कुनै घटनाका कारण वा त्यस घटनासँग जोडिएर जीवनको लय टुट्यो, मानिसको मृत्यु भयो, अंगभंग भयो, भौतिक संरचनात्मक आर्थिक नोक्सानी भयो, थरीथरीका दुःख र पीडाका सिलसिला सुरु भयो भने त्यसलाई हामी विपत्ति भन्छौं । 'घटना'लाई 'विपत्ति' बन्न नदिन, विपत्तिको असरलाई न्यून गर्न, त्यसको प्रभावबाट मुक्त भएर जीवनको लयलाई फेरि समात्न र जीवनलाई पहिले भन्दा नयाँ उचाइमा पुर्या्उन, अझ सुन्दर बनाउन सचेत, सक्रिय र सम्भव भएसम्म संगठित मानवीय यत्न आवश्यक हुन्छ।अझै पनि अनुकम्पनहरूले हल्लाउन नछोडेको यसपालाको ठूलो भुइँचालो पनि आफैँमा त एउटा घटनामात्रै हो – हाम्रो आत्मगत, सचेत चाहना वा यत्नसँग कुनै सरोकार नभएको। तर त्यसलाई विपत्तिमा परिणत हुन दिने नदिने भने हाम्रै हातको कुरा थियो। दशकौंदेखि यसका बारेमा सचेतना फैलाउने प्रयत्न पनि भइरहेका थिए। त्यो यत्नका कारण सम्भवतः नोक्सानी कम पनि भयो। तैपनि जे जति हानि नोक्सानी भयो, त्यो पनि यथार्थमा तिनै सचेतनाको अवज्ञा गर्दा वा पुग्नुपर्ने ठाउँसम्म सन्देश नपुग्दा भएको हो भन्न मिल्छ। चेतनाका ती वाहकहरूको यति प्रयत्न पनि नहुँदो हो त नोक्सानी अझै ठूलो हुने थियो, विपत्ति अझै भयावह हुनेथियो। त्यसैले भूकम्पका बारेमा चेतना फैलाउन र त्यसलाई सकेसम्म विपत्ति बन्न नदिन जजसले यत्न गरे तीप्रति हामी सबै कृतज्ञ हुनै पर्छ।
विपत्तिको असरलाई न्यून गर्न प्रयत्न गर्ने पनि हाम्रै हातको काम हो। भुइँचालो आई नै सकेपछि मानिसको ज्यान जोगाउन, थप अंगभङ्ग हुन नदिन, नोक्सान कम गर्न हरेक क्षेत्र, पेसा, उमेरका मानिस स्वःस्फूर्तरूपमा जसरी लागे, त्यसले यस देशका जनतामा लुकेर बसेको करुणा प्रकट भएको छ। धेरै अस्पतालमा देखिएको कर्तव्यपरायणता, ज्ञान र सीपको प्रयोग उदाहरणीय थियो। धर्ती काम्न थालेको केही बेरमै खटिन थालेका सुरक्षाकर्मी, आधा घन्टा पनि नपुग्दै अस्पतालमा खटिन थालेका स्वयंसेवक, दोस्रो दिन नै व्यक्तिगत तहमै दूरदराज गाउँमा पुगेर जो सक्दो सहायता गर्ने असल मानिस असंख्य छन् र तिनका नाम कतै सञ्चार माध्यममा देखिएका छैनन्। नयाँ पुस्ताका धेरै युवा व्यापारी, उद्यमी पनि अघिल्लो पुस्ताका भन्दा नितान्त फरक ढंगले देशप्रेम र सामाजिक दायित्वको भावनाले हाँकिएर चुपचाप चुपचाप सञ्चार माध्यममा कुनै हल्ला नगरी सहायतासँगै नवनिर्माणको जग बसाल्ने तयारीमा लागे। केही समयपछि कलाकारदेखि लिएर र स्थापित पार्टीका नेता कार्यकर्तासमेत आआफ्नो किसिमले सार्थक काम गर्न लागे। असल मानिसका राम्रा कर्मका असंख्य उदाहरण छन् जो प्रचारमा आएका छैनन्।
करुणा भनेको अरूको दुःखलाई आत्मसात् गर्दै त्यसबाट मुक्ति दिलाउन स्वःस्फूर्तरूपमा मद्दत गर्ने त्यस्तो सद्गुण हो जो कसैको स्वत्वकै, अस्तित्वकै अंश बनिसकेको हुन्छ। जो बाहिरबाट कसैले थोपरेर हुँदैन, जो कुनै पुरस्कारको आकांक्षाबाट बाँधिइएको हुँदैन। त्यो स्वान्तः सुखाय तत्परता, बोधिसत्वमा हुने त्यो गुण हो – करुणा। जुनसुकै पेसामा लागेका, जुनसुकै उमेरका नरनारीमा करुणा हुनसक्छ। तर आफूलाई सुरक्षित स्थानमा राखेर भोलिपर्सीको फाइदाका निम्ति केही गर्नु, प्रचारमुखी हुनु, करुणा हैन। त्यो त लगानी हो, व्यापार हो। व्यापार आफँैमा नराम्रो कुरा हुँदैन तर व्यापार र करुणा एउटै भने पक्कै हैनन्। करुणा उच्चतम मानवीय सद्गुण हो। यसपल्टको भूकम्पपछिका मानवीय गतिविधिले देखाइदिएको छ – नेपालीमा करुणा नामको सद्गुण पनि प्रशस्त रहेछ।
भुईंचालोको झ्यालबाट दृष्टिगोचर भएका नेपालीका केही सद्गुणसँगै केही कमजोरी पनि त्यत्तिकै स्पष्ट देखापरेकाछन्। भूकम्प त एउटा घटना थियो। कुनै घटनाले नै मानिसलाई पहिलेभन्दा असल वा खराब बनाउँदैन। अब के गर्ने र कस्तो बन्ने भनेर छनोट गर्ने अवसर भने प्रदान गर्छ। तर यो अवसरको उपयोग गर्नुभन्दा बरु अत्यन्त गहिरो जरा गाडेको र बेस्सरी झ्यांगिएको अवसरवादको दास बन्ने छनोट कतिले गरेको देखिन्छ। लाजै लाग्ने कतिपय खबर पढ्नुपर्दा, सुन्नुपर्दा, हेर्नुपर्दा हाम्रा चुनौती अझै कति धेरै रहेछन् भन्ने बोध हुन्छ।
विपद्का बेलामा मानिसका भित्री मनसाय र बाहिर देखिने गतिविधिका बीचमा सधैँ तादात्म्य नहुनसक्छ। यो स्वाभाविक हो। कुन गतिविधि करुणाको प्रकाशले गराएको छ, कुन स्वार्थ र अवसरवादको डोरीले बाँधिएको छ छुट्टयाउन पनि गाह्रो हुन्छ। फरक मनसायबीचका अदृश्य मसिना सीमा रेखालाई कोट्याएर बसिरहनुको कुनै अर्थ पनि छैन। तर असल मन भएका मानिसलाई कसैको प्रचारवादिताले नै पोलिरहेको छ भने त्यसले थाहै नहुने गरी हानि गरिरहेको हुन्छ। भूकम्पपछि मानिसहरूमा विभिन्न किसिमले परेको हानिकारक मनोवैज्ञानिक असरलाई सम्बोधन गर्न थाल्नु नेपाली समाजमा हुर्कंदै गएको चेतना र संवेदनशीलताकै प्रमाण पनि हो। कसैकसैले यसैलाई व्यापारको मौका बनाउन खोजेको दुःखद पक्षलाई बेवास्ता गर्ने हो भने अनुकम्पनको सिलसिलासँगै मानिसको मनोविज्ञानले जुन महत्व पाएको छ हाम्रो समाजमा, त्यसलाई जनचेतनाको महत्वपूर्ण मापक मान्नुपर्छ। तर प्रचारमा नआएका, अत्यन्त असल मनसाय भएका, आफूले जोसक्दो चुपचाप गरिरहेका ती असल मानिसको मनोविज्ञानको भने सम्बोधन हुन नसकेजस्तो लाग्छ।
भूकम्पको डरका कारण देखापरेको मनोवैज्ञानिक असरभन्दा बिल्कुल फरक अर्को प्रकारको तनाव पनि विभिन्न मात्रामा केही मध्यमवर्गीय सहरिया बुद्धिजीवीमा देखापर्न थालेकोछ अचेल। भावुकताले, संवेदनशीलताले, आफ्नै हृदयको आवाजले तानिएर यस वर्गका धेरै व्यक्ति आफूले सकेको सहयोग गर्न तम्सिए, दुःख गरे, अप्ठेरो ठाउँमा गए र कतिले प्राण नै गुमाए। (कसैसँगको झगडामा मृत्यु भएको भए र कुनै राजनीतिक पार्टीको सदस्य भएको भए गुन्डै भए पनि सहिदको सम्मान पाउन आन्दोलन हुने थियो होलान्। तर यी साँच्चैका सहिदको भने हुनुपर्ने जति चर्चा भएको छैन। यो आफ्नै ठाउँमा छ र कुनै दिन पक्कै यिनको पनि चर्चा होला।) प्राण नै नगुमाए पनि, आफ्नै घर परिवारमा भएको क्षतिको घाउलाई बोकेर पनि यथाशक्य गरिरहेका अर्काथरी असल मानिस छन्, जसको जति तारिफ गरे पनि पुग्दैन। विभिन्न व्यावहारिक कारणले बेलामा सामाजिक दायित्व पूरा गर्न नसकेको, क्षतिग्रस्त क्षेत्रमा गएर सेवा पुर्याोउन नसकेकोमा आत्मग्लानिले ग्रस्त अर्काथरी छन्। यस्ताहरूमा कोही साँच्चै नै आफूले केही गर्न नसकेकोमा व्यथित देखिन्छन्। कोही भने आफ्नो ग्लानिलाई ढाकछोप गर्न जसको जे कुरामा पनि खोट देखाउने, नभएको विद्वता देखाउनेजस्ता मूर्खतापूर्ण काम गरेर आफैँलाई नचाहिँदो दुःख दिइरहेकाछन्।
परन्तु, यीभन्दा फरक अर्काथरी पनि छन् जो अरूकै खुबीको बैशाखी टेकेर, अरूकै साधनले सज्जित भएर आफ्नो सामाजिक सम्बन्ध, ओहदा, बठ्याइँका बलमा 'नेतृत्व' लिँदै, 'सेल्फी' खिच्दै र अरूले पाएको प्रचारसँग आफ्नो तुलना गर्दै हिँडिरहेका छन्। अनि आफ्नो त्यो लगानीका बदलामा राज्य र समाजका अन्य अंगबाट प्रत्यक्ष अप्रत्यक्षरूपमा आफ्नो स्वार्थका निम्ति 'लगानी उठाउने' दाउमा छन्।
यी थरीथरीका मानिसमा ती 'लगानीकर्ता'बाहेक सबैमा केही न केही उज्यालोको बीउ छ। करुणाको बीउ छ। आफूमा रहेको त्यस करुणाको बीउलाई देख्न सक्नु, त्यसलाई हुर्काउने चाहना राख्नु, त्यो उज्यालोलाई झ्याङ्गिन दिन्छु भनेर अठोट गर्नु र त्यसअनुरूप सचेत र जाग्रत भएर काम गर्न थाल्नु सही बाटो हो। यही बाटोमा हिँड्दा नै आफूलाई भित्रभित्रैबाट कोपरिरहेको तनाव, लघुताभास, ग्लानि आदिबाट मुक्त हुन सम्भव हुन्छ। आफैँप्रति पनि करुणा भावले हेर्न सक्नुपर्छ। आफैँले गरेका कामको निम्ति आफैँलाई पनि स्याबास भन्न सक्नुपर्छ। यस्ता असल मानिसले बुझ्नु आवश्यक छ- उनीहरूमा भएको करुणाको त्यस बीउकै कारण, उज्यालोको त्यस बीजकै कारण यो समाज, यो देश, र मानवजाति अझै जीवित छन्। देशको एउटा नागरिकका नाताले, मानवजातिको अर्को एउटा सदस्यका नाताले म तपाईंहरूलाई नमन गर्छु!