नजन्मँदै बेवारिस संविधान
२० असार २०७२
•
१८ मिनेट पाठ
नजन्मँदै बेवारिस संविधान
सहमतिका सामु विधि र प्रक्रियामात्र हैन सिद्धान्त, मूल्य एवं मान्यतालाई समेत गौण बनाउने र उपेक्षा गर्ने अभ्यासले देशलाई कुन खाडलमा धकेल्ने हो अहिल्यै यसै भन्न सकिँदैन। यतिचाहिँ ठोकुवा गर्न सकिन्छ– यो अभ्यास गलत हो।गलतलाई नै सही ठान्ने प्रवृत्ति मूल चरित्र बनेपछि व्यक्ति, समाज वा राष्ट्र कसैको पनि हित हुँदैन। सम्भवतः हामी नेपालीले अझै ठूलो राजनीतिक विध्वंशको साक्षी बस्न बाँकी छ र त्यसको भयावह परिणाम भोग्न पनि बाँकी नै छ। संविधान जारी गर्न देखाइएको हतार र त्यस क्रममा मिचिएका मूल्यमान्यता कतै यदुवंशको विनाशको कथा बन्ने पो हो कि? नेपाली जनता आजित भएर दुर्वासा अवतारमा प्रकट भए भने 'सहमतिको संविधान' साम्बको पेटबाट निस्केको मुसलमा परिणत हुनसक्छ!




बेवारिस संविधान

संविधान सभामा प्रस्तुत गरिएको संविधानको मस्यौदा केही सभासद् र तिनका दलले च्यातेे। मस्यौदामा छलफल गरेर विरोध गर्नुभन्दा च्यातेर सडकमा जानु लोकतान्त्रिक अभ्यास पटक्कै हैन। संविधान सभामा आफ्ना भनाइ राख्ने अवसर नपाउनेहरू सडकमा जानु अस्वाभाविक पनि होइन परन्तु, जननिर्वाचित वैध मञ्च छाडेर सडक उपद्रोको बाटो लिनेहरूले आफ्नो सहमति भएन भन्ने नैतिक अधिकार भने गुमाए। यसरी मस्यौदा नै च्यात्नेहरूले संविधानको त सधैँ विरोधै गरिरहने भए। लोकतान्त्रिक विधि, प्रक्रिया र मूल्यमान्यता मिचेर सहमतिको संविधान पारित गर्नेहरू कसैले पनि यसको स्वामित्व लिने भएनन्। सोह्र बुँदेका हस्ताक्षरकर्तामध्ये मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को अर्थ 'थान गन्ती'भन्दा सायद खासै बढी छैन। सहमतिको ...महानायक' एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुरुमै लोकतन्त्रका केही आधारभूत विषयमा असहमति जनाइसकेको छ। नेपाली कांग्रेस यस प्रकरणमा निमित्त नायक हो। संविधान सभामा एकतिहाइभन्दा बढी सदस्य भएकाले संविधान पारित गर्न कांग्रेसलाई साक्षी नराखी हुँदैन। त्यसैले लोकतान्त्रिक मूल्य र संस्कारमाथि प्रहार गर्न कम्युनिस्टहरूले कांग्रेसलाई शिखण्डी बनाएका हुन्। संसदीय प्रणालीलगायत लोकतान्त्रिक आदर्शमै सम्झौता गरिएको संविधानलाई 'तर्बुजा कांग्रेस'हरूले आफ्नो ठाने पनि 'बहुलवाद', 'संसदीय पद्धति'जस्ता शब्दसम्म नअटाउने लिखतलाई कांग्रेसका सिद्धान्तनिष्ठ नेता–कार्यकर्ताले पक्कै आफ्नो ठान्ने छैनन्। अर्को हस्ताक्षरकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)को धेरै चर्चा गरिराख्नै पर्दैन। संविधान च्याते सत्तामा पुगिन्छ भन्ने लाग्यो भने एमालेका नेताहरूले यो संविधान त के आफ्नै विधान पनि कुनै बेला च्यातिदिन र त्यसलाई 'गतिशीलता' भनिदिन सक्छन्! यसैले अहिलेकै योजनाअनुसार हतारहतार लटरपटर गरेर संविधान जारी भयो भने त्यो लिखत बेवारिस हुनेछ।

संक्रमणको निरन्तरता

कसैले पनि पूर्ण आत्मसात् नगरेको र केहीले स्पष्ट विरोध गरेको सिद्धान्तहीन सम्झौतामा आधारित संविधान जारी हुँदैमा संक्रमण अन्त्य हुने ठान्नु ठूलो भुल हुनेछ। यसको स्वामित्व कसैले लिनेछैन भने राजनीतिक संरक्षण पनि कसैले गर्ने छैन। संविधानको विरोध गर्नेहरूसँग मौकाअनुसार सबै मिल्नेछन्। कथित सहमति र सहकार्यको बाटामा सिद्धान्तहीन सम्झौता गरेर थालिएको यात्राले पुर्याछउने अराजकतामै हो। अधिनायकवादका पुजारीलाई यस्तो अधोपतनको अराजक यात्रा सहज लाग्न सक्छ तर लोकतन्त्र बलियो हुने छैन। संक्रमण जति लम्मिन्छ लोकतन्त्र र राष्ट्रियता उति नै कमजोर हुन्छ। बेलैमा उपचार नभए संक्रमणबाट जोगाउन शल्यक्रिया गर्नुपर्ने हुन्छ। नेपाल थप राजनीतिक संक्रमण थेग्नसक्ने अवस्थामा छैन। दुर्भाग्य, सत्ताका पुजारीहरूले देशलाई संक्रमणको भुमरीमा धकेल्दै लगेका छन्। अचम्मसँग नेपाली जनता तमासा हेरेर बसेका छन्।

अवैध लिखत

संविधान निर्माण गर्ने क्रममा विद्यमान संविधान उल्लंघन गरिएको छ। सर्वोच्च अदालतको दिएको नेपालको अन्तरिम संविधान, २०६३ पालन गर्ने आदेशलाई एमाले वा माओवादी नेताले अवज्ञा गर्नु आश्चर्यको विषय होइन। उनीहरूको दीक्षा नै आफ्नो स्वार्थविपरीतका सबै विषयलाई सन्देहका दृष्टिले हेर्ने र षड्यन्त्र ठान्ने हो। तर्बुजा कांग्रेसहरूले पनि न्यायपालिकालाई गैरन्यायिक मञ्चबाट चुनौती दिन अप्ठेरो मानेनन्! तर, अन्तरिम संविधान पालना गर्नु भन्ने सर्वोच्च अदालतको आदेशको नैतिक र कानुनी हैसियत ठालुहरूको सहमतिभन्दा बढी नै हुन्छ। राजनीतिक दलका ठालुहरूबीचमा कथित सहमति भए संविधान मिचे पनि हुन्छ भन्ने ठान्नु र पाटनका ६ प्रधान मिलेर 'राजा' फेर्ने खेल खेल्नुमा तात्विक अन्तर छैन। पार्टीका नेताले संविधानको 'मार्गदर्शक' बनाएको सोह्र बुँदे सहमतिलाई आआफ्नै दलहरूबाट समेत अनुमोदन गराएनन्। यसभन्दा बढी अधिनायकवादी चरित्र अरू के हुनसक्छ? जनताले अनुमोदन गरेको चुनाव घोषणापत्रको सम्मानको त कुरै भएन। सोह्र बुँदे सहमतिको जुम्ल्याहा भएर जन्मने संविधान गर्भमै अवैध बन्यो।

सहमतिको आधार : लोकतन्त्र

नेताहरूलाई पाटने प्रधान हुने मन थिएन भने तिनले लोकतान्त्रिक निर्णय प्रक्रिया स्वीकार गर्नेमात्रै सहमति गरे पुुग्थ्यो। सर्वहाराको अधिनायकत्वमा मात्र जनताको हित हुन्छ भन्ने दीक्षा पाएका कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रिया र विधिको सर्वोच्चता स्वीकार गराउन सकेको भए नेपाली कांग्रेसको जित हुन्थ्यो। कम्युनिस्टहरूले पनि हार्ने थिएनन्। जनताले दिएको हैसियतअनुसारको भूमिका पनि हुन्थ्यो। लोकतान्त्रिक विधि र प्रक्रिया आत्मसात नगरी लिइएको कुनै पनि निर्णय दिगो हुनै सत्तै्कन र यो बेइमानी तथा स्वार्थका जगमा बनेको कथित सहमतिको संविधान पनि हुने छैन। न्यायिक दृष्टिबाट अवैध र सैद्धान्तिक दृष्टिबाट अपवित्र यो लिखत सत्ता स्वार्थका लागि एकत्रित केही लाउकेहरूको निर्णयकै भरमा स्वीकार गर्न नेपाली जनता नैतिकरूपमा पनि बाध्य छैनन्। तर, जनताले चुनेका सभासद्ले स्वतन्त्रतापूर्वक निर्र्णय गरेर लोकतान्त्रिक प्रक्रियाअनुसार मत विभाजन गरी संविधान निर्माण गरे भने त्यसलाई चाहिँ जनताले चुनेकै प्रतिनिधिबाहेक अरूले चुनौती दिने नैतिक अधिकार हुने छैन। निर्णय गर्ने अधिकार नेपाली जनताबाहेक अरूलाई छैन। जनताका प्रतिनिधिले गरेको निर्णय मान्न नसक्ने हो भने जनमत संग्रह गरेर विवादहरू टुंग्याएको भए हुन्थ्यो। नियमावली निलम्बन गरेर लोकतान्त्रिक विधि र प्रक्रियालाई उपेक्षा गरेर पारित गरिएको संविधानविरुद्ध आवाज उठाउने अधिकार सधैँका लागि सुरक्षित हुन्छ। मधेसी दल, राप्रपा र जनजाति पार्टीहरूले विरोध गर्दा उत्तर दिने नैतिक अधिकार सत्ता गठबन्धनले गुमाएको छ। कांग्रेसका लागि यो संविधान र सहमति अन्ततः ...चोरी मारिलियौ न यश हुन गयो न मासु खानै भयो' हुने निश्चित छ। संविधान बनेको अर्को महिना कांग्रेस सत्ताबाट बाहिरिनेछ र त्यसपछि भागबन्डा गरिने सबै पद एमाले र माओवादीले लिनेछन्। मधेसीलाई बिलो दिनेछन्। सत्ताका लागि सिद्धान्त छाड्ने कांग्रेसहरूलाई यति सजाय त सुहाउँछ नि!

विपत्तिको कालोबजार

विपत्तिमा परेकाहरूको कष्टका बारेमा लेख्नुको पनि सायद कुनै अर्थ छैन। किनभने पैसा र प्रविधि भए पुग्छ मानवीय मूल्य गौण हो भन्ने ठान्नेहरू सत्तामा छन्। मानवीय मूल्यसँगै शासकीय नैतिकतालाई पनि महŒव नदिएपछि विपत्तिसमेत सत्ताको स्वाद लिने अवसर हुँदो रहेछ। आदर्शको साटो लोभबाट प्रेरित भएपछि राजनीति कमाउ पेसाबाहेक अरू हुनसत्तै्कन। अहिले विपत्तिको कालोबजार गर्नमै व्यस्त देखिए सरकार, अन्तर्राष्ट्रिय समुदाय र राजनीतिक दलहरू! बिचरा व्यापारीले जस्ता वा चामलको कालोबजारी गरे तर ठालुहरू त सिंगै विपत्तिकै कालोबजार गर्न तम्से। सरकार नालायकी लुकाउन 'नियमन'को आड लिन थालेको छ। अन्तर्राष्ट्रिय समुदाय विशेषगरी राष्ट्रसंघीय निकायहरू आफ्ना हेलचेक्य्राइँ ढाकछोप गर्न नेपाली कर्मचारीतन्त्रको भ्रष्ट र जुम्सो कार्यशैली तथा सञ्चार माध्यमको 'पिपली लाइव' शैलीप्रति औँला ठड्याउन थालेका छन्! कूटनीतिक मर्यादा त नेपालमा जसले जति मिचे पनि हुन्छ। सबैको चेपुवामा पर्ने त भूकम्पबाट उठीबास लागेकाहरू न हुन्!

गल्ती नसच्याउने हठ

असार मसान्तसम्म अस्थायी टहराका लागि सहयोग पुर्या उन सरकार विफल भयो। यसो हुनु नै थियो। सरकारले बनाएको कार्यविधि र संयन्त्र दुवै काम लाग्दा थिएनन्। सहायता वितरणलाई कारिन्दाहरूले कस्न र कार्यकर्ताले फुकाउन खोज्दाखोज्दै समय खेर गयो। यसले पीडितहरू निराश भएका छन् भने राज्यप्रति तिनको विश्वास झन् कमजोर भएको छ। अस्थायी टहरा बनाउन त बेलामा सहयोग नगर्ने सरकारले स्थायी घर बनाइदेला भनेर पत्याउने पो कसरी? अधिकांश पीडित अस्थायी आश्रयको व्यवस्था आफै मिलाउन जुटिसकेका छन्। स्थायी घरको व्यवस्था गर्न पनि सक्नेबित्तिकै उनीहरू तम्सिहाल्नेछन्। त्यसरी बन्ने बस्ती व्यवस्थित र सुरक्षित नहुनसक्छ, तर उनीहरूलाई अव्यवस्थित र असुरक्षित बस्ती बसाउन रोक्ने नैतिक शक्ति सरकारसँग छैन। अस्थायी टहरा बनाउनसमेत बेलामा सहयोग नगर्नेले कुन नैतिकताका आधारमा रोक्ने?

कार्यविधि र संयन्त्र दुवै विफल भइसकेपछि पनि त्यसलाई सच्याउन सरकारले कुनै पहल गरेको देखिएन। यही शैली अपनाइरहने हो भने जस्तोसुकै संयन्त्र बनाए पनि पुनर्निर्माण सफल हुने छैन। कुनै संयन्त्र वा प्रक्रिया विफल हुनु नै अपराध हैन, तर विफल भएको थाहा पाइसकेपछि पनि सच्याउन र स्वीकार गर्न तयार नहुने प्रवृत्ति भने डरलाग्दो हो। सरकारले यही हठ पटकपटक गरेको छ।

र, अन्त्यमा

सिकलसेल एनिमियाको परीक्षण

मध्य र सुदूरपश्चिमका थारूहरूमा सिकलसेल एनिमिया पाइएको समाचारले ध्यान तानेको थियो। नागरिकमा पटकपटक त्यसबारे प्रश्न पनि उठाएको थिएँ। (बजेटमा थारूरोग )। गएको वर्षै सरकारले सिकलसेलको परीक्षणका लागि केही रकम विनियोजन पनि गरेको थियो। सरकारी पैसा के भयो थाहा भएन, तर दाङको गंगापरस्पुर गाउँ विकास समितिका थारू जनसंख्यामा सिकलसेलको परीक्षण गर्ने योजना भने सफल भयो। त्यस गाविसका करिब ११ हजार जनतामा आधाजति थारू रहेछन्। तिनमा पनि ४० वर्षमाथिकाको परीक्षण गरिएन। केही कामको खोजीमा गाउँबाहिर गएका रहेछन्। यही असार ११ गतेबाट थालिएको सिकलसेल जाँचमा १९ गतेसम्ममा २ हजार ८ सय ९९ जनाले रगत जाँच गराए। तिनमा २७० जनामा सिकलसेल रहेको पाइयो। परीक्षणमा सँगै रहेका डाक्टरका अनुसार कसैमा पनि सिकलसेलले रोगकै रूप लिएको लक्षण पाइएन। यो निकै खुसीको विषय हो। तैपनि ९.३ प्रतिशतमा सिकलसेल पाइनु सामान्य अवस्था भने होइन।

शरीरमा सिकलसेल देखिँदैमा आत्तिइहाल्नु पर्नेचाहिँ रहेनछ। सिकलसेल रोगमै बदलिने जोखिम निकै कम हुन्छ रे! बरु औलो प्रतिरोधकको काम गर्ने रहेछ यसले। पति पत्नीमध्ये एकजनामा सिकलसेल नभए सन्तानलाई सर्ने जोखिम पनि निकै कम हुनेरहेछ। यसैले बेलैमा विशेषगरी विद्यालय जाने उमेरका सबैको जाँच गर्न सके विवाह गर्दा सकेसम्म जोखिमरहित जोडी बनाउन सल्लाह दिन सकिने थियो। यसको प्रचारप्रसारलाई अभियानकै रूपमा चलाउन सके हुन्थ्यो। पहिलो चरणको जाँच खासै महँगो पनि हुने रहेनछ। सरकारले तेस्रो चरणमा पुगेपछि उपचार गर्न रकम विनियोजन गर्नुभन्दा थारूमात्र हैन सबै आदिवासी जनताको सामान्य रक्त परीक्षण गर्ने कार्यक्रम बनाए बेस हुन्थ्यो। सिकलसेलको ...उपचार'का लागि विनियोजित रकम खर्च भएन भनेर रकमान्तर गर्ने वा अर्को वर्ष बजेटै नराख्ने त नहोस् नि!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस