देशमा महाभूकम्प आएको दुई महिना पुगेको छ। यस दुई महिनामा देशले अकल्पनीय पीडा भोगेको छ। यही पीडाका बीचमा केही सकारात्मक काम पनि भएका छन्। संबिधान निर्माणमा सहमति हुनपुगेको छ भने दलहरुबीचको मात्र हैन समाजमा कोरिएका जाति, भाषा, धर्मका नामका बिभेदका रेखा पनि क्रमशः मधुरा हुँदैगएका छन्। एकलाई पर्दा अर्काले सहयोग गर्ने नेपाली संस्कार फेरि उजागर हुनपुगेको छ।केही वर्ष यता मच्चाइएका जातीय र क्षेत्रीय नाराले नेपालीको मनलाई छेक्न सक्दोरहेनछ भन्ने पीडितको घाउमा मलम लगाउन मेचीकाली जुरुक्क उठ्दा प्रमाणित हुनपुगेको छ। नेपाली अन्तःस्करणमा रहेको राष्ट्रियताको भावनासमेत एकपटक स्वःस्फूर्तरूपमा प्रकट भएको छ। दुई महिनाबीचमा देखिएका यी विशिष्ट चरित्र नेपालको स्थायी प्रवृत्तिका रहने हो भने नेपालको उन्नति र प्रगतिको मार्ग थप स्पष्ट हुनेछ। यो मार्ग तय गर्न सहज र छरितो पनि हुनेछ।
महाभूकम्प पीडितका लागि देशभित्रै थुप्रै सहायता संकलन र वितरण भयो। व्यक्तिव्यक्ति सहयोग गर्न आतुर देखिए। भूकम्प पीडितका लागि सानोठूलो सहयोग नगरेको कुनै व्यक्ति वा संस्था छैन होला। सामुदायिक वन तथा सहकारीमार्फत भएका सहयोगमा मुलुकका सबै नागरिकको थोरै भए पनि हिस्सा समेटिएको छ। देशका प्रत्येक नागरिक र संस्थाले एकै पटक एउटै लक्ष्यका लागि सहयोग जुटाएको संभवतः नेपालको इतिहासमा यो पहिलो पटक होला। नेपालका नागरिकमात्र हैन विश्व नै सहयोगका लागि आतुर देखियो। दातासम्मेलनमा ४ खर्ब डलरको प्रतिबद्धता आउनु चानचुने हैन। बिदेशी राष्ट्रका उच्च प्रतिनिधि आफँै काठमाडौं आएर सहायताको प्रतिबद्धता जनाइरहँदा नेपालको भूकम्पको पीडा र क्षतिले विश्वभर नै मानवताको भावना जगाएको रहेछ भन्ने अनुभूति भएको छ।
अब सबैको चासो पीडितहरूका लागि विश्वभरबाट उठेको सहयोगको अधिकतम सदुपयोग हुनुपर्छ भन्ने नै हो। सरकारले सहयोगको सदुपयोग गर्न सक्यो र भूकम्पपीडित कसैले पनि गुनासो गर्ने ठाउँ नरहने अवस्था निर्माण गर्नसक्यो भनेमात्र सरकारको कौसल सिद्ध हुनेछ। देश पीडाको भुमरीमा डबेका बेला त्यसको सहज उद्धार गर्न सक्ने कुशल माझीका रूपमा इतिहासले यस सरकारको मूल्याङ्कन गर्नेछ। अब सरकार र सरकारको संयोजनमा राज्यका सबै अंगले उपलब्ध सहयोगको सदुपयोग गरेर नेपाली जनतामात्र हैन विश्वभरबाट देखाइएको सहयोगी भावनाको सम्मान गर्ने गरी आआफ्नो भूमिका पूरा गर्नुपर्छ। सबै निर्णय, प्रक्रिया, प्राथमिकता पारदर्शी बनाएर ती आधारमा काम गर्ने सबै जिम्मेवार निकायलाई कार्यान्वयनमा लगाउँदा सहयोग सदुपयोग हुने आधार तयार हुनेछ। अब सरकारको पहिलो दायित्व पुनर्निर्माण अभियान र तत्कालीन समस्या सम्बोधन गर्न प्रदान गरिने सहयताका सम्बन्धमा भएका नीतिगत निर्णयदेखि काम गर्ने जिम्मेवार निकाय र तिनको दायित्व सार्वजनिक गर्नु हो। समय समयमा तिनको अनुगमन गरेर त्यस क्रममा देखिएका सकारात्मक र नकारात्मक पक्षलाई सार्वजनिक गर्दै सुधारतर्फ उत्प्रेरित गर्नुपर्छ। यसका लागि सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ र त्यससम्बन्धी नियमावली २०६५ का आधारमा सबै विषयलाई पारदर्शी बनाउन सक्नुपर्छ।
सूचनाको हकसम्बन्धी कानुनले केही महत्वपूर्ण उद्देश्य राखेको छ। ती लक्ष्य प्राप्त गर्ने मार्गमा हिँड्ने हो भने महाभूकम्प पीडितका लागि जुटेको सहयोगको सदुपयोग हुने र सहयोगी भावनाको सम्मान हुने अवस्थाको निर्माण हुनेछ। सूचनाको हकसम्बन्धी कानुनले असल शासन स्थापना गर्न, पारदर्शिता बढाउन, दिगो विकासलाई प्रवर्द्धन गर्न, आर्थिक अनियमता तथा भ्रष्टाचारको पोल खोल्न, खुला समाजको प्रर्वधन गर्न, राज्य र नागरिकबीचको असमझदारी घटाउन योगदान दिने अपेक्षा गरिएको पाइन्छ। त्यो कानुनअनुसार सबै सार्वजनिक निकायले प्रत्यक तीनतीन महिनामा आफूले गरेका विभिन्न प्रकारका सूचना स्वतः सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। ती सूचनामा आम्दानी, खर्च तथा आर्थिक कारोबारसम्बन्धी अद्यावधिक विवरणसमेत सार्वजनिक गर्नुपर्ने हुन्छ। अब महाभूकम्पको यो भवितव्यपछि देखिएका सकारात्मक विषयको सूचीमा थप हुने गरी सूचनाको हकसम्बन्धी कानुनले गरेको बाध्यकारी व्यवस्था पालन गरी पारदर्शिताका आधारमा राज्य र जनताबीचको दूरी घटाउन सरकार अग्रसर हुनुपर्छ। नागरिकबाट उठेको सबै रकमको हिसाबकिताब सार्वजनिक गर्ने संस्कार यही बेला बसाल्न सक्ने हो भने अर्को उपलब्धि हुनेछ।
महाभूकम्पपछि विभिन्न व्यक्ति, संघसंस्था, सरकारी निकाय, तथा विदेशीबाट प्राप्त रकमको पूर्ण आयव्यय विवरण सरकारले तयार गर्नुपर्छ। तीन महिना पुग्नासाथ सबै विवरण सार्वजनिक गर्नुपर्छ। सूचनाको हकले गरेको व्यवस्थाजस्तै रकमको खर्च विवरणमात्र हैन, त्यसको परिणाम वा उपलब्धि पनि जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्छ। स्थानीय तहबाट संकलित रकमको विवरण जिल्ला स्थित दैवी प्रकोप उद्धार समितिमा छ भने राष्ट्रिय स्तरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिमा छ। राज्यका यी संरचनामा संकलित रकम र त्यसको खर्चको विवरण, त्यसबाट कतिजना पीडित लाभान्वित भए, कतिवटा घर वा टहरा बने, कतिले खाना पाए, कति विद्यालय तथा स्वास्थ्य चौकीका साथै सेवाप्रदायक केन्द्र सञ्चालन हुनसके भन्नेजस्ता कुराको विवरण सार्वजनिक निकायले स्वतः जानकारी गराउनुपर्ने बाध्यकारी व्यवस्था छ। यसले दाताको सहयोगको सदुपयोग भए नभएको जानकारी पाउनुका साथै पीडितको पछिल्लो अवस्थाको जानकारी पनि हुनेछ। यस जानकारीका आधारमा पुनर्निर्माणको महत्वाकांक्षी अभियानलाई कसरी अगाडि बढाउने र प्रारम्भ कुन विन्दुबाट गर्ने भन्ने निर्णय गर्न मद्दत पुग्नेछ।
नेपाली मनका गरिब छैनन्। छाक काटेर, खाजा खर्च जोगाएरसमेत सहयोग प्रदान गरेका छन्। मनका धनी यी नागरिकलाई तिनको उदारताबाट कसैले पनि अनुचित लाभ लिएको छैन र सम्पूर्णरूपमा सदुपयोग भएको छ भन्ने थाहा भयो भने उनीहरू सन्तुष्ट हुनेछन्। त्यो अतिरिक्त धन राष्ट्रको पुनर्निर्माण अभियानका बेलामा झनै ठूलो सहयोगी भएर उपस्थित हुनेछ। त्यसकारण राज्य जिम्मेवार एवं व्यवस्थित बनेर सबै कुरा सार्वजनिक गर्न तयार हुनुपर्छ। प्रधानमन्त्री सुशील कोइरालाको सरकारले यस्तो संस्कार बसाल्न सक्यो भने यो अर्को विशेषताका रूपमा गणना हुनेछ। पुनर्निर्माणको नेतृत्व गर्न आकांक्षा राख्नेहरूलाई सहयोग गर्न र पुनर्निर्माण अभियानको कुरा सुन्नेबित्तिकै र्यासल काढ्नेलाई लोप्पा खुवाउन पनि सूचना स्वतः सार्वजनिक गर्ने बाध्यकारी ब्यवस्था पालन गर्ने संस्कार बसाउनु आवश्यक छ। यस सबालमा सरकारले विशेष ध्यान पुर्यानओस्।
सूचनाको हकले गरेको व्यवस्थाअनुसार सरकारले स्वतः विवरण सार्वजनिक गरोस् भन्ने आवाज नागरिकतहबाट पनि उठ्नुपर्छ। सरकारले तीन महिनाको सबै सूचना सहीरूपमा सार्वजनिक गर्योि भने यही सूचना पुनर्निर्माण अभियान सफल कार्यान्वयनको एउटा आधार हुनेछ। सरकारले सूचना दिएन भने सूचनाको हकसम्बन्धी कानुनको दफा ३ अनुसार सूचना माग्ने अधिकार नागरिकलेे पाएका छन्। राज्य आफैँले सूचना दिने संस्कार विकास नगरे नागरिकहरूले नै सूचना माग्नेछन्। लोकतान्त्रिक पद्धतिमा सरकार आफैँले स्वःस्फूर्तरूपमा सूचना सार्वजनिक गर्नु उचित हुन्छ। राज्य अनुदार हुन खोज्यो भने पनि नागरिकले सूचना खोजेर सरकारलाई पारदर्शी हुन त बाध्यपार्ने नै छन्।