पराकम्पनका क्रम जारी नै रहे पनि गोरखा भुइाचालोको मासिकी सकिएको छ। सामान्य अवस्थाको परिभाषा असामान्य परिस्थितिमा उही रहँदैन। त्यसैले जनजीवन सामान्य बन्दै गएको दाबी यथार्थपरक नै हो भन्न सकिँदैन। आफन्त गुमाएका, सर्वस्व हराएका एवं बेघर भएकाहरूको जीवन अझै पनि टोलाएकै अवस्थामा छ। बाँच्ने मेसोको खोजी भने ज्यान जोगिनेहरूले गर्नथालेको महसुस हुन्छ।भत्किएका घरबाट सामान निकालिँदैछ। चर्किएका घरहरूमा टेको लागिसकेको छ। बस्न नमिल्ने घर भत्काउन सहज नभए पनि सुरु भइसकेको छ। त्रिपालबाट जस्तापाताको कटेरोमा सर्नु स्थायित्व त होइन, तर नयाँ सुरुवात भने पक्कै हो। जीवनका संघर्षहरू भने त्यसपछि डरबाट आशाको चरणमा प्रवेश गर्नेछ। त्यसपछि पनि सहज हुनसक्ने छैन जीवन। निरन्तर संघर्ष सामान्यजनको नियति नै हो।
राहतका स्रोतहरू सुस्तरी सुक्दै जाने निश्चित छ। आजिविकाका त्यसपछिका बाटाहरू भने स्पष्ट छैनन्। वर्ष लाग्ने बेलासम्म यसपटकको कृषिकर्मले नियमितता पाउने सम्भावना निकै कम छ। रोजगारीका अन्य उपाय मध्यपहाडका ग्रामीण क्षेत्रमा खासै छैन। केही सीमित क्षेत्रमा पर्यटन व्यवसाय कृषिको विकल्प नै नभए पनि पूरक आयस्रोतका रूपमा स्थापित हुने क्रममा थियो। त्यसले पनि छिट्टै पुनर्जीवन पाउनसक्ने देखिँदैन। राहत समाप्त भएपछि विप्रेषणमा आधारितबाहेकका परिवार थातथलोमा टिक्न गाह्रो पर्नेछ। तिनको लर्को सहरतिर लाग्नसक्छ।
सहरका पनि समस्या आफ्नै छन्। चर्किएका वा मर्किएका घरधनीहरू नै अस्थायी आश्रयका लागि भौँतारिरहेका बेला विस्थापित डेरावालहरूले नयाँ ठेगाना भेट्टाउन कठिन छ। सरकारले जतिसुकै चर्को कुरा गरे पनि डेरा भाडाको अनुगमन गरेर नियमन गर्ने संयन्त्र वा क्षमता नभएकाले नियन्त्रण कायम गर्नसक्ने अवस्थै छैन। सम्पत्तिमा व्यक्तिको निर्वाध स्वामित्वको अवधारणा स्वीकार गरिसकेपछि उपयुक्त डेरा भाडा कति हो भन्ने कुरा सरकारले नभएर माग–आपूर्तिको सन्तुलनको नियमअनुसार बजारले गर्छ।
रोजगार अनिश्चित तर खर्च बढ्ने अवस्थामा सहरको निम्न आय भएका वर्गको हालत पनि ग्रामीण स्वविस्थापितभन्दा फरक हुनेछैन। सीमित अवसरका लागि तिनले एकापसमा प्रतिस्पर्धा गर्ने छन्। पुनर्निर्माण सर्सर्ती हेर्दा रोजगारी सृजना गर्ने अवसरका रूपमा देखिए पनि अदक्ष कामदार एवं महिला श्रमिकका लागि संरचना सवलीकरण वा मर्मतसम्भार सम्भाव्य विकल्प होइन। त्यस्ता कामका लागि चाहिने दक्षता भएकाहरू सायद बाहिरबाट ओइरिने छन्।
विस्थापित ग्रामीण श्रमिक, निराश सहरिया सर्वहारा एवं आक्रामक आगन्तुक कामदारले सीमित अवसरका लागि प्रतिस्पर्धा गर्दा रोजगार बजार विस्फोटक बन्नसक्छ। संगठित अपराध यस्तै परिस्थितिमा फस्टाउने हो। आआफ्ना समुदायका आश्रयदाताहरूले अैँचोपैँचो, सिफारिस–दबाब तथा वफादारी–प्रभावद्वारा अनौपचारिक तर शक्तिशाली गुटहरू निर्माण गर्नसक्ने छन्। भइरहेकै कतिपय गुन्डा नाइकेका गुटहरूको विस्तार हुनेछ। र, तिनले बन्दव्यापारको अझ बढी अपराधीकरण गर्दै लैजाने छन्।
अपराधको राजनीतिकरणबाट राजनीतिकै अपराधीकरण अर्थराजनीतिमा आश्रय उद्यमीहरूको प्रादुर्भावबाट सुरु हुन्छ। सन् ६० को दशकको अन्त्यतिर छिमेकी भारतको बिहार राज्यमा बाढी र अनिकालबाट विस्थापित भएकाहरूले विपद् पुँजीवादबाट सुरु गरेका थिए। तिनले राजनीतिको अपराधीकरण गर्दै लगेपछि अर्थव्यवस्था थिलथिलो भएर अन्ततः राज्य विभाजन एवं झारखन्ड राज्यको सृजनाको अवस्थासम्म पुग्यो। बिहार राज्य प्रकोप पुँजीवादको साङ्लोबाट अझै मुक्त हुनसकेको छैन। सचेतता सायद सुरुमै लिनुपर्ने रहेछ, नभए पछि तिनका असरहरू सम्हाल्न गाह्रो हुँदै जान्छ।
आँटिला उद्यमी
अवसर पहिल्याएर पुँजी, श्रम, प्रविधि एवं व्यवस्थापनको जोहो गर्ने र लगानीका सम्भाव्य जोखिम उठाउनसक्ने व्यक्ति सामान्य अर्थमा उद्यमी कहलिन्छन्। सामान्य अवस्थामा समेत सम्भाव्य सबै परिस्थितिको आकलन गर्न नसकिए पनि कारण र प्रभावको लेखाजोखा गरेर निर्णय लिन भने सकिन्छ। प्राकृतिक प्रकोप वा युद्धले भने लगानीका सूत्रहरू नै परिवर्तित गरिदिन्छ। प्रकोप पुँजीवाद आँट र ढाँटबाट चल्छ।
विपत्तिका बेला विमर्शको अर्थ रहँदैन। त्यसैले आदेश र नियन्त्रणको वातावरण निर्माण हुन्छ। प्रक्रिया छोट्याएर ठेक्कापट्टा गरिन्छन्। मौखिक आदेशमा काम सुरु गराइन्छन्। दररेट स्वभावतः तजबिजी बन्नपुग्छ। अनि सम्पर्क र प्रभाव हुनेहरू मालामाल हुन्छन्। अकल्पनीय नाफाबाट लाभान्वित समूहहरू आआफ्ना हित सुरक्षण गर्न राजनीतिक, प्रशासनिक, आपराधिक एवं सामाजिक गुटमा लगानी गर्नथाल्छन्। त्यसपछि अर्थव्यवस्थाभित्र सामान्य व्यक्तिको प्रवेशको सम्भावना समाप्तप्रायः हुन्छ।
बजार उसै पनि पूर्णतः निर्नैतिक नै हो। व्यापार अरुको हित सुरक्षित गर्न नभई आफ्नो स्वार्थ सिद्ध गर्नका लागि गरिन्छ। प्रकोप पुँजीवादमा भने स्वार्थको मात्रा झन् बढ्छ। विपत्तिबाट बाँचेकाहरूमध्ये एकथरिमा जे गरे पनि हुने मानसिकता उब्जिन्छ। ती मेहनत गर्न सक्छन्। जुवा खेल्ने स्तरसम्मको जोखिम मोल्नसक्छन्। र, भावशून्य भएर व्यवहार गर्नसक्ने मनस्थितिमा हुन्छन्। तिनले अवसर पनि त्यस्तै पाउँछन्। र, समाजमा स्थापित हुन्छन्।
सामान्यतः राज्यले कमजोरको सुरक्षा सुनिश्चित गर्ने हो। राज्य आफै असुरक्षित भइरहेको अवस्थामा भने राज्य संयन्त्राहरू महत्वाकांक्षी व्यक्तिहरूद्वारा सजिलै सञ्चालित हुनपुग्छ। बजारले ‘असहयोगी' ठहर्याजएको अधिकृत त के सचिव तथा मन्त्री नै किनारा लगाइने कुरा नयाँ होइन। अड्डाअदालत पनि मूलतः पुँजकै खेल हो। एकताका सञ्चार क्षेत्रले आश जगाउने गर्दथ्यो। त्यो पनि अब उन्मुक्त बजारको अवयवमात्र हो।
एकथरिमा सामाजिक भनिने निर्वैयक्तिक मिडियाले आशाको सञ्चार गरेको छ। पहिचान खुल्ने डर कम भएपछि शक्तिशाली व्यक्ति वा समूहका विरुद्ध बोल्ने आँट आउँछ। समस्या के भइदिन्छ भने, त्यस्तो बोलीको वजन पनि सोही कारणले कम हुन्छ। र, संगठनबेगरको बोली जति नै व्यापक भए पनि साबुन–पानीको फिँजमा देखिने फोकाभन्दा बढी टिकाउ हुँदैनन्। स्वार्थ समूहहरूले त्यस्ता फोका फेाड्न निर्वैयक्तिक मिडियामा तलबजीवीहरूको फौज नै खडा गरेका हुन्छन्। तिनले सृजना गर्ने कोकोहोलोमा जनहितका स्वरहरू त्यसै बिलाउँछन्। निर्वैयक्तिक मिडियाको लोकप्रियता बजारको उपयोगिताले गर्दा टिक्नसकेको हो।
आपत्विपत्का बेला अर्थ व्यवस्थामा सन्तुलन कायम राख्न बजारको प्रतिस्पर्धा, राज्यको नियमन एवं सामान्यजनको सक्रियताजस्ता सबै अवयव निष्प्रभावी ठहरिएपछि आश गर्ने त फेरि पनि राजनीतिक वृत्तसँग नै हो। राजनीतिक वृत्त पनि प्रकोप पुँजीवादमै लिप्त हुन थालेपछि भने अत्तालिनुपर्ने परिस्थिति उत्पन्न हुन्छ। राजनीतिकर्मी पनि राहतकर्मीका रूपमा देखिनु उपयुक्त र आवश्यक थियो। पुनर्स्थापना एवं पुनर्निर्माणको चरण सुरु भएपछि भने तिनले आआफ्नो ‘गाली खाने' काम अर्थात् अधिकारको दाबी एवं अत्याचारको विरोधतिर नै फर्कनु उपयुक्त हुनेछ। एकपटक ‘ताली खाने' कामको थप आकर्षणको स्वाद पाइसकेपछि नियमिततातर्फ फर्कन भने सहज हुँदैन।
राजनीतिक अग्रसरता
वैदेशिक सहयोगले विपत्तिको तयारीमा खासै असर नगर्ने रहेछ भन्ने कुरा त गोरखा भुइँचालोले नै उदांगो पारिसकेको छ। प्रकोपपछि राष्ट्रपति त्रिपालमुनि पुगे। प्रधान मन्त्रीको कार्यलय चौरबाट सञ्चालित भयो। सर्वोच्च अदालत बेघर भयो। र, देशका दुई प्रमुख सञ्चारगृह बाटोमा फालिए। राज्यको चारै अंग हल्लाउने अवस्थाले दाताको अर्बौंअर्ब खन्याएको पूर्वतयारी सेना र प्रहरीको भन्दा खासै फरक देखिएन। विपद्मा पनि तिनको सहयोगको नियत खासै फरक रहेन।
स्थानीय सरकारलाई अहिलेको आवश्यकता देख्नेहरू के बिर्सिदिन्छन् भने यथास्थितिमा गाविस वा जिविस भनिने ‘पञ्चायतहरू' सम्बन्धित प्रजिअ वा स्थानीय विकास अधिकारीका निगाह र निर्देशनमा चल्ने संरचना हुन्। तिनको औचित्य र आवश्यकता देखावटीभन्दा बढी कहिल्यै भएन। व्यावहारिक उपयोगिता त परको कुरा भयो, माओवादी सशस्त्र संघर्षताका तिनले नैतिक उपस्थितिसमेत देखाउन सकेनन्। आधा शताब्दीसम्म कुहिएर मक्किँदै गएको संरचनालाई निर्वाचनले पुनर्जीवन दिने भए ‘अञ्चल पञ्चायत' पनि ब्युँताए हुन्छ। अर्थ भने त्यसको केही छैन। राज्य पुनर्संरचना नगरेसम्म स्थानीय सरकारको अवधारणासमेत नेपालको स्थायी सत्ताले स्वीकार गर्ने छैन। तत्कालका लागि सर्वदलीय समितिहरूको विकल्प छैन।
सर्वदलीय समितिहरू प्रायशः भ्रष्ट छन् भन्ने आक्षेप न आधारहीन हो न त नयाँ नै। तिनको कार्यक्षमताको प्रतिरक्षा गर्न गाह्रो छ। परस्पर प्रतिस्पर्धीहरूको समूह भएकाले कार्यकुशल हुने त झन् कुरै भएन। सर्वदलीय समितिले राजनीतिलाई स्थानीयस्तरमा भने जिवित राख्नसकेका छन्, नभए तिनको ठाउँ आपराधिक नाइकेहरूले हत्याइसकेका हुन्थे।
परजीवी र प्रकोप पुँजीवादलाई स्थानीय हुन् वा अन्तर्राष्ट्रिय गैससहरूले प्रत्युत्तर दिन सक्दैनन्। गैससहरू पनि मूलतः बजारकै मान्यता पछ्याउँछन्। गैसस उद्यममा पनि हालीमुहाली अन्ततः पढेलेखेका मध्यमवर्गकै हुन्छ। त्यसले सर्वजनहितायका ठूल्ठूला कुरा पनि आत्महित सुनिश्चित गर्नमात्रै गर्ने हो। त्यसमा नराम्रो केही पनि छैन।
उद्धार र राहत चली नै रहँदा पनि राजनीतिलाई पुनर्जागृत गरे फरक पर्दैन। परोपकारबाट आत्ममुग्ध जमातलाई स्वछवि (सेल्फी) एवं निर्वैयक्तिक सञ्जालमा रमाउन दिए हुन्छ। तिनका गालीबाट डराउने वा तालीमा रमाउने काम राजनीतिकर्मीको होइन। राजनीतिकर्मीले संगठनको कामलाई प्राथमिकतामा राखेनन् भने हतास सर्वहारा एवं विस्थापितहरू अराजनीतिक, सम्भाव्य आपराधिक समूहहरूको त्यान्द्रो समात्ने जोखिम उठाउन बाध्य हुनेछन्।
हक, दाबी र प्रतिवाद जीवन्त समाजका लक्षण हुन्। तिनको अनुपस्थितिले निरीह जमातको बाहुल्य देखाउँछ। त्यस्तो अवस्थामा दुस्साहसीहरूले आधिपत्य खडा गर्नसक्छन्। राजनीतिलाई घृणा गर्नेहरूलाई पनि राजनीति त चाहिन्छ नै, नभए ती आफ्नै घृणको सिकार हुनसक्छन्।