सोह्र दुना आठ!
२८ जेष्ठ २०७२
•
१७ मिनेट पाठ
सोह्र दुना आठ!
शिक्षकले पढाएको पाठ नबुझीकन 'बुझेँ' भन्यो भने समस्या हुन्छ। माध्यमिक तहमा पढ्दा गणित शिक्षकले पढाएको पाठ नबुझीकन 'बुझेँ' भनिदिँदा म पटकपटक समस्यामा पर्थेँ। माध्यमिक तहमा पढ्दा मलहु चौधरी थारु हाम्रा गणित शिक्षक थिए।स्थानीय नै भएकोले हामी उनीसँग अन्य गणित शिक्षकसँग जस्तो धेरै डराउँदैनथ्यौँ। उनले एउटै हिसाबको पनि प्रत्येक लाइनसँगै 'बु‰यौ' भन्दै पढाउँथे। हामी पनि उनको प्रत्येक पटकको थेगोसँगै 'बुझ्यौँ सर!' भन्दै जान्थ्यौँ। तर धेरैजसो हामीले केही पनि बुझेका हुँदैनथियौँ। कहिलेकाँही 'बुझ्यौंँ सर' भन्नेबित्तिकै 'ल भन् त के बुझिस्' भन्दै उनले आफूले लेख्दै गरेको कालोपाटीनेर बोलाएर र्याँखर्या खी पार्थे। हामी दाँत किच्याएर एकछिन उभिन्थ्यौँ र उनले 'ल, जा बस्' भनेपछि लाज र धक मान्दै आफ्नो बेन्चमा गएर बस्थ्यौं। अनि मलहु सरले हामीलाई हाँस्दै भन्थे– 'पढायो पढायो पाठ– सोह्र दुना आठ। हो, तिमीहरू त्यस्तै हौ।'

अहिले पनि मलहु सरले मैले पढेको हाइस्कुलमा निरन्तर गणित पढाउँदै छन्। र कालोपाटी नजिकै बोलाएर मजस्तै नबुझीकन पनि बुझेँ ैं भन्ने विद्यार्थीलाई 'पढायो पढायो पाठ – सोह्र दुना आठ।' भन्ने उखान टुक्काले हपार्दै होलान्। समयक्रममा म आफैँ विज्ञानमा स्नातकोत्तर गरेँ र राजनीतिमा लागेँ। राजनीतिमा लागेपछि थाहा पो भयो खास 'सोह्र दुना आठ' त गणितमा होइन राजनीतिमा हुनेरहेछ। गणितमा जहिले पनि 'आठ दुना सोह्र' नै हुन्छ। तर राजनीतिमा भने धेरैजसो सबालमा 'सोह्र दुना आठ' हुँदोरहेछ। स्वार्थ, जालझेल, षड्यन्त्रआदिले राजनीतिको गणितलाई ज्यादै उल्टोपाल्टो पार्दा रहेछन्। त्यसैले राजनीतिको गणित विशुद्ध गणितजस्तो सिधा र सपाट नहुँदो रहेछ। यहाँ अधिकांश हिसाबमा 'सोह्र दुना आठ' हुन्छ। सायद मेरा गणित गुरु मलहु चौधरीले मलाई राजनीतिशास्त्र पढाउन पाएका भए हामीलाई 'पढायो पढायो राजनीति –आठ दुना सोह्र' भन्दै व्यंग्य गर्थेे कि?

संविधान सभामार्फत नयाँ संविधान निर्माणलाई बल्झाउने संघीयतासम्बन्धी पिलो निचोर्ने क्रममा पनि राजनीतिको 'सोह्र दुना आठ'ले गजबको काम गरेको छ। हुन पनि सोह्र बुँदे सहमतिले आठ वटा संघीय प्रदेश बनाउने निर्णय गरेर प्राविधिकरूपले पनि राजनीतिको 'सोह्र दुना आठ'लाई नै स्थापित गरेको छ। सोह्र बुँदाले निर्माण गरेको आठ प्रदेशको खाकाभित्र रहेको राजनीतिले 'सोह्र दुना आठ'को हिसाबकिताब नगरेको भए अहिलेको सम्झौता पनि सम्भव थिएन। नेपालमा संघीयताको विषय केही दलले दाबी गरेजस्तो समस्याको केन्द्रीय प्रश्न थिएन बरु सत्ता प्राप्तिको मुख्य विषय भने अवश्य थियो। सोह्र बुँदे सहमतिले बनाएका आठ प्रदेशको समाधानले संघीयताको विवादलाई सम्बोधन गर्नुभन्दा केही दल र तिनको पदीय भागबण्डालाई बढी सम्बोधन गरेको छ। हुनत जस्तोतस्तो सहमति गरेर भए पनि संविधान रचनाको तगारोका रूपमा रहेको संघीयताको प्रश्नलाई केही पर धकेल्नुलाई सकारात्मक नै मान्नुपर्ला। तर जुन स्वार्थमा टेकेर संघीयताको विषयमा सम्झौता भएको छ त्यसले उत्पन्न गर्न सक्ने समस्या भने सम्झौताकारीले सोचेजस्तै सरल छैनन्। सम्झौताले पढाएको 'सोह्र दुना आठ'ले सत्ताको केन्द्रीय लडाइँलाई त समाधान गरेको छ तर नेपालमा अनन्त लडाइको बीउ रोेपेर।

केन्द्रको लडाइँ
निर्माणाधीन नयाँ संविधानको सर्वाधिक विवादित विषय संघीयता थियो र छ भन्ने निर्विवाद छ। नेपाललाई संघीयकरण गर्दा कुन मानकका आधारमा कस्ता कस्ता प्रदेशको निर्माण गर्नुपर्छ भन्ने सबालमा पर्याप्त छलफल भएका छन्। संविधान सभा भित्र र बाहिर उत्तिकै सघन संवाद, बहस र अन्तर्क्रिया भएको विषय नै संघीयता हो। साथै संघीयताको नाममा नौरंगी उदेश्य बोकेका विदेशी 'दाता'को पैसा पनि मनग्य खर्च भएको छ। भलै उक्त रकम दिनभर गफ चुटेर साँझ रक्सी र मासुमा खर्च भएकै किन नहोस्! अर्कातिर, समयक्रमसँगै संघीयताको विषयमा कुन दलको कस्तो अडान रहेको छ भन्नेमात्र होइन – उक्त 'अडान' कताबाट आएको हो, कतातिर जान्छ र कुन स्वार्थबाट आएको हो भन्नेमा समेत नेपाली जनता राम्रै जानकार भइसकेका छन्। अझ अगाडि बढेर भन्नुपर्दा कुन दलभित्रको कुन नेताको 'अडान' कस्तो छ र कुन स्वार्थका कारण त्यस्तो 'अडान' राखेको हो भन्ने पनि थाहा भइसकेको छ। त्यसकारण अहिले जन्मिएको 'सोह्र दुना आठ' वाला सम्झौताको उद्देश्य पवित्र छ भन्नु आफैँलाई ढाँट्नु सिवाय केही होइन।

संघीयतामा एकाएक 'सोह्र दुना आठ'को सहमति भएपछि त्यसको अलिखित सम्झौता के होला भन्ने कौतुहल जन्मिएको छ। अलिखित सम्झौताको विवरण तिनले गोप्यरूपमा गरेजस्तै ठ्याक्कै भन्न नसकिएला तर अनुमान लगाउन नसकिने विषय पनि होइन। सबैलाई थाहा भएकै कुरा हो संविधानका मूलभूत विषयमा लगभग समान दृष्टिकोण भएको कारणले नै नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको थियो। गत वर्ष तिनका बीचमा भएको ५ बुँदे सम्झौताको मूल आधार नयाँ संविधानको निर्माण र वर्ष दिनभित्र नयाँ संविधान जारी गरेपछि गर्ने भनिएको पदीय बाँडफाँट सहायक आधार थियो। तर संघीयताको विषयमा विवाद बढ्दै गएर संविधान निर्माणमा सहमति बन्ने वातावरण बिग्रिँदै गएपछि विलम्ब पनि हुँदै जान थाल्यो। दलहरूबाटै निर्धारित गत माघ ८ गतेको समयसीमा नाघेपछि सत्तासीन दलहरूकै पूर्व सम्झौताको पालना दुरुह बन्दै गइरहेको थियो। सम्झौताबमोजिम सरकारको नेतृत्व पाउनुपर्ने एमालेको आतुरता पटकपटक प्रकट भएकै थियो। तर संविधानको प्रश्नले उसलाई रोकिरहेको थियो। संविधानका आधारभूत विषयमा सहमति कायम नहुँदै सरकारमा जाने बाटो खोल्न ज्यादै कठिन थियो। संसदीय दल र पार्टी नेतृत्वमा आएका केपी ओलीको स्वाभाविक गन्तव्य सरकारको नेतृत्वमा पुग्नु थियो। त्यसका लागि एमालेबाट गरिएका प्रयत्नमा प्ाार्टीभित्र र बाहिरबाट अवरोध आइरहेका थिए। अर्कोतिर पुरानो सम्झौताको विषय उठाएर एमालेले बढी झन्झट खडा गर्न खोजेमा काँग्रेससँग सरकारमा जाने सहमति गर्न एनेकपा (माओवादी) खुट्टा उचालेर बसेको थियो। त्यस्तो राजनीतिक परिस्थितिमा नचाँहदा नचाँहदै पनि एमाले खुम्चिएर बस्न बाध्य थियो।

यही राजनीतिक परिस्थितिमा रुमलिएको अवस्थामा एकाएक आएको महाभूकम्पले राजनीतिक दललाई पनि मज्जासँग हल्लायो। भूकम्पको प्रकोपलाई शीघ्र सम्बोधन गर्न असफल सत्तापक्ष र त्यसलाई रचनात्मक आलोचनामार्फत् राजनीतिक लाभ लिन असफल प्रतिपक्षको अगाडि मिलेर जानुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भयो। एकातिर कथित सहमतिको वार्ताले वाक्कदिक्क भइसकेका जनता र अर्कोतिर सहमति जुटाउन नसकेर थाकिसकेका दलका नेतामा जस्तो भए पनि चाँडो संविधान बनोस् भन्ने चाहना बढ्दैगएको थियो। भूकम्पको प्रकोपले आआफ्ना अतिवादी अडानलाई बढी लचिलो बनाउन नेताहरूलाई अवसर पनि प्राप्त भयो। र नयाँ राजनीतिक स्वार्थका लागि पुराना अडानबाट पछि हटेर टाउको लुकाउन सक्ने ठाउँ पनि भूकम्पले निर्माण गरिदियो। यसै सेरोफेरोभित्र मुख्य तीन राजनीतिक दलको स्वार्थलाई सम्बोधन हुने गरेर संघीयतामा सहमति कायम गरियो। आफ्नो नेतृत्वमा संविधान जारी भयो भने आगामी महाधिवेशनमात्र होइन राजनीतिको दीर्घकालीन लाभ लिन सकिने स्वार्थमा कांग्रेस छ भने एमालेले सरकारको नेतृत्व पाउनेछ। एमाओवादीलाई राष्ट्रपति वा भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको नेतृत्व दिने सहमति वर्तमान सत्ता केन्द्रको लडाइँको युद्धविराम हुन सक्छ। तर सत्ता केन्द्रको लडाइँलाई युद्धविराममा टुंगाए पनि वास्तविक लडाइँ अब बल्ल आरम्भ हुने शङ्का पनि कम वलवान् चाहिँ छैन।

लडाइँको केन्द्र
फेरि पनि लडाइँको केन्द्र संघीयता नै बन्ने अर्को बलियो जोखिम देखिएको छ। सत्ता केन्द्रित सहमतिलाई युद्धविराममा टंुग्याएको सम्झौताले अर्को लडाइँको केन्द्र निर्माण गरिदिएको छ। यो सम्झौताको विपक्षमा उल्लेख्य संख्यामा रहेका जातीय/क्षेत्रीय दलमात्र छैनन्, उग्र दक्षिणपन्थीदेखि लिएर उग्र वामपन्थी पनि एकै ठाउँमा छन्। संघीयता हुनै हुन्न भन्नेदेखि जातीय पहिचानबाहेक संघीयताको अर्को आधार हुनैसत्तै्कन भन्ने मान्यता राख्ने शक्तिसमेत सम्झौताविरुद्ध छन्। परिस्थितिको जटिलतालाई धेरै हदसम्म एमाओवादीको नेतृत्वमा रहेको मोर्चाको ऐक्यबद्धताले रोक्न सक्थ्यो। तर एमाओवादी नेतृत्वको मोर्चामा आबद्ध कैयौं दलले मुख्य दलहरूको सम्झौता अस्वीकार गरेका छन्। संघीयताको सम्झौताको वर्तमान स्थिति संविधान सभाको संख्याको हिसाबले सुरक्षित नै होला र छ। तर विषयको संवेदनशीलता र समाधानका दृष्टिले झनै खतरनाक ठाउँमा पुग्नसक्ने परिस्थिति निर्माण भएको छ। यसले लडाइँको केन्द्र पुनः संघीयता हुने र त्यो पनि संविधान सभाबाहिर पुग्नसक्ने देखिएको छ।

सम्झौतामा सहभागी दलहरूले संघीयताको मामिलामा देखापरेका निर्णायक मतभेदलाई बेवारिस छोडेर संख्यामा मात्र सम्झौता गरेका छन्। संख्या कुनै पनि दलका लागि महत्वपूर्ण प्रश्न थिएन। महत्वपूर्ण प्रश्न त्यसको आधार थियो। सम्झौताको विरोध गर्ने शक्तिको पक्षलाई छोडेर हेर्दा पनि अहिले भएको सम्झौतामा मोटामोटी रूपमा पहिचानका ५ र सामर्थ्यका ३ वटा आधारमा प्रदेश निर्माण गरिने उल्लेख छ। तर सम्झौतामा सहभागी शक्तिका बीचमा पहिचानका विविधरूपहरूमा पनि ठूलो विवाद कायमै छ। विवादका मुख्य विषय पनि टुंग्याएको भए वर्तमान सम्झौताले दीर्घकालीन द्वन्द्वलाई धेरै हदसम्म समाधान गर्न सक्थ्यो। तर नामाङ्कनको जिम्मा सम्बन्धित प्रदेशलाई र सीमाङ्कनको जिम्मा पछि गठन गरिने संघीय आयोगलाई दिएर दलहरूले विवादको जरालाई अनन्तसम्म लम्याइदिएका छन्। यसले भविष्यमा उत्पन्न गर्ने लडाइँको केन्द्रलाई निस्तेज पार्न सक्ने राज्यको केन्द्रीकृत स्वरूप पनि बाँकी राख्ने छैन जसरी अहिले जेनतेन उत्पन्न अतिवादलाई केही हदसम्म छेकिराखेको छ।

यसरी एकातिर संघीयता हुनै हुन्न भन्ने शक्ति र अर्कोतिर जातीय र क्षेत्रीय संघीयताको पक्षमा रहेका शक्तिको दबाबलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा वर्तमान दलीय नेतृत्व कत्ति पनि संवेदनशील देखिएन। किनभने वर्तमान सम्झौताको आधार संघीयताको संवेदनशीलताबाट उब्जिएको प्रश्नै होइन। सम्झौताको केन्द्रमा रहेको पदीय बाँडफाँट पनि उधारोमा छ। उक्त बाँडफाँटमा विवाद हुनासाथ भइसकेका सम्झौता पनि उल्टिने खतरा उत्तिकै छ। त्यस्तो परिस्थितिमा वर्तमान सम्झौताको विपक्षमा रहेका शक्ति संविधान सभाभन्दा बाहिरको राजनीतिमा निर्णायक बन्न सक्ने स्थिति प्रबल छ। संविधान सभाभित्रका विषय बाहिर सर्दै जाने र त्यसको वरपर गोलबन्द शक्तिको आकार पनि बढ्दै जाँदा स्थिति मुख्य दलहरूको नियन्त्रणभित्रै रहिरहनेछ भन्न सकिन्न। राजनीतिको 'सोह्र दुना आठ'को सम्झौताले संविधान निर्माणमा सकारात्मक भूमिका खेलेको होला तर संघीयता होस् वा नहोस् – नेपाललाई अनन्त द्वन्द्वमा धकेल्ने जोखिम भने धेरै नै बढाएको छ।
अर्को समाचार
मञ्जुलाई सम्झियो महोत्सवमा
१९ चैत्र २०७०
•
३ मिनेट पाठ
मञ्जुलाई सम्झियो महोत्सवमा
बाग्लुङ- ‘हिँड्दा हिँड्दा सपना बुनी, लान्छ दैव केही कुरा नसुनी' गायक पशुपति शर्माले बाग्लुङ महोत्सवमा यो पंक्ति गाउँदा दर्शक स्तब्ध भए। गायिका मञ्जु महतसँग ‘पढ्यो, पढ्यो पाठ, सोह्र दुना आठ' गीत गाएका शर्माले मञ्जुलाई गीतमार्फत् सम्झेर रोए।‘किन दैव दयालु बन्दैनस्...ज्यान सुकेर धागो सरी भो', लानीलाई लगेसी दैवले, बाँच्नेलाई त पिरको भारी भो' भन्दै शर्माले गायिका मञ्जुप्रति श्रद्धासुमन व्यक्त गरे। सडक दुर्घटनामा परेर मञ्जुको गत आइतबार निधन भएको थियो।
बाग्लुङ उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको ‘बाग्लुङ महोत्सव'मा हँसाउन र मनोरञ्जन प्रदान गर्न आएका कलाकारले गीतबाट मञ्जुलाई सम्भि्कए। 
२८ वर्षको उमेरमा निधन भएकी मञ्जुको अभाव खड्किएको भन्दै गीत गाउँदा कार्यक्रमस्थल स्तब्ध भयो। शर्माले भावुक भएर गीतको टुक्काबाट स्मरण गर्दा दर्शकले पनि आँसु चुहाए। 
पशुपतिले कार्यक्रममा ‘अमेरिका पनि यै, जापान पनि यै' लगायत आधा दर्जन गीत गाए। महोत्सवमा अर्का गायक रामजी खाँडले पनि मञ्जुलाई सम्भि्कँदै लोकसंस्कृतिको क्षेत्रमा क्षति पुगेको बताए। ‘मञ्जुको अभाव खड्किएको छ,' खाँडले भने, ‘उनीसँग स्टेज तथा एल्बममा थुप्रैपटक गाएको थिएँ मैले।' 
खाँडले मञ्जुसँगै गाएको ‘नभन है कसैलाई भन्नु हुँदैन' पनि सुनाए। खाँडले ‘फूल फुलेर पयाँलै भयो' गाउँदा भने युवायुवतीहरु धित मरुन्जेल नाचे। ‘तिमीलाई देखेसी प्यार हुन्छ' लगायतका गीत खाँडेले प्रस्तुत गरे।
शर्मा र खाँडमात्र होइन महोत्सवमा आएका गायिका मञ्जु पौडेल, सम्झना लामिछाने पनि मञ्जुको निधनले लोकगीतमा क्षति पुगेको गीतमार्फत् नै व्यक्त गरे।
कार्यक्रममा कलाकार जितु नेपाल र निरज नेपालले समसामयिक विषयमा व्यंग्य प्रस्तुत गरेर दर्शकलाई हँसाए। कलाकारले राजनीतिक दलका नेताप्रति पनि छेडछाड गरे। 
बाग्लुङ महोत्सवको अवसरमा राष्ट्रिय लोकदोहारी प्रतियोगिता पनि सुरु भएको छ। कला संस्कृतिको संरक्षण गर्न महोत्सवको आयोजना गरी कलाकारलाई ल्याइएको उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए। 
सोमबार सुरु भएको महोत्सव चैत २५ सम्म चल्नेछ। महोत्सवमा हरेक दिन राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस