अरूले गरेको विकास हेरेर मन कुँड्याउनु नेपालीको नियति बन्न पुगेको छ। नेपालमा पटकपटक नाम सुनिने देश नर्वे हेर्दा त्यस्तै लाग्छ। सबै कुरा नियममा चलेको छ। सेवासुविधा पर्याप्त छ, रोजगारी छ। आम्दानी छ। साथसाथै, नियमकानुन पनि उत्तिकै कडा छ। जम्मा ५ सय ५० क्रोनरको टिकट काट्दा महिनाभरि मेट्रो रेल चढ्न पाइन्छ तर हेलचेक्र्याइँ गरेर बिनाटिकट चढेमा एक पटकमा तत्कालै ७ सय ५० क्रोनर जरिवाना नतिरी सुखै छैन। अनुशासनबिना समृद्धि हासिल गर्न सकिँदैन भन्ने नर्वे, डेनमार्क, स्वीडेनजस्ता मुलुकले देखाएका छन्।
डेनमार्क, नर्वे र स्वीडेन उस्तैउस्तै मुलुक हुन्। युरोपको साझा मुद्रा युरो भए पनि यी तीनै मुलुक चल्तीमा छैन। डिपार्टमेन्टल स्टोर, रेल, बस, एअरलाइन्स, पानीजहाज सबैतिर आआफ्नै देशका मुद्रा चलाइएको पाइन्छ। तीनै देशका मुद्राको नाम क्रोनर हो तर सबैका अगाडि आ-आफ्नो देशको नाम जोडिएको छ- नर्वेजियन, स्वीडिस र डेनिस। यी तीनैवटा मुलुकमध्ये डेनमार्कको मुद्रा बलियो छ। तर, नर्वे सबभन्दा महँगो छ। ओस्लो सहरबाट विमानस्थलसम्म आउन मेट्रो रेलमा १ सय २० क्रोनर (झन्डै साढे १४ सय रूपियाँ) तिर्नुपर्छ भने ट्याक्सीमा आउने हो भने साढे ७ सय क्रोनर लाग्छ। डेनमार्कको कस्त्रुप र नर्वेको ओस्लो विमानस्थल हेरेपछि त्रिभुवन विमानस्थललाई 'अन्तर्राष्ट्रिय' भन्दा उनीहरूलाई कति हाँसो उठ्दो हो भन्ने लाग्छ।
तीनैवटा देशमा राजतन्त्र छ। तर, कतैका राजारानीले न अभिनन्दन खाँदै हिँड्न पाउँछन् न त त्यस्तो इच्छा नै राख्दछन्। नर्वेका राजा हेराल्ड पाँचौँको दरबार सबैका लागि खुला छ। त्यहाँ कुनै ठूलो सैनिक जत्था तैनाथ छैन। भित्र प्रवेश गर्न टिकट काट्नु पनि पर्दैन। औपचारिक कार्यक्रम त्यसै दरबारमा हुन्छन्। डेनमार्ककी महारानी मार्गरेट द्वितीयाको दरबार पनि सबैका लागि खुला नै छ। त्यहाँ पुग्दा घुइँचो भेटिँदैन। खासमा धेरैलाई त्यसमा खासै कौतुहल नै रहेनछ। कुनै वस्तुलाई रहस्यमा नराखी स्वाभाविकरूपमा जान दिने हो भने त्यसले सामान्यरूप धारण गर्छ भन्ने उदाहरण बनेका छन् यी राजदरबारहरू।
यी मुलुकमा रोजगारीको खासै समस्या छैन। खोजेजस्तो काम नपाएका कारण बेरोजगार बस्नुपरेका मानिसलाई पनि सरकारले भत्ताको व्यवस्था गरेको छ। मानिसहरू प्रशस्त कमाउँछन्, त्यसबाट सरकारलाई कर पनि ठूलो मात्रामा तिर्छन्। कोपनहेगनको वेकअप होटलमा सरसफाइको काम गर्ने नरिक महिनामा २१ हजार क्रोनर कमाउँछन्। त्यसबाट उनले सरकारलाई आठ हजारभन्दा बढी कर बुझाउनुपर्छ। त्यसैगरी नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा कार्यरत काठमाडौँका डा. सुरज थापा महिनमा ६० हजार क्रोनरभन्दा बढी कमाउँछन्। तर, उनको हातमा ३५ हजार क्रोनर पर्छ। कमाउनेहरूबाट उठाएको यही रकमबाट राज्यले कमाउन नसक्ने, अशक्त, केटाकेटी र गरिबलाई भत्ता दिन्छ। नर्वेमा प्रतिबच्चा १ हजार क्रोनर भत्ता पाइन्छ। शिक्षा पूर्ण निःशुल्क छ, कुनै पनि अस्पतालमा उपचारको पैसा लाग्दैन। नर्वेका नागरिकको प्रतिव्यक्ति आय ८७ हजार ७० अमेरिकी डलर छ भने डेनमार्कको प्रतिव्यक्ति आय ५९ हजार १ सय ३० अमेरिकी डलर छ। औसत आयु ८० वर्ष छ।
यहाँका जनजीवन पूर्णतः ऊर्जामा आधारित छ। ऊर्जाको आपूर्ति बन्द हुने हो भने सम्पूर्ण मुलुक नै ठप्प हुन्छ। हाम्रो जस्तो सातामा १८ घन्टा लोडसेङि खेप्ने बानी परेका मानिसलाई त यो सुन्दै अचम्म लाग्छ। तीनै मुलुक समुद्रसँग जोडिएका छन्। पानीजहाजले गर्दा पारबहनका साथै माछाका कारण खानेकुरामा ठूलो टेवा पुगेको छ।
यी मुलुकमा पनि राजनीति हुन्छ। तर, इतिहास पल्टाएर हेर्दा दशकौँदेखि कुनै बन्द हडताल भएको देखिँदैन। विरोध प्रदर्शन गर्ने आफ्नै तरिका छन्, ठाउँ छन्। इरानमा मुसलमानमाथि भएको ज्यादतीको विरोधमा गत बुधबार नर्वेको संसद् अगाडि विरोध प्रदर्शन आयोजना गरिएको थियो। गजबको कुरा- त्यहाँ कुनै प्रहरी थिएनन्। सानो हातेमाइकबाट एकजनाले आफ्नो कुरा भनिरहेका थिए, बाँकीले प्लेकार्ड लिएर बसिरहेका थिए। केहीले बटुवालाई पर्चा बाँडिरहेका थिए। यस्तो पो विरोध! यस्तो पो प्रदर्शन!
यी तीनवटा मुलुकमध्ये विकासका सूचकांकमा नर्वे अगाडि देखिन्छ। र, अन्तर्राष्ट्रिय स्तरमा पनि नर्वेको भूमिका नै बढी सशक्त देखिन्छ। यसो हुनुमा राजनीतिक स्थायित्व अझ भनौ नीतिगत स्थायित्व नै प्रमुख कारक हो। लोककल्याणकारी राज्यको साँचो नमुनाका रूपमा नर्वेलाई देख्न पाइन्छ। इजरायल र प्लेस्टाइनबीचको युद्धमा होस् वा श्रीलंकामा तामिल र सरकारबीचको युद्धमा, नर्वेले मध्यस्थको भूमिका निर्वाह गरेको थियो। जेन्स स्टोल्टेन्वर्गको नेतृत्वमा रहेको मध्यवामको 'रेड ग्रीन' गठबन्धन अहिले नर्वेमा थप लोकप्रिय बनेको छ। यिनीहरूका अरू चुनावी नारा नै सकिएका छन्। स्वास्थ्य, कर, आप्रवासन जस्ता विषयमा कुन दलले कस्तो नीति अपनाउँछ भन्ने आधारमा जनताले मत दिन्छन्।
संसारका सबै दर्शन र राजनीतिक विचारधाराको उद्देश्य जनतालाई सुखी, सम्पन्न र खुसी बनाउनु हो। स्केन्डेनेभियषली मुलुकले यसमा ठूलो सफलता पाएका छन्। यिनीहरूले अवलम्बन गरेको लोककल्याणकारी राज्यको अवधारणा वास्तवमा दुनियाँका लागि उदाहरणीय छ। जनताको आय आर्जन बढाउने, रोजगारका प्रशस्त अवसर सिर्जना गर्ने, उद्योगधन्दाको विस्तार गर्ने र त्यसबाट उठेको रकम जनताकै लागि खर्च गर्ने परिपाटीले यी मुलुकमा गरिबी, भेदभाव, असमानता र पछौटेपन धेरै कम छ। हिउँदमा माइनस २० सम्म पुग्ने प्रतिकूल मौसमसँग समेत जुधेर यी राष्ट्रहरूले जुन प्रगति गरेका छन्, यो हेर्दा कुनै समाजवादी घोषित राष्ट्रले पनि यति गर्न सक्छ जस्तो लाग्दैन।
कम्युनिस्टहरूले लगाउँदै आएको नारा- 'समानता'- कहीँ कतै साकार भएको छ भने त्यो यिनै मुलुकमा भएको छ। तर, यहाँ हतियार उठाउने कुनै कम्युनिस्ट छैनन्। एकातिर कम्युनिस्ट नभनीकनै दुनियाँमा यति धेरै प्रगति भएको छ भने अर्कातिर समाजवादका नाममा चरम गरिबी र अभावसँग जनताले जुध्नुपरेको तथ्य पनि दुनियाँका सामु छ। कोपनहेगनको एउटा विक्री कक्षमा सरसफाइ गरिरहेकी अर्घाखाँची, सन्धिखर्ककी सरस्वती खनालले भनेझैँ 'कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद पनि यसभन्दा के नै भिन्न होला र?' चीनको प्रगतिलाई अलग्गै सन्दर्भमा हेर्ने हो भने एउटा स्वाभाविक प्रश्न उठ्छ- किन कतै पनि समाजवाद फस्टाउन सकेन? किन कुपोषणग्रस्त भयो?
नेपालका सन्दर्भमा नर्वेको उदाहरण उपयोगी हुन सक्छ। खासगरी, लोककल्याणकारी राज्यको यो अवधारणाबाट नेपालले धेरै कुरा सिक्न सक्छ। जातिजातिबीचमा विद्वेष उत्पन्न गर्ने, शताब्दीऔँदेखिको सहिष्णुता भंग गर्ने र मुुलुकलाई तहसनहस पार्ने खतराबाट बचाउन पनि लोककल्याणकारी राज्यको नर्डिक ढाँचामा जान उपयुक्त हुन्छ। धनी र गरिब, गाउँ र सहर, तराई र पहाड, कथित उच्च जाति र तल्लो जाति, पूर्व र पश्चिमका नाममा विभेद भइरहने हो भने जनतालाई जुन व्यवस्थाले पनि आकर्षित गर्न सक्तैन। विकास गर्ने सपना र योजना हुने हो भने कुनै तन्त्रले पनि फरक पार्दैन भन्ने उदाहरण भएर उभिएका छन् स्केन्डेनेभियाली मुलुकहरू।
नेपालमा धेरै विदेशीबाट नक्कल गर्ने चलन छ। संसारमा कहीँ नभएका गैरसरकारी संस्था नेपालमै छन्। मानवअधिकार, महिलाअधिकार, बालअधिकार आदिदेखि अनेक नाममा नेपालमा वर्षेनी अर्बौंको रकम खर्च हुन्छ। तर, राज्यको यस्तो लोककल्याणकारीस्वरूपका बारेमा त्यति धेरै चर्चा भएको पाइँदैन। मुलुक संघीयतामा जाँदैछ। संघीयताको स्वरूप र संख्याका बारेमा बहस चलिरहेको छ। यस्तो अवस्थामा राज्यलाई कसरी बढी लोककल्याणकारी बनाउन सकिन्छ भन्ने बहस हुनुपर्छ।