गोरखा बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पको महिना दिन बित्दा पनि जनमानस ढुक्क मनसँग बस्न सकेको छैन। वैशाख १२ गतेको भूकम्प, त्यसको भोलिपल्ट सिन्धुपाल्चोक र सोही महिना २९ गते दोलखा केन्द्रबिन्दु बनाएर गएका शक्तिशाली भूकम्पले धनजनको ठूलो क्षति गर्योन। सयौँ पराकम्पनले भौतिक र मानवीय क्षति त्यतिसारो नगराए पनि मानिस मस्तिष्कमा भने लगातार कम्पन गराइरहेका छन्।भूकम्पले आफ्नो प्राकृतिकतामा ऊर्जा निःसृत गरिरहेको छ। यता भूकम्पकै कारण जनमानसमा विकसित मस्तिष्क कम्पनले कतिपयमा जरा नै गाडेको छ। एक महिनादेखिका लगातारका कम्पननबाट चस्किएका मनहरू शान्त भएर जिविकोपार्जनमा जुट्न अझै केही समय लाग्ने देखिएको छ। व्यापार, व्यवसाय, उद्यम सुचारु हुन् कति समय लाग्ने हो? कहिलेसम्म भयभित भैरहेने भूकम्पका धक्काबाट? यी र यस्ता प्रश्नहरू अनुत्तरित नै छन्। के सधैँ भूकम्पको भयबाट भागिरहने? अब डराउने र भाग्ने होइन। भूकम्प आउँछ–जान्छ भन्ने मनोविज्ञान बनाउँदै लैजानुपर्छ। भूकम्प उसको प्राकृतिकता हो। भूगर्भशास्त्रीहरूका अनुसार गोरखादेखि दोलखासम्मको करिब १३० किलोमिटर लमाईको क्षेत्र तल चुरेको फेदीसम्म यसपटक नराम्ररी खलबलिएको छ। र, यो बिस्तारै स्थिर हुने क्रममा छ। जमिननको सतहबाट करिब १५–२० किलोमिटर मुनि भैरहेका हलचल अर्थात् चट्टानका बाक्लाबाक्ला तह भाँचिने, फुट्ने र दरारहरू बन्ने प्रक्रियामा ऊर्जा निस्कन्छ। त्यही ऊर्जा कम्पनका रूपमा हामी समक्ष आउँछ र जान्छ पनि।
कहिलेसम्म आउने हुन् यस्ता धक्का? अहिलेसम्मको विज्ञानले बताउन सकेको छैन। विगतका भूकम्पको अध्यनका आधारमा भूगर्भशास्त्रीहरू यो क्षेत्रमा बारपाक र दोलखामा केन्द्रबिन्दु बनाएर आएका ७.६ र ६.८ म्याग्निच्युडका जस्ता शक्तिशाली भूकम्पको खतरा कम भएको बताउँछन्। अर्थात् यो क्षेत्रमा अब तत्काल शक्तिशाली भूकम्प आउने खतरा कम छ। त्यसो हो भने हामी भूकम्पको खतराबाट मुक्त भयौँ त? यसो भनिहाल्न पनि मिल्दैन। कारण, अहिले हलचल भएको क्षेत्र करिब २ हजार ५ सय किमी लामो भारतको असमदेखि पश्चिम अफगानिस्तानसम्म फैलिएको हिमालयको एउटा क्षेत्र हो। पूरै हिमालय भूकम्पीय जोखिम क्षेत्र मानिन्छ र नेपालमा करिब ८०० किमी हिमालय पर्दछ। खासमा हामी नियमित आकस्मिता जस्तो अवस्थामा छौँ। भूकम्प जहिले पनि आउनसक्छ, जत्रो पनि आउनसक्छ। यो खबर गरेर भने आउँदैन र खबर गरेर रोकिँदैन पनि।
अब के गर्ने त? सधैँ घर छाडेर पालमुनि बस्ने? बारपाक केन्द्रबिन्दु र त्यसपछिका पराकम्पनबाट उत्पन्न भयबाट मुक्त हुन सहज छैन। भनिन्छ, डरको उपचार छैन। हामी विशेषगरेर मध्यनेपालमा बस्नेहरूमा अहिले डरले घर गरेको छ। कहिलेसम्म डराउने? कसैले भन्न सक्दैन, ज्योतिषिका अनुमान पत्याउन मिल्दैन, हुँदैन। भूगर्भशास्त्रीले बताउन सक्दैनन्। यसको अर्थ हामी सधैँ तयारी अवस्थामा बस्नुपर्ने भूगोलमा छौँ।
भूकम्पपछि सबै स्थान र सबैको अवस्था एउटै छैन। सिन्धुपाल्चोक, दोलखाका अधिकांश घर ध्वस्त भएका छन्। कतिपयले अभिभावक र आफन्त गुमाएका छन्। घर भत्किएकाहरू सुरक्षित स्थानको खोजीमा थातथलोबाट पलायन हुने अवस्थामा पुगेका छन्। कतिपय आफ्नो बारीका पाटामा पाल टाँगेर बसेका छन्। उनीहरू अस्थायी छाप्रोको बन्दोबस्त गर्दैछन् र सँगसँगै आसन्न मनसुनी वर्षाबाट बच्ने उपाय खोज्दैछन्। पहिरोमा परिने हो कि भन्ने भय छ पहाडी जिल्लामा। यता काठमाडौँ उपत्यका खासगरी सहरी क्षेत्रको अवस्था भिन्न छ। घर भत्किएकाहरू पालमा छन् वा अस्थायी छाप्रामा कष्ट झेल्दै जीवनयापन गरिरहेका छन्। कतिपय भने आफ्नै घरअगाडि पाल टाँगेर रात काटिरहेका छन्। उनीहरू सग्लो वा बस्न मिल्ने गरी सामान्य क्षतिग्रस्त घरमा पनि पस्न सकिरहेका छैनन्। मस्तसँग निदाउन सकेका छैनन्। यहाँ अर्को ठूलो समस्या आइलागेको छ, माथिल्लो तलामा नबस्ने, नजाने। बहुतले अपार्टमेन्टबिरुद्धका आवाजहरू मुखरित भएका छन्। ‘अरे'का कुरा गर्ने र ‘हो मा हो' गर्ने हाम्रो प्रवृत्तिले कतिपयमा तला (उचाइ) ‘फोबिया' जन्मिएको छ। र, अपार्टमेन्टका अग्ला महलको आकर्षण शून्यमा झरेको छ। घरबेटीहरू आफू भुइँतलामा बस्ने र भाडावालालाई माथिल्लो तलामा उकाल्ने अभियान चलाइरहेका छन्। भूकम्पअघि माथिल्लो तलाको भाडा महँगो थियो, अहिले अवस्था उल्टिएको चर्चा छ सहरमा। काठमाडौँ उपत्यकामा घरभाडा अर्को प्रमुख समस्या बनेको छ, अहिले।
मुलुकको राजधानी र आर्थिक–राजनीतिक केन्द्र काठमाडौँमा सबैले एकतले घरमात्र बनाउने र अपार्टमेन्टविरोधी हल्ला सफल हुने हो भने त्यसले ठूलो असर पुर्यासउने छ— यहाँको आर्थिक–सामाजिक क्षेत्रमा। भूकम्पले उब्जाएको भय र भावावेशमा विकसित भएका मनोविज्ञानको उपचार बेलैमा हुनु आवश्यक छ। भैरहेको घरको तला छोट्याउन उद्यत् घरबेटीहरूलाई आश्वस्त पार्ने बेला हो अहिले। अधिकांश अपार्टमेन्टका पर्खालहरू भत्किएका भए पनि पिलर, बिमको संरचनामा असर नपरेको सहरी विकास विभागको प्रारम्भिक आंकलन छ। यसको अर्थ मर्मतपछि अपार्टमेन्ट बस्नयोग्य हुनेछन्। मुख्य कुरा बिम, पिलरको अवस्था हो। पर्खाल भत्कनु वा चर्कनुलाई सामान्य क्षति मान्नुपर्ने प्राविधिकहरू बताउँछन्। बिम र पिलर ठीकठाक छन् भने प्राविधिकसँग रायसल्लाह मागेर जुनसुकै तलामा बसेपनि हुन्छ। तला समस्या होइन, घरको निर्माण विधि मुख्य समस्या हो।
मसिनोसँग विश्लेषण गर्दा के देखिन्छ भने, यति ठूल्ठूला भूकम्पले जेजति क्षति गर्योा त्यो काठमाडौँको बसोबास, जनघनत्वका आधारमा न्यून हो। भूकम्पबाट यातायात प्रभावित भएन, सडक भत्किएन, कुनै पुल भत्किएको छैन, टेलिफोन सञ्चालन भैरह्यो, बिजुली बत्ती पनि लामो समय अवरुद्ध भएन, खानेपानीको प्रणाली बिग्रिएन। काठमाडौँ उपत्यकाका अधिंकाश घर जस्ताका त्यस्तै छन्, सग्ला छन्। कतिपयका पर्खाल भत्किएका छन्, तर पिलर र बिमजस्ता घरका मुख्य अवयव सग्लै छन्। यसको अर्थ काठमाडौँमा बलिया घरहरू बनेका रहेछन्। यति ठूलो र नजिकको भूकम्पबाट जोगिएको ठान्नुपर्छ काठमाडौँ उपत्यका।
सहरमा भत्किएका घर, आवासको अध्ययनमा जुटेका प्राविधिकहरू संरचना भत्कनुका पछाडि एउटै कारण औल्याउँदैनन्। वर्षौं पुराना घरहरू भत्किनुमा उनीहरू भूकम्पको दोष देख्दैनन्। वर्षौं पुराना, मर्मत–सम्भार नभएका घरहरू भत्किए। त्यसबाट ठूलो धनजनको क्षति भयो। तर एक दशकदेखि काठमाडौँ उपत्यका भूकम्पीय जोखिममा छ भन्ने आवाज मुखरित भएका हुन्। हामी भोगेरमात्र चेत्ने प्राणी हौँ नेपाली जाति। ऐतिहासिक धरहरा भत्कनुका पछाडिको कारण बारपाकको भूकम्प हो कि बैलैमा मर्मत–सम्भार नगर्ने हाम्रो प्रवृत्ति? विश्वसम्पदाहरू प्रदर्शनीमा राखेर तिनको व्यापार गर्ने तर त्यसको मर्मत–सम्भारमा ध्यान नदिने हाम्रा नीतिको परिणामस्वरूप तिनलाई भूकम्पले भत्काइदियो। अहिले सिँहदरबार, शीतल निवास, सेना, पुलिसका मुख्यालय सबै पालमुनिबाट चलेका छन्। जनसाधारणका कुरा छोडौँ, सरकारी निकायलाई नेपाल भूकम्पको उच्च जोखिममा छ भनेर थाहा थिएन? निश्चय पनि थाहा थियो। २०४५ सालको उदयपुर भूकम्पपछि यहाँ प्रशस्त काम भएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रोबर्ट पाइपरले एक दशक अघिदेखि नै भूकम्पलगायतका सम्भावित प्रकोपबारे सचेत गराउँदै आएका हुन्। वर्षैपिच्छे भूकम्पीय जोखिमबारे कुरा हुने, गोष्ठी, सेमिनारमा कार्यपत्रहरू पेश हुने र प्रतिवेदनहरू धूलो जमेर बस्ने परम्पराबाट हामी माथि उठ्नै सकेनौँ। नेपालस्थित विदेशी नियोगहरू सुरक्षित घरमा बस्न थालेको पनि धेरै भयो। सेना, पुलिस पनि ढुक्कसँग बसेका थियो, अहिले भूकम्पले ‘मस्तराम' आदतमाथि प्रहार गरेको छ। अब यसरी चल्दैन, बेलैमा बलियो संरचना निर्माण गरिनुपर्छ।
जनसाधारणका पिलरवाला घरहरू भत्कनुका पछाडि जमिनको बनोट र घरनिर्माण दुइटै कारण औल्याउँछन् विज्ञहरू। काठमाडौँको गोँगबु क्षेत्र एउटा उदाहरण बन्नसक्छ। त्यहाँ ठूलो धनजनको क्षति भयो। धेरै घर भत्किएका छन् बालाजु, गोँगबु क्षेत्रमा। त्यस क्षेत्रमा भत्किएका घरहरू अध्ययन गरेेका एक विज्ञ टिप्पणी गर्छन्, ‘आफ्ना लागि होइन, होटलका लागि बनेका कतिपय घर ढलेका रहेछन्।' उनका अनुसार गोँगबु क्षेत्रका अधिकांश घर भत्कनुका पछाडि त्यहाँको दलदले अर्थात् कमलो माटो एउटा कारण हो भने हेलचेक्राइँपूर्ण निर्माणविधि र भाडाका लागि जसोतसो पिलर उठाउने प्रवृत्ति अर्को तर प्रमुख कारण हो। कमसल सामग्रीको प्रयोग, गलत इन्जिनियरिङ र जथाभावी निर्माणले घर भत्किएका त होइनन्? घरधनी प्रत्येकले आफैलाई सोध्ने बेला आएको छ। घर बनाउन जमिनको बनोट, माटोको प्रकृतिका आधारमा त्यसैअनुसारको डिजाइन हुनुपर्छ भनेर यो भूकम्पले सिकाएको छ। ठेकेदारको भरमा तला थप्दै जाने र बिल्डिङ कोड उल्लंघन गर्नुलाई बहादुरी सम्झने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ। मापदण्ड मानेर, विधि पुर्यारएर प्राविधिकको सल्लाह र रेखदेखमा घर बनेको छ भने जुनसुकै तलामा बस्दा भूकम्पले केही गर्दैन। कमजोर संरचना छ भने भुइँतलामै बस्दा पनि भवन भत्कन सक्छ।