असीबयासी वर्ष यताको सबैभन्दा ठूलो भूकम्प पछि ससाना कम्पनहरूको सिलसिला अझै टुंगिएको छैन। वर्षासँगै आउनसक्ने थप अनीष्टको संघारमै उभिएर भए पनि हामी पुनर्निर्माणको कुरा गर्न थालिसकेका छौँ। चुनौतीलाई अवसरमा बदल्ने कुरा गरिरहेकाछौँ। यसको अर्थ हो – हामी जीवन्त छौँ। आशा र सकारात्मकताका झिल्का अझै बाँकी छन् हामीभित्र। हामीले हातखुट्टा लल्याकलुलुक पारेर आत्मसमर्पण गरेका छैनौ।पुनर्निर्माणका लागि यो सकारात्मकता अत्यन्त महत्वपूर्ण पूर्वसर्त हो। तर यतिले मात्रै पुग्दैन। पुनर्निर्माणसँग जोडिएका विभिन्न प्रश्नको वस्तुपरक समाधान आवश्यक छ। धेरै दुःख पाएका, थोरै दुःख पाएका र सामान्य दुःख पाएका थरीथरीका नागरिकबीचमा ऐक्यबद्धता आवश्यक छ। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर हामी थाक्दैनौ। तर उनले सिकाएको ‘यथाभूत ज्ञान दर्शन'को शिक्षालाई आत्मसात् गर्ने र करुणाको अभ्यास गर्ने बेला हो यो। यस्तो केही नगर्ने हो भने ‘बुद्ध नेपालमा जन्मेका हुन्' भन्नु उनको अवमूल्यन गर्ने अन्धराष्ट्रवादी निरर्थक नारा सिवाय केही हुँदैन। तर यतिबेला चाहिएको यस्तो ऐक्यबद्धता, करुणा र वस्तुपरकतालाई छेकेर थरीथरीका आग्रह, पूर्वाग्रह र दुराग्रह उभिने खतरा पनि त्यत्तिकै छ। भूकम्पको लीलाले अझै तर्साइरहेकै बेला पनि केही पूर्वाग्रही दुराग्रही अभिव्यक्ति सुनिन थालिसकेकाछन्।
विभिन्न अप्ठेरासँग जुझ्दै आआफ्ना ठाउँमा विज्ञहरू काम गरिरहेका छन्। भूकम्पले सामान्य मानिसमा समेत अपूर्व उत्सुकता जगाइदिएकोछ। पहिले नसुनेका, नपढेका, नबुझेका कुरामा पनि मानिसको चासो बढ्न थालेको छ। एक किसिमले स्वःस्फूर्तरूपमा ज्ञानको ‘डिमिस्टिफिकेसन' हुन थालेको छ। विभिन्न प्रश्न जन्मन थालेका छन्। र यी प्रश्नलाई सम्बोधन गर्ने क्रममा विज्ञहरूकै अभिव्यक्ति सामर्थ्यसँगै सायद ज्ञान पनि खारिन थालेको छ। यो अर्को सबल पक्ष हो। तर ज्ञानको यो विष्फोट र ‘निरहस्यीकरण' जीवनसँग जोडिएन भने निरस यान्त्रिकतामात्र बन्न पुग्छ। जनमानसमा रहेका विभिन्न भयमिश्रित कौतुहल मध्ये एउटा हो – पुनर्निर्माणका नाममा कहीँ हामीले पुरानै कमजोरीको पुनरावृत्ति त गर्ने हैनौ? यत्रो ठूलो विपद्पछिको अवस्थालाई समेत सकारात्मक भाषामा ‘अवसर'को संज्ञा दिने हो भने बिर्सनै नहुने कुरा हो – यो अवसर अकल्पनीय मूल्य चुकाएर प्राप्त भएको हो। यस्तो बेला पनि पुनर्निर्माणका नाममा पुरानै कमजोरीको पुनरावृत्ति भएछ भने त्यो इतिहासमा अत्यन्त कुरूप अनुहार लिएर सधैँ देखापरिरहने मूर्खता हुनेछ।
काठमाडौं उपत्यकाको पुनर्निर्माण, अन्य नगर तथा नगरोन्मुख बस्तीको पुनर्निर्माण र दूरदराज विकट गाउँको पुनर्निर्माणका आआफ्नै विशेषता र चुनौती छन्। यी चुनौतीको सामना कसरी गर्ने भन्ने केका आधारमा निर्णय गर्ने? फेरि पनि कुनै राजनीतिक, व्यापारिक, साम्प्रदायिक आदि साँगुरा स्वार्थ वा शक्तिशालीहरूबीचको बाँडफाँटका आधारमा निर्णय हुने हो भने त विगतका गल्ती कमजोरीको पुनरावृत्तिमात्रै भइरहनेछ।
उपत्यकाकै कुरा गरौँ। आकाशबाट हेर्दा ‘तीन सहर' पटक्कै सुन्दर देखिँदैन। सहरभित्र बस्दा ‘महानगर'मा बसेको अनुभूति बिल्कुलै हुँदैन। सडक केही फराकिलो हुन थालेदेखि केही ठाउँ फरक देखिएकाछन् तर सडक फराकिलो पार्ने काम पनि निर्विवाद रहेन। त्यो क्रममा ताछिएका घर जोखिममा छन् भन्नेे एकथरी छन्, भत्किने खालका भत्काइएकाले धेरैको ज्यान जोगियो भन्ने पनि छन्। सडक फराकिलो पारिएकाले ुहर सुन्दर भयो भन्ने एकथरी छन् भने सडकका नाममा काठमाडौंको सांस्कृतिक अस्मिता नै सिध्याइयो भन्ने पनि देखिन्छन्। मौका मिल्नेबित्तिकै जेमा पनि बाबुराम भट्टराईलाई गाली गर्ने तम्सिने एकथरी छन् अनि डाक्टर सा'बले गल्ती नै गर्न सत्तै्कनन् भन्ने अर्काथरी छन्। अर्थात्, वस्तुपरकताको अभाव जहिले पनि हामीमा रही नै रहेको छ। अहिले, धर्ती काँपिसकेपछिको यस स्थितिमा चियापसलमा बसेर यस किसिमको मनोगत टिप्पणी गरिरहने सुविधा हामीलाई रहेन। भूकम्पले गर्नु नोक्सानी गर्योि। तर कस्तो ठाउँमा बनेका कस्ता घर टिक्दारहेछन् वा टिक्दैन रहेछन् भनेर देखाइदिएको पनि छ। त्यसबाट पनि कुनै पाठ नसिक्ने हो भने मूर्खताको पराकाष्ठा अरू के हुन सक्छ?
विभिन्न कारणले काठमाडौंको जनसंख्या बढी नै रहेको छ। यस परिस्थितिमा उपत्यकाभित्रको बसोवासलाई व्यवस्थित बनाउने र सहरी पुनर्निर्माणको काम कसरी गर्ने भन्ने झन् महŒवपूर्ण भएको छ। जनसंख्या विस्तारको यो क्रम जारी रहने हो भने अग्ला संरचनाको आवश्यकतालाई अस्वीकार गर्नै सकिन्न। बिस्तारै जथाभावी घरबनेको भूभागलाई स्वतन्त्र गराउँदै, भूसंरचनाको आधारमा सम्भव हुने ठाउँमा आकाशको उपयोग गर्दै अग्ला संरचना बनाउनुपर्ने हुन्छ। तर यस्ता अग्ला संरचना बनाउने हो भने सुरक्षाका निम्ति आवश्यक प्रविधिलाई जुनसुकै मूल्यमा पनि भिœयाउनुपर्ने हुन्छ। कुनै व्यक्ति वा समूहसँग पैसा भएकै आधारमा अब पनि जहाँ पायो त्यहीँ सानो टुक्रा जमिन किनेर वरपरका घरलाई ठाडै मिच्ने किसिमको राक्षसी संरचना बनाउन दिइनु हुँदैन। नगर विकास वा नगर सुधारका निम्ति भूस्वामित्वको नियमन गर्ने काममा अझै पनि जिम्मेवार नभए सम्बन्धित निकायका मानिस अपराधी ठानिनेछन्।
उपत्यकामा अग्लो संरचना बनाउनै हुँदैन भन्ने आवाज पनि नसुनिएको हैन। भूसंरचनाको विशिष्ठताका कारण वा संस्कृति जोगाउन यस्तो तर्क सुनिने गरेको छ। त्यसो हो भने उपत्यकाको जनसंख्या नियन्त्रणमात्रै हैन, घटाउने उपायतर्फ नै लाग्नु पर्छ। यसो गर्नु सजिलो छैन र यस्तो जोखिम मोल्नको लागि राज्य सक्षम छैन। काँचो, कलिलो लोकतान्त्रिक गणतन्त्रमा विभिन्न आयामका जटिलताका कारण पनि यस्तो निर्णय सहज नहोला। विकासको विकेन्द्रीकरणलाई सघाउने संघीयता अर्को उत्तर हुनसक्छ। तर त्यसको खाका कोरिएकै छैन र यस मामिलामा थरीथरीका शक्ति वस्तुपरकताभन्दा बढी आआफ्नो अहम्को रक्षामा लीनजस्ता देखिन्छन्। उपत्यकाको महत्व राजधानी हुनुमा मात्र सीमित नभएकाले पनि जनसंख्या उल्लेख्यरूपमा घटाउन त्यति सहज छैन।
पुनर्निर्माणसँग घनिष्ठरूपमा जोडिएको सबाल हो – सांस्कृतिक सम्पदाको रक्षा। कुनै पनि कालखण्डमा बन्ने संरचना कालजयी हुन तिनले त्यस जमानामा के नौला कुरा दिए? त्यस जमानाका मानिसको परम्परागत जीवनशैलीमा के उल्लेख्य परिवर्तन ल्याए? नागरिक जीवनको कुन कुरालाई सहज बनाए? सम्भ्रान्तकै निम्ति बनेका महल र दरबारले पनि वास्तु तथा अन्य कलाको विकासमा कस्तो उल्लेख्य योगदान दिए आदि कुरामा ती संरचनाको ऐतिहासिक महत्व अडिएको हुन्छ। उपत्यकाका सहरहरूलाई मल्लकालीन वास्तुविद् तथा भूयोजनाविद्ले कति वैज्ञानिकताका साथ योजनाबद्ध गरेका रहेछन् भनेर आधुनिक वास्तुविद्हरू विस्मित हुने गरेकाछन्। हाम्रै जमानाका विद्वान् वास्तुविद्सँगको अनौपचारिक कुराकानीमा जब जब पुर्खाको कला कौशल, दूरदर्शिता, सौन्दर्यबोध, र व्यवहारिकताको कुरा निस्कन्छ, गर्व मिश्रित विस्मयको अनुभूति हामीजस्तालाई पनि हुने गर्छ। तर त्यस बेलाको त्यति सुनियोजित नगर योजना अहिले जस्ताको त्यस्तै पुनर्निर्माण गर्नु अब सम्भव रहेन। धेरै संरचना अब बाँकी नै छैनन्। सबै संरचना ऐतिहासिक महत्वका हुँदैनन् पनि। निश्चित् कालखण्डमा बनेका अधिकांश संरचना अर्को कालखण्डमा अनुपयोगी बन्न पुग्छन्। असुन्दर देखिन पनि सक्छन्। कुनै न कुनै रूपमा जीवनमुखी नभएको संरचना कालजयी हुन सत्तै्कन। जीवनमुखी हुनुको अर्थ हुन्छ – जीवनको रक्षा गर्नु, जीवनलाई सहज बनाउनु र जीवनमा सौन्दर्य थप्नु। यी कुराको अभावमा जबर्जस्ती पुरातनको आयु बढाउन खोज्दा जे पनि झन् कुरूपमात्रै देखिन्छ। त्यसैले, सम्पदा रक्षाको विषयलाई पनि वस्तुनिष्ठताका आधारमा वर्तमानमा अवस्थित भएर प्राथमिकता निर्धारित गर्दै अघि बढ्नुको विकल्प छैन।
भूकम्पले उत्पन्न गरेको चिन्ता, जिज्ञासा र तिनमा आधारित आत्मालापका अंशमात्र हुन् यी पंक्ति। विज्ञहरूसँगको प्रश्न पनि हो। अबको पुनर्निर्माणका बारेमा सामान्य नागरिकले के बुझ्ने? कसरी तयारी गर्ने? दिनहरू जति जति बित्दै छन्, यो स्पष्टताको माग अझ बढ्दै जानेछ।