूको धारणा बुझ्नु हो। त्यस्तै नागरिकता, धर्मजस्ता जल्दाबल्दा विषयमा जनताको राय के छ? त्यो पर्गेल्नु पनि हो। यसो भएमात्र जनसमक्ष संविधानको मस्यौदा पुर्यापउनुको औचित्य रहन्छ। राजनीतिक दल र नेतृत्वबीच देखिएका विवादका विषयमा जनताका राय, सुझाव के कस्तो छ? त्यो राम्रोसँग केलाउन सकियो भनेमात्र जनतासँग राय सुझाव लिनु सार्थक हुन्छ।
प्रमुख राजनीतिक दलहरूले मुलुकलाई आठ प्रदेशमा विभाजन गर्ने नीतिगत निर्णय गर्दै आयोग बनाएर नाम र सीमा तोक्ने रणनीति अख्यिार गरेका छन्। संख्या भन्दानाम र सीमा प्रमुख विषय हो संघीयताको। अहिलेसम्म आयोग बनेको छैन। संविधान जारी भएपछि आयोग गठन हुने राजनीतिक सहमति बनेको अनुमान गरिँदैछ। संघीयतालाई पन्छाएर संविधान जारी गर्न खोजेको आरोप खेप्दै आएका प्रमुख राजनीतिक दल आयोगले प्रतिवेदन दिएपछि मात्र संविधान सभाको अन्त्य गर्ने राजनीतिक चलखेलमा सक्रिय छन्। यसको सोझो अर्थ संविधान निर्माण हुने भन्ने नै हो। संविधान निर्माणपछि सत्ता राजनीतिले आकार लिनेछ तर सँगसँगै संघीयताको विषयमा मुलुकको राजनीति रुमल्लिइरहने छ। संघीयता राजनीतिको पेचिलो मामला हो। राजनीतिक दल, त्यस मामलाबाट पन्छन खोजेका छन् तत्कालका लागि। आयोग गठन भए पनि त्यसले स्वतन्त्र भएर काम गर्ने वातावरण प्राप्त गर्ने देखिँदैन। कारण, अघिल्लो संविधान सभाले अपनाएका पहिचान र सामर्थ्यका आधारमा संघीयताको खाका कोर्ने अख्तियार दिइँदैछ आयोगलाई। पहिलो संविधान सभाले संविधान दिन सकेन। त्यही संविधान सभाले अपनाएका आधारमा संंघीयताको खाका कोर्ने मानसिकता नेपाली जनताले दोस्रो संविधान सभामार्फत दिएको जनादेशविरुद्ध हुन्छ। नयाँ बन्ने आयोगले नयाँ बिन्दुबाट काम गर्ने वातावरण पाउनुपर्थ्यो। त्यस्तो उदारता देखाएको भए जनमतको कदर गरेको मानिन्थ्यो। राजनीतिक दलहरूबाट गंभीर त्रुटि भएको छ यहाँनेर।
शासकीय स्वरूप कस्तो हुने? राजनीतिक दलपिच्छेका आआफ्ना मोडल छन्। संविधानवाद, लोकतान्त्रिक मूल्यपद्धतिबाट मुलुकको शासनभार चल्ने चलाउने परिपाटी बन्न्नसक्यो भने कुनै पनि ढाँचा सफल हुनसक्छन्। चाहे त्यो लोकतान्त्रिक संसदीय प्रणाली वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली किन नहोस्? न्याय प्रंणाली कस्तो हुने? त्यसमा पनि विवाद छ र सर्वोच्च अदालतका न्यायाधीशहरू पूर्ण बैठक आयोजना गरेर न्यायपालिकाको स्वरूपबारे औंला ठड्याउँदै छन्। सवैधानिक अदालत आवश्यक छ कि छैन भन्ने राजनीतिक निर्णयको विषय हो। नयाँ संविधानमा न्यायपालिकाबारे जस्तो व्यवस्था हुन्छ त्यसअनुसार न्यायपालिका चल्नु, चलाउनुपर्ने हुन्छ। राजनीतिक मामलाबाट न्यायपालिका टाढा रहने उसको धर्म हो। लोकतान्त्रिक राजनीतिक व्यवस्थामा न्यायपालिका स्वतन्त्र राखिन्छ कि राखिँदैन? मुख्य प्रश्न यही हो। न्यायपालिकाले राजनीतिक विषयमा तात्तातो टिप्पणी आदेश दिनु न्यायिक मूल्यविरुद्ध त हुँदैन भन्नेतर्र्फ ध्यान दिनु आवश्यक छ।
नागरिकता र धर्म पनि अहिले राजनीतिक मामला बनेका छन्, बनाइएका छन्। आमा र बाबु कि बाबु वा आमाको नामका आधार नागरिकता दिने? आमाको नामबाट वंशजका आधारमा नागरिकता दिनुपर्नेजस्ता आवाज उठिरहेका छन्। मुख्य प्रश्न हामी नागरिकताको मामलामा उदार हुने भूअवस्थितिमा छौँ कि छैनौ? अधिकारवादीका माग सम्बोधन गर्दा दक्षिणका भारतीय र उत्तरका तिब्बती धमाधम नेपाली हुने अवस्था आउने त होइन? मुख्य विषय ओझेलमा पारिएको अनुभव हुँदैछ। दक्षिणका ज्वाइँ, चेला र भान्जाभान्जीहरू नेपालमा बहुमतमा पुग्नेे सन्देह व्यक्त भएका छन्। सबै नेपालीले सहज रूपमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्न पाउनुपर्छ। नागरिकतामा उदार हुन खोज्दा आइपर्ने समस्याबारे बेलैमा सचेत होऔँ। जनस्तरबाट यस्तै सुझाव अपेक्षित छ।
नेपाल सबै जातजाती, धर्मावलम्बीको मुलुक हो। सबै नेपालीले आफूले चाहेको धर्म अपनाउने अधिकार सुनिश्चित हुनुपर्छ संविधानमा। यसको अर्थ धर्म निरपेक्षताको आडमा नियोजितरूपले र ठूलो लगानीमा भैरहेको क्रिस्तिानीकरणप्रति आँखा चिम्लनु भन्ने पक्कै होइन। घर्मको आडमा मुलुकमा विग्रहमा ल्याउने चलखेल त भइरहेका छैनन्? बेलैमा सचेत हुनु आवश्यक छ । धार्मिक स्वतन्त्रता, धर्र्म निरपेक्षताजस्ता विषयलाई धर्म परिवर्तनको अभियानको नियत र उद्देश्यसँग गाँसेर हेर्न सक्नुपर्छ।
स्वतन्त्रताका नाममा अघि सारिने कतिपय आवाजको भित्री ध्येय अर्कै हुनसक्छ। राजनीतिक दल र नेताले कतिपय अवस्थामा परिस्थितिवश सम्झौता गरेका हुन्छन्। त्यसलाई सच्याउने काम जनताको हो। जनताबाट वस्तुपरक राय सुझाव अपेक्षित हुन्छ। ती सुझाव संविधानमा प्रतिविम्बित हुनसक्नुपर्छ।