वैधानिकताको परिभाषा ऐन, नियम, कानुन वा प्रथाअनुसार हुनुमा सीमित छैन। न्याय संगत, तर्क संगत एवं युक्ति संगत कर्मलाई वैधानिक ठहर्याउन सकिन्छ। जे कुरा सत्य छ, सुन्दर छ एवं सर्वजन हिताय छ, त्यो स्वतः वैधानिक हुन्छ। र, कहिलेकाहीँ बाध्यताको छनौटले पनि वैधानिकता पाउँछ। आत्मरक्षर्था गरिएको हिंसालाई समेत वैधानिक मानिने चलन प्रायशः दुनियाँभर नै छ। आवश्यकताको सिद्धान्तलाई वैधानिकतको आधार मानिने दर्शनले पनि व्यापकता पाउँदै गएको छ। ‘हुनु भैसक्यो भन्ने भाग्यवादी वैधानिकता मान्नेहरू पनि कम छैनन्।संविधान सभामा रहेका ४ ठूला दलबीच गरिएको सहमतिको वैधानिकताको आधार पहिल्याउन सबैभन्दा पहिले त्यस दस्तावेजको संवैधानिकता केलाउनुपर्ने हुन्छ। अड्डाअदालतले जेजस्तो फैसला दिए पनि अन्तरिम संविधानले सभाबाहिर गरिएका समझदारी, सम्झौता वा सहमतिलाई मान्यता दिँदैन। त्यो सैद्धान्तिक पक्ष हो। व्यावहारिक कुरा के हो भने आआफ्ना दलका प्रतिनिधिहरूलाई गोठालोले जसरी परिचालित गर्नसक्ने प्रमुख नेताहरूले आफ्ना सहमतिलाई सहजै वैधानिकता प्रदान गर्नसक्छन्। दुईतिहाइ बहुमतको गठबन्धनका पछाडि एमाओवादीका साथै विजयकुमार गच्छदारको टोली पनि लामबद्ध भएपछि सरकारी पक्षको समर्थनले तीनचौथाइ नाघेको छ। अंकको आधारमा त्यस्तो सहमतिलाई अवैधानिक ठहर्याधउन सक्ने क्षमता रुग्ण प्रतिपक्षसँग छैन।
न्याय संगत, युक्ति संगत एवं तर्क संगत परीषणमा भने १६ बुँदे दस्तावेज ठाडो भएर उभिनसक्ने देखिँदैन। संघीयताको नामांकन र सीमांकन थाती राखेर बनाइने संविधान सर्सर्ती हेर्दा पनि कपटपूर्ण देखिन्छ। सीमानाबेगरको राज्य वा नामबेगरको प्रान्त पुराणमा पाइए बेग्लै कुरो, शास्त्रहरूमा भने पाइँदैन। राज्य हुनलाई सीमान हुनुपर्छ। घटबढ गर्ने अधिकार सम्पन्न आयोग बनाउनु बेग्लै कुरा हो, तर फगत प्रशासनिक इकाइजसरी प्रान्त गठन गर्ने कुरा न्याय संगत, तर्क संगत एवं युक्ति संगत वा शास्त्र सम्मत लाग्दैन। प्रचण्ड बहुमतले पृथ्वी गोलो नभएर चेप्टो हो भनेर घोषणा गर्नसक्छ। तर, त्यस्तो अधिकारको प्रयोग हास्यास्पदमात्र ठहरिने जोखिमचाहिँ हुन्छ।
बाध्यताको बहानामा पनि खासै दम छैन। देशले अकल्पनीय प्रकोपको सामना गरिरहेको छ। उद्धार, राहत, पुनर्निमाण एवं पुनर्स्थापनालाई गति दिन भइरहेको नियम कानुनसमेत कहिलेकाहीँ निलम्बित गरेर संकटकालीन निर्णय लिनुपर्ने बाध्यताबीच जस्तो भए पनि एक थान संविधान जारी गर्ने हतारो सत्तामा भागबण्डा पाउन लालायित राजनीतिकर्मीहरूको मौका छोप्ने दाउभन्दा बढी केही पनि होइन। संविधान सभाको आयुमा यसपटक अदालती निर्णयको खुकुरी तेर्स्याइएको अवस्था पनि छैन।
एमाओवादीले आत्मरक्षार्थ विषपान गरेको व्याख्या पनि सन्तोषजनक छैन। महत्वपूर्ण मुद्दाहरूको विसर्जनको मूल्यमा पाइने सत्ताको भागबण्डा राजनीतिक ‘हलाहल' नै हो। र, पुष्पकमल दाहाल जतिसुकै चमत्कारिक राजनीतिकर्मी भए पनि उनी विषलाई घाँटीमै अड्काएर बाँच्नसक्ने दिव्य व्यक्ति होइनन्। वर्गीय राजनीति त संसदीय प्रणालीभित्र रहेर सीपी मैनाली पनि गर्छन्। विकास र समृद्धिका कुरामा बाबुराम भट्टराईले प्रकाशचन्द्र लोहनीलाई जित्न सहज नहोला। राज्य पुनर्संरचनाको मूल कार्यसूची नै परित्याग गरिसकेपछि बाँकी रहेको एमाओवादीले ‘क्रान्तिको अन्तर्निहित वैधानिकता' तर्क प्रयोग गर्ने अधिकार स्वतः गुमाउँछ।
आवश्यकताको सिद्धान्तअनुसार भने १६ बुँदे दस्तावेजलाई वैधानिक नै नभए पनि समयको मागका रूपमा प्रतिरक्षा गर्न सकिन्छ। आन्तरिक एवं अन्तर्राष्ट्रिय दुवै मोर्चामा नेका–एमाले गठजोडको सरकार पूर्णतः असफल रहेको निर्णयमा पुग्न प्रमाण केलाउनु पर्दैन। राज्य चलेको छ त केवल आफ्नो स्थायी संरचना एवं संयन्त्रहरूको भरमा, यद्यपि त्यसलाई समेत धरमर बनाउन राजनीतिक नेतृत्वले कुनै कसर बाँकी राखेको छैन। सोझै सरकार परिवर्तन साह्रै अशोभनीय लाग्ने भएकाले जस्तो भए पनि एक थान संविधान फालेर सत्ता कब्जा गर्ने एमालेको रणनीतिलाई नैतिक–अनैतिकभन्दा पनि निर्नैतिकरूपमा हेर्नु उचित हुन्छ। जोगी हुनलाई कहिल्यै पनि रुढीवादी राजनीति गरिँदैन। गिरोहतन्त्र सञ्चालन गर्न संरक्षण दिने क्षमता चाहिन्छ। र, त्यो सत्ता कब्जा गरेरमात्र सहज हुन्छ। बाटो सायद अब एमाओवादीले पनि देखिरहेको छ। एमाले त दत्तचित्त छ नै राजनीतिप्रति!
सत्ता परिवर्तन १६ बुँदे दस्तावेजको एकमात्र अभीष्ट देखिएपछि त्यसको मूल्यांकनको आधार पनि त्यतिमात्र हुनुपर्छ। त्यसभन्दा दूरगामी महत्वको दृष्टिकोणले आसन्न भनिएको संविधानको लेखाजोखा गर्न सकिँदैन। अन्तरिम संविधानमा नयाँ गाता हाल्न खासै राजनीतिक, आर्थिक वा कूटनीतिक सुझबुझ चाहिने पनि होइन। पालमा बसेर गरिएको गफलका भरमा देशको भविष्य निर्दिष्ट हुन्छ भन्ने भ्रम सायद सहमतिका हस्ताक्षरकर्तामा पनि छैन। ‘जे होला, देखा जाला' जस्तो आँट मूलतः यो जुनीमा जसरी भए पनि एक पटक प्रधान मन्त्री बन्ने एमाले अध्यक्ष केपी ओलीको अठोटबाट उब्जिएको हुनसक्ने आकलन सबैभन्दा यथार्थपरक लाग्छ। सक्नेले गरिखाने जंगबहादुरको बाटो १६ बुँदेको सम्भवतः एकमात्र वैधानिकता हो। अध्यक्ष ज्ञानेन्द्रले सकेनन्। उनी एक्लिएका थिए। अध्यक्ष ओलीले ठूलै जमात आफ्ना पछाडि उभ्याउन सफल भएका छन्। के उनी सबैलाई सधैँभर नभए पनि एक पटकका लागि अल्मल्याउन सफल होलान्? त्यसको निर्णय सायद उनको स्वास्थ्यबारे बैंककको अस्पतालमा सोधपुछ गर्न आउने आगन्तुकहरूको आन्तरिक मूल्यांकनले निश्चित गर्नेछ। यद्यपि, सम्भावनमा भने उनका निम्ति सकारात्मक नै देखिन्छ।
अविश्वासको निलम्बन
नेपालका सामान्यजनमा ‘होइन होला' भन्ने संशयको साटो ‘ए, हो र!' भन्ने पत्यारको संस्कार अपेक्षाकृत बलियो छ। पाठक, स्रोता एवं दर्शकको त्यही प्रवृत्तिलाई ठम्याएकाले होला, मूलधारे नेपाली मिडियासमेत पुष्टि एवं विश्लेषणको साटो पुनरावृत्ति पस्किन रूचाउँछ। झन् दोस्रो संविधान सभा निर्वाचनपछि त स्थायी प्रतिपक्ष भनिने मिडिया सत्ताको स्थायी प्रतिरक्षा पंक्तिमा रूपान्तरित भएको छ। संशय निलम्बित छ।
एकातिरबाट नेकाको भजनमण्डली लोकतान्त्रिक प्रसस्ती डुक्रन्छन्। अर्कोतिरबाट एमालको भोजन मण्डली महेन्द्रवादी राष्ट्रवाद डकार्छ। स्थायी सत्ताका सदावहार पुराणबाचकहरूको किर्तन पनि कम भएको छैन। विचारमा मात्र होइन, समाचारमा समेत १६ बुँदे सहमति नयाँ दिल्लीको १२ बुँदे समझदारीलाई समेत उछिन्ने राजनीतिक दस्तावेज हो भन्ने आमराय निर्माणमा एकसेएक हस्ती लागिपरेका छन्। विरुदावली गायक मण्डलीमा दाहाल, भट्टराई र गच्छेदारका गुनगान गर्नेहरूसमेत सामेल भएपछि त अब यो वाद्यवृन्द (अर्केस्ट्रा) समतामूलक र समावेशी पनि भएको छ।
अन्तर्जालका पार्टीहरू अपेक्षाकृत चकचके देखिए पनि स्थायी सत्ताको तावेदारीमा ती मूलधारका मिडियाभन्दा धेरै पछाडि छैनन्। अमेरिकी पत्रकार एमी गुडम्यानले ‘शक्तिका लेखन्दास' अभिव्यक्ति चलनचल्तीमा ल्याएको भए पनि त्यस्तो प्रवृत्ति मिडियाको अन्तरनिहित चरित्र हो।
अन्तर्जाल पार्टीमध्ये पुराने भए पनि माइसंसारका सालोक्यले आफ्नो चुलबुल्याइ गुमाएका छैनन्। कम्तीमा नेपालबाहिर रहेका बेला फरक स्वादका लागि उनको ब्लग नटुटाइ हेर्ने जमात सानो छैन। दूरदर्शी भनिएको १६ बुँदेको पृष्ठभूमिमा अध्यक्ष ओलीको गैँडा प्रवचन भिडियो सायद अहिले पनि उनको ब्लगमा गएर हेर्न सकिन्छ। लाग्छ, पर्यटन विशेषज्ञलाई प्रधान मन्त्री बनाउनकै लागि १६ बुँदे सहमति भएको हो भने त्यस कार्यका लागि जस्तोसुकै संविधानको भर्याजङ बनाइए पनि देश अधिनायकवादी शासन व्यवस्थातर्फ अग्रसर हुन्छ।
राजनीतिकर्मीमा हास्य चेतना हुनु सकारात्मक हो। त्यसले व्यक्तिलाई अरुको भन्दा पनि आफ्ना कमजोरीहरूप्रति सचेत तुल्याउँछ। व्यंग्य गर्ने योग्यताले पनि असहज कुरालाई पाच्य बनाउन सघाउँछ। छेड हान्ने क्षमताको उपयोगिता कमजोर भएका बेला अप्ठ्यारो परिस्थितिलाई सह्य बनाउन काम लाग्छ। तर, आत्ममुग्धताबाट उब्जिएको होच्याउने भाषा निःसन्देह राजनीतिक कमजोरी हो। ठट्टा कृष्णप्रसाद भट्टराई पनि गर्थे। उनको घोचपेचमा सत्य दर्शाउने छटपटी झक्किन्थ्यो। ओलीका बोलीबचन केटाकेटीले मनोसञ्जनका निम्ति चरालाई हानेको गोलीजस्ता हुन्छन्। परपीडक स्वभाव कडा आक्षेप हो, तर परनिन्दा र आत्मश्लाघाले विपक्षको अस्तित्वसमेतलाई अस्वीकार गर्छ। त्यस्तो प्रवृत्तिले अन्ततः अतिवादका लागि आधारभूमि तयार गर्छ।
सत्ता परिवर्तन प्रमुख अभीष्ट हुने देखिएकाले १६ बुँदे दस्तावेजको परीक्षण वैधानिक आधारमा मात्र नभए सम्भाव्य असरका दृष्टिकोणले पनि हुनुपर्थ्यो। त्यस्तो स्वर कतै सुनिएको छैन।
मनपरी तन्त्र
‘नेपालको कानुन दैवले जानून्' भन्ने लाकोक्तिका पछाडि कटु अनुभवहरूको इतिहास छ। ‘युद्धका नियम' वैदिक संस्कारभित्रै पर्छ। ‘असली हिन्दुस्थाना' विचारका प्रवर्त्तकले त्यस्ता सबै नियमको बेवास्ता गर्दै साम्राज्य खडा गरे। ‘मुखै कानुन' त्यसपछि नेपालको पहिचान बन्यो। ‘जंगेले बोलेपछि बोल्यो–बोल्यो' त्यही प्रवृत्तिको निरन्तरता थियो। चन्द्र शमशेर आफूले लागेको काम गराउन श्रेस्तामा हरिताल लगाएर मेट्ने उर्दी जारी गर्ने गर्थे। राजा महेन्द्रले राष्ट्र जोगाउने नाममा मनपरि गर्ने अधिकार हत्याएका थिए। राजा वीरेन्द्र विकासका लागि राजनीति गर्नुपर्ने निहुँमा जे पनि गर्थे। अध्यक्ष ज्ञानेन्द्रले शाही परम्परा कायम राख्न सकेनन् त्यो बेग्लै कुरा हो। तर, उद्देश्य उनको पनि ‘सक्नेले जे पनि गर्न पाउनुपर्छ' भन्ने सिद्धान्तअनुरूप नै थियो।
क्रान्ति त हुने नै ऐनकानुन च्यातेरै हो। त्यसैले माओवादीका कर्म–कुकर्मलाई वा मधेसवादीका उद्दण्डतालाई सामान्य कानुनको परिधिमा राखेर हेर्न मिल्दैन। संसद् पुनर्स्थापनामार्फत् माओवादीलाई एवं अन्तरिम संविधानमा संशोधन गरेर मधेसवादीलाई संविधानवादको घेराभित्र ल्याउन गिरिजाप्रसाद कोइरालाले भरमग्दुर प्रयत्न गरेका थिए। संविधान सभाको गठनपछि उनका सबै प्रयास वाग्मतीमा बगेर गए। सुस्तरी हचुवा तन्त्र सर्वत्र हावी हुँदै गयो।
संविधान जारी नभएसम्म सहमतिको राजनीति गर्ने प्रतिवद्धता भंग गरेर अध्यक्ष दाहालले मनपरी तन्त्रको सुरुवात गरे। बहुमतीय प्रणालीको अवलम्बन त्यस निर्णयको स्वाभाविक परिणति थियो। त्यस्तो स्वेच्छाचारी निर्णय, राष्ट्र प्रमुखले सरकार प्रमुखको निर्णयलाई उल्ट्याएर पदच्यूत गरिएका सेनापतिको पुनर्स्थापन थियो। त्यसपछि त अन्तरिम संविधान सत्तासीनहरूका लागि ‘ठट्टा संग्रह' मात्र बन्न पुग्यो भने पनि हुन्छ।
दुईदुई ठाउँबाट निर्वाचन हारेकालाई प्रधान मन्त्री बनाउनु मतदाताको गालामा स्थायी सत्ताले हिर्काएको गतिलो चड्कन थियो। अनुवांशिकीमै मधेसविरोधी भावना अन्तरनिहित रहेका दलहरूको नेतृत्वमा सामेल हुन जानु मधेसवादी दलहरूले आफ्नो विचारधारा विसर्जन गरेर आत्मसमर्पण गरेको सबैभन्दा दरिलो प्रमाण ठहरिन गयो। त्यसपछि मधेसवादी दलहरूको विघटन प्रक्रिया त स्वाभाविक परिणतिमात्र हो।
अदालतले संविधान सभाको सार्वभौमिकताको समेत व्याख्या गर्ने अधिकार प्रयोग गरेर अन्तरिम संविधानको मर्म र भावनालाई समाप्त गरिदियो। शेष रहेका वैधानिकताको खरानी अन्तरिम संविधानले कल्पनासमेत नगरेको गैरराजनीतिक सरकारको ढलमा मिसिएर बगेर गयो। दोस्रो संविधान सभा माओवादी सशस्त्र संघर्ष, वसन्त विद्रोह एवं मधेस विद्रोहजस्ता युगान्तकारी दिशानिर्देशलाई तिलाञ्जली दिएर जन्मिएको राजनीतिक संयन्त्र बन्न पुगेको छ। त्यसैले यो सभाले बनाउने संविधान पुराना र नयाँ सम्भ्रान्तहरूको तजबिज र समझदारीमा मात्र हुन्छ। त्यस्तो संविधानको स्वीकार्यताका बारेमा प्रश्न उठाउन सकिन्छ। वैधानिकता भने ‘सक्नेले जे पनि गर्न पाउने' अवधारणको व्यापकताले स्थापित गरिसकेको छ।
फ्रान्सेली भाषाबाट अंग्रेजीमा आएको एउटा चलनचल्तीको अभिव्यक्ति छ– फेटाकम्पली। त्यो अवस्थामा १६ बुँदे प्रपञ्च अझै पुगिसकेको छैन। सर्वजन हिताय वैधानिकताको बाटो अझै खुल्ला छ। त्यसका लागि प्रदेशहरूको तरल नै भए पनि सीमांकनमा सहमति हुन जरुरी छ। सरकार बदल्नकै लागि ल्याइने हतारको संविधानको कुनै अर्थ छैन। नराम्रो सरकारभन्दा बरु बेकामे नै उचित हुन्छ।