२०६२ मंसिरको दास्रो दिल्ली सम्झौतामार्फत् राष्ट्रसंघलाई गुहारेर हामी आफैँ अर्को अफगानिस्तानी मोडलमा प्रवेश गरेका होइनौ र? सम्झौताबाट आउने अनि क्रान्तिको विजय भएजस्तो गैरजिम्मेवार चरित्रले मुलुकलाई कता लैजाँदैछौँ?
राजनीति विचारको हुन्छ। राजनीति विचारविही भयो वा र विचारको आवरणमा राष्ट्रिय स्वार्थ बाहिर प्रयोग भयो भने मुलुकले क्षति व्यहोर्नुपर्छ। मैले अन्तर खोजेको विषय नेपालको सन्दर्भमा राजतन्त्रको विषय नै हो। मैले देश जोगाउन र सन्तुलित भूमिका निर्वाह गर्न राजाको आवश्यकता देखेको हो। यसको अर्थ प्रजातान्त्रिक पद्धति वा व्यवस्थाविरुद्धको भूमिका होइन। ‘सेन्ट्रल फोकल प्वाइन्ट'मा राजालाई स्थापित गर्न जोर्डनमा त्यहाँका कम्युनिष्ट पार्टीका महासचिवले सल्लाहकारको भूमिका पूरा गरेका थिए। इतिहासको कालखण्डमा त्यस भूमिकामा म थिएँ। यसलाई राजावादी, राजापरस्त आरोप लगाइयो। ममाथि मात्र होइन नेपाली वाम आन्दोलनभित्र एकले अर्कालाई यस्ता आरोप लगाउने सामान्यजस्तै भयो। विदेशीको गोटी को हुन् भन्ने यति बेला स्पष्ट भएको छ।
प्रश्न नेपालको मात्र होइन। दोश्रो विश्वयुद्धमा हिटलरले रुसमाथि आक्रमण गर्दा तत्कालिन रुसी राष्ट्रपति स्टालिनले मुलुकको रक्षाको प्रश्नमात्र उठाएनन् राजाका सालिक देखाएर मुलुकको रक्षागर्न आग्रह गरे। जसलाई अक्टोवर क्रान्तिपूर्व र पछिसम्म क्रुर राजा भनिएको इतिहास हाम्रै अगाडि छ। जसले त्यहाँ राजाको हत्या नै गरेका थिए। यो त भयो पहिलो कम्युष्टि क्रान्ति सम्पन्न भएको रुसको कुरा। कम्बोडियामा हेरौँ, त्यहाँको राजतन्त्र संसारको सबैभन्दा पुरानो ८४औं सिंहानुक राजतन्त्र कम्युनिष्ट क्रान्तिको कारण होइन आफैभित्रका दक्षिणपन्थीहरूको सिकार भयो। यस्तै अहिले यहाँ भइराखेको छ। सन् १९७० सम्म आइपुग्दा त्यहाँको सेनाप्रमुख लोननोलले सिंहानुक रुसमा रहेको अवस्थामा राजतन्त्र फाले। सन् १९७५ सम्म आइपुग्दा पोलपोटको उदयसँगै नरसंहारले १९८४ मा राजतन्त्रको नामै सुन्न नचाहने कम्बोडियालीलाई सिंहानुकको आवश्यकता पर्यो। यी दुईवटा देशको उदाहरण किन महत्वपूर्ण छ भने राष्ट्र संकटमा परेका बेला परम्परावादी शक्ति या उसको भूमिका पनि खोजिँदोरहेछ।
यी दुवै मुलुकका कम्युनिष्टहरू राजतन्त्रप्रति अत्यन्त कठोर थिए। बेलायत, जापानजस्ता वैधानिक राजतन्त्र राख्ने मुलुकका चर्चा कम्युनिष्टको तुलना गौण हुन्छ। माथि उठाएको सन्दर्भ नेपालमा राजतन्त्रको नामै लिन नहुने कम्युनिष्ट आन्दोलनभित्रको गोरखपुरधाराको प्रभाव माओवादीभित्र मात्र होइन माओवादी एजेण्डामा हिंडिरहेका अन्य राजनीतिक दलमा पनि लागू हुन्छ। राजतन्त्रको सकारात्मक नकारात्मक पाटोको विषय द्वन्द्वात्मक दृष्टिकोणको वैचारिक बहसको विषय होइन। यसलाई पूरै नकारात्मक राजावादी, राजापरस्त, सिआईडीको आरोपमा निषेध गर्नुको परिणाम घातक हुन्छ। हाम्रो देशको सन्दर्भमा मात्र होइन विश्व इतिहास यसको साक्षी छ।
यतिबेला नेपालको सन्दर्भ त्यस्तै छ। राजतन्त्रको विषयमो टिप्पणी वा बहसै गर्न नहुने, त्यसको उछितो काट्नेहरूबाट देश कता जाँदैछ। यस्तो वातावरण निर्माणमा राजालाई हेर्ने दक्षिणपन्थीको भूमिका त्यत्तिकै छ जसले गणतन्त्रको वातावरण निर्माण गरे। जतिसुकै क्रान्तिको कुरा गरेपनि अहिलेको एनेकपा (माओवादी) र त्यसभित्रको गोरखपुरधारासहितका सबै तप्काले गणतन्त्रलाई गौरव मान्छ। आखिर हामी २००६ सालमा स्थापना भएको कम्युष्निट पार्टी र २००७ सालको दिल्ली सम्झौताको विरोधमा वैचारिक धारा प्रवाहको जग २०६३ सम्म आइपुग्दा कहाँ छौं? माओवादीले क्रान्ति जितेर आएको त होइन। २०६२ मंसिरको दास्रो दिल्ली सम्झौतामार्फत् राष्ट्रसंघलाई गुहारेर हामी आफैँ अर्को अफगानिस्तानी मोडलमा प्रवेश गरेका होइनौ र? सम्झौताबाट आउने अनि क्रान्तिको विजय भएजस्तो गैरजिम्मेवार चरित्रले मुलुकलाई कता लैजाँदैछौँ? १३ हजार नेपाल आमाका सर्वोत्तम छोराछोरीको रगतमाथिको अन्तरिम संविधान, त्यस अन्तर्गतको नागरिकता त्यसको परिणाम र नेपालका नदी नालामाथिको वैदेशिक प्रभावमा हाम्रा क्रान्तिकारी (माओवादी) मित्रहरूको जिम्मेवारी बोध छ कि छैन? वैचारिक विषयमा र राष्ट्रिय स्वार्थमा बहसै नगरी आरोप प्रत्यारोपको बिल्लाले कहीँ पनि पुर्याउँदैन। रुसी क्रान्तिको मोडल चीनमा लागू भएन, चीनको मोडल भियतनाम, कम्बोडियामा लागू भएन। उत्तर कोरियाको मोडल क्युवामा लागू भएन। हरेक मुलुकका आआफ्ना मोडल हुन्छन्। लेनिनले भने जस्तै ठोस परिस्थितिको ठोस विश्लेषण गर्दा हाम्रो मुलुकको अवस्था कस्तो छ? लेनिनको यो भनाइ अफगानिस्तानका कति लागू भयो? नेपालमा कति हुँदैछ? वर्तमान हाम्रै अगाडि छ। भविष्यको संकेत वर्तमानले दिइरहेको छ।
आज नेपालका कुनै पनि राजनीतिक शक्तिप्रति छिमेकीहरू किन विश्वस्त हुन सकेनन्? यसको जवाफ हामीसँग छ? के हाम्रो परिवर्तनको औचित्य राजतन्त्रको विस्थापनले सिद्ध गर्यो? इतिहासमा कुनै पनि मुलुकको निर्माणका विभिन्न तह हुन्छन्। नेपालको इतिहासमा पृथ्वीनारायण शाहले प्रारम्भ गरेको नेपाल पुनर्एकीकरण एउटा अभियान थियो। कार्ल मार्क्स जस्ता दार्शनिकले विस्मार्कले जर्मन एकीकरण गरेकोलाई स्वीकारेका छन्। यहाँ आज पृथ्वीनारायण शाहको सालिक फोर्नेहरू वास्तविक कम्युनिष्ट क्रान्तिकारी होइनन्। त्यो त खोल मात्र हो। ती अन्ततः विदेशीकै गोटी हुन्। कम्युनिष्ट जति क्रान्तिकारी भए पनि देशभक्त हुनैपर्दछ। जो देशभक्त छैन त्यो कम्युनिष्ट आवरणमा विदेशीले प्रयोग गरेको पात्र हो भन्ने नयाँ पुस्ताले पनि बुझ्नु पर्ने हुन्छ।
दोस्रो काल हुन्छ जनताले अधिकार स्थापित गर्ने। एकतर्फ चीनमा माओलाई भेटिसकेपछि राजालाई सल्लाह दिने, सहयोग र प्रजातान्त्रिक संघर्षसँगै लैँजादा २०३६ सालको जनमत संग्रहमा दक्षिणपंथीको घेराबन्दीसँगको संघर्ष हामीले पनि गर्यौँ। यसलाई राजावादी विचार भन्ने तर विषयवस्तुको गहिराइमा नजाने विचारविहीन राजनीतिको परिणाम देशको अहिलेको अवस्था हो भन्दा फरक नपर्ला।
जतिसुकै हतकण्डा प्रयोग गरेपनि यो मुलुक आबद्ध रहन्छ। यसका आधार बलिया छन्। विदेशीका एजेन्ट जहाँ घुसे पनि अन्ततः ती परास्त भएका छन् र हुने पनि छन्। विदेशीद्वारा जस्तोसुकै हत्या सिर्जना गराए पनि त्यो परास्त हुनेछ। वास्तविकताको पर्दा खुलेपछि त्यो धेरैदिन टिक्न सक्दैन। किनभने हाम्रो राष्ट्रिय भावना अत्यन्त बलियो छ। आज जुन अफगानिस्तानीकरणको खतराको कुरा आएको छ यो भन्नेहरूले निम्त्याएको होइन। आज राजतन्त्रकालको गर्व गर्नेहरू यो भन्न किन बाध्य हुनुपर्यो? राजतन्त्रको विषयमा बहनै गर्न नहुने विभिन्न आरोप लगाउनेहरू सिक्किमीकरणको खतरा भन्दैछन्। हिजो गोरखपुर पाठशालाबाट उत्पादित पंक्ति नै आज ठूलो राष्ट्रिय संकटको समस्याका बारेमा बोल्न बाध्य छन्। भित्र आत्मग्लानिका साथ बोलिरहेको सहजै बुझ्न सकिन्छ।
नेपालमा विदेशीको खेलविरुद्ध २०३३ पछि दक्षिणपंथीविरुद्ध हामीले गरेको संघर्ष बुझ्न २०३३ पछिका विश्वेश्वरप्रसाद कोइरालालाई बुभ्नै पर्दछ। ऋषिकेश शाहजीको सन्दर्भमा बीपी भन्छन् ‘शाहजी अहिले के गर्दै हुनुहुन्छ? उहाँले भन्नुभयो, म राजालाई कमजोर पार्ने काम गर्छु र जातीय समूहलाई बढाउँछु, साम्प्रदायिक समूहलाई प्रोत्साहित गर्छु।' (राजा, राष्ट्रियता र राजनीति, पेज ४१, ) यही कार्य आज हाम्रा क्रान्तिकारी मित्रहरूले कुन शक्तिमार्फत् गरिरहेका छन्? आफैमा प्रश्न बनेको छैन र? बीपीकै अर्को भनाइ हेरौँ "मोहनविक्रमको अफिस बनारसमा थियो, हाम्रो पनि बनारसमा र पुष्पलालको पनि। म र गिरिजाबाहेक हाम्रा पार्टीका कुनै मान्छे थिएनन् जसलाई पुलिस र जेलको यातना सहनु नपरेको होस्। बाँकी ग्रुपका मानिसलाई पुलिसले दुःख दिएको थिएन। जबकी उनीहरू भारतलाई विस्तारवादी भन्थे। हामीलाई छुट थिएन। हामी हिन्दुस्तानको विरोधी थिएनौं, राजाका विरोधी थियौँ।" (राजा, राष्ट्रियता, राजनीति पेज ७९)। यो सन्दर्भ राजाको विषयमा बहस नै गर्न नहुने र क्रान्तिकारी बन्ने हामीले आज वैचारिकरूपमा कसको सेवा गरिरहेका छौं भन्ने बुझ्न उपयुक्त छ।
त्यसैले अब कसैले कसैलाई यथार्थ लुकाएर आरोपप्रत्यारोप गर्ने होइन मुलुकको भूधरातलका आधारमा राष्ट्रिय एकताको पक्षमा सबै उभिन आवश्यक छ। छद्म भूमिकामा भ्रम दिन हिजोपनि संभव थिएन र भविष्यमा पनि छैन। निषेधले निकास होइन गृहयुद्ध निम्त्याउँछ। पहिला राष्ट्र त्यसपछि मात्र विचार या वाद लागु हुन्छ। मुलुकनै संकटमा पार्ने वाद र विचारको औचित्य रहँदैन। यति बेलाको आवश्यकता नयाँ आधारमा नयाँ एकताको निर्माण हो। हिजोका कम्जोरीहरूको सुधार हो।