'पहिचान' अकाट्य रहेन
०७ असार २०७२
•
१६ मिनेट पाठ
'पहिचान' अकाट्य रहेन
१६ बु"दे राजनीतिक सहमतिले जातीय पहिचानसहितको संघीयता थलियो। वस्तुगत भइनसकेको जातीय पहिचानसहितको ५ प्रदेशको संघीयताले राज्य पुनर्संरचनाको धार मोडिएको छ। जातीय पहिचाननिहित समाजमा राष्ट्रिय विखण्डन देख्ने बलियो र पहिचानबिनाको समाज समावेशी हु"दैन भन्ने कमजोर देखिए। सत्ता राजनीतिमा अधिकार ओझेल पर्यो।भूकम्पीय प्रकोपको सामाजिक, आर्थिक, राजनीतिक, जातीय, क्षेत्रीयलगायत विविध प्रभावले सत्ता—अधिकार र स्वार्थ सम्बन्ध टुटेको छ। भूकम्प 'अघि' र 'पछिको' पानीढलोमा कमजोर जातीय पहिचान एकातिर र सत्ता राजनीतिको दलीय सहमति अर्कोतिर परेको छ। जातीय पहिचानप्रतिको राजनीतिक वैधता अघोषितरूपमा फिर्ता भएको छ।

मूलतः पहिचानवादीले ऐतिहासिक नश्लीय सांस्कृतिक जगमा समावेशिताको कुरा उठाए। एमाओवादीसहितको राजनीतिक र नश्लीय वर्णगत धरातलले सत्ता राजनीतिको साथ गुमाएको छ। जातीय चरित्रमा 'टाउका मान्छे'ले बनाएको वर्णगत नश्लीय पहिचान सारमा राजनीतिक आकांक्षा र आर्थिक सुरक्षा स्वार्थका उपज हुन्। बलिया राजनीतिक अभीष्ट र आर्थिक स्वार्थले थिचिएको भुइँमान्छेबाट पहिचानको मुद्दाले सामाजिक वैधता पाउन सकेन। संक्षेपमा भन्नुपर्दा, राजनीतिक पार्टीको भ्रातृ संगठन, विकासवाला संगठनको जागिरे, आफ्नो दृष्टिकोणलाई संस्थागत गर्न लागिपरेका बौद्धिक पेशाकर्मीका बीचमा छरिएर रहेको पहिचानको मुद्दा ऐतिहासिक समाजशास्त्रीय कसीमा जायज देखिएन। पहिचान—राजनीति भुइँमान्छेको भएन। भुइँमान्छेबिनाको पहिचानको मुद्दा खास राजनीतिक दलका लागि सत्ताको सिँढी बन्यो।

नश्लीय जडमा उभिएको पहिचानवादी र सामाजिक असमानताको वर्गीय विश्लेषणमा हुर्किएको एमाओवादी सम्बन्ध ऐतिहासिक भएन भन्नुपर्छ। हाम्रो विशिष्टखालको समाज, अर्थतन्त्र र राजनीतिमा दलीय सत्ता अभीष्ट र जातीय स्वार्थ चरित्र एकापसमा भरपर्दो भएनन्। खासगरी सांस्कृतिक दृष्टिकोणले धानेको पहिचानको मुद्दालाई बजार चरित्रले जित्यो। हामीलाई पढ्दा, राजनीति गर्दा, जातीय अधिकार माग्दा वा अन्य सबैमा निजी आर्थिक स्रोतको स्वार्थले 'बजारिया' बनाइदिएको छ। तथापि, बजारिया बन्दैमा पहिचान कमजोर हुने होइन। बजारिया पहिचानको बहुरूप हुने र यो स्वार्थअनुसार चल्ने, बदलिइरहने भएकाले बजारभित्रको पहिचान कमजोर हुन्छ। मुद्दानिहित कार्यक्रम, आन्दोलनमा भएको दाताको खोजीले मुद्दा स्वयंमा बजारियाजस्तो देखियो। बजारिया बन्नबाट रोकिएन। लाभ—हानीको बजार चरित्र, पहिचानको मुद्दा, खास जातजातिको सामाजिक, राजनीतिक, सांस्कृतिक यथार्थबीचको असामञ्जस्यताले यो फजुलजस्तो देखियो।

हाम्र्रो सामाजिक, अर्थराजनीतिक सत्यअघि पहिचान—राजनीति कमजोर देखियो। यो दल, अभियन्ताका बीचमा जेजसरी स्थापित हुँदै थियो, भुइँमान्छेसम्म संस्थागत नहु"दै १६ बु"देको जगले खल्बलिएर यसको ऐतिहासिकता धुमिल भएको छ। नश्लीय चेतले जातीय पहिचानबिनाको संघीयता हुनैनसक्ने र यथास्थिति व्याख्याले जातीय पहिचानलाई अघोर ठान्ने बुझाइ, बहस र आन्दोलन सबै गैरसमाजशास्त्रीय भएका छन्।

विभिन्न जातजातिको पहिचान बनाएका सामाजिक समूहमा विभेद छैन भन्ने होइन। विभेदको जग अनुहारमा खोज्नु हुन्न भन्ने हो। समाज, अर्थतन्त्र, राजनीतिमा जातजातिभन्दा पनि ज्यादा बलियो अरुभन्दा सम्पन्न बन्ने, अरुमाथि हावी हुने, भविष्यलाई सक्दो सुरक्षित बनाउने आकांक्षाले विभेदको थिति बसाल्छ। हामीकहा" चरित्रले भन्दा पनि अझ सुख पाउने/भोग्ने लालसाजस्ता जीविकोपार्जनका फरक तरिका वा आवश्यकताले बनेका विभेदले बढी थिचेको छ। जीविकाले प्रत्यक्ष/अप्रत्यक्ष अत्याज्य बा"धिएका विभेदलाई जातीय दृष्टिकोणबाट भएका बहसले हल हुन्न भन्ने भएन। २ महिना र ६ महिना खानपुग्ने चेपाङ दुवै गरिब भए पनि दुवैको गरिबी एउटै चरित्रका होइनन्। यो चेपाङभित्रको 'धेरै हुने र थोरै हुने' बीचको विभेद देखिएन। यस्तै फरक सामाजिक, आर्थिक, राजनीतिक हेराइ, बुझाइ र नश्ल, वर्ण, संस्कृतिमा उभिएको पक्ष/विपक्षताले मुद्दा कमजोर बन्यो।

समाजमा भएको विभेदको अकाट्यलाई कसैले नकार्न सक्दैन। तर, त्यसको चरित्रलाई कसरी व्याख्या गर्ने भन्ने कुरामा समाजशास्त्रीय जगमा उभिनै पर्छ। जातीय विभेदको प्रारम्भ ठानिएको नेपाल एकीकरण हु"दाको समाज, जातजाति, अर्थतन्त्र, राजनीतिको ऐतिहासिक शृंखला जो छ, त्यसलाई केलाएर पञ्चायत/प्रजातन्त्र/लोकतन्त्र वा भूकम्पले थिलथिलो भएको अहिलेको समाजको संरचना वा चरित्रसापेक्ष उस्तै छैन, होइन भने सामाजिक, आर्थिक, राजनीपतक वा सांस्कृतिक सापेक्ष विश्लेषणमा विभेदको समाधान खोज्नुपर्छ। केवल जातीय सापेक्षताले खासमा राजनीतिक अभीष्टलाई मात्र फलिफाप भयो।

इतिहासको सा"चो र इमानदार खोजतलासले इतिहास नदोहोरिने तथ्य हात लाग्छ। कसैले पनि हिजोको जस्तै वैभव, दरिद्रता दोहोर्या उन सक्दैन। हिजोको वैभववालाका सन्तान आज दरिद्र भए होलान्। दरिद्रको सन्तान वैभववाला भए होलान् भन्ने कुरा ऐतिहासिकताले पुष्टि हुन्छ।

एउटै समाजनिहित सत्यस"ग धेरै आग्रह, स्वार्थको अपेक्षा हुन्छ। तर, मुख्य कुरा त के हो भने, हामी जोकोहीले आग्रह, स्वार्थ पूरा गर्न खोज्दा हाम्रो समाज, अर्थतन्त्र, राजनीतिले व्यहोरेको ऐतिहासिक प्रक्रियाले त्यसलाई जायज मान्छ कि मान्दैन भन्ने हो। शासकीय मनोवृत्ति घुमिफिरी सजिलो/अप्ठ्यारो, ठूलो/सानो दायरा, लामो/छोटो समय र त्यसकै लागि आवश्यक सम्भव रणनीति, उपाय, मुद्दाको खोजी, निर्माणमा हुन्छ। यसले नै पहिचानको मुद्दा राजनीतिक सहमतिमा चेपिएको हो।

आलोचनात्मक भनाइ/बुझाइजस्तो पहिचानको मुद्दा बेलाबखत देखापर्ने अवसरवादी आन्दोलन पनि होइन। यसका पक्षपातिले भनेजस्तो राज्यले गरेको जातीय विभेदविरुद्धको राज्य पुनर्संरचना पनि होइन। समाज, अर्थतन्त्र, राजनीतिको मूलधारमा छुटेकाहरूले हामीलाई समान अवसर चाहियो भनेका हुन्। समाज, अर्थतन्त्र, राजनीति समावेशी हुनुपर्यो भनेका हुन्। समाज, अर्थतन्त्र र राजनीतिको बनोट, चरित्र, चलाइ/भोगाइ महसुस हुनेगरी, छर्लंग देखिनेगरी पुनर्निर्माण गर्नुपर्यो। भन्नु जायज हो, अवसरवादी होइन। तर विभेद, असमानतामा खर्चिएका जातीय/गैरजातीय दृष्टि वस्तुगत होइनन्। विभेद त जीविकाशैली, आवश्यकता, उपभोगको स्रोत र सामर्थ्यको उपज न हो। यो खास नश्ल, वर्ण भएकैले भएका होइन।

जतिबेला ३० दलीय गठबन्धनमा संघीयता पक्षधरहरूको आन्दोलन चल्दैथियो, त्यतिखेरको सहभागिताको अवस्था, सहभागी दल/समूहको चरित्र, सामाजिक तथा अर्थरानीतिस"गको अन्तरक्रियालाई हेर्दा स्पष्ट थियो। यो आन्दोलन मुद्दामुखरित गर्ने सवालमा चुक्नेछ। विभिन्न राजनीतिक दल, नेता वा व्यक्तित्वको सलंग्नताको पृष्ठभूमि, तत्कालीन आन्दोलन र मुद्दालाई बुझ्न पर्याप्त थियो।

सामूहिक मुद्दामा निजी राजनीतिक भविष्य, राजनीतिक सत्ता, सत्ताले दिलाउने शक्ति नै राजनीतिक पार्टीको खास ध्येय हो। राज्य संस्थापनलाई कमजोर बनाएर दलीय वर्चश्व स्थापित गर्न कस्सिएको एमाओवादी, पहिचान पक्षधर जातीय संघ–संस्था, क्षेत्रीय पार्टी तथा राज्य संस्थापनले सदैव इतिहासदेखि मुख्यतः आर्थिक तथा राजनीतिक अवसरमा विभेद गरेको ठहर्यासउने समूह/व्यक्तिका बीचमा सामाजिक, आर्थिक, राजनीतक चरित्र फरक हु"दाहु"दै पनि उस्तै राजनीतिक स्वार्थले नजिकिएका थिए भन्न अप्ठ्यारो छैन। राजनीतिक स्वार्थको प्रतिकूलताले पहिचानको मुद्दा चेपिएको हो।

हामीमाथि गलत सत्य स्थापित छ– नश्ल/वर्णले समाज, अर्थतन्त्र, राजनीतिको निर्माण गरेको कुरा। नश्ल त आनुवंशिक प्राकृतिक कुरा हो। यसको सृजना वा अन्त्य अत्याज्य नभए पनि कठिन छ। हामीले नश्लीय भिन्नतामा सामाजिक, आर्थिक, राजनीतिक असमानताको समाधान खोज्यौँ। राज्य व्यवस्थाभित्र जातीय व्ययवस्थाको व्याख्या भयो। जो ठीक थिएन। तत्कालीन जातजाति नश्लले नभई पेशाले बा"धिएको समाज, अर्थतन्त्र, राजनीतिको उपज थियो। जो अहिले चिकित्सक, इन्जिनियर, ब्यापारी आदिको पहिचानमा समाज, अर्थतन्त्र, राजनीतिमा देखापरेको छ। यसको ऐतिहासिक पानीढलोको बदलावलाई जातीय चश्माबाट भएको व्याख्याले पहिचानको ऐतिहासिकता मिचियो।

वर्गीय मुद्दाबाट राजनीतिक उद्देश्य हासिल गर्न नसकेको एमाओवादी, जसले उद्योगधन्दा प्रशस्त नफस्टाएको गैरऔद्योगिक समाजमा रहेको अस्थिर वर्गको आडमा राजनीति अगाडि बढाउन सकेन। राजनीतिक, प्रशासनिक संरचनामा भएको खास जातीय जनसंख्यालाई जातीय विभेद भन्यो। दलीय राजनीति संस्थागत भइनसकेको, बिचौलिया अर्थतन्त्र भएको समाजमा जातीय आकर्षणले काम गरेन। यसैले एमाओवादी र जातीय अभियन्ताको रणनीति कमजोर बनाएर एमाओवादीलाई १६ बु"दे राजनीतिक सहमतिको हिस्सेदार बनाइदिएको छ। र, जातीय मुद्दालाई किनारामा धकेलिदिएको छ।

सिद्धान्ततः समाज पूर्ण लोकतान्त्रिक हुनुअघि जातीय सामाजिक संघ–संस्थामा आवद्ध नेता/कार्यकर्तामा हुर्केको राजनीतिक स्वार्थ पहिचानको मुद्दामा देखियो। पहिचानको मुद्दा कति ठीक—बेठीक भन्ने होइन। अभियन्तामा हावी आर्थिक आकांक्षा निम्न पु"जीवादी अवसरवादजस्तो देखियो। किन यसो भनिएको हो भने तथ्यांक नै नभए पनि आन्दोलनमा देखिएका दृश्य, राजनीतिक दलस"गको सम्बन्ध, आवद्धता, अन्तरक्रियाको सूक्ष्म विश्लेषणले यसलाई पुष्टि गर्छ। निम्न पु"जीवादी अवसरवादले आममानिसको कमजोर सामाजिक, आर्थिक, राजनीतिक बुझाइमा आफ्नो निजी स्वार्थको अनुकूलता निर्माण गर्ने हुनाले पहिचानको मुद्दा ससाना झुण्ड र व्यक्तिमा छरियो। केन्द्रिकृत नहु"दै राजनीतिक सहमतिको मारमा यो विशृंखलित भएजस्तो देखिएको छ।

जातीय पहिचान, समानता वा असमानताको कुरा यही समाजका ऐतिहासिक उत्पादन हुन्। खासगरी राजनीति र अर्थतन्त्रको कुरा गर्दा, सामाजिक, आर्थिक, राजनीतिक हिसाबमा खास जातजातिको 'अघि वा पछिपन'ले इतिहासमा अडेस लगाएको छ। इतिहासको आलोचनात्मक खोजीनीति नभएसम्म को कसरी पछि परे भन्न सकिँदैन। राज्यको पुनर्निर्माणमा जोडिएको जातीय पहिचानका कुरा कसैलाई अत्याज्य, अकाट्य र कसैका लागि अराजक, असहिष्णु होला। यसस"ग जोडिएका समाज, अर्थतन्त्र, राजनीतिको इतिहासले मात्र यसलाई पुष्टि गर्ने हो।

हिजोको जस्तै राजनीति, जातजाति, नेता वा दल रहन नसक्ने, निरन्तरताका लागि बदलिनु नै पर्ने ऐतिहासिक अनिवार्यता वा अकाट्यताले कोही हारेजस्तो र कसैले जितेजस्तो देखिएको हो। यो मानिसले इच्छ्याउ"दैमा हुने वा नहुने पनि होइन। यदि यस्तो भएका ऐतिहासिक अनुभव, अभ्यास थिए भने लोकतन्त्रभित्र राष्ट्रिय सरकारको बहसस"गै १६ बु"दे राजनीतिक सहमति हुने थिएन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस