प्रजातन्त्र सुदृढ हुन स्वतन्त्र निर्वाचन मात्र पर्याप्त हँुदैन बरु स्वाभाविक परिणाम अवश्यम्भावी रहन्छ। निश्पक्ष चुनाव भएर पनि स्वाभाविक परिणाम आएन भने लोकतन्त्र संस्थागत हुन सक्दैन तर स्वाभाविक परिणाम आएन भनेर स्वच्छ निर्वाचनको विकल्प खोज्नुहुँदैन।बम काण्डमा संलग्न सञ्जय साहले संविधान सभामा चुनाव जिते अनि व्यापारी अपहरणका योजनाकार श्यामसुन्दर गुप्ता नेता भए भन्दैमा प्रजातन्त्र नै असफल भयो भनेर व्याख्या गरिनुहुँदैन। बरु त्यस्ता खराब जत्थालाई कसरी कानुनको परिधिमा ल्याउने तथा सकारात्मक परिणामका लागि कानुनका क्षिद्रहरु कसरी बन्द गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ।
कानुनी राज्य स्थापनाका लागि केबल अब्बल दर्जाको ऐन/कानुन पर्याप्त हँुदैन। बरु नियमको उचित व्याख्या तथा पालना अपरिहार्य रहन्छ। कानुनको अपव्याख्या भयो भन्दैमा देशको विधान मान्दिन भन्न मिल्दैन। कदाचित अख्तियारवालाले विधानको अपव्याख्या गरे भने सम्बन्धित व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्छ। कानुनी राज्यमा विश्वास गर्नेले ऐनको अपव्याख्या भए त्यसलाई वैधानिक विधिमार्फत सुधार गर्नुपर्छ। अधिकार प्राप्त व्यक्तिले संविधानको अपव्याख्या गरे भन्दैमा कानुन नै मान्दिन भन्ने छुट कसैलाई पनि हँुदैन।
सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एमाओवादी तथा मदेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच संविधान निर्माणका सम्बन्धमा भएको १६ बुँदे सहमति गैरसंवैधानिक भएको ठहर गर्योस। त्यसो गर्नुपर्नाको कारणमा नेपालको अन्तरिम संविधानको धारा १३८ मा स्वायत्त प्रदेशहरुको सीमा, संख्या, नाम र संरचनाका अतिरिक्त केन्द्र र प्रदेशको सूचीहरुको पूर्ण विवरण संविधान सभाबाट निर्धारण गरिनेछ भनी लेखिएकामा त्यसको प्रतिकूल हुने गरी चार दलले प्रदेशको नाम तथा सीमांकन पछिल्ला दिनमा संसदको दुई तिहाई बहुमतले गर्नेे भनी सहमति गर्नु नै देखियो। संविधानमा प्रदेशको नाम तथा सीमाको अन्तिम निर्णय गर्ने हक संविधान सभामा मात्र रहेकाले उक्त अधिकार संसदलाई दिनु गैरसंवैधानिक देखे न्यायामूर्ति लालले।
संविधान निर्माणको सवालमा संविधान सभा सर्वाधिकार सम्पन्न रहेको र कानुनअनुसार संविधान जारी गर्न आवश्यक दुई तिहाई भन्दा अधिक सभासद् भएका ४ दलले संविधानको प्रारूपस्वरूप जारी गरेको १६ बँुदे श्वेतपत्रविरुद्ध अदालती फैसला जानुहँुदैनथ्यो भन्ने बेग्लै बहसको विषय हुन सक्ला। संविधान सभाले आफ्ना केही अधिकार संसदलाई प्रत्यायोजन गर्न पाउने कि नपाउने भनी प्रश्न गर्न नसकिने होइन। त्यस्तै न्यायाधीश गिरीशचन्द्र लालको योग्यता, क्षमता तथा कुनै दल विशेषसँगको सामीप्यता थप अनुसन्धानको विषय हुन सक्ला तर संविधानको धारा १०२ (४) तथा प्रचलित कानुनमुताविक संविधान तथा प्रचलित कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतमा मात्र निहीत छ। साथै, सर्वोच्च अदालतको प्रत्येक आदेशको पालना गर्न सबै पक्ष कानुनतः बाध्य छन्। त्यसमाथि हालै चार दलबीच भएको १६ बँुदे सहमतिको बाह्रै बँुदामा संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिने भन्ने पुनर्प्रतिबद्धता गरेको परिवेशमा सर्वोच्चका न्यायाधीश लालको आदेश दलहरुले पालन गर्दिन भन्न कदापि मिल्दैन। सर्वोच्च अदालतको व्याख्या र न्यायमूर्तिको फैसला फरक फरक विषय हो भनी कुनै कानुनविद्ले प्रष्टाउन सक्छन् वा न्यायमूर्ति लालको सिंगल बेन्चबाट आएको आदेशलाई सर्वोच्चकै फुल कोर्टले संशोधन गरेको अवस्थाबाहेक १६ बँुदे सहमतिको सम्बन्धमा न्यायाधीश गिरीशचन्द्रको आदेशको पालन गर्नु सबै पक्षको कर्तव्य हुन्छ। स्मरणयोग्य कुरा यो छ कि अदालतको फैसलाप्रति असहमति जनाउने स्वतन्त्रता सबैलाई प्राप्त छ तर न्यायिक आदेश मान्दिन भन्ने हक प्रचलित कानुनले कुनै पनि पक्षलाई दिँदैन।
संसारका प्रजातान्त्रिक मुलुकहरु संसदको सर्वोच्चता अथवा संविधानको उच्चता मान्ने दुई समूहमा विभक्त छन्। बेलायत, इजरायल, फिनल्यान्ड जस्ता मुलुकले संसदको सर्वोच्चतालाई मूल मन्त्र माने। संसद्भन्दा माथि केही छैन र त्यहाँ गरिएका कुनै पनि निर्णय अन्तिम रहनु नै संसदको सर्वोच्चता हो। संवैधानिक तथा कानुनी विवादको छिनोफानो गर्न ती मुलुकहरुले अदालतको शरण लिँदैनन् बरु संसद्मा बहस गर्छन्। तर संवैधानिक सर्वोच्चता भएको मुलुकमा संसदलगायतका प्रत्येक निकायले संविधानको अक्षरशः पालन गर्नुपर्छ। संयुक्त राज्य अमेरिका संवैधानिक सर्वोच्चताको उदाहरण हो। अमेरिकी संविधानको धारा ६ ले संवैधानिक सर्वोच्चता कायम गरेको छ र उन्नाइसौं शताब्दीको पूर्वार्धमा संघीय संविधान सबैले पालन गर्नैपर्ने मान्यतालाई स्थापित गरे अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन मार्सलले। लिखित मूल कानुनअनुसार देश चलोस् भन्ने संवैधानिक सर्वोच्चता हो भने जनप्रतिनिधिको इच्छामुताबिक मुलुक हिँडोस् भन्नु संसदीय सर्वोच्चता हो। अन्तरिम संविधानले नेपालमा संवैधानिक सर्वोच्चता कायम रहेको भन्छ। कानुनी सर्वोच्चता भएका कारण नेपालमा संवैधानिक अन्योलको निराकरण संसदमा गरिँदैन बरु सर्वोच्च अदालतको सहारा लिइन्छ।
अब नेपालको राजनीतिक विगत हेरौँ। प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा संसद् बिघटन गरी अर्को चुनावको मिति तोके। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्योा। कोइरालाले सिफारिस गरेमुताबिक संसद् विघटन हुनुहँुदैन भन्ने पक्षमा प्रमुख प्रतिपक्ष दल मात्र होइन नेपाली कांग्रेसकै एउटा ठूलो हिस्सासमेत थियो। नेपाली कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्रनारायण निधीको अगुवाईमा संसद् विघटन गर्ने प्रधान मन्त्री कोइरालाको सिफारिस कार्यान्वयन नहोस् भनी कांग्रेसी सांसद्को ठूलो जत्थाले राजाकहाँ निवेदन दर्ता गरे। प्रतिपक्ष एमाले र कांग्रेसका विद्रोही सांसदको संख्या जोडदा दुई तिहाई प्रतिनिधि सभा सदस्य संसद् विघटनको विपक्षमा थिए। प्रचलित कानुनमुताविक संविधान नै संशोधन गर्न पर्याप्त सांसदहरु प्रतिनिधि सभा विघटनको विपक्षमा हँुदा पनि अन्त्यमा उच्च अदालतको आदेशमुताविक मुलुकमा चुनाव भयो। यदि नेपालमा संसदीय सर्वोच्चता कायम भएको हुँदो हो त गिरिजाप्रसादको संसद विघटनको सिफारिस कार्यान्वयन हुँदैनथ्यो। हामीले संवैधानिक सर्वोच्चता स्वीकार गरेकाले अदालतले संविधानको व्याख्या गर्दै चुनाब हुने ठहर गर्योे। नेपालको संविधानले शक्ति पृथकीकरणको अवधारणा स्वीकार गरेकाले जनप्रतिनिधिले देशको विधान लेख्नेसम्म हो, कानुनको व्याख्या गर्ने अधिकार उनीहरुलाई छैन।
चार दलले सोह्र बँुदे सहमतिको प्रतिकूल हुनेगरी आएको सर्वोच्चको आदेश पालना नगर्ने उद्घोषमात्र गरेनन् बरु फास्टट्रयाकमार्फत महिना दिनभित्रै संविधान बनाउने भने। त्यसैअनुरूप संविधानको खाका संविधान सभामा पेश पनि भयो। संविधान सभाको बैठकमा मदेशवादी दलले विधानको प्रारूप च्यातिसकेको अवस्था छ। मदेशवादी दलहरु सर्वोच्चले असंवैधानिक ठहर गरेको १६ बँुदे सहमतिका आधारमा लेखिएको संविधान नमान्ने भन्दै विरोधमा उत्रिइसके।
सर्वोच्च अदालतको फैसलालाई अवज्ञा गर्दै दलहरु संविधान निर्माणमा लागेपछि राष्ट्रपति रामवरण यादवले त्यसो गर्नु घातक हुन सक्ने भने। सर्वोच्चको आदेश पालन गर्नु सबैको कर्तव्य हुने यथार्थ दर्शाउँदा राष्ट्रपति आफ्नो पद लम्ब्याउन लागे भन्ने आरोप लाग्यो। एकातिर कानुन व्यवसायी सभामुख सुवासचन्द्र नेम्वाङ सर्वोच्चको आदेश बाध्यात्मक होइन भन्छन् भने अर्कोतिर मन्त्री विमलेन्द्र निधीले सर्वोच्चको फैसला सकारात्मक देखे। मदेशवादी दलहरुमात्र होइन मदेशी मूलका राष्ट्रपति यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधान न्यायाधीश रामकुमार साहदेखि मदेशी बुद्धिजीबीहरु सबै एक स्वरमा भन्दैछन् कि सर्वोच्चको फैसलाको आदर गरिनुपर्छ। मदेशी मूलका न्यायाधीशले गरेको फैसला भएकाले पनि त्यसको वजन कम भयो भन्ने पनि नभएका होइनन्। त्यसमाथि कानुनको सर्वोच्चतामा विश्वास गर्ने कुनै पनि व्यक्तिले उच्च अदालतको आदेश अवज्ञा गर्दै संविधान लेख्ने पक्षमा मत जाहेर गर्न सक्दैनन्। बरु उनीहरुले सर्वोच्चको फैसला त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याएर अघि बढौँसम्म भन्ने हो। न्यायाधीश लालको फैसलाविरुद्ध सर्वोच्चले पुनरावलोकन गर्ने प्रावधान हँुदाहँुदैै प्रधान अदालतको आदेश मान्दिन भन्नु बुद्धिमानी कदापि हुँदैन।
संविधानको फास्टट्रयाक प्रक्रिया जनतालाई छिटोभन्दा छिटो मूल कानुन दिनेभन्दा अमुक व्यक्तिहरुबीच पद विभाजन गर्न केन्द्रित देखियो। छोरा दुर्योधनलाई राजा बनाउन ज्ञानी महाराजा धृतराष्ट्रले महाभारतको युद्ध रचेझैँ पद प्राप्तिको लालसामा नेताहरु अन्धा भएका देखियो। अन्यथा प्रचलित संविधान मिचेर आगामी संविधान जारी हुन सक्दैन भन्ने वास्तविकता नेताले बुझेका छैनन् होला त? कदाचित नयाँ संविधान लेखिँदा अन्तरिम संविधान उल्लंघन भएको जगमा पछि सर्वोच्च अदालतले आगामी संविधान बदर गर्यो भने मुलुकको गति के होला?अझ न्यायाधीश लालको आदेशपछि देखिएको मदेशी/पहाडेको ध्रुवीकरणले संविधान जारी भएपछि बिस्फोटको रूप लियो भने त्यसको जवाफदेही कसले लिने? आगामी संविधान पद विभाजनका लागि होइन बरु मुलुकको चिर शान्ति र दिगो विकासका लागि हो भन्ने वास्तविकता सबैले बुझ्न जरुरी छ।