नेपालमा राज्य संयन्त्रको आलोचना नौलो कुरा होइन। वैशाख १२ को विनाशकारी भूकम्पपछि पनि त्यो देखियो। आलोचना गर्नेमा सेवाग्राही सर्वसाधारणमात्र होइन, कतिपय सार्वजनिक दायित्व भएका व्यक्ति पनि आफूलाई नागरिक पंक्तिमा उभ्याएर राज्य संयन्त्रप्रति आलोचक बने। राज्यइतरका पात्रहरूको स्वर अलि ठूलै थियो। वास्तवमा महाविपद्को समय आवेग, उत्तेजना र आलोचनाभन्दा पनि आआफ्नो स्थानबाट जे सकिन्छ, सेवा र कर्ममा तल्लिन हुने समय हो। उद्धार र सहायता कार्यमा सबै संवेदनशील भएर स्वपरिचालित हुनुपर्ने समय हो।देशभित्र र बाहिरबाट आएको एउटा स्वर थियो– प्रधान मन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुहुन्न, यो पारदर्शी र जवाफदेही छैन। अर्को स्वर थियो– सरकारी संयन्त्रमार्फत् काम गर्दा कार्यविधिगत जटिलता छ र समयमा भनेजस्तो काम गर्न सकिँदैन। अर्को आलोचनाचाहिँ सेना/प्रहरीले उल्लेख्य काम गरे, तर अन्य निकायले केही गरेनन् भन्ने रह्यो। गरिएको काम तत्काल भएन, अपर्याप्त भयो र काममा समन्वय भएन। राजनीतिक दलहरू २४ घन्टासम्म कतै देखिएनन्। प्रकोप उद्धारमा पूर्वतयारी नै थिएन। दिइएको सहयोग अर्बौं रुपैयाँ पुगिसक्यो, जनतामा अलिकति पनि पुगेन आदि।
आलोचनाहरू चाहना, सुधार र अपेक्षाका अभिव्यक्ति हुन्। त्यसैले यो आधार र वास्तविकता सापेक्ष हुन्छ नै भन्न सकिँदैन। जस्तो, प्रधान मन्त्री दैवी प्रकोप उद्धार कोषको वास्तविकताका विषयमा धेरैलाई जानकारी नै नभई सतहीरूपमा आलोचना गरियो। कुनै पनि सरकारी/अर्धसरकारी कोषको खर्च परीक्षण, पारदर्शिता र जवाफदेही विषय हो र यसमा सार्वजनिक सरोकार रहन्छ, सबैले प्रश्न उठाउन पाउँछन्। त्यतिमात्र होइन, सामाजिक परीक्षण पनि हुनसक्छ भन्ने विषयमा आलोचकहरू अनभिज्ञ थिए। यस वास्तविकताका विषयमा डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत वास्तविकता बाहिर ल्याउने काम गरेपछि भने केही सकारात्मक प्रतिक्रिया प्राप्त भएका थिए। तैपनि ‘हचुवा समर्थन वा बिरोध' गर्ने स्वभाव नेपाली समाजमा विपद्को अवस्थामा देखियो। यो प्रवृत्ति विपद् व्यवस्थापनमा संलग्न हुने हार्दिक मन र सहयोगी हात भएकामा भन्दा पनि उभय पक्षमा देखियो, जो अक्षरको खेती र आलोचनामा बढी रमाउँछ।
सबै आलोचना र प्रतिक्रियालाई विश्लेषण गर्दा त्यसका सारभूत दुई पक्ष थिएः राज्य संयन्त्र सबल बनाउन पृष्ठपोषणका लागि आलोचना र राज्य संयन्त्रलाई बाइपास गर्ने वा कमजोर बनाउनका लागि आलोचना। आलोचना जेजस्ता भए पनि राज्य संयन्त्रले त्यसलाई नकारात्मकरूपमा लिन हँुदैन, किनकि आलोचना कि वास्तविकता नबुझेर हुनेगर्छ कि प्रणालीगत सुधारका लागि मागका रूपमा आएको हुन्छ। तर, यो भुल्नु हुन्न कि विपद्को समयमा सबै नागरिक राज्य संयन्त्रका अभिन्न अंग हुन्। कार्यकारीअन्तर्गतका निकायमात्र राज्य संयन्त्र होइन। राज्य संयन्त्रको बृहत् परिधिभित्र सरकार, सार्वजनिक प्रशासन, संवैधानिक/कानुनी आधारबाट व्यवस्थित अधिकार र दायित्व भएका पदाधिकारी, सांसद, स्वायत्त निकाय, पूर्व पदाधिकारी, सरकारलाई सचेत गराउने मिडिया, राजनीतिक दल, व्यापारिक/औद्योगिक घराना, नागरिक तहबाट गठित संगठित संस्था एवं समूह र प्रबुद्ध नागरिक जसप्रति समाजको अपेक्षा रहन्छ, सबै समेटिन्छन्। त्यतिमात्र होइन, राज्यबाट अनुबन्ध भएका वा राज्यको आग्रह स्वीकार गरी केही गर्न स्वदेश भित्रिएका विदेशी संघ–संस्था पनि राज्य निर्दिष्ट संरचनाका रूपमा रहने गर्छन्। व्यवस्थित समाजमा राज्य यी सबै पक्षको अन्तर्क्रियामा रहन्छ, यी सबै वर्ग अधिकार, अवसर, साधन र शक्ति अभ्यासमा जेलिएका हुन्छन्। यस अवस्थामा यी निकाय आलोचक र आलोचित हुनु कुनै कोणबाट पनि सही हँुदैन। झन् विपद्को समय आलोचनाभन्दा पनि खट्ने र गर्ने समय हो। अवसर, प्रतिष्ठा र प्रचार खोज्ने समय होइन। मानवीय र नैतिक भूमिका निर्वाह गर्ने समय हो। आफ्नो सामर्थ्यको सानो कामबाट पनि उद्धार र पुनरुत्थानमा ठूलो योगदान पुग्नसक्छ भनी बुझ्ने समय हो।
विपद्को समयमा प्रभावित सर्वसाधारणजस्तै राज्य संयन्त्र, यसको प्रमुख जिम्मेवारी लिने सार्वजनिक प्रणाली पनि स्वाभाविकरूपमा कमजोर हुन्छ। किनकि अप्रत्यासित घटनाको व्यवस्थापन आफैमा चुनौती हो। तर, यो वा त्यो बहानामा राज्य संयन्त्र र यसको प्रणालीलाई कमजोर बनाउने प्रयास गरिनु हुँदैन। व्यववस्थित समाजमा राज्य जति नैतिक, वैध र बृहत् उद्देश्यको संरचना अरु हुनै सक्दैन। चाहेर पनि सिर्जना गर्न सकिँदैन। यसकारण राज्य संयन्त्र बलियो बनाउनुपर्छ कि त्यहाँ जनादेश लिएका नेता र विज्ञता हासिल गरेको प्रशासन छ, जसले स्थायीरूपमा काम गर्छ, त्यसो गर्ने संस्थात्मक संरचना पनि छ।
राज्य संयन्त्रले नराम्रो गरेमा विरोध गर्न, यसका सञ्चालकहरू हटाउन र कारबाही गर्न सकिने उत्तरदायित्व प्रणाली हुन्छ। राज्य संयन्त्र जनताको आफ्नो संयन्त्र हो, वैध संयन्त्र हो र नागरिकको अभिभावक भएकाले उनीहरूबाट अझै राम्रो गरे हुन्थ्यो, धेरै गरे हुन्थ्यो भन्ने अपेक्षा रहन्छ, एउटा परिवारमा आमाबाबुप्रति बालबच्चाको अपेक्षाजस्तै। यसलाई चाहेर पनि विकल्प खोज्न सकिँदैन, सुधार र परिष्कार गर्न सकिन्छ। हो, विपद्का समयमा सरकारी प्रणालीबाहिरका निकायहरूले मानवीय उद्धारका कार्यमा राम्रो गरे। स्वतःस्फूर्तरूपमा ती परिचालित भए। तर, त्यसको अगुवाई विपद् आएको केही घन्टापछि नै दैवी प्रकोप उद्धार समितिको बैठकपछि सरकारी संयन्त्रबाट भएको थियो। स्थानीय प्रशासनको संयोजखमा सुरक्षा संयन्त्रले ज्यानको पर्वाह नगरी अतुलनीय काम गरेको सबैसामु छर्लंग छ।
सडक विभाग र यस मातहतको हेभी इक्विपमेन्ट डिभिजन, विद्युत् प्राधिकरण, टेलिफोन सेवा प्रदायक, स्वास्थ्य केन्द्रहरू, रेडियो नेपाल तथा नेपाल टेलिभिजनले अहोरात्र सेवा पुर्यावइ नै रहे। यी सबै राज्य संयन्त्रका अंग हुन्। कार्य प्रकृतिअनुरुप निकायहरूको भूमिका फरक हुनु स्वाभाविक हो। सेना तथा प्रहरी र हेभी इक्विपमेन्टका निकाय खोज तथा उद्धारमा विशेषीकृत छन् भने विद्युत्, सञ्चार, स्वास्थ्य, सडक, यातायातजस्ता निकाय सूचना, सम्पर्क, परिवहन, उपचारमा सिद्धहस्त छन्। केन्द्रीय प्रशासन संयोजन, साधन तथा राहत परिचालनको भूमिकामा रहने भयो। गैरसरकारी संस्था, स्वयंसेवी समूह र मानवतावादी संस्थाहरू अग्रपंक्तिका निकायसँगै रहेर स्वेच्छिक काममा परिचालित भए। यसअर्थमा आआफ्नो सामर्थ्य, विज्ञता र भूमिकामा रहेर विपद् व्यवस्थापनमा सबै क्रियाशील भएको देखिन्छ र त्यसको मियो भनेको राज्य प्रणाली नै हो। सबैले के बुझ्नुपर्छ भने राज्य प्रणाली कमजोर भयो भने राज्य संरचनाबाहिरका पात्रहरू पनि व्यवस्थित हुनसक्दैनन्।
राज्य संयन्त्र यसभन्दा बाहिरका पात्रहरूभन्दा केही कुरामा भिन्न रहन्छ। जस्तो कि यसका क्रियाकलापमाथि सार्वजनिकरूपमा सबैको सरोकार रहन्छ, सबैले निगरानी गर्न सक्छन्, उत्तरदायित्वका खातिर कार्यविधिगत औपचारिकताको बाध्यता पनि रहन्छ। त्यसैले ऊ पारदर्शी हुनैपर्छ। सजिलो र स्वेच्छिकरूपमा मात्र काम गरेर उसको दायित्व पूरा हुँदैन, सधैँ सबै प्रकारका काममा सबैको पहुँचमा पुग्नुपर्छ। अरुले कुनै काम नगरे पनि त्यो उसको दायित्व हुनपुग्छ। उसले अरुले जस्तो पटके र स्वेच्छिक सेवा दिएर पुग्दैन, निरन्तर क्रियाशील हुनुपर्छ। राज्यबाहिरका पात्रहरूबाट के काम भयो, कति रकममा काम भयो, कसरी काम भयो भन्ने प्रश्न र यससँग जोडिने जवाफदेही कुरा सामान्यतः हुँदैनन्। आन्तरिक निगरानी र वाह्यरूपमा जवाफदेही नदेखिने भएकाले सर्वसाधारण राज्य संयन्त्रमाथि जस्तो प्रश्न पनि उठाउँदैनन्, उठाउन सक्दैनन् पनि। तर, फेरि पनि के भुल्नु हुँदैन भने विपद्जस्तो राष्ट्रिय र मानवीय दायित्व निर्वाहमा राज्यभित्र र बाहिरका पात्र प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्छन्, आलोचक होइन, कार्यभूमिकामा बाँडिन्छन्। तर, उनीहरू यो वा त्यो बहानामा सजिलो र अपारदर्शी बाटो अवलम्बन गर्न तम्सिनु हुँदैन। यस परिवेशमा नीति तथा नियन्त्रणमा केन्द्रिकृत र कार्यान्वयनमा विकेन्द्रित प्रणाली अवलम्बन गर्छन्। राष्ट्रिय प्रणाली र लोकतन्त्र बलियो बनाउन पनि राज्य संयन्त्रको सवलीकरण जरुरी हुन्छ। यसलाई उपेक्षा वा बाइपास गरेर ठूला समस्या समन गर्ने संस्थागत सामर्थ्य विकास हुँदैन।