समयसँगै जीवजन्तुमा क्रमिक परिवर्तन आउँछ। परिस्थितिसँग प्रतिस्पर्धा गर्नसक्ने परिवर्तन हासिल गरेका प्राणीहरूमात्र अस्तित्वमा रहन्छन्। आफूलाई परिमार्जन गर्ननसक्ने वनस्पति तथा जीवजन्तु नासिन्छन्। अक्षमलाई प्रकृतिले नै सखाप पार्ने भएकाले यस्तो परिवर्तनलाई विधिको छनोट मानिन्छ। प्रकृतिको छनोटलाई आजभन्दा डेढ सय वर्षअघि वैज्ञानिक ढाँचामा लिपिबद्ध गरे अनुसन्धानकर्ता चार्ल्स डार्विनले। त्यसैले डार्विनलाई (फादर अफ इभोल्युसन) परिवर्तनका पिता भनिन्छ।प्राध्यापक विलियम एडवार्ड्स डेमिङले जीवजन्तुको उत्पत्ति र निरन्तरतामा केन्द्रित डार्विनको रायलाई परिमार्जन गरी बीसौँ शताब्दीको मध्यतिर '.स्तरीय सर्वव्यापी परिवर्तनको सिद्धान्त' प्रतिपादन गरे। त्यसैले डेमिङलाई 'फादर अफ क्वालिटी इभोल्युसन' भनिन्छ। परिवर्तन होइन, बरु उच्चस्तरीय सुधारको वकालत गर्छ उनको सिद्धान्तले। बजारशास्त्र, राजनीतिशास्त्र तथा वैज्ञानिक अनुसन्धानलयायतका क्षेत्रलाई समेटछ डेमिङको सिद्धान्तले। बजारमा आएको कुनै पनि नवीन उत्पादन चलनचल्तीको वस्तुभन्दा कमसल भए स्वतः हराउनु, जनआकांक्षालाई आत्मसात गर्ननसक्ने राजनीतिक दलहरूको विलय तथा विश्व राजनीतिमा आउने उतारचढावजस्ता यथार्थवादी परिवर्तनबारे पनि उनको सिद्धान्तले वैज्ञानिक आधारमा बोलेको छ।
दोस्रो विश्वयुद्धमा तहसनहस भएको जापानले कसरी सन् १९५०– १९६० मा चमत्कारी आर्थिक विकास गरी संसारको अब्बल अर्थतन्त्रको रूपमा आफूलाई स्थापित गर्योस भन्ने विषयलाई गहन अध्ययन गरेर डा. डेमिङले सर्वव्यापी परिवर्तनको सिद्धान्त प्रतिपादन गरेका हुन्। आफ्नो अध्ययनमा जापानको राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षलाई समेटे उनले। आफ्नो देशलाई आधारक्षेत्र बनाएर उत्कृष्ट अनुसन्धानात्मक कार्य गरेकाले अमेरिकी नागरिक डेमिङको नाममा जापानले पुरस्कार नै स्थापना गर्योा।
कुनै पनि नवीन कार्य थालनी गर्नुपूर्व उपलब्ध तथ्यांक तथा अनुभवको संकलन, विश्लेषण र त्यसको निचोडलाई कार्यान्वयनमा लान सकेमात्र परिवर्तन अग्रगामी हुन्छ भन्ने उनको सिद्धान्त हो। आफ्ना सबल र दुर्बल पक्षको आकलन गर्दै आगामी कदम चाल तथा विगतका गल्ती नदोहोरिने गरी नीतिनिर्माण गर भन्छ उनको सिद्धान्तले। सन् २००९ मा पंक्तिकार क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा (क्याल्टेक) हँुदा अन्तरिक्ष वैज्ञानिक तथा भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले त्यहाँ विज्ञान र राजनीतिको अन्तरसम्बन्धका विषयमा एउटा प्रवचन दिएका थिए। विज्ञानको राम्रो विकास भएको मुलुकको राजनीति असल बाटोमा हिँड्नु तथा विज्ञानको विकास प्रारम्भिक चरणमा रहेका अल्पविकसित मुलुकमा राजनीति गोलचक्करमा फस्नुको कारणको उनले त्यसबखत वैज्ञानिक विश्लेषण गरेका थिए। विज्ञानमा असफल भएको अनुसन्धानलाई बारम्बार परीक्षण गरिँदैन, बरु नवीन प्रयोगहरू गरिन्छ। एउटा विधि असफल सावित भएपछि अन्य विकल्प खोज्नु विज्ञानको आधार हो। विज्ञानको विकास भएको देशमा राजनीतिकर्मीको सोच पनि वैज्ञानिक नै हुन्छ, तसर्थ असफल भएको राजनीतिक विधिलाई बारम्बार परीक्षण गर्दैनन् उनीहरूले, बरु नवीन बाटो रोज्छन्–खोज्छन्। त्यसको विपरीत परिस्थितिको वैज्ञानिक विश्लेषण गर्नसक्ने क्षमता नभएका राजनीतिकर्मीको वर्चश्व रहेको अविकसित मुलुकमा विगतमा प्रयोग भएर असफल भएको राजनीतिक पद्धतिलाई फेरि अँगालिन्छ र बारम्बार असफलता हात लाग्छ। गरिब मुलुकको राजनीतिलाई वैज्ञानिक विधिअनुरूप चलाउन सक्ने हो भने गरिबी सकिन्छ भन्ने कलामको निष्कर्ष थियो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एमाओवादी तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबीच संविधान निर्माणका सम्बन्धमा १६ बुँदे सहमपत भएपछि ह्वात्तै बढेको संविधान निर्माणको सम्भावना सर्वोच्च अदालतको फैसलाले केही धिमा बनाइदिएको छ। सर्वाधिकार सम्पन्न संविधान सभामा दुईतिहाइभन्दा अधिक बहुमत भएका दलहरूले सहमत गरिसकेको अवस्थामा तद्अनुरूपकै विधान लेखिने कुरामा सन्देह रहेन। तथापि, दलबीच भएको नवीन करारमुताविक संविधान बनी नै हाल्यो भने के मुलुकको दीर्घकालीन हित होला त? सहमतिमा उल्लेख भएका विभिन्न दफामध्येबाट शासकीय स्वरूप तथा संघीयताका सम्बन्धमा यो लेखलाई केन्द्रित गर्ने प्रयास गरिएको छ।
स्विजरल्यान्डलाई अपवाद मान्ने हो भने नेपालको जति क्षेत्रफल र जनसंख्या भएको संसारमा कुनै पनि देशले संघीयता अँगालेको छैन। विगतमा संघीयता लागु भए पनि असफलतापछि त्यो त्यागेको पाइन्छ। केन्द्रमा हुने मन्त्री, मन्त्रालय तथा सांसदमात्र होइन बरु राजधानीमा रहने प्रत्येक निकायको व्यवस्था प्रत्येक राज्यमा समेत गर्नुपर्ने भएकाले प्रशासनिक खर्चकै कारण पनि गरिब तथा साना मुलुकको लागि संघीयता धान्न कठिनमात्र होइन असम्भव देखिए। अब स्विजरल्यान्डको अवस्था हेरौँ। नेपालका विधायकजस्तो स्विस सांसदहरूले मासिक तलब पाउँदैनन्। प्रतिव्यक्ति आय ७५००० अमेरिकी डलर भएको स्विजरल्यान्डका सभासद्ले भत्ताको नाममा केवल ६०,००० अमेरिकी डलर पाउँछन्। अर्थात्, त्यहाँ सांसदले पाउने सुविधा एक स्विस नागरिकको सरदर आम्दानीभन्दा पनि कम छ। त्यहाँ सांसद देशको बोझ छैनन्। प्रतिव्यक्ति आय ७००० रुपैयाँको नेपालमा सभासद्को तलब सरदर नागरिको वार्षिक आम्दानीभन्दा १२० गुणाभन्दा पनि बढी छ। संघीय नेपालमा ८ राज्य रहने सहमति भएको परिवेशमा प्रत्येक राज्य तहमा हुने सभासद्को तलबभत्ताको लागि खर्चिनुपर्ने रकमले सरकारी बजेटको ठूलो हिस्सा ओगट्ने देखिन्छ। बजेट सन्तुलनका लागि कर बढाउनु बाध्यता हुन्छ। संघीय ढाँचामा जाने बित्तिकै अर्थतन्त्र बढ्ने कुनै आधार छैन। तसर्थ, समष्टिगतरूपमा जनता थप मारमा पर्छन्। गरिब मुलुक झन् दरिद्र बन्ने सम्भावना अधिक छ। नेपालको वार्षिक बजेट र भविष्यको आर्थिक प्रक्षेपणसमेत संघीयताको पक्षमा देखिन्न।
आगामी शासकीय स्वरूपका सम्बन्धमा साविकमै रहेको संसदले निर्वाचित गर्ने प्रधान मन्त्री प्रमुख कार्यकारी रहने विषयमा दलहरूले सहमति गरेको देखियो। अब त्यसको दूरगामी प्रभाव हेरौँ। भूकम्पपछि नेपालको राजनीति कठिन मोडमा पुग्यो। अन्यत्र त परै जाओस् भूकम्प प्रभावित क्षेत्रमा समेत मानिसले राजनीतिकर्मी भन्ने शब्द सुन्न चाहेनन्। सभासद्ले आफ्नो परिवारलाई ओत लाउन लिएको त्रिपालले काण्डको रूप लियो। नेपाली मानसिकता नजानिँदो रूपले बहुदलीय व्यवस्था, पार्टी तथा नेताबिरुद्ध गोलबद्ध हुँदो छ।
पञ्चायती शासनको कठोर दिनमा ज्यान हत्केलामा लिएर हिँडेका नेताहरू दलीय व्यवस्थाको पुनर्स्थापनापछि बदनाम भए। एक, दुई होइन २०४६ सालपछिका प्रत्येक प्रधान मन्त्री असफल भए। पैसासँग पटक्कै आशक्ति नभएका र पारिवारिक मोहबाट पृथक बस्नेेे कृष्णप्रसाद भट्टराईसमेत शासन सञ्चालनको सवालमा असफल भए। सरकार चलाउन विगतमै बदनाम भएका खलनायकको साथ लिनु भट्टराईको बाध्यता भयो। अविचलित र इमानदार नेता मनमोहन अधिकारीको नियति कृष्णप्रसादको भन्दा फरक देखिएन। आफ्नो योजनाअनुसार मुलुक हिँडे कायापलट हुन्छ भन्ने अब्बल दर्जाका विद्यार्थी बाबुराम भट्टराईले प्रधान मन्त्री बन्नका लागि विपरीत ध्रुवका मधेसवादी दलसँग गठजोड गर्नुपर्ने बाध्यता केले पार्योा, जवाफ कसले दिने? माओवादी आन्दोलनलाई सफलतापूर्वक नेतृत्व दिने कमाण्डर प्रचण्डका लागि गरिबलाई राहत र सुशासन दिने सवालमा कसले रोक्यो? संसार नै परिवर्तन गर्ने आकांक्षासहित पढाइलाई थाती राखेर झापा आन्दोलनमा होमिएका झलनाथ खनालले सरकारमा गएर के गरे? कर्मचारी कम्युनिस्ट नेता माधव नेपालले त जिल्लाको प्रमुख कार्यकारीलाई मन्त्रीले गाला चड्काउँदा प्रकट गरेको लाचारीको जवाफ कसले दिने। बीपी कोइरालाका अनुज गिरिजाप्रसाद कोइरालाले धेरै पटक प्रधान मन्त्री बनेर अभिलेख राखे, तर उनले नेपाल र नेपालीका खातिर स्मरणयोग्य काम गरेको देखिएन। दुर्गम पश्चिमी पहाडबाट काठमाडौँ आएर राजनीतिमा होमिएका शेरबहादुर देउवाको लागि सांसदलाई बैंकक पठाउनु र जम्बो सरकार बनाउन बाध्य कसले पार्योम?
२०४६ सालका अन्तरिम प्रधानमन्त्री भट्टराईदेखि सुशील कोइरालासम्म प्रत्येक नेता नेपालीको उत्थान र नेपालको मुहार फेर्ने प्रतिबद्धतासहित आफ्नो ज्यान हत्केलामा राखेर राजनीतिमा लागेका हुन्। १२ वर्ष जेलमा बिताउन बाध्य भएका कृष्णप्रसाद, टाउकोको मूल्य तोकिएका बाबुराम र प्रचण्ड तथा शीरमा कात्रो राखेर प्रजातान्त्रिक आन्दोलनको लामो यात्रामा होमिएका नेताहरू बहुदलीय व्यवस्थापछि व्यक्तिगत आकांक्षा तथा फाइदाको लागि राजनीतिमा लागे भन्नु सतही आरोपमात्र हो। अविवाहित, अब्बल दर्जाका विद्यार्थी, आन्दोलनका कमाण्डर तथा निष्ठावान नेतालगायतका सबै नेतृत्व पालैपालो देश हाँक्ने सवालमा असफल हुन्छन् भने भविष्यमा बन्ने प्रधान मन्त्रीको हविगत पनि पहिलाको भन्दा फरक नहुने ठोकुवा गर्न सकिन्छ। भिन्नभिन्न योग्यता र क्षमता भएका व्यक्तिले स्वतन्त्र परीक्षण गर्दासमेत असफलता नै हासिल हुने बेलायती ढाँचाको संसदीय प्रजातन्त्रलाई नै आगामी संविधानमा लिपिबद्ध गर्न खोज्दा भविष्यमा पनि फेल नै हुने हो। अब्दुल कलामको राजनीतिमा वैज्ञानिकीकरणको सोच तथा डा. डेमिङको क्वालिटी इभोल्युसनको सिद्धान्तलाई हेर्दा वेस्टमिन्सटर सिस्टमले नेपाललाई कुनै पनि हालतमा अग्रगामी निकास नदिने पक्का भएकाले बेलैमा वैकल्पिक शासकीय स्वरूपबारे बहस प्रारम्भ गर्नु सबैको कर्तव्य हो।