सम्मेलनबाट अपेक्षा
०९ असार २०७२
•
१४ मिनेट पाठ
सम्मेलनबाट अपेक्षा
सरकार चटारोमा छ। वैशाख १२को बारपाक भूकम्प र त्यसपछिका अनुकम्पनका कारण क्षतविक्षत मध्यनेपालको पुनर्निर्माणका लागि सरकारले आयोजना गरेको 'पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन'का सबैजसा औपचारिकता पूरा भएका छन्। सम्मेलनमा नेपाललाई माया गर्ने मुलुक र विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाका अधिकांश प्रतिनिधि आइसकेका छन्। भारतीय विदेशमन्त्री सुषमा स्वराज, चीनका विदेशमन्त्री वाङ यीलगायत विभिन्न मुलुकका ८ जना मन्त्री सम्मेलनमा सहभागी हुँदैछन्।नेपालको आर्थिक, सामाजिक र राजनीतिक मामलामा गहिरो चासो राख्ने भारत र चीनबाट उच्चस्तरको उपस्थितिले सम्मेलनमा महत्वपूर्ण अर्थ राख्छ। नेपाललाई लामो समयदेखि निरन्तर सहयोग सहयोग गर्दे आएको जापान सम्मेलन आयोजना गरिदिन उत्सुक थियो। त्यसका लागि उसले प्रस्ताव पनि गरेको हो। भारत पनि देशमा नेपालको पुनर्निर्माण सम्मेलन आयोजना गर्न तत्पर थियो। स्वाभाविक रूपमा भारतसँगै चीनले पनि इच्छा राखेको हो। भारत र चीनका चाहनालाई ध्यानमा राखेर कतिपयले पेरिसमा सम्मेलन गर्नुपर्ने सुझाएका पनि हुन्। अन्ततः सम्मेलन काठमाडौंमा हुने भयो। जानकारहरूका अनुसार यो सम्मेलनको प्रारम्भ हो। नेपालको पर्ननिर्माणका नाममा एकपछि अर्को सम्मेलन हुँदै जानेछन्। गोरखा भूकम्पपछिका अनुकम्पजस्तै नेपालको पुनर्निर्माणका लागि आयोजना गरिने सम्मेलनहरू काठमाडौं पछि दिल्ली, टोकियो र बेङजिङमा आयोजना हुने संकेत देखिएका छन्।

सम्मेलन कसरी आयोजना हुन्छ? कहाँ आयोजना हुन्छ? यसभन्दा महत्वपूर्ण पक्ष सम्मेलन कति फलदायी हुन्छ भन्ने हो। जनमानसमा 'दाता' सम्मेलनका नामले प्रचारित 'पुनर्निमाणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' आयोजना गरेर नेपालले के के पाउने? कुन कुन मुलुकले कस्ता खाले सहयोगको घोषणा गर्ने? अन्तर्राष्ट्रिय नियोग र विकास सहयोगी संस्थाले के कस्ता प्रतिबद्धता जाहेर गर्ने हुन्?काठमाडौंमा आयोजना हुन लागेको यो 'जम्बो भेला'बाटै सबै टुंगो लाग्छ त? काठमाडौं सम्मेलनबाट सबै छिनोफानो हुने देखिँदैन। तीन सयभन्दा बढी सहभागीको भेलामा नेपाल जसरी प्रस्तुत हुन्छ धेरै त्यसैमा निर्भर रहन्छ। नेपालले आफ्नो आवश्यकतालाई कसरी, कति पेस गर्छ र त्यसमा सहयोगी हातहरू कसरी अगाडि बढ्छन् भन्ने नै सम्मेलनको मुख्य आकर्षण हो। सरकारी आँकडाअनुसार भूकम्पबाट ६ खर्ब ६६ अर्बको क्षति भएको छ र त्यसैका लागि रकम जो हो गर्न सम्मेलन आयोजना गरिएको हो।

वार्षिक बजेट बनाउन विदेशी सहयोग माग्नुपर्ने र शिक्षा, स्वास्थजस्ता सेवासमेत विदेशी सहयोगमै चलेको, चलाइएको पृष्ठभूमिमा हामीलाई सहयोग चाहिएको छ। तर, भूकम्पले क्षतिग्रस्त मुलुकले पुनर्निर्माणका लागि सरकार लम्पसार भएर माग्नेजस्तै हुने र सहयोगीहरू दाता बनेर दान दिने भन्ने होइन। दुवै पक्ष यस्तो मनोविज्ञानबाट मुक्त हुनु आवश्यक छ। नेपाली जनताको स्वभाव आफ्नै खुट्टामा उभिने प्रकृतिको छ। जनताको स्वाभिमानी चरित्रमाथि प्रश्न लाग्ने गरी सरकार प्रस्तुत हुनु आवश्यक छैन। भूकम्पबाट लडेका घर आफैं उठाउँदैछन् पीडितहरू। पुरानै घरमा जस्ता, डाँडाभाटाको प्रयोग गरेर अस्थायी नै भए पनि आश्रय बनाएका छन् जनताले आफ्नै पाखुरी र पौरखबाट। मनसुनी वर्षाबाट जोगिने उपाय आफँैले खोजिरहेका छन् पीडितहरू। उनीहरूलाई सहयोग चाहिएको छ। मगन्तेको परिचय भिर्न चाहँदैनन् नेपाली जनता। सरकारमा बस्नेहरूले जनताको यो स्वाभिमानी मनोविज्ञान पढ्न सक्नुपर्छ र त्यसैलाई मनन गरेर सम्मेलनमा कार्यक्रम पेस गर्नसक्नुपर्छ।

अर्थमन्त्री डा. रामशरण महतको कार्यक्षमताको परख पनि यही सम्मेलनले गर्नेछ। कारण अहिलेसम्म अन्तर्राष्ट्रिय वित्तीय संस्था र दाताले पत्याएका अर्थमन्त्रीको नाम लिँदा महत अग्रपंक्ति आउँछन्। राजनीतिक विवादबीच अध्यादेशबाट 'राष्ट्रिय पुनर्निमाण प्राधिकरण' अस्तित्वमा आएको छ। त्यसको आलोचना भइरहेको छ र अध्यादेश संशोधन गर्नुपर्ने माग उठिरहेका छन्। सम्मेलनको पूर्वसन्ध्यामा जारी अध्यादेशले आकार लिएर पुनर्निर्माण आयोग सहज किसिमले गठन हुनसक्ला? प्रश्न अनुत्तरित छ। प्रधानमन्त्री नेतृत्वको आयोगले काम नगर्ने आंकलन गर्नेहरूसँगै आयोग स्वतन्त्र हुनुपर्ने 'प्रेस्किप्सन' पनि जारी गर्दैछन्। एमाओवादी नेता डा. बाबुराम भट्टराईले पुनर्निर्माण प्राधिकरणको खाका आफूलाई केन्द्रमा राखेर अघि सारेका छन्। राजनीतिक परिदृश्यमा अहिले बाबुराम मोडेल कमजोर देखिएको छ। सत्ता साझेदार कांग्रेस र एमालेले जसोतसो स्वीकार गरेको प्राधिकरणको मोडल सम्मेलन पछि पनि कायम रहनसक्छ? प्रश्नहरू अनुत्तरितै छ। नेपाललाई सहयोग गर्न तयार भएकाहरूले प्राधिकरण गठन, सरकारको कार्यशैली र सरकारको नेतृत्व तथा कार्यक्षमता पनि आकलन गरेर सहयोगी हात बढाउने निश्चितै छ। कस्तो अवस्था कसरी हामीले प्राधिकरण गठनको ऐन ल्यायौँ? संविधान निर्माणको प्रचार गरेर सत्ता साझेदारीका १६ बुँदे सहमति भएको राजनीतिक घटनाक्रम सबै नियालेर बसेका छन् सहयोग गर्न चाहनेहरू। राजनीतिक सहमति र घटनाक्रमले संकेत गरेको छ – अब चाडै संविधान जारी हुन्छ र सँगसँगै सुशील कोइराला नेतृत्वको सरकार पनि रहँदैन। यसका दुईटा पाटा छन् – एउटा संविधान आउने, अर्को यो सरकार लामो समयका लागि होइन भन्ने । सहयोगी मनहरूले राजनीतिक स्थिरता चाहेको हुन्छ। पुनर्निर्माणका नाममा विवाद नहोस् भन्ने उनीहरूको चाहना हुन्छ। अहिले भएजस्तो सम्मेलनको संघारमा विवाद थामथुम पारेरमात्र हुँदैन। भूकम्पपछिको सहायता वितरणमा सकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिकाको कस्तो हुने भन्ने स्पष्ट हुन सकेन। कतिपय सहयोगी हातहरू सरकारको एकद्वार नीतिको अंकुशमा परे। कतिपय दाताले मानवीय सहयोगका नाममा आफूलाई चाहिने तथ्याङ्क र विवरण संकलन गरेको पाइयो। प्राकृतिक विपत्तिमा काम गर्ने कानुन र त्यही आपत्कालमा काम गर्ने कार्यपद्धति हामीलाई चाहिएको रहेछ। विपत्का बेला नीति निर्देशनको आडमा नियन्त्रणमुखी सरकारी रवैयालाई सहयोगी संस्थाले रुचाएका थिएनन्।

भूकम्प एउटा शिक्षा हो। यसबाट हामीले के सिक्यौँ? हामी कहाँ नीतिगत सम्स्या रहेछन्। जस्तो आवासीय घर बनाउन अहिले भइरहेका नीतिले नपुग्ने रहेछ। भूकम्पपछि हामी आवास नीतिका खाका कोर्दैछौं। कहिले सफल हुन्छ नयाँ नीतिगत व्यवस्था? भूकम्पले क्षतिग्रस्त भग्नावशेष भत्काउन पनि नसक्ने अवस्थामा हामी रहेछौँ। हामीसँग भूकम्पका बेला काम गर्ने सीप र प्रविधि दुवैको चरम अभाव रहेछ। प्रकोपका बेला काम गर्ने तालिम प्राप्त जनशक्तिको कमी हाम्रो अर्को कमजोरी हो।

एक दशकदेखि काठमाडौं उपत्यका भूकम्पीय जोखिममा छ भनेर विज्ञहरूले सावधान गराएका हुन्। हामीले चेतेनौ। अनुभवले देखायो हामी भोगेरमात्र चेत्ने प्राणी हौँ। सरकारी निकायलाई नेपाल भूकम्पको उच्च जोखिमा थियो भनेर थाहा थियो। विसं २०४५ सालको उदयपुर भूकम्पपछि भूकम्पबारे यहाँ कुरा धेरै भए तर काम भएनन्। वर्षैपिच्छे भूकम्पीय जोखिममा कुरा गर्ने, गोष्ठी, सेमिनार गर्ने र कार्यपत्र पेस हुने परम्पराबाट हामी माथि उठ्न सकेनौ।

नेपालको भूबनोट, भूसतहमुनि भइरहेका भौगर्भिक हलचल, जमिनको ठाडो भिरालोपन र मनसुनका ४ महिनामा वर्षने अत्यधिक वर्षाका कारण हामी बाढी पहिरोको उच्च जोखिममा छौँ। बारपाक भूकम्पपछि जथाभावी बस्ती बसाउन मिल्दैन भन्न थालेका छौँ। सबैतिर लागु हुने आवास निर्माण संहिता कहिले जारी हुने र त्यसको कार्यान्वयन कसले गर्ने?अन्योलहरू छन्। प्रस्त्ाावित प्राधिकरणले पुनर्निर्माणका कामबाहेक प्रकोप न्यूनीकरणका पाटामा सायद काम गर्दैन। हामीकहाँ प्रकोपमा काम गर्ने संस्थाको कमी छैन। खानी विभागले मुलुकको भूअवस्थितिबारे जानकारी दिनसक्छ। बाढी पहिरो नियन्त्रणको काम गर्ने अर्को सरकारी निकाय छ – जलउत्पन्न प्रकोप नियन्त्रण विभाग। यी दुई निकायबीच समन्वयको अभाव छ। प्रत्येक प्रकोपपछि प्रहरी लगाएर उद्धारको काम गर्ने र त्यसपछि मौन भएर बस्ने गृह मन्त्रालयको भूमिका के हुन्छ आउँदा दिनहरूमा? प्रकोप व्यवस्थापनका सन्दर्भमा विद्यमान संस्थाहरूबीचको समन्वयबाट पनि सकारात्मक परिणाम निस्कन्छ।

प्रकोप न्यूनीकरणका तीनवटा पक्ष छन्। प्रकोप पूर्वको तयारी, उद्धार तथा पुनःस्थापना। दाता सम्मेलन पैसा संकलन गर्नमात्र केन्द्रित हुनुहुँदैन। पुनर्निर्माणको अर्थ क्षतिग्रस्त सरकारी पूर्वाधार र संरचनाको निर्माणमात्र केन्द्रित हुनु पनि होइन। जनसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने विषयसँग जोडिनुपर्दछ यो सम्मेलन। प्रकोप पूर्वको अध्ययन गर्ने र नागरिकलाई सुरक्षित स्थान देखाउने काम सरकारको हो। अहिले पनि सयौँ गाउँ पहिरो र बाढीको जोखिममा छन्। कस्ता स्थानमा मात्र बसोबास गराउने, प्रकोपमा को कसरी परिचालिन हुने? भूकम्पले यिनै प्रश्न अघिसारेको छ। दाता सम्मेलनमा जनताका तत्कालका आवश्यकता र उनलाई सहायता पुग्ने कामका लागि उपयोगी हुनसक्यो भने त्यो सफल भएको मानिनेछ। पुनर्निर्माणको अर्थ पीडितहरूको अनुहारमा खुसी ल्याउनु हो। सम्मेलन त्यसमा पनि सफल होस्।
अर्को समाचार
लगानी सम्मेलनबाट अपेक्षा अनुसारको लगानी आउँदैन: नेता कोइराला
१७ वैशाख २०८१
•
१ मिनेट पाठ
लगानी सम्मेलनबाट अपेक्षा अनुसारको लगानी आउँदैन: नेता कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन्।

राजनीतिक स्थायित्वबिना नेपालमा कुनैपनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने बताएका हुन्।

'कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छु' कोइरालाले भने, 'ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ।'

झापाको गौरादहमा नेपाली काँग्रेस गौरादह नगर कार्यसमितिको  नवनिर्मित 'वीपी स्मृति भवन' उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताए।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए। राजनीतिक स्थायित्वबिना आर्थिक बिकास नहुने पनि उनले बताए।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए। उनले सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस