भूकम्पका पराकम्पन अनुभव भइरहेकै छ। पृथ्वीको गर्भमा रहेका ‘फल्ट लाइन'हरू घिसि्रने र हल्लिीने क्रम जारी रहेकाले पराकम्पनहरू अझै महिनौ गइरहनेछ भन्दैछन् भूगर्भविद्हरू। ठूलो भुइँचालो अहिलेलाई उपत्यकामा टर्यो भन्ने ढाडसले धेरै उपत्यकावासी पालमुनिको वासबाट चर्केको घरभित्र पसेका छन्। नेपाली जनताको दैनिकी भने अझै सामान्य अवस्थामा फर्कन सकेकोछैन पृथ्वी हल्लिरहेका कारण। यता महाभूकम्पको दोस्रो सातासम्म सुतेर बसेको नेपाल सरकार पछिका दिनमा केही क्रियाशील देखिएको छ। तर सरकार राम्ररी क्रियाशील हुन नपाउँदै सरकारमा ‘फल्ट लाइन'हरू विकसित भए। र, नेपाली कांग्रेस – नेकपा (एमाले) गठबन्धनको सरकारमा धाँजा देखिए।कांग्रेस–एमाले गठबन्धन सरकार वास्तवमा एक वर्षभन्दा बढीका लागि थिएन। एक वर्ष भित्र यस गठबन्धनले स्थानीय निकायको निर्वाचन र संविधान निर्माणको जिम्मेवारी पूरा गर्नुपर्ने थियो। सकेन। तर कसैले पनि त्यसको जिम्मेवारी र उत्तरदायित्व लिएनन्। कमजोर विपक्षी, आसे सभासद् र राजनीतिक कार्यकर्ता, विघटित नागरिक समाज र निरास जनताका कारण सरकारमाथि कतैबाट दबाबसमेत परेन। तर पनि एक वर्षभन्दा बढी कांग्रेस–एमाले गठबन्धन सरकारले निरन्तरता पाउनु आश्चर्यकै विषय हो थियो।
नेपालमा सरकार निर्माणको आरोहअवरोह, कांग्रेस–एमालेबीचको अविश्वास र द्वन्द्व हेर्दा वर्तमान सरकार अठार महिनापछि पनि चलिरहनु अनौठै मान्नुपर्छ। कसरी संभव भयो होला? एमालेको कांग्रेससँग गठबन्धन तोड्ने र आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने ठोस कारण थिएन। साथै ऊ विश्वसनीय राजनीतिक सहयात्री पनि थिएन। महाभूकम्पले उत्पन्न विनाशपछि एनेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले आफू पुनःनिर्माण र नवनिर्माणका लागि बनाउनुपर्ने प्राधिकरणको नेतृत्व गर्न तयार भएको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेताहरू एमाओवादीसँग सहकार्य गर्न हौसिए। सायद, एमालेले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने अवसर देख्यो।
बाबुराम भट्टराईको अभिव्यक्तिपछि एमाले, एमाओवादी र मधेसवादीबीच गठबन्धन गरी सरकार निर्माण गर्ने छलफल अगाडि बढ्यो दुई सातासम्म। उता भूकम्पबाट आहत जनता भने राजधानीमा सरकार परिवर्तनको खेल सुरु भएपछि उपेक्षित बन्न पुगे। लामटाङमा हिउँमा पुरिएका स्वदेशी र विदेशीका लास हिउँ पग्लेर देखिन थालेपछि उद्धार खोज्दै थिए तिनका आफन्त। भूकम्पले वास र गाँस खोसिएका गाउँले जनता हावाहुरीले लडाएको मकैको वोटबाट घोगा भाँच्दै थिए। लाखौ केटाकेटी र तिनका अभिभावक भूकम्पपछि विद्यालय जाँदा सरकारबाट संरक्षण र मायाको अपेक्षा गर्दै थिए। मनसुन र पहिरोको डरमा बसेका घरवार विहीन लाखौं नेपाली जनता सरकारको छलफल र बहस होइन पुनर्स्थापनाको कार्यक्रम र कार्यान्वयन पर्खेर बसेका थिए। यस्तो संवेदनशील समयमा सरकार परिवर्तनको खेलले विपत्मा परेका जनसाधारणबीच कस्तो सन्देश प्रवाह होला भन्ने सामान्य चिन्ता र गम्भीरतासमेत दलका नेताहरूमा देखिएन।
प्रधानमन्त्री सुशील कोइराला फुर्तिला छैनन् तर उनी भूकम्प आएपछि मात्र फुर्तिला नदेखिएका त होइनन्। पहिले पनि यस्तै नै थिए। उनको बोली स्पष्ट छैन र उनको देश निर्माण र विपत् व्यवस्थापनको नेतृत्व दिने क्षमता पनि शंकारहित छैन। कोइरालामाथि लागेका यी आरोप निराधार पनि नहोलान् तर उनी अहिले देशका प्रधानमन्त्री छन् र संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीको सभापति पनि हुन्। प्रधानमन्त्री कोइरालाकै नेतृत्वमासंविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको हो। तसर्थ, प्रधानमन्त्री कोइरालालाई उनको इच्छाविपरीत प्रधानमन्त्रीको कुर्सीबाट विस्थापित गर्ने काम एमालेका लागि सहज थिएन र छैन। अनि अठार महिने शासनकालमा प्रधानमन्त्री कोइरालाको नैतिक शक्तिमा ह्रास आएको छैन। नेपाली राजनीतिमा प्रधानमन्त्री कोइरालाको यो पुँजीले अन्य नेतालाई सधैँ चुनौती दिइरहेको छ र दिइनै रहनेछ।
राष्ट्रिय सरकारको सोच र तिकडम महाभूकम्पको व्यवस्थापनमा वर्तमान सरकार र कोइरालाको नेतृत्वलाई असक्षम देखाएर अगाडि बढाइएको देखिन्छ। सुरुमा एमालेले कांग्रेसलाई तर्साउन एमाओवादी र मधेसवादीसँग सरकार निर्माणका लागि कोठे बैठकबाट यो अभियान अगाडि बढायो, तर यी दुवै दलमाथि भर पर्न उसलाई सहज भएन। एमाओवादी पनि कोइराला सरकारलाई अपदस्थ गरी अपजस लिन तयार भएन। दुवै कम्युनिष्ट पार्टी कोठे बैठकमा कांग्रेसलाई अक्षम ठहर गरेर सत्ताच्युत गर्ने चाहना व्यक्त गरिए पनि ‘बिरालाको घाँटीमा घण्टी बाँध्न' भने दुवै तयार भएनन्।
खड्ग ओलीका विश्वासिला मित्रले उनलाई ओलीलाई प्रधानमन्त्रीमा पुग्ने बाटो कोइरालाको असफलतामा नभएर संविधान निर्माणपछिको सफलतामा टेकेरमात्र संभव हुन्छ भन्ने सम्झाएको हुनुपर्छ। दुई साताको एमाओवादीसँगको हिमचिमपछि ओलीले पनि यति न बुझेकै हुनुपर्छ।
नेपालको राजनीतिमा जति विश्वासको संकट कांग्रेस र एमालेबीच छ त्यसभन्दा कैयौं गुना बढी अविश्वास एमाले र एमाओवादीबीच छ। कांग्रेससँग एमालेको अविश्वास सत्ताको नेतृत्व पाउने नपाउनेमा सीमित छ भने एमाओवादी र एमालेको प्रतिस्पर्धा देशको राजनीतिमा वर्चस्वको छ। त्यसैले एमाले फर्केर कांग्रेससँग सहकार्य गर्न वाध्य भएको छ अहिले। अहिले एमालेका अध्यक्ष ओली सम्भवतः प्रधानमन्त्री कोइरालाले कहिले र कुन परिस्थितिमा सरकार छाड्लान् भन्ने भरपदो नापजोखमा लागेको हुनुपर्छ।
प्रधानमन्त्री सुशील कोइराला संविधान बनाउन आलटाल गरी आफ्नो सत्ता लम्याउन चाहन्छन् भन्ने विश्लेषण एमालेभित्र थियो। कोइरालामात्र होइन वर्तमान राष्ट्रपति पनि आफ्नो निरन्तरताका लागि संविधान निर्माणप्रति उदासीन छन् भन्ने अविश्वास पनि एमाले पंक्तिभित्र थियो। नेपालको राजनीति सत्ता केन्द्रित भएकोले प्रधानमन्त्री र राष्ट्रपतिप्रति यस्तो शंका एमाले वृत्तबाटमात्र होइन केही नागरिक तहबाट पनि उठ्ने गरेका छन्, उठिरहेकै छन्। तर प्रधानमन्त्री कोइरालाले आफ्नो पुरानो वचन फेरि दोहोर्यााए चार दलको बैठकमा – ‘म संविधान बनेपछि प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्नेछैन'। एमाले आश्वस्त हुन खोज्दैछ, तर विश्वास गरिहाल्ने अवस्थामा पुगेको नहोला। सायद, आगामी बैठकमा प्रधानमन्त्रीबाट थप प्रत्याभूति चाहन्छन् एमाले नेताहरू।
प्रधानमन्त्री र सरकारको प्रभावकारिताका विषयमा एमालेले बहस र छलफल चलाएको छापाहरूबाट थाहा पाइयो। यसलाई एमालेको पहलमा उठेको सकारात्मक कुरा नै मान्नुपर्छ। देशको कार्यकारिणी प्रमुख प्रभावकारी हुनैपर्छ तर एमालेले बुझ्नु पर्ने कुरा के हो भने वर्तमान अवस्थामा यो संभव छैन। नेपालमा चलेको संसदीय प्रणालीमा अब यो असम्भवजस्तै भएको छ। संसदीय राजनीतिको लामो अभ्यासले हामीलाई सिकाएको पाठ यो हो। नेपालमा विश्वेश्वरप्रसाद कोइरालादेखि पुष्पकमल दाहालसम्म, मनमोहन अधिकारीदेखि कृष्णप्रसाद भट्टराईसम्म संसदीय व्यवस्थाअन्तर्गत भएका प्रधानमन्त्री कोही पनि प्रभावशाली भएनन्, देशको रूपान्तरण गर्ने गरी नेतृत्व गर्न सकेनन्। के सबै प्रधानमन्त्री अक्षम र अयोग्य थिए? पक्कै थिएनन्। सबै देश निर्माणमा नेपाली जनताका लागि आफ्नो जीवन उत्सर्ग गरेका व्यक्ति थिए।
संसदीय व्यवस्थाको लामो अभ्यासपछिको सत्य के हो भने नेपालमा यो प्रभावकारीरूपमा सञ्चालित हुनसकेन। तसर्थ, एमालेले अब आफ्नो चुनावी घोषणापत्र पल्टाउने बेला आयो। अहिले त कांग्रेसका नरहरि आचार्य र प्रदीप गिरीले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चयन गर्नुपर्छ भन्ने आफ्नो पूर्वअडान स्थापित गर्न समय खर्चिनु पर्थ्यो। पुष्पकमल दाहाल र उपेन्द्र यादवले पनि देशलाई प्रभावकारी कार्यकारी प्रमुख दिने आफ्नो मौलिक विचार सत्ताको लेनदेनमा छाड्नु हुँदैन। विजय गच्छदारलाई खासै केही भन्नु छैन।
नेपाल र नेपाली जनतालाई माया गर्ने सबै पार्टीमा कार्यकारिणी प्रमुखको चयन कसरी गर्ने अबका दिनमा भन्ने विषयमा बहस चल्नुपर्छ, चलाउनुपर्छ। हामीसँग संसदीय अभ्यासको इतिहास छ, अनुभव छ। यिनै अनुभवमा टेकेर भन्न सकिन्छ – नेपालमा बेलायती शैलीको संसदीय व्यवस्था प्रभावकारी हुनसकेन, चलेन। बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड', बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल सबैले यस व्यवस्थामा लामबद्ध भएर प्रधानमन्त्री हुन पाएका छन्। अझ उपप्रधानमन्त्री हुनेको त झन् लामो सूची छ, प्रधानमन्त्रीका नवआकांक्षीको संख्या पनि कम छैन। यो व्यवस्था यही गोलचक्करभित्र यिनै केही ‘ठूलाठालु' माझ फसिसकेको छ।
अहिले प्रधानमन्त्री फेर्न जे भइरहेको छ त्यो हेरौँ। सरकार परिवर्तनको कुरासँगै पदको मोलतोल पनि सुरु भएको सुनियो। खरिद विक्री पनि सुरु भएको छ। पद बाँडफाँट भएका छन्। कोठे बैठक चलेका छन् जहाँ सत्ता परिवर्तन गर्ने अनुभवी ठेकेदारहरू निर्णायक भएका छन्। त्यहाँ जनता चाहिँ कहाँ छन्? यो कस्तो लोकतान्त्रिक अभ्यास हो जहाँ विगत अढाई दशकदेखि केही मानिस चलखेल गर्छन् र प्रधानमन्त्री फेर्न समर्थ हुन्छन्। अब प्रधानमन्त्री नेपाली जनताले सिधै चुन्नुपर्छ।
सरकार निर्माणमा हुने चलखेल र लेनदेनबाट प्रधानमन्त्री सुशील कोइराला अनभिज्ञ छैनन्, कोइरालाका आँखासामु यस्ता विकृत सत्ताको खेल धेरै पटक गुज्रेको हुनुपर्छ। तसर्थ कोइराला आफैँले पनि कार्यकारिणी प्रमुखको चयन सिधा जनताबाट गर्नुपर्छ भनी नेतृत्व लिन सक्नुपर्छ।
अहिलेको व्यवस्थामा प्रधानमन्त्री कोही भए पनि केही फरक पर्दैन। प्रधानमन्त्रीसँग शक्ति नै छैन। प्रधानमन्त्रीले शासन गर्ने आधारै समाप्त भएको छ। कोइराला कैयौं मंत्रीसँग रुष्ट र असन्तुष्ट हुनसक्छन्। तर तिनलाई केही गर्न सक्तैनन् प्रधानमन्त्रीले। कोइरालालाई आफ्नै मन्त्रिपरिषद्मा को आयो? कस्ता आए? केही पनि थाहा नहुन सक्छ। शपथ ग्रहणको औपचारिकता प्रधानमन्त्रीबाट पूरा हुन्छ मन्त्रीको। अहिले कोइराला छन् भोलि खड्ग ओली प्रधानमन्त्री होलान् तर समस्या जहाँ को त्यहीँ रहला। नेपालको लोकतन्त्र केही ठालुहरूका लागि मात्र चलखेल गर्ने ठाउँ भएको छ अहिले।
धेरै असल मानिस बेलायती ढाँचाको प्रजातन्त्रमा आरोपित भए, अक्षम र अयोग्य भनिए। किनभने यस व्यवस्थामा योग्यता देखाउने ठाउँ कमै छ। राजनीतिका सासाना स्वार्थी समूहको कम्पनले पनि सरकार ढल्छ ढलेको छ, सरकार प्रमुख हल्लिन वाध्य हुन्छन्। तसर्थ भूकम्पबाट जोगिन भवन आचार संहिता नयाँ ढाँचाको बन्दैछ। अब देश निर्माणको लागि पनि नयाँ ढाँचाको राजनीतिक व्यवस्था निर्माण गरौँ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले गर्व गर्ने ठाउँ धेरै छ। एमाओवादीले पनि नेपालमा गणतन्त्र स्थापित गरेकोमा गर्व गर्नसक्छ। अनि मधेसवादीहरूसँग पनि संघीयताको ढाँचाबाट नेपाल अगाडि बढे गौरव गर्ने लायक राजनीतिक विषय हुनेछ। तर एमालेसँग केही छैन। तसर्थ एमालेका लागि अझै समय छ र उस्ले आफ्नो घोषणापत्रअनुरूप जनताको प्रत्यक्ष मतबाट कार्यकारिणी प्रमुख चुन्ने व्यवस्था अगाडि बढाउन सक्छ।
अन्त्यमा, राजनीतिमा आउने महाभूकम्प र पराकम्पबाट देश र नेपाली जनतालाई जोगाउन नयाँ सोच र प्रणालीबारे छलफल र बहस गरौँ। कुनै समय थियो शासकहरू जनतामाथि धेरै शासन गर्थे, अहिले शासकको शासन छैन नेपालमा। कार्यकारिणी प्रमुखको शासन नहुँदा मन्त्रिपरिषद्, सरकारका अंग र संवैधानिक निकाय पनि कमजोर र प्रभावहीन भएका छन्। तसर्थ व्यक्ति परिवर्तन गरेर राजनीतिलाई अस्थिर बनाउनुभन्दा प्रणालीगतरूपमा प्रभावशाली व्यक्ति लोकतान्त्रिक माध्यमबाट निश्चित समयका लागि जनताबाट चुनिने व्यवस्था निर्माण गरौँ।