पुनर्निर्माणमा छिमेकीको सहयोग
२० असार २०७२
•
१६ मिनेट पाठ
पुनर्निर्माणमा छिमेकीको सहयोग
भारतीय विदेशमन्त्री सुषमा स्वराज सभाकक्षबाट राष्ट्रपतिलाई भेट्न गइन् र चिनियाँ विदेशमन्त्री भने टुँडिखेलमा बसिरहेका भूकम्पपीडितहरूलाई भेट्न गए। चिनियाँ विदेशमन्त्री वाङले पीडितहरूसँग कुराकानी गरे र 'नेपाल असल छिमेकी देश हो, हामी सहयोग गर्छौं, घर पनि बनाइदिन्छौँ' भने।कूटनीतिशास्त्रमा यस किसिमको व्यवहारको आफ्नै अर्थ हुन्छ। यसपटक चिनियाँ विदेशमन्त्रीको 'पीडित' लाई प्राथमिकता दिने भनाइसहित टुँडिखेल जाने कार्य आफैमा महत्वपूर्ण छ। विगतमा चीनको सम्बन्ध सरकारी तहमा नै बढी घनिभूत हुन्थ्यो। तर, यसपटक चीनका विदेशमन्त्रीजस्ता शक्तिशाली व्यक्ति सीधै जनतासमक्ष जानुलाई एउटा संकेतको रूपमा लिन सकिन्छ। त्यो हो 'चीन जे भनिरहेको छ त्यही गर्न चाहन्छ।' त्यसैले चीनसँग सहयोग लिन सरकारले जान्नुपर्छ। चीनले जनस्तरमा सहयोग विस्तार गर्ने सोच अगाडि सारेको छ, जसलाई नेपाली जनताले स्वागत गर्नुपर्छ।

नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय संस्था र केही राष्ट्रले महवपूर्ण प्रतिबद्धता जाहेर गरे। वर्तमान विश्वको कूटनीतिक सम्बन्धको प्रवृत्तिलाई हेर्दा यस्ता सम्मेलनहरूलाई महत्वपूर्ण मानिन्छ। तर भविष्यमा यस्ता सम्मेलनको उपादेयता के हुन्छ भन्ने कुरा भने सहयोग खोज्ने देशको सक्षमतामा नै भरपर्छ। ठूल्ठूला आश्वासन र प्रतिबद्धताहरू आउँछन् यस्ता सम्मेलनमा। तर, कार्यान्वयन प्रायः फितलो हुन्छ। यसपटकको सम्मेलनमा केही प्रवृत्ति देखापरेका छन्, जसलाई सर्वसाधारण जनताले राम्रोसँग बुझ्नुपर्छ।

१. भारतले २६ अर्ब अनुदान र बाँकी ७४ अर्ब ऋणको घोषणा गर्योप। यो उदारता प्रशंसनीय छ। त्यसैगरी, चीनले ७६ अर्ब अनुदान उपलब्ध गराउने भएको छ। जापानले २६ अर्ब, अमेरिकाले २० अर्ब, बेलायतले ११ अर्ब र युरोपियन युनियनले ११ अर्ब अनुदानको घोषणा गरेका छन्। अन्य देशले त्यो अनुदान कसरी प्रयोग हुन्छ खोलेनन्। केवल भारत, चीन र जापानले 'नेपालको इच्छाअनुसार' सहयोग हुने बताएका छन्। अनुदान दिने राष्ट्रमध्ये चीन प्रशंसनीय देखियो। अर्थात्, अनुदान दिने राष्ट्रमा चीन सबैभन्दा उदार देखियो। पीडितहरूसम्म पुगेर तिनको संवेदनशीलता बुझ्ने उसको चासो

देखियो। यसरी नेपाली जनताको प्रशंसा पाउने हक उसले प्राप्त गर्यो।। अन्य देशले सहयोगको तत्परता देखाए पनि त्यसको अंश 'ऋण' मा बढी भएबाट, त्यस्ता ऋणका सर्तहरू केके हुने हुन्? प्रष्ट भएको छैन।

२. पुनर्निर्माणमा नेपालले प्राप्त गर्ने ऋण–सहयोग सर्तबन्धित हुन्छ वा सर्तरहित भन्ने कुरा कतै पनि उल्लेख भएको छैन। यसबारे नेपाल सरकार स्पष्ट हुनुपर्ने हुन्छ। विश्व बैंक र एसियाली विकास बैंकका ऋण सहयोग यस्ता नहुन्, जसले नेपालको अर्थतन्त्र उनीहरूको सर्तहरूको पराधीन बनोस्। यी दुई अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्नुपूर्व नेपाली योजनाविद् र राजनीतिक नेताहरूले अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टनका आर्थिक सल्लाहकार जोसेफ स्टिगलिजले लेखेको 'दि प्राइस अफ इनइक्वालिटी' नामको पुस्तक पढ्नु उपयुक्त हुन्छ। अघोषित आधाभन्दा बढी सहयोग ऋणका रूपमा रहेको छ। यो नराम्रो त होइन, तर आफैमा पूर्ण भरोसायुक्त सहयोग पनि होइन। नेपाल सरकारले भारतसँग अनुदानको हद बढाउन आउने दिनमा प्रयास गर्नैपर्छ। यो नेपालको अधिकार हो, किनकि भारत र नेपालको सम्बन्ध विशेष किसिमको छ। आशा गरौँ, विगतमा जस्तै भारतले उदार भएर ऋणलाई अनुदानमा बदल्नेछ। यसलाई विचार गर्दा नेपालले छिमेकीहरूमाथिको निर्भरता नै भरोसायुक्त छ भन्ने सिद्धान्तलाई ग्रहण गर्नुपर्छ। चीन, जापान र भारतबाट प्राप्त अनुदानलाई मात्र सदुपयोग गर्न सकियो भने पनि देशले संरचना विकासमा ठूलो फड्को मार्नसक्छ। यही अवधिबाटै नेपालको विकासको भविष्य सुनिश्चित गर्न सकिन्छ।

३. नेपालको राम्रो सम्बन्ध भएका युरोपेली देशहरू जर्मनी, फ्रान्स, इटली, स्विडेनलगायतको उल्लेख्य सहयोग नहुनुले उनीहरूसँग प्रगाढ मित्रता हुन सकेको रहेनछ कि भन्ने प्रश्न उठेको छ। तथापि, पर्यटकका रूपमा ती देशका नागरिकको नेपालमा राम्रै उपस्थिति छ। अर्कातिर मलेसिया, दक्षिण कोरिया, इजरायलजस्ता देश जहाँ ठूलो संख्यामा नेपालीले श्रम गर्छन्, तिनको पनि नेपालप्रति पीडाको समयमा मायालु आकर्षण देखिएन। यस्ता देशसँग आउने दिनमा नेपालले कूटनीतिक सम्बन्ध बलियो पार्न सक्नुपर्छ।

४. यसभन्दा पहिलेका मेरा लेखहरूमा मैले भनेको थिएँ– 'हामीले आफैमाथि र हाम्रा छिमेकीहरूमाथि नै भरोसायुक्त सहायताको अपेक्षा गर्नुपर्छ।' फेरि पनि सरकार एवं नेपाली नागरिकलाई आह्वान गर्छु– नेपाली नागरिकले नै ठूलो परिमाणममा अनुदानको संकलन गरी राज्यलाई सहयोग गर्न सक्छन्। मैले भनेको थिएँ– छिमेकीहरू नै हाम्रा लागि महŒवपूर्ण हुन् र रहने छन्। त्यो कुरा सम्मेलनबाट पनि प्रमाणित भएको छ। तर, सम्मेलनपछाडि तत्काल यससम्बन्धमा जुन छलफल आरम्भ गरिनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन।

माथि इंगित गरिएजस्तै अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त ऋण र अनुदानप्रति सतर्क रहनैपर्छ। उनीहरूका अनेकौँ महँगा परामर्शदाताहरूले लिने शुल्कलाई पनि नेपाली जनताका टाउकामा ऋण बनाएर झुन्ड्याउनेखालका सम्झौता भए भने त्यसको प्रतिकार गर्नैपर्छ। त्यसैगरी, युरोपियन तथा अमेरिकन मित्रहरूबाट प्राप्त हुने सहयोग पनि गोष्ठी, सम्मेलन र तडकभडकमा नै खर्चिने हो भने यसको उपादेयता रहने छैन। नेपाललाई अहिले चाहिएको सहयोग पुनर्निर्माणमा केन्द्रित हो। हाम्रा संरचनाहरू निर्माण हुनुपर्छ र देशको आर्थिक विकासको आधार तयार हुनुपर्छ। सरकारले विशेष योजनामा खर्च गर्ने प्राथमिकतालाई ध्यान दिनैपर्छ।

नेपाली जनतालाई परनिर्भर बनाउने किसिमका सहयोग सरकारले स्वीकार नगरोस्। हाम्रा गाउँघरहरू 'अश्रित' बन्दैछन्। गैरसरकारी संस्थाले चलाएको आफ्नै विकासका लागि प्रशिक्षणमा सरिक हुँदा पनि भत्ता दिने चलनले मानिस सबै कुरा सरकारले नै गरोस् भन्ने मानसिकतामा पुगेका छन्। विद्यालयका आँगनमा रहेको भग्नावशेषको थुप्रो पनि बाहिरबाट मानिस आएर हटाइदिऊन् भन्नेखालका परनिर्भरतायुक्त दृष्टिकोण बलियो बन्न थालेको छ। अहिले सबैले ठानेका छन्– सरकारले घर भत्काइदिन्छ, सरकारले नै नयाँ घर बनाइदिन्छ, सरकारले नै गाइभैँसी पनि किनिदिन्छ अर्थात् सरकारले नै सबै कुरा गरिदिन्छ। यो परनिर्भरता हाम्रा लागि भविष्यमा महँगो हुनसक्छ। छोराछोरी युरोप–अमेरिकामा छन्। घरमा बूढाबूढी आमाबाबुमात्रै छन्। उनीहरूको घर बनाउने कोही छैन। उनीहरूले दुःख पाइरहेका

छन्। अनि विदेशमा बसेर उनीहरूका छोराछोरी यहाँ सरकारलाई सराप्छन्! यस्तोखाले परनिर्भरताको उन्मूलन आवश्यक छ। यसका निम्ति नेपालले अब उत्पादन गर्ने, श्रम गर्ने र नेपाललाई माया गर्ने नागरिकको प्रवर्द्धनको बाटो समात्नुपर्छ। रचनात्मक प्रगतिशील राष्ट्रियताको अभियानमा राजनीतिक दलका नेताहरू

लाग्नुपर्छ। पीडितको सहयोगमा उनीहरूले अनुकरणीय काम गरे। तर, विदेशी संस्थाको भत्ता खाएर देशको हितमा होइन विदेशीको हितमा काम गर्ने नेतालाई अब जनताले दण्डित गर्नैपर्छ।

यसको तात्पर्य हो 'पुनर्निर्माण' ले आर्थिक लगानीको आधार तयार पार्नुपर्छ। अब देशमा दिगो पर्यटनको विकासका साथै उत्पादनमूलक औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्छ। पर्यटनलाई नेपाली जीवन पद्धति, नेपाली संस्कृति र नेपाली इतिहाससँग जोड्नुपर्छ। हिमाल चढ्ने र पदयात्रा गर्नेमात्र पर्यटक हुन् भन्ने पुरानो मान्यता बदल्नुपर्छ। त्यसो गर्नका लागि हाम्रा भत्किएका सांस्कृतिक संरचनाहरू हामी आफैले बनाउनुपर्छ। हाम्रो सांस्कृतिक संरचनाहरूको पुनर्निर्माणमा विदेशीलाई संलग्न गराउने कुरालाई जनताले इन्कार गर्नैपर्छ। अब नेपालीको नेपाल बन्नुपर्छ, विदेशी र विदेशमा बस्नेको कमजोर नेपाल होइन।

नेपाल शिक्षा र बौद्धिकता विकासका लागि उन्नत देश हो। यहाँका प्राकृतिक वातावरण यसका लागि महŒवपूर्ण छ। त्यसैले हाम्रो शिक्षा प्रणालीको आधुनिकीकरणमा अन्तर्राष्ट्रिय सहयोग बढी खर्च गर्नुपर्छ। हाम्रा विश्वविद्यालयका आधुनिक संरचनाको निर्माण र वैज्ञानिक शिक्षाका लागि पनि यस अवसरलाई प्रयोग गर्नुपर्छ। हामीले संसारभरिका मानिसलाई सरल र सुविधायुक्त वैज्ञानिक शिक्षा दिनसक्ने शैक्षिक संस्थाहरूको निर्माण गर्नुपर्छ। हामीले नेपालमा हजारौँ विदेशी भित्राउन सक्नुपर्छ। देशभित्र खुलेका सेवा नियत भएका संस्थालाई सहयोग गर्नुपर्छ। सडकमा जताततै खुलेका नेपाली विद्यार्थी विदेश लाने संस्थाहरूले अब नेपालमा विदेशी विद्यार्थी ल्याउने उद्देश्य बनाउनुपर्छ।

तर, देशमा चाहिने संरचना र लगानीका कार्य गर्न सबैभन्दा पहिला कानुनी शासन र कानुनको उचित प्रक्रियाको अवधारणामा आधारित 'समृद्ध कानुन प्रणाली' को विकास हुनुपर्छ। त्यस्तो समृद्ध कानुन प्रणालीलाई कार्यान्वयन एवं सञ्चालन गर्ने न्यायिक प्रणालीको पनि विकास गर्नुपर्छ। न्यायपालिकामा भ्रष्टाचारको उन्मूलन पहिलो कदम हो राष्ट्रिय पुनर्निर्माणका लागि। हाम्रो न्यायपालिका सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास हुनुपर्छ। न्यायाधीशहरूले प्रशासक हुन खोज्ने, बेला न कुबेला न्यायाधीशको सरुवा गरेर न्यायाधीशको मनोबल गिराउने, न्यायाधीशलाई चाकरहरूको जत्था बनाउने, छोराछोरी न्यायाधीशमा भर्ना गर्ने, गाडी र भत्ताको लोभमा दौडने संस्कृतिको विकास गर्ने र कार्ययोजनाको उद्देश्य न्याय वितरण होइन मुद्दाको लगत छिन्नेजस्ता कार्यमा सीमित गर्न तत्काल रोक्नुपर्छ। न्यायपालिका अल्छीहरूको घर, कार्यालय अनि राजनीति गर्नेहरूको कार्यालय भयो भने पुनर्निर्माणको अभियान तुहिनेछ। अहिलेको अवसरलाई देशको समृद्ध न्यायपालिका निर्माण गर्ने समयका रूपमा पनि प्रयोग गरौँ। पुनर्निर्माणको प्राथमिकता न्यायपालिकाको संरचनात्मक सुदृढीकरणतर्फ पनि मुखरित हुनुपर्छ। न्याय गर्ने निकायका सुविधाप्रति राज्य कन्जुस हुन सक्दैन। तर, उसले विज्ञ न्यायाधीशको व्यवस्था पनि गर्नैपर्छ। नेपाली जनताको सक्रियता र स्वावलम्बन, छिमेकीहरूको उदारता, प्रशासकहरूको निष्पक्षता र राजनीतिक दलहरूको इमानदारी र राष्ट्रियता नै पुनर्निर्माण अभियानको उद्देश्य हो भन्ने कुरालाई हामीले आत्मसात गर्नुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस