अनुभवी हैन युवाको खोजी
१४ असार २०७२
•
१८ मिनेट पाठ
अनुभवी हैन युवाको खोजी
नेपाल अनुभव र अनुभवीको देश हो। विदेशीको प्रयोगशाला पनि हो भनिन्छ। संविधानको मस्यौदा निर्माण गर्ने कामदेखि दात्री निकायसँग सहयोग माग्ने अनुभवी नेपालमा अनगिन्ती छन्। अनुभवी पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मंत्री, सांसद, सभासद र स्थानीयरूपमा पनि अनेकौं विशेषण भिरेका राजनीतिकर्मी यत्रतत्र भेटिन्छन्।त्यस्तै अनुभवी अवकाशप्राप्त प्रशासकको संख्या पनि नेपालमा कम छैन। यी पनि जीवनको अन्त्यसम्म राजनीतिकर्मीजस्तै सत्ताको आसपास अनुभवको पोको बोकेर कुरी बस्छन्। यस्तै करिब दुई सय अनुभवीले सत्ता, स्रोत र शक्तिको अभ्यास गरिरहेका छन् नेपालमा। तिनको सूची प्रकाशित गर्न खासै गाह्रो छैन तर अहिलेलाई अनुभवीको दाँजामा नयाँ पुस्ताको अवस्था हेराँै।




संविधानको मस्यौदा तयार भयो भनी हल्लाखल्ला चलिरहँदा नयाँ बानेश्वरको कफी सपमा युवायुवती पत्रपत्रिकामा रोजगारीका लागि छापिएको विज्ञापन देखेर आक्रोशित देखिन्थे। कहाँबाट ल्याउने अनुभव? स्नातक उत्तीर्ण एकजना विद्यार्थी टेबुल ठोक्दै नेता र सरकारलाई गाली बर्साउन थाले। युवालाई स्नातकपछि कामको अनुभव लिनुपर्छ अनिमात्र पढाइ अगाडि बढाउनु राम्रो हो भन्ने गरिन्छ। यसो भन्नुको अर्थ जीवनमा व्यावहारिक ज्ञान पनि जरुरी हुन्छ भन्नु हो भनेर सबै पाका र अनुभवीले उपदेश दिने गर्छन्। तर देशभित्र काम पाउने कहाँ र दिने कसले? नेपाली युवाको गम्भीर प्रश्नसहितको आक्रोश हो यो अहिले।

देशभित्र रोजगारीको अवसर न्यून छ। सीमित रोजगारीको अवसरमा पनि 'सेटिङ' चलेको छ। केही सरकारी र गैरसरकारी संस्थाको स्वार्थको अन्तर्सम्बन्धले रोजगारी पाउने विषय पूर्वनिर्धारित हुनेगरेको छ। सर्वसाधारण र जेहनदार युवालाई रोजगारीको अवसरबाट 'क्राइटेरिया'ले नै पन्छाउने गरेको पत्रपत्रिकामा हेर्न सकिन्छ। काठमाडांै कलेज अफ म्यानेजमेन्टकी एक छात्रा भन्छिन् 'सोर्स' भएकाले जागिर पाउँछन्। सोर्स नभएकाहरू जागिर नपाएर दुई वर्ष हल्लिन्छन् अनि अनुभवको 'नक्कली प्रमाणपत्र' बनाएर विदेशको राम्रो कलेजमा निवेदन हाल्छन्। यसरी अनुभवी बन्न 'क्यारियर'को प्रारम्भिक दिनमै युवाले अनैतिक बाटो अपनाउनुपर्ने हुन्छ।

अनुभवीहरू 'सेटिङ' मिलाउन जान्दछन्। यसैलाई हिजोआज चलनचल्तीको भाषामा 'भागबन्डा' भन्ने गरिन्छ। भागबन्डा अब राजनीतिमा मात्र सीमित रहेन। सबै क्षेत्रमा छ। यातायात, स्कुल कलेजको शुल्क निर्धारण, ठेक्कापट्टा, अस्पताल, उद्योगधन्दा र व्यापार, बालुवा र बैकिङ क्षेत्रलगायत सबै क्षेत्रमा अर्थात् सर्वत्र छ। कतिसम्म भने सचिव पदबाट निवृत्त भएपछि कसरी संवैधानिक पद वा त्यस्तै नियुक्ति पाउने भनी अनुभवीहरू सोच विचारका साथ विभिन्न मापदण्ड बनाउँछन् र आफ्ना लागि पद सुरक्षित गर्छन्। भागबन्डा गरेका छन्।

केही साता अगाडिदेखि मैले नेपाली कांग्रेसका केही प्रभावशाली नेतासँग हाम्रो राज्यका यिनै विशिष्ट चरित्रका सम्बन्धमा कुराकानी गरेँ। युवादेखि वृद्धसम्म सबै अनुभवी बन्नेे दौडमा छन्। मैले 'अनुभवी र अनुयायीबाट देश आजित भयो। यो गलत संस्कारले कुसंस्कारको रूप लियो' भने। अब त ताजा सोच र अनुभवहीन व्यक्तिमाथि विश्वास गरौँ भने। एकथरीले झर्को मान्दै अब तिमी 'क्रान्ति गर' भने। अर्काथरीले अनुभवीलाई नियुक्त गर्दा सरकारको प्रणाली बुझेको हुन्छ, दाता पनि चिनेको हुन्छ। तसर्थ आफूले कम झन्झट बेहोर्नुपर्छ भने।

मापदण्ड निर्माणमा अनुभवीमात्र पनि भनिदैन, व्यक्ति अनुकूल मापदण्ड बनेका कैयौं उदाहरण छन्। अहिले नै पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको 'क्राइटेरिया' निर्माण विवादास्पद रहेको मानिएको छ। अत्यन्त छोटकरीमा भन्दा 'क्राइटेरिया'कै जगमा नेपालको सम्पूर्ण सत्ता निर्माण भएको छ, हुने गर्छ। कहिले जातको क्राइटेरिया, कहिले परिवारको, कहिले मौजा र बिर्ताको, कहिले भाषा र पहिरनको क्राइटेरियामा पर्नुपर्ने अभ्यास नेपालमा भयो। अब यतिखेर 'अनुभव' क्राइटेरियाको बिगबिगी छ। र यी सबै अनुभव क्राइटेरिया व्यक्तिकेन्द्री छन्। कृपा र निगाहाको सोचबाट बनाइएका छन्।

भावी संविधान अनुभवीका लागिमात्र नभएर नेपालको वर्तमान र भावी पुस्तालाई मार्गनिर्देश गर्ने चिन्तनबाट अगाडि बढ्नुपर्ने हो। यहाँ हामीलाई विगतको अस्थिर शासकीय प्रणालीको अनुभव काम लाग्नसक्थो। अनुभवबाट सिकिने कुरा यस्तै हुन्। तर राजनीतिक स्थिरता होइन अस्थिरतामा अनुभवीको महत्व र उपयोगिता हुनेगर्छ, भइरहेकै छ। भावी संविधानको शासकीय प्रणालीमा अहिले त्यस्तै व्यवस्था गरिएको छ। हामीले अनुभवबाट सिकेनौ। विगतमा पंचायती व्यवस्थालाई संकट पर्दा अनुभवी सुर्यबहादुर थापालाई दरवारले खोजी गर्थ्यो। हाम्रो वर्तमान अनुभवी पुस्ताले थापाको नक्कल गरे शासकीय प्रणालीमा आफ्नै महत्व स्थापित गर्न।

मन्त्री नरहरि आचार्य कांग्रेस भएर पनि सार्वजनिक आलोचनाबाट रिसाउँदैनन् तसर्थ मलाई उनको नाम उल्लेख गर्न यहाँ सजिलो छ। आचार्यलाई उनका प्राध्यापक मित्र कृष्ण खनाल भन्ने गर्छन् – 'स्वार्थपरक व्यवस्थालाई परिवर्तन गर्ने जिम्मेवारी लिन अग्रसर व्यक्ति तपाईँ हो' भनेर। चलिरहेको क्राइटेरिया र व्यवस्थामा एउटा बुँदा थप्न पनि सगरमाथा चढेभन्दा कम गाह्रो नभएको अनुभव छ कानुन मन्त्री आचार्यको। यस्तो तीतो अनुभव आचार्यलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तीमा भएको मैले अड्कल काँटे।

मलाई संझना छ अढाइ दशकअगाडि प्रजातन्त्र पुनर्स्थापनापछि निर्वाचित प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुने भए। कोइराला राजकाजमा अनुभवहीन भएको संशयमा थिए। तसर्थ मन्त्रिपरिषद्मा केही अनुभवी मन्त्री खोज्न उनका आफन्तको जोड दिएका थिए। देशभित्र मात्र नपुगेर विदेशवाट अनुभवी विज्ञ झिकाएर पनि मन्त्री बनाउने कुरा कोइराला 'कोटरी'मा चल्यो। त्यही समय उनका विश्वासपात्र मित्रले कोइरालालाई भेटी 'अनुभवीबाट होइन फ्रेसबाट' राजकाज सुरु गर्ने सल्लाह दिए। अनुभवी बिरलै इमानदर हुन्छन् तसर्थ तपाईँ र कांग्रेसका सबै कार्यकर्तासँग लोकतान्त्रिक सिद्धान्त, मूल्य र पद्धतिका लागि राजनीतिमा संघर्ष गरेको र जनताको मनोदसा बुझेको अनुभव छ, अहिले सरकार बन्ने र बनाउने नयाँ आधार त्यही हो।

मित्रका कुरा सुनेपछि कोइरालाको अनुहारमा आत्मविश्वास र आँखामा चमक आयो। कोइरालाले आफ्नो पहिलो सरकारको साढे तीन वर्ष अनुभवहीन युवामा भरोसा गरे। र, आजसम्म त्यहीकालको उपलब्धिको गुनगान गर्दै लोकतन्त्र टिकेको भनिन्छ।

गिरिजाप्रसाद कोइरालाले प्रारम्भिक दिनमा तथाकथित अनुभवीको मापदण्डलाई पन्छाउन सकेका थिए। तर अनुभवीले अनुभवको पोको 'बायो डाटा' लिएर कोइराला धाउन छाडेनन्। कोइरालाको आसपास निर्माण भएको अनेक शक्ति केन्द्रलाई रिझाएर सत्ताको चरित्र उल्टाउन लागि नै रहे। फेरि कोइराला आसपास निर्माण भएको सत्ताको अवैधानिक केन्द्रसँग कांग्रेसको मूल्य र पद्धतिमात्र नभएको होइन जनताको मनोदसाभन्दा पाँचतारेमा लन्च र डिनर गर्नेको मानसिकता बु‰नसक्ने क्षमता थियो। तिनलाई सत्तामा पुर्याँएर कृपा गर्दा ठूलो होइने होडबाजी थियो। गिरिजाप्रसाद बिस्तारै गले।

त्यसपछिका दिनमा नेपालमा जे भइरहेको छ त्यो हामी सबैले भोगिरहेकै कुरा भयो। आज त नेपालमा 'खासखुस अभ्यासबाट' सत्ता निर्माण हुने गर्छ। मविना पूर्वाग्रह र सबैलाई आदर गर्दै गणतन्त्र नेपालमा खासखुस संस्कारको उदाहरण यहाँ राख्न चाहन्छु।

पहिलो
विदेशी सहयोगबाट परिचालित संस्थामा काम गर्ने एक जना मेरा मित्र मलाई बारम्बार अब संवैधानिक पदमा आफ्नो नियुक्ति हुन्छ भनी फुर्ती लगाइरहन्थे। उनको फुर्तीको कारण अमुक राजनीतिक पार्टीका केही प्रभावशाली केन्द्रीय सदस्यलाई उनले महिनावारी पैसा दिनेगरेको बजारमा चलेको चर्चा थियो। कसैले नपत्याएको तर अकस्मात ती फुर्तीवाल मित्र संवैधानिक पदमा नियुक्त भएको समाचार आयो। मेरा मित्रको देशका नेतामाथिको लगानी खेर गएन। यसरी संवैधानिक पदमा केही नेताको जीवन निर्वाहको व्यवस्था गरिदिने मानिस हाम्रा शासक भए, नीति निर्माता भए।

दोस्रो
एक जना सम्भ्रान्त नेपालबाट अमेरिका र क्यानाडा गरिरहन्थे। मलाई विदेशतिरको 'पिआर' वा 'ग्रिनकार्ड' लिएर सुरक्षित भविष्य खोज्न सल्लाह पनि दिन्थे शुभचिन्तकका रूपले। म मन्त्री लालबाबु पण्डितको जोस, जाँगर देखेर उत्साही थिए। मित्रको नेपाल आउने प्रयोजन कतै कुनै नेताको घर दैलो चाहार्दा नियुक्ति पाइहाल्छु कि भन्ने थियो र आफ्नो पैत्रिक सम्पत्तिकोसुरक्षा गर्नु पनि थियो। कांग्रेस, एमालेका नेतालाई व्यक्तिगत गुन पनि लगाएको उनी बारम्बार मलाई सुनाइरहन्थे। मित्रले एक दुईवटा सरकारी संस्था डुबाएको अनुभव काम लाग्यो। आफूले संस्था डुबाउँदा पार्टीका केही अनुयायी निर्माण गरेका रहेछन्। अहिले तिनको दौडधुप पनि काम लाग्यो र नयाँ नियुक्ती पाए। अब सरकारी पैसामै सात समुद्र पार आवतजावत गर्न र पारिवारिक मिलन गर्न उनलाई सजिलो हुनेभयो।

तेस्रो
मेरा यी तेस्रा मित्रको परिवारले राजदरबारदेखि सिंहदरबार हुँदै संयुक्त राष्ट्र्रसंघसम्म ढाकेका थिए जागिरमा। जिल्ला जिल्लासम्म पनि यिनीहरूको चर्चा हुन्थ्यो पञ्चायतकालमा। बहुदल आयो। सबैको रूपान्तरण भयो। सबै खाँटी क्रान्तिकारी भए। उमेर पुग्यो अवकाश पाए। त्यसपछि देश र नेतालार्ई सराप्दै अमेरिका हानिए। परिवारसँग अमेरिकामै थिए केही वर्षदेखि। अहिले आफू अनुकूल मान्छे मन्त्री भएपछि काठमाडांै आए। आशै नगरेको नियुक्ति पाएर दंग छन्।

माथिका प्रतिनिधि पात्र हाम्रा छरछिमेक र आफन्तकाबीच भेटिइरहन्छन् र ती सामान्य घटना हुन्। सामान्य मानिसमा रहने यस्तो प्रवृत्तिलाई अन्यथा भन्न पनि नमिल्ला। तर के नेपालको विकास गति र राज्य संयन्त्र यस्ता प्रवृत्तिका मानिसबाट चल्छ? राष्ट्रलाई माया नगर्ने र नेपाली जनताप्रति जिम्मेवारीबोध नगर्ने व्यक्तिले देश चुस्न सक्छ, बनाउन सक्तैन। जस्को राष्ट्रियता नै खण्डित छ त्यस्ताले राज्यबाट पाएको पदप्रति न्याय गर्न पनि सम्भव छैन।

एकपल्ट सोचाँै त मापदण्ड, अनुभव, अनुयायी, तालिम वा अरू कुनै बिल्ला नभएका युवा वैशाख १२ गतेको भूकम्पमा कसरी स्वःस्फूर्तरूपमा उद्धार र सहायतामा जुटे र देशलाई विपत्तिबाट जोगाए। त्यस्तै एमालेका युवा नेता गोकर्ण विष्ट, कांग्रेसका गगन थापा, प्रदीप पौडेललाई के अनुभव थियो होला र विपद व्यवस्थापनको? तर नेपालको स्थायी सत्ताका अनुभवीले तिनले गरेको कामको मूल्यांकन र सम्मान गरेको नेपाल पुनर्निर्माण समूहको बैठकमा कतै भल्किएन। सम्मेलनको झाँकी हेर्दा स्थायी सत्ताको कब्जामा नेपालको विपद् व्यवस्थापन पनि पर्ने प्रष्टै देखिन्थ्यो।

संविधान बन्दैमा, विदेशीको पैसा आउँदैमा नेपालमा शान्ति र समृद्धि आउने होइन। संविधान र सहायता त ६ दशकदेखि थियो हामीसँग। देशभित्रका विभिन्न जाति, वर्ग, वर्णबीचको आपसी विश्वास, भरोसा र सद्भावबाट देश निर्माण हुने हो। राजनीतिक इच्छाशक्ति र इमान भए नेपाल नेपालीबाटै बन्छ, आफ्नै स्रोत साधनबाट बन्छ। अनुभवीले नेपाल धेरै चलाए। अब समय आएको छ देशको नवनिर्माणमा नेतृत्वदेखि स्थानीय स्तरसम्मको सम्पूर्ण जिम्मेवारी युवालाई दिने। पुनर्निर्माण प्राधिकरणमा बस्ने प्रधानमन्त्री, मन्त्री र सचिवहरूको अनुभवबाट बाधा पुगेन भने युवालाई विश्वास र भरोसा गरे देश नबन्ने प्रश्नै छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस