प्रधान सेनापति प्रकरणबाट सत्ता छाडेर भौंतारिएको माओवादी अहिले सडकबाट सत्ता कब्जा गर्ने अभियानमा लागेको छ। 'नागरिक सर्वोच्चता' को नाममा ९ महिनाअघि सुरू भएको आन्दोलन टुगिने संकेत देखिदैन। सामान्यतया नेपालमा मंसिरदेखि जेठसम्मलाई आन्दोलनको मौसम मानिन्छ। बालीनाली थन्क्याएर पारिलो हिउँदमा आन्दोलनमा उत्रने नेपाली परम्पराबीच माओवादी तीन दिने हडतालपछि चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। आन्दोलन झन् झन् हिंत्सात्मक बन्दै गएको छ। यस पृष्ठभूमिमा माओवादीको सडक अराजकता अझ बढ्ने संकेत देखिइसकेको छ।
दास्रो चरणको आन्दोलनको सिंह दरबार घेराउ गरेर समापन गरिएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)समेतले सडकमा नाचगान गरेको सिंहदरबार घेराउ कार्यक्रम अपेक्षाकृत शान्तिपूर्ण थियो। माओवादीले त्यतिबेला शान्तिपूर्ण आन्दोलन गरेकोमा स्यावासी पनि पायो। तर, त्यो स्यावासी धेरै दिन टिकेन। अहिले तीन दिने आम हडतालमा माओवादी हिंस्रकरूपमा प्रस्तुत भएको छ। चिकित्सकमाथि आक्रमण भएको छ, दुर्व्यवहार गरिएको छ, समाचारकर्मीलाई तसौउन खोजिएको छ।
माओवादीका अनुसार उसका पहिलो, दोस्रो चरणका कार्यक्रम प्रचारात्मक थिए। तर तेस्रो चरणको आन्दोलनदेखि ऊ कसैका कुरा नसुन्ने स्थितिमा पुगेको देखिएको छ। किसानका खेतबाट धान लुटिएको छ। सामन्तको बिल्ला भिराउँदै राजनीकि विरोधीका जग्गामा झन्डा गाड्ने काम भएका छन्। राष्ट्रिय जंगलहरूलाई बस्ती बनाउने काम गरिसकेको माओवादीले। राजनीतिक दलहरूको आग्रह, नागरिक समाजका सुझावलाई बेवास्ता गर्दे माओवादी सडकमा हिंसा प्रदर्शन गर्दैछ। संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत भएको माओवादी व्यवस्थापिका संसद् र संविधानसभालाई महत्व दिइरहेको छैन। माओवादी विधिको शासनमा बाँधिन चाहँदैन भन्ने एक पछि अर्को प्रमाण पेस भइरहेको छ। सत्ताबाट बाहिरिन परेदेखिनै संविधानसभालाई बेवास्ता गर्ने माओवादी अहिले उल्टै काग्रेस र एमाले संसद् विघटन गर्ने षड्यन्त्र गर्दैछन् भन्ने प्रचारवाजी गरिरहेको छ।
माओवादी दस वर्षे ' जनयुद्ध' छाडेर शान्ति प्रक्रियामा आएपछि धेरैले मुलुक प्रगतिको बाटामा लाग्ने आशा गरेका थिए। वर्षौँदेखि थिचिएकाको आवाज सुनिने विश्वास गरिएको थियो। माओवादी जनअपेक्षाअनुरूप अघि बढ्न सकेन। नेपालमा २०६२-६३ को जनआन्दोलनपछि लोकतन्त्रको पुनः स्थापना भयो। नेपालमा राजतन्त्र समाप्त भएर लोकतान्त्रिक गणतन्त्र घोषित भयो। तर, व्यवस्था परिवर्तन भएर मात्र पुग्दो रहेनछ भन्ने अहिले माओवादीले चरितार्थ गर्दैछ। गणतान्त्रिक नेपाल माओवादीको बन्दी बनेको छ।
बन्द, अराजकताकाबीच प्रचण्ड नयाँ नेपालको सपना छर्ने काम गर्देछन्। माओवादीका कारण संविधानसभाका बैठकहरू बस्न सकेका छैनन् तर, तर प्रचण्ड भने कहिले शेर्पा, कहिले नेवारी भेषभूषामा स्वायत्त गणराज्यहरू घोषणा गर्दैछन्। भनिन्छ, लाज नमानेपछि मानिसले जे गर्न पनि सक्छ। त्यस्तै अवस्था छ, माओवादीको। विधिको शासन, संवैधानिकता र संविधानसभालाई यसरी लत्याउने अहिलेको माओवादीसँग कस्तो व्यवहार गर्ने? काग्रेस, एमाले, मधेशी जनाअधकार फोरमहरू र तराई मधेस लोकतान्त्रिक पार्टीजस्ता दलहरूले गभीर समिक्षा गर्ने बेला हो यो। माओवादी सडकबाट गणराज्यहरू घोषणा गर्दै जाने र अरू दलहरूले त्यसो नगर्न औपचारिक आग्रहमात्र गरिरहने हो भने मुलुक जातीय द्वन्द्वमा उल्झेर अराजकताको गहिरो भँड्खालामा जाकिनेछ। माओवादीले सहमति, सहकार्यको आग्रह सुनिरहेको छैन। त्यसैले उसलाई कसरी शान्ति प्रक्रियामा बाँध्ने, संवैधानिकताको बाटोमा राख्ने?
आज मंगलबार माओवादीले तेश्रो चरणको आन्दोलनको समापन गरेर चौथो चरणको आन्दोलन पनि घोषणा गर्नेछ। निश्चित छ, चौथो चरणको आन्दोलन सामान्य र शान्तिपूर्ण हुनेछैन। माओवादी नेताहरूले समानान्तर सत्ता घोषणा गर्ने हुँकार गरिसकेका छन्। शिविरहरूमा राखिएका लडाकुलाई सडकमा ओराल्ने धम्की उनीहरूले दिइसकेका छन्। माओवादीद्वारा घोषित स्वायत्त गणराज्यहरूमा समानान्तर सत्ता घोषणा हुनसक्छ।
जिम्मेवार दलहरू सामु माओवादीलाई यसरी नै छाडा छोड्ने कि विधिको शासनमा बाँध्ने भन्ने विकल्पमात्र बाँकी छ। माओवादीका लागि एमाले नेतृत्वको सरकार स्वीकार्य छैन। राजनीतिको यस यथार्थलाई केन्द्रमा राखेर समाधान निकाल्न ढिलो भइसकेको छ। विशेष गरेर नेपाली कांग्रेस र यसका शीर्ष नेता गिरिजाप्रसाद कोइरालाले भूमिका खेल्ने बेला हो यो। माधव नेपालको सरकारलाई पूर्ण समर्थन गरेर माओवादीलाई दबाब दिने कि त्यसको विकल्पमा नयाँ समीकरण निर्माण गर्ने भन्ने सीमित विकल्प देखिन्छ कोइरालासामु।
कोइराला माओवादीको पछिलाग्ने कि माओवादीलाई तह लगाउने रणनीति अख्तियार गर्ने? अन्तरिम कालमा कोइराला नेतृत्वको सरकार त्यागेर सडकमा पुगेको माओवादी गणतन्त्र घोषणाको सर्तमा सत्तामा आयो र संविधानसभा निर्वाचन हुनसक्यो। राजा ज्ञानेन्द्र कमजोर भएको अवस्थामा संविधानसभाको पहिलो बैठकको महत्वपूर्ण एजेण्डा खुम्च्याएर नेपाललाई गणतन्त्र बनाइयो। अहिले जननिर्वाचित संविधानसभालाई पाखा लगाएर गणराज्यहरू घोषणा गरिएको छ। जंगलमा भौँतारिएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम कोइराला र माधव नेपालहरूले ठूलै जोखिम उठाएर गरेका थिए। तर, अहिले माओवादी सडकबाटै जंगली राजको लक्षण देखउँदैछ। शान्ति प्रक्रियाका नाममा कहिलेसम्म माओवादीलाई पुलपुल्याई राख्ने? प्रश्नको छिनोफानो हुन आवश्यक छ। माओवादीले पनि जंगलबाट युद्ध जितेर होइन, संझौता गरेर खुला र प्रतिस्पर्धी राजनीतिमा आएको तथ्य आत्मसात् गर्नु आवश्यक छ।