मुख नताक, बाटो देखाऊ
१७ जेष्ठ २०७२
•
१७ मिनेट पाठ
मुख नताक, बाटो देखाऊ
बितेको महिना दिनभित्रमा नेपालीले थुप्रै ठूला र सयौँ साना धक्का सहे। भूकम्पले बढी हल्लाएको जिल्लाको जनजीवन अब कहिल्यै पूर्ववत् हुनसत्तै्कन। यसको तात्पर्य सामान्य र सहज पनि हुँदैन भन्नेचाहिँ होइन। शासकहरूले अलिकति संवेदनशीलता र सुझबुझ देखाए भने भूकम्प प्रभावित क्षेत्रका जनताको जीवनस्तर नवनिर्माणपछि उकासिन पनि सक्छ।अहिले सिंगो सरकारी संयन्त्र भूकम्प केन्द्रित भएको छ, तर पुनःस्थापनाको कामले भने खासै गति लिएको छैन। उद्धार र आकस्मिक सहायता वितरण दोस्रो चरणमा पुगेको भए पनि पुनःस्थापना र पुनर्निर्माण फाट्टफुट्टमात्र सुरु भएको छ। पहिलोजस्तै दोस्रो चरणमा पनि सुरक्षाकर्मी र स्वयंसेवी नै बढी क्रियाशील देखिन्छन्। राजनीतिक दलका नेता कार्यकर्ताका हेलमेट र ज्यावल बोकेका तस्बिर पनि सामाजिक सञ्जाल र सञ्चार माध्यममा बढी नै देखिन थालेका छन्। बढी प्रचारका तुलनामा प्रभाव भने देखिएको छैन। गाउँमा खटेका राजनीतिकर्मी पनि पार्टीका कार्यकर्ताभन्दा बढी स्वयंसेवीको अवतारमा देखिए। जेहोस्, दोस्रो चरणमा पनि परिदृश्य खासै बदलिएको छैन। यद्यपि, राजनीतिक दलका नेता र कार्यकर्ता बौरिएजस्तो भानचाहिँ भएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि भएको चहलपहलले पनि राजनीतिकर्मी अस्थिरताको खेती गर्ने पुरानो काममा लागिसकेको देखिएकै छ। यसपटक खासै दृश्यपटलमा नदेखिएका चाहिँ सायद निजामती कर्मचारी नै हुन्। केही हाकिम काममा अप्ठेरो बनाउन लागेको र केही गाउँ विकास समितिका सचिव आफै अगाडि सरेर काम गरेको भने सुनिएको छ।




सञ्चार माध्यममा चुहाइएका सूचनाअनुसार सरकारी संयन्त्र पुनःनिर्माणको योजना बनाउन व्यस्त छ। सरकारले असारको दोस्रो सातामा दाताहरूको सम्मेलनसमेत आयोजना गर्ने भएको छ। प्रतिपरिवार १५ हजार रुपियाँ अस्थायी आवासका लागि दिने घोषणा पनि सरकारले गरेको छ। अनि पुनर्निर्माणका लागि गाउँमा १५ लाख र सहरमा २५ लाखसम्म ऋण सस्तो ब्याजमा उपलब्ध गराउने पनि भनिएको छ। धन्य भन्नुपर्छ शासकहरूले भूकम्पले सताएका मामुली मान्छेप्रति यति भने पनि चासो देखाएका छन् र पुनःर्निमाणको जिम्मा सकारेका छन्। नत्र विश्व खाद्य कार्यक्रमले दिएको र रेडक्रसले बाँडेको कुहिएको चामल केही किलो र एकसरो सहयोग दिएर उनीहरू सजिलै पन्छिन सक्थे। नेपाली जनता न हुन् जसरी पनि बाँच्ने जोहो गर्थे, जसरी अहिले धेरैले गरी पनि सकेका छन्, गरिरहेका छन्।

जनचाहनाको सम्मान
पुनर्निर्माणको योजना बनाउँदा जनतालाई सोध्ने काम भने कतै भएको देखिँदैन। जनचाहना बु‰ने विधि र प्रक्रिया पनि सायद छैन। योजनाकारले पक्कै पनि जोखिम र अवसरको विश्लेषण गरेका होलान्। त्यस्तो विश्लेषणमा जनताको सहभागिता र ज्ञान पनि मिसाएर निष्कर्ष निकाल्न सकेको भए बढी उपयोगी हुनेथियो। जनचाहनाविपरीत बनाइएको योजना सफल हुनै सत्तै्कन। केही अर्ब रुपियाँ खर्च गर्न त सकिएला, जनजीवनमा त्यस्तो योजनाबाट फाइदा हुँदैन। यसैले पुनर्निर्माण योजनामा गरिने खर्च बालुवामा खन्याएको पानी नबनोस् भन्ने चाहने हो भने भूकम्प प्रभावित जनतासँग अब के गर्ने भनेर विमर्श गर्नुपर्छ। 'मामुली' मानिसका सोचमा समाजको यथार्थ प्रकट हुनेगर्छ। ठूलाठालुले यिनका कुरा सुनीमात्रै दिने हो जनजीवनमात्र हैन राज्य सञ्चालनका नीति पनि अपेक्षाकृत जनमुखी हुनेथिए।

व्यक्तिलाई एकाइ मानौं
पहिलो चरणको आकस्मिक सहायतामा सायद परिवारकेन्द्री नीति गलत थिएन, तर बिस्तारै व्यक्तिको संख्या र आवश्यकता पनि हेर्नु आवश्यक देखिन्छ। प्रतिपरिवार यति वा यस्तो सहयोग भन्ने सरकारी नीतिले घोषित भएपछि घरधुरी नै बढ्यो। घरधुरी बढाइँदा धेरैले जनतालाई मात्र दोष दिए। तर त्यसरी बढाइएको घरधुरी सबै नै नक्कली पक्कै पनि हैन। जनगणना भएको ४ वर्ष भइसक्यो। यसबीच छुट्टिने परिवार पनि केही हजार त पक्कै छन्, अधिकांश जिल्लामा। यस्तै, संयुक्त परिवारलाई पनि उत्तिकै र सानो परिवारलाई पनि त्यत्तिकै सहयोग दिइने हचुवा नीति बनाइएपछि के गरुन् त ठूलो जहान हुनेले? तीन जना र १० जनाको परिवारलाई समान सहायता दिन्छु भन्नु न्यायोचित होइन। राज्यले व्यक्तिको साटो अरु कुनै एकाइलाई आधार बनाउन खोज्दा हुने त यस्तै हो। नेपालको राजनीति र प्रशासनमा समाजवादी, साम्यवादी, पुँजीवादी, राज्यवादी सबैको प्रभाव बलियो छ। व्यक्तिको सम्मान र अस्तित्वको स्वीकृतिमात्र कमजोर छ। अहिलेको भूकम्पमा पनि त्यही नीति अपनाएको देखियो। त्यही प्रवृत्तिले पीडितलाई पनि अर्को बाटो खोजायो। यसैले अब पुनर्निर्माणमा परिवार हैन व्यक्तिका आधारमा सहयोग निर्धारण हुने प्रथा कायम गर्नु उपयुक्त हुन्छ। व्यक्तिलाई बेइमान बनाउने नीति जानीजानी किन अपनाउने?

सहायतामा प्राथमिकता
प्रकृतिमा समेत एउटा प्रवृत्ति देखिन्छ– बलियाको भाग नपुगी निर्धाले पाउँदैनन्। यो अन्याय हो। विशेष प्राथमिकता निर्धारण नगर्दासम्म यस्तो अन्याय सबैतिर हुन्छ। म गएको धेरै ठाउँमा सुनेको छु– पहुँच र प्रभाव हुनेले नचाहिने भए पनि सहायता पाएका छन्, लिएका छन् भने निर्धा निमुखा टुलुटुलु हेरेर बस्न बाध्य छन्। रबिन हुड शैलीमा सहायता वितरण गर्ने विदेशी वा स्वदेशीको तारिफ हुने कारण यही हो। भूकम्पपछि सुत्केरी भएकी महिला ठूलो हुलमा पालमा राखिएकी र पहुँच हुनेले चिनियाँ रेडक्रस वा अरु कुनै संस्थाले वितरण गरेको सानो पाल पाएको मैले नै देखेको छु। यसको मूल कारण सहायता वितरण गर्दा प्राथमिकता निर्धारण नगरिनु नै हो। पीडितको विवरण संकलन गर्ने कतिपय दल र संस्थाले सुत्केरी, अपांगता भएका व्यक्ति वा एकल महिलाको विवरणसम्म पनि लिएका छैनन् भने तिनका विशेष आवश्यकताप्रति सचेत भएर नीति वा कार्यक्रम बन्ने अपेक्षा कसरी राख्न सकिन्छ! सहायता त व्यक्तिलाई चाहिने हो। व्यक्तिका विशेष आवश्यकता हुन्छन्। हातखुट्टा टेकेर हिँड्नुपर्ने अपांगता भएका व्यक्तिलाई पालको बसाइमा दिसापिसाब गर्न कति सकस भएको होला? एकसरो लुगामात्र भएकी किशोरी पालमै महिनावारी भए कति अप्ठेरो र लाजमर्दो होला? दूध खुवाउने आमालाई सहायताका नाममा दिइएको चामलका भरमा खुराक पुग्ला? अहिले अपनाइएको खोज्दै आउनेलाई सहायता दिने शैलीको वितरण प्रणालीबाट अपांगता हुने, सुत्केरी वा अशक्त बूढापाका कसरी लाभान्वित होलान्? यसैले सहायता र पुनर्निर्माण दुवै काममा प्राथमिकता निर्धारण गरिहाल्नुपर्ने देखिन्छ। सुत्केरी, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलाजस्ता अपेक्षाकृत कमजोर समूहलाई पुगेपछि मात्र अरुलाई सहायता दिनेगरी प्राथमिकता निर्धारण गरिए सामाजिक न्याय हुनेछ।

सहायताको विधि र नीति
मूलतः निजामती सेवाका कर्मचारीले नियन्त्रण गर्ने सरकारी नीति, विधि र प्रक्रिया व्यवस्थित हुनुपर्ने हो। तर नेपालमा निजामती सेवामा पनि हचुवा शैली नै बलियो छ। यसैले धेरैजसो सरकारी निर्णय कुबेलाको राग बन्न पुग्छन्। वैशाख १२ गतेलगत्तै सरकारले कथित एकद्वार नीतिको घोषणा गर्योर। कतिपय जिल्लामा वितरण गर्न लगिएको सहायता सामग्रीसमेत प्रमुख जिल्ला अधिकारीले खोसे। अर्थ मन्त्री र मुख्य सचिवले त्यो एकद्वार नीतिको पैरवी पनि गरे, तर पहिलो चरणमा आकस्मिक सहायता नपुगुन्जेल एकद्वार भन्नु मूर्खता थियो। सरकारले निर्णय फिर्ता लिनुपर्योन। अहिले एकद्वार गर्नुपर्ने बेला भयो, तर सरकारी संयन्त्र तमासेभन्दा बढी हुन सकेको छैन। सरकारी कोषमा पैसा राख्नुपर्छ भन्ने नीतिको हविगत पनि यसभन्दा खासै फरक भएन। यसैबाट पनि स्पष्ट हुन्छ सफल हुन सरकारले अलि व्यावहारिक नीति अपनाउनुपर्छ। सरकारी कोषमा पैसा दिन हिचाकिचाउनुको कारण दाताहरूले आफूखुसी गर्न खोज्नुमात्र हैन। यसभन्दा पहिले दिइएको पैसा बेलामा सहीरूपले खर्च नगरिएकाले पनि धेरैजना अनिच्छुक भएका हुन्। गृृह मन्त्रीले सञ्चार माध्यमलाई दोष दिनुको साटो अलिकति पूर्वक्रियाशील भएर कार्र्यकर्ता र कर्मचारीको जालोबाट मुक्त हुनु उचित हुन्थ्यो। सरकारको कार्यसम्पादन दुनियाँले पत्याउने प्रकारको छैन। स्थानीय निकायबाट सहजरूपमा सहायता रकम वितरण गरिएको भए दातालाई पनि सरकारी कोषबाटै सहायता परिचालन गर भन्ने नैतिक शक्ति सरकारसँग हुन्थ्यो। वर्षा लाग्न थालिसक्यो, अझै पनि गाउँमा घर भत्केकाहरूलाई दिने भनेको १५ हजार रुपियाँ दिने सुरसारै छैन। संसदीय समितिले पहिलो किस्तामा ५० हजार दिन सिफारिस गरेको छ। त्यति रकम पीडित परिवारलाई अहिले दिने हो भने पुनर्निर्माणमा राज्यकै बोझ धेरै हलुँगो हुनेछ। सरकारसँग ५० रुपियाँ प्रतिपरिवारलाई दिन पैसा छैन भने (कसैले पनि पत्याउँदैन) ऋण मागोस्। प्रधान मन्त्री सहायता कोषको सबै रकम त्यसमा खर्च गरोस्। सरकारलाई पैसा वितरण गर्न कठिन भएको हो भने स्वयंसेवीको सहयोग लिए हुन्छ। जसरी पनि अहिले त्यो रकम १५ हजारमात्रै दिने हो भने पनि जनताका हातमा सकेसम्म चाँडै पुर्यागउनसके तिनले थातबासको अस्थायी प्रबन्ध आफै मिलाउनेछन्।

मुख ताक्ने कि बाटो देखाउने?
पुनर्निर्माणका लागि प्राप्त हुने दाताको पैसा संयुक्त राष्ट्रसंघजस्तो बोझिलो कर्मचारीतन्त्र भएका ठूला संस्थाका हात पर्योै भने जनतासम्म त्यसको एक तिहाइमात्र पुग्छ। हाइटीलाई विफल बनाउने पनि तिनै हुन्। यसैले सरकारले सबैलाई भन्नसक्नुपर्छ– दिने हो भने हामीले भनेको काममा पैसा देऊ। कसरी र केमा खर्च गर्ने भन्ने हामै्र प्राथमिकता छ। त्यसमा परिमार्जन गर्नुपर्छ भने छलफल गरौँ, तर 'गाईको थुन न बाच्छाको मुख' नबनाऊ! यसो भन्न अहिलेको कामकाज गर्ने शैली भने परिमार्जन गर्नुपर्छ। कुन दाताले कति देला र त्यसैका भरमा बजेट बनाउँला भन्नुको साटो गर्नुपर्ने काम के हो? यस वर्ष कति गर्न सकिन्छ? त्यसका लागि कति पैसा चाहिन्छ? त्यो पहिचान गरेर सरकारले वार्षिक बजेटमा रकम व्यवस्था गर्ने। आन्तरिक ऋण उठाउने, गैरआवासीय नेपालीलाई गुहार्ने, बहुपक्षीय स्रोतबाट ऋण लिने र सञ्चित रकम खर्च गर्नेसमेत गरेर पैसाको जोहो गर्ने हो भने दाताहरू तीमध्ये यति कामका लागि हामी सहयोग गर्छौं भन्ने प्रस्तावसहित आउनेछन्। उनीहरूको प्रस्ताव पहिले आओस् भन्ने हो भने पैसा पनि उतै जाने र यहाँ हुने खर्च पनि जनतासम्म थोरैमात्र पुग्ने गरी अर्थात् हाइटीको शैलीमा आउनेछ। यसैले दाताले के भन्लान् भनेर मुख नताकौँ। दातालाई बाटो देखाउँ्क। उनीहरू हाम्रो बाटोमा हिँड्न मान्दैनन् भने पनि पर्खेर बस्ने हैन। एकाध वर्ष ठूला पुनर्निर्माणमा ढिलो होला, तर नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वमा आत्मविश्वास हुने हो भने हामी भत्के–बिग्रेको जति आफै बनाउन सक्नेछौँ।

यत्ति हो, पुनर्निर्माणमा खर्च हुने पैसामा कर्मचारी र राजनीतिकर्मीले र्यावल चुहाउनु हुँदैन। व्यापारी र कमिसन एजेन्टको खेल चल्न दिनु हुँदैन। अर्थात् बेइमानी गर्नु हुँदैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस