विनाशकारी भूकम्पपश्चात नेपालको बौद्धिक समाजमा नयाँ बहस सुरु भएको छ। नेपाललाई अब पुनर्निर्माण गर्नुपर्छ। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडाँै उपत्यका, काभ्रे, सिन्धुपालचोक, रसुवा र दोलखा आदिलाई बढी प्रभाव पारेको छ।यी जिल्लामा ९ हजारको हराहारीमा मानिसको मृत्यु भएको छ। २२ हजारभन्दा बढी घाइते भएका छन्। लगभग ५ लाख घर ध्वस्त भएका छन्। हजारौ संख्यामा वस्तुभाउको मृत्य भएको छ। नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट राहत, उद्धार, पुनर्स्थापना, पुननिर्माणका कार्य अघि बढिरहेका छन्। भूकम्प प्राकृतिक भए पनि क्षति मानवीय हुन्छ। भूकम्पले सबैलाई उही स्तरमा हल्लायो तर क्षति मानवीय क्षमता, संकटाभिमुखता र जोखिमअनुसारको भयो। घर भत्कियो तर वर्ग भत्केन। घर भत्कियो तर जात भत्केन। मान्छेको मृत्यु भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोण रूपान्तरण भएन।
भूकम्पपश्चातको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न पत्रपत्रिकामा आएका समाचारबाट पुष्टि हुन्छ। भूकम्पले मानिसको भौतिक संरचना मात्र भत्कायो तर मानवीय सम्बन्ध, जातिवादी सोच र चिन्तन भत्काउन सकेन्। जातिवादी सोच र चिन्तन मानव निर्मित भएको हुनाले मानवकै सचेत प्रयासबाट मात्र सम्भव छ। भूकम्पबाट सम्भव हँुदैन्। यसका लागि भूकम्प आइराख्नुपर्दैन् तर सत्य के हो भने जातिवादी सोच, उचनिचको भावना, शुद्ध अशुद्धको भावना आदिका कारण बहुसंख्यक समुदाय सीमान्त हुन बाध्य छन्। मानव अधिकारबाट वञ्चित हुन बाध्य छन्। भूमिहीन हुन बाध्य छन्। अन्ततः सबभन्दा बढी जोखिममा जीवन बाँच्न बाध्य छन्। भूकम्पलगायतको प्रकोपको असर पनि त्यो समुदायलाई बढी हुन्छ जो सीमान्त छन्। भूकम्प आफैँमा प्राकृतिक भए पनि असर राजनीतिक हुन्छ। भूकम्पको प्राकृतिक पक्ष हेरेर दृष्टिकोण निर्माण गर्ने कि असर हेरेर पुनर्निर्माणको दृष्टिकोण निर्माण गर्ने? केन्द्रीय प्रश्न यही हो।
नेपाली समाजको सामाजिक बनोट जातिवादी छ। जातिवादी केवल जातीयता पाल्दैन, उचनीचको भावना पाल्छ। लोकभावनालाई गाला निमोठ्छ। लोकविचारलाई निरुत्साहित गर्छ। मानव सिद्धान्त भन्दा पनि शासनमा आधारित छ। भूकम्पको असर समुदायपिच्छे फरक भएको हुनाले पुनर्निर्माणको कार्य पनि सोहीबमोजिम हुनुपर्छ। समाजमा हुने घटना/परिघटनाबाट सिकाइ हासिल गरी अगाडिको बाटो तय गर्नुपर्छ तर घटनाबाट सिक्नका लागि बौद्धिकताको निश्पक्षता अनिवार्य हुन्छ। सिकाइलाई केवल वैशाख १२ गतेको प्राविधिक घटनालाई मात्र आधार बनाएर पुनर्निर्माणको बाटो तय गर्न सकिँदैन। सिकाइलाई समाजको ऐतिहासिक विकासक्रमसँग जोड्नुपर्छ। आज गर्ने पुनर्निर्माण हिजोको भन्दा के मानेमा पृथक वा फरक हुन्छ? समाजिक संरचनाले सीमान्त बनाएको छ। पितृसत्तावादी सोचले महिलालाई अनागरिक बनाएको छ। जातिवादी सोच र चिन्तनले दलित किनारीकरण गरिएका छन्, अमानुस बनाएका छन्। महिला, दलित, अति सीमान्तकृत आदिवासी जनजातिको अवस्था तुलनात्मकरूपमा हिजो पनि नाजुक थियो र भूकम्पपछि झन नाजुक र दयनीय बनाएको अवस्था छ। यस्तो अवस्थामा गरिने पुनर्निर्माणका लागि कस्तो ज्ञान र बौद्धिकता चाहिन्छ?
पुनर्निर्माण भनेको के हो? यसले सामाजिक सम्बन्धहरुलाई लोकतान्त्रीकरण गर्छ कि गर्दैन? जात वा जन्मका आधारमा निर्माण हुने सामाजिक स्थान वा हैसियतलाई रूपान्तरण गर्छ कि गर्दैन्? सम्बन्धहरुलाई मानवीयकरण गर्छ कि गर्दैन्? समाजमा स्थापित शक्ति सम्बन्धलाई रूपान्तरण गर्छ कि गर्दैन्?आदि प्रश्न जन्मिइरहेका छन्।
प्रकोप र विकास एक अर्कामा अन्तरसम्बन्धित छ। प्रकोपले नवनिर्माणका लागि अवसर प्रदान गर्छ। समाजलाई नयाँ ढङ्गबाट पुनर्निर्माण गर्न अवसर त प्रदान गर्छ तर त्यसका लागि राष्ट्रिय संकल्प आवश्यक हुन्छ। राष्ट्रिय एकताको आवश्यकता हुन्छ। राष्ट्रिय एकता कसरी हुन्छ जहाँ जन्मिँदै विभेद हुन्छ, छुट्टै छिमेकको निर्माण हुन्छ, छुट्टै मनोविज्ञानको निर्माण हुन्छ। समाजिक अलगापन हुन्छ। आफ्नो र पराया भन्ने सोचले जरा गाडेका छन्। आफ्नो जातमात्रै आफ्नो अरु त पराया भइहाल्यो नि! आफ्नो छोरामात्र राम्रो अरुको छोरा बदमास भइहाल्यो नि! यस्तो मनोविज्ञान कुन शिक्षाले निर्माण गर्योन? घरको शिक्षाले गर्योो कि स्कुलको? ज्ञान वा शिक्षाले मनुष्यलाई अन्यायबाट, विभेदबाट, अत्याचारबाट मुक्त गर्नुपर्ने हो तर किन गरेन? शिक्षाले मनुष्यलाई स्वतन्त्र बनाउनुको सट्टा दास पो बनाइरहेको छ। यसरी दास बनाउने शिक्षा प्रणालीमा ज्ञानको निश्पक्षताको आशा कसरी गर्ने?
ज्ञानको निश्पक्षता नभएको समाजमा समाजिक रूपान्तरणसहितको पुनर्निर्माण कसरी सम्भव हुन्छ? दलितको राजनीतिक, सामाजिक तथा आर्थिक हैसियत गैरदलितको भन्दा कमजोर छ। महिलाको राजनीतिक, समाजिक तथा आर्थिक हैसियत पुरुषको तुलनामा कमजोर छ। गाउँको बनोट पनि जातिवादी छ। शासक जातिको बसोबास बाटोको छेऊमा हुनु तर सीमान्तको बसोबास भिरपाखामा हुनुले मात्र राहत र उद्धारमा फरक पर्छ भन्ने कुरा यही भूकम्पले सिकाएको छ। शक्ति र निर्णय गर्ने ठाउँमा एकल समुदायको वर्चश्व हुँदा आफ्नोलाई बढी माया गर्नु जातिवादी दृष्टिकोणले स्वाभाविक नै हो। हिन्दु समाजको मान्यताले मनुष्यलाई मानवतावादी हुनुभन्दा जातिवादी हुनु राम्रो ठान्छ। विद्वताको ठेक्का शासक जातिलाई मात्र हुन्छ। हिन्दु समाजमा श्रेष्ठताको निर्धारण अप्राकृतिक छ। जन्मिँदै श्रेष्ठ हुने, ज्ञानी हुने कुरा आज पनि कायम छ। हिन्दु समाजका बौद्धिकहरुमा ज्ञानको निश्पक्षताको खडेरी नै छ। आज पनि एक प्रसिद्ध नजिर कायम नै छ कि हिन्दु समाजमा एक जना पनि वाल्टेयरको स्थान ग्रहण गर्न सकेन जसले बौद्धिकताको निश्पक्षता देखायो। वाल्टेयरले आफनै केथोलिक सिद्धान्तविरुद्ध विद्रोह गर्योस जुन विचारवाट पालनपोषण भएको थियो। आज पनि मानवतावादीले ब्राह्मण विद्वान्माथि एक गम्भीर आरोप छ कि उनीहरुमा एक जना पनि वाल्टेयर जन्मन सकेन्। प्रत्येकले आफ्नो जातिको श्रेष्ठता राख्न चाहन्छ। जातिवादी समाजमा आचरणको स्वतन्त्रता हुदैन् बरु ब्राह्मणद्वारा लादिएको असद् पालन गर्ने विधान हो। यहाँ विचारको कुनै स्थान हुँदैन बरु आदेश पालन गर्नु नै उपदेश हो। जुन संहिता बनेको छ त्यो पत्थरको लकिर नै हो।
भूकम्पपश्चात बहसमा आएको पुनर्निर्माण सामाजिक रूपान्तरणको दिशामा अगाडि बढ्नुपर्छ। त्यसका लागि बुद्धिजीवीको मस्तिष्कले मात्र सम्भव हुँदैन् किनभने बुद्धिजीविले लक्षणमा आधारित ज्ञान निर्माणको कार्य गर्छ। साँचो अर्थमा समाजिक रूपान्तरण वा सुधारसहितको पुनर्निर्माणको एजेन्डालाई अगुवाई गर्न बौद्धिकले सक्छ। जातिवादी समाजमा बौद्धिक भेट्टाउनु असम्भव त होइन तर गाह्रो छ।