दोस्रो संविधानसभा आगामी मंंसिरमा २ वर्षको पुग्नेछ। सरसरी गणना गर्दा २०७० मंसिर ५ मा निर्वाचन भएर ४ वर्षभित्र संविधान निर्माण गर्ने जिम्मेवारी पाएको संविधानसभाको आधा समय पनि बितेको छैन। करिब अढाई वर्ष अझै बाँकी छ। तर, संविधानसभाामा अहिले एक किसिमको हतारो छ। गत माघमा प्रमुख राजनीतिक दल बहुमतीय र सहमतीय भन्दै दुई ध्रुवमा विभाजित भएका थिए। नेपाली कांग्रेस, नेकपा एमालेलगायत सत्ताधारी दलसँग संविधानसभाको दुई तिहाइको साथ र समर्थन हुँदा पनि संविधान निर्माणले गति लिन सकेको थिएन।सहमतीय र बहुमतीय लडाइँले संविधान निर्माण उल्झनमा परेको थियो। अहिले ५ महिनादेखिको गतिरोध फुकेको देखिँदैछ। विरोधी राजनीति गर्दै आएका एकीकृत माओवादी र मधेसी मोर्चाको एउटा घटक मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सत्ताधारी दलसँग कुम जोड्न आएपछि संविधानसभाले गति लिँदैछ।
'जिम्मेवार' नेताहरूको सक्रियता देख्दा लाग्छ, संविधान निर्माण गर्ने समय घर्किसक्यो, त्यसैले उनीहरू हतारिएका छन्। राजनीतिक घटनाक्रमले पनि दलहरू संविधान निर्माणमा केन्द्रित हुन खोजेको अनुभव हुन्छ। चैत २५ मध्यरात ४ राजनीतिक दलले १६ बुँदे सहमति गर्दै संविधान निर्माणलाई मार्गप्रशस्त गरेका थिए। उक्त सहमतिलाई चैत २६ मा बसेको संविधानसभा बैठकले विवादित विषयको अन्तिम टुंगो लगाउन संवैधानिक—राजनीतिक संवाद समितिको जिम्मा लगाएको थियो। एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराई नेतृत्वको यो सहमतिले दुई दिनमै विवादित मुद्दा मिलेको प्रतिवेदन बनाएर संविधानसभामा पेस गर्ने बताइएको थियो। कुनै प्रभावशाली राजनीतिक व्यवधान वा भवितव्य आइनलागे बिहीबार भट्टराईले संविधानसभामा प्रतिवेदन पेस गर्नेछन्। संविधानसभाले दलका नेताको मार्गचित्र पछ्याउँदै 'फास्ट ट्र्याक' शैलीमा सामान्य छलफलपछि त्यो प्रतिवेदन मस्यौदा समितिमा पठाउनेछ। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको मस्यौदा समितिले दुई सातामा संविधानको खाका कोरेर जनताबीच लैजान ठिक्क पार्नेछ। राजनीतिक सहमतिअनुसार संविधान निर्माणका काम अघि बढेको अवस्थामा असार अन्तिमसम्ममा मुलुकले संविधान पाउनेछ। सिंहदरबारको कार्यकारीमा नयाँ अनुहार आउनेछन्। शीतल निवासको कुर्सीले पनि नयाँ अनुहार भेट्नेछ र संविधानसभा रूपान्तरित सभामा बदलिएर त्यसको अध्यक्ष पनि परिवर्तन हुनेछन्। एकसरो हेर्दा नेपाली जनताले एकैसाथ धेरैथोक पाउनेछन्– संविधान, नयाँ सत्ता, नयाँ सभामुख र साथमा राजनीतिक दलहरूबीचको नयाँ समीकरण।
संविधान निर्माण हतारहतारमा 'फास्ट ट्र्याक' बाट आवश्यक छ वा छैन? बहसको विषय हुन सक्छ तर त्यस्तो केही भइरहेको छैन। राजनीतिक रमाइलो र संविधान प्राप्तिको चाहनाले होला, कतिपय गहिरा विषयमा अहिले छलफल भइराखेको देखिँदैन। अघिल्लो संविधानसभाले ६ वर्ष त्यत्तिकै बिताएको पृष्ठभूमिमा जसोतसो संविधान जारी गरिनुपर्छ र मुलुुक अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नेहरूको संख्या ठूलो छ। लामो समय संविधानविहीन भएर संक्रमणको अवस्थामा मुलुकलाई राखिरहनु हुन्न भन्ने चिन्तन आफैंमा सकारात्मक छ। राजनीतिक दलहरू संविधानसभाको सबैभन्दा पेचिलो मुद्दा संघीयतालाई थाती राखेर बाँकी काम चाँडोभन्दा चाँडो सम्पन्न गर्ने मुडमा छन्। संघीयताजस्तो पेचिलो मुद्दा आयोगको जिम्मा दिएर बाँकी काम फास्ट ट्र्याकको रोमाञ्चकतामा अगाडि बढाउने राजनीति कति सफल होला, समयले देखाउने नै छ। संविधान निर्माणका आधारभूत विधि र प्रक्रिया उल्लंघन गर्न मिल्ने कुरा हुन्? संविधान निर्माणमा जनताको सहभागितालाई फास्ट ट्र्याकका नाममा खुम्च्याउने काम गर्न मिल्छ? गत माघदेखि निष्त्रि्कयजस्तै बनेको संविधानसभा नियमावलीअनुसार संविधान निर्माणको काम हुने हो भने कम्तीमा ५–६ महिना लाग्ने थियो। तर, नेताहरू आफैंले बनाएको नियमावली कुल्चिने र जनतालाई सहभागी नगराउने खेलबाट निर्देशित भइरहेका त छैनन्? असारभित्रै काम फत्ते गर्ने नेताहरूको मनोविज्ञानले यस्तै संकेत गरेको छ। अघिल्लो संविधानसभामा नयाँ संविधानको मस्यौदा प्रत्येक घरधुरीमा पुर्यारउने र सुझाव लिएर मात्र अन्तिम रूप दिने भनिएको थियो। यही संविधानसभाले पनि प्रत्येक निर्वाचन क्षेत्रमा मस्यौदा पुर्यााएर जनस्तरबाट रायसुझाव लिने भनिएको छ। तर अहिले फास्ट ट्र्याकको आवरणमा सञ्चार माध्यमबाट मस्यौदा सार्वजनिक गर्ने र इमेलबाट समेत रायसुझाव लिने व्यवस्था गर्ने कार्यतालिका बन्ने सुनिँदैछ। यहाँ जनस्तरमा लगेर मस्यौदामा छलफल गराउने विषय मात्र छोट्ट्याइएको छैन, सविधान निर्माणको मूल जिम्मेवार जनप्रतिनिधि सभासदकै भूमिकासमेत अस्वाभाविक रूपले साँघुर्याएइँदैछ। जनप्रतिनिधिलाई पार्टी र तिनका शीर्ष नेताका छायामा बिलाउन बाध्य बनाउने काम आफैंमा राम्रो होइन। संघीयताजस्ता मामला उधारोमा राखेर बाँकी काम हतारहतार सम्पन्न गर्न खोज्दाको परिणाम संविधान निर्माणमा व्यापक सहभागिता जुट्दैन। यसले संविधानमा अपनत्व स्थापित हुन सक्दैन। छोटो बाटोको जोखिम उठाउनुको सट्टा पर्याप्त छलफल र सुझाव लिएर दुईचार महिना ढिलो संविधान जारी गर्दा पनि खासै घाटा हुने थिएन।
किन फास्ट ट्र्याकको बाटो? १६ बुँदे राजनीतिक सहमतिमा संविधान निर्माण, राष्ट्रिय सरकार गठन, स्थानीय निकाय चुनाव गर्नेलगायत काम उल्लेख्य छन्। सतहमा जेजस्ता बुँदा राखिए पनि सहमति पछाडिको राजनीतिक पृष्ठभूमि नयाँ सरकार निर्माणसँग सम्बन्धित देखिन्छ। जिम्मेवार राजनीतिक नेता सार्वजनिक भाषणमै भूकम्पबाट प्रभावित मुलुकमा पुनर्निर्माणको काम गर्न राष्ट्रिय सरकार आवश्यक रहेको औंल्याउँदैछन्। यसले स्पष्ट संकेत गर्छ, अहिलेको राजनीतिक सहमति सरकार निर्माणको मुख्य उद्देश्यसँग सम्बन्धित छ। नयाँ सरकार गठनको मूल्यमा अगाडि बढेको संविधान निर्माण आफंैमा जोखिमयुक्त देखिन्छ। राष्ट्रिय सरकार कहिले र कसरी गठन हुने? सहमतिपत्रमा हस्ताक्षर गर्ने दलहरूबीच नै विरोधाभाष देखिन्छ। राष्ट्रिय सरकार गठनबारे बुझाइमा देखिएको फरक मतले जुनसुकै बेला आकार लिन सक्छ। त्यसले संविधान निर्माणमा व्यवधान निम्त्याउन सक्ने आँकलन प्रमुख दलले गर्न सकेको देखिँदैन।
सहमतिमा संविधान निर्माणको सबैभन्दा पेचिलो मुद्दा थाती नै राखिएको छ। मनसुनको संघारमा गरिएको राजनीतिक सहमतिका कारण तत्काल विरोधी राजनीतिले आकार लिने सम्भावना त नहोला। खेतीपातीको समय र त्यसपछि दसँै, तिहार, छठसम्म जनता आन्दोलनमा सहभागी हुन गाह्रो पर्छ। सहमतिका पछाडि यो वास्तविकता पनि लुकेको हुनुपर्छ। यद्यपि, संघीयताको मुद्दा पन्छाउनै नसकिने गरी राजनीतिमा घुसिसकेको छ। यसको सम्बोधन व्यापक छलफल र संवादबाट हुनुपर्छ। संघीयतामा जातिवाद र गैरजातिवादी मान्यताबीच बहस भइरहेका बेला चार राजनीतिक दल मुलुकलाई आठ प्रदेशमा विभाजन गर्ने टुंगोमा पुगेका छन्। राजनीतिक निर्णय आफ्नो ठाउँमा छ तर प्रदेशको सीमांकन संघीय आयोगले गर्ने र नाम प्रदेशसभा आफैंले राख्ने सहमति कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ। आयोग गठन कहिले गर्ने? आयोगमा कस्ताकस्ता मानिस रहने? त्यसको छिनोफानो भएको छैन। सरकारले गठन गर्ने त्यस्तो आयोगले गठन भएको मितिले ६ महिनाभित्र प्रतिवेदन दिने सहमति कागजमा मात्र सीमित हुने त होइन? संशय छ।
राजनीतिक घटनाक्रम, जनताले संघीयतामा चासो नराखेको अवस्था र छिमेकी मुलुकहरूको चाहनाको पृष्ठभूमिमा संघीयताबाट मुख्य राजनीतिक दल र नेता पन्छन खोजेका त होइनन्? प्रश्न उठेको छ। तर, सँगसँगै संघीयताबारे सुरुदेखि अपनाइएका पहिचान र सामर्थ्यका आधारमै नयाँ आयोगले काम गर्नुपर्ने राजनीतिक सहमति अर्को खड्गो हो, संघीय आयोगनिम्ति। पुरानै मान्यतामा अडिएर संघीयताको खाका कोर्दा एमाओवादीलगायत जातिवादीहरूको चाहनाअनुसार संघीयताको खाका बन्नेछ जुन कांग्रेस, एमालेलगायत कतिपय दलका लागि अमान्य छ। आयोग गठन हुनु, त्यसले काम गर्नु, प्रतिवेदन दिनु र त्यसअनुसार मुलुकको संघीय खाका कोरिनु टाढाका विषय हुन्।
सरकार गठनको राजनीतिबाट निर्देशित अहिलेको संविधान निर्माण आगामी दिनमा कसरी अगाडि बढ्छ? १६ बुँदे सहमति गर्ने चार दलको संख्या र सामर्थ्यको बलमा संविधान जारी हुन सक्नुपर्ने हो। तर, चारदलीय मोर्चाबन्दीसँगै जातीय र क्षेत्रीय राजनीतिक वृत्तमा नयाँखाले समीकरण बन्न लागेको देखिन्छ। मधेसी राजनीतिका अगुवा र जातीय राजनीतिक अगुवा एकापसमा एकीकृत हुने राजनीतिक अभ्यासलाई सामान्य अर्थमा लिन मिल्दैन। मधेसी जनअधिकार फोरम आफ्नो क्षेत्रीय आवरण परिवर्तन गरेर राष्ट्रिय स्तरको बन्न चाहन्छ। उता संघीय समाजवादी पार्टीका अशोक राई मधेसीसँग नजिकिन खोज्दैछन्। यादव र राईबीचको एकीकरण सन्दर्भले नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरेको छ। यस्ताखाले समीकरण अरू पनि बन्न सक्छन् तर त्यसले निम्त्याउने राजनीतिक धु्रवीकरण नजरअन्दाज गर्न भने मिल्दैन। किनकि, त्यसले संविधान निर्माणको बाटोलाई असहज बनाइदिन सक्छ।