पुनर्निर्माणको अवसर
०५ जेष्ठ २०७२
•
१८ मिनेट पाठ
पुनर्निर्माणको अवसर
संयुक्तराज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कान्सनका प्राध्यापक मार्क स्किडमोर र जापानको नोगोया सिटी युनिभर्सिटीका प्राध्यापक हिडेकी टोयाले प्राकृतिक विपत्तिमा परेको मुलुक र सम्बन्धित देशको उन्नतिप्रगतिबीच कस्तो तालमेल हुन्छ भन्ने विषयमा एउटा अनुसन्धान गरे ।तीस वर्षको अवधिमा विश्वका भिन्न ८९ मुलुकमा आएको प्राकृति विपत्ति र त्यसले ती मुलुकमा पारेको आर्थिक प्रभावको लामो अध्ययन गरी उनीहरूले सन् २००२ मा इकोनोमिक इन्क्वायरी नामक जर्नलमा एउटा अनुसन्धानात्मक लेख प्रकाशित गरे । अहिलेसम्म झन्डै एक हजार पटक विभिन्न लेखमा उद्धृत भएको त्यो लेख दैवी विपत्तिले कुनै पनि देशको आर्थिक अवस्थामा कस्तो भूमिका खेल्छ भन्ने विषयमा प्रकाशित हालसम्मकै सबैभन्दा उच्च दस्ताबेज मानिन्छ । निष्पक्ष तथा भ्रष्टाचार मुक्त सरकार रहेका मुलुकहरूले प्राकृतिक विपत्तिपछि सरदरभन्दा राम्रो आर्थिक प्रगति गर्छन् तर भ्रष्ट नेतृत्वले सञ्चालन गरेको देशमा प्राकृतिक विपत्ति सकिएपछि पनि अभिशाप बन्छ भन्ने त्यस लेखको निस्कर्ष हो । प्राकृतिक विनाशपछि ती स्थानमा वैदेशिक र आन्तरिक स्रोत परिचालनमार्पmत उल्लेख्य रकम भित्रिन्छ । सक्षम सरकारले उक्त पुँजीलाई क्रियाशील गरी उत्पादनशील क्षेत्रमा खर्च गर्छ , फलस्वरूप, विपत्तिग्रस्त क्षेत्रकोे विकास तीव्र गतिमा हुन्छ । भ्रष्ट नेतृत्व तथा अक्षम सरकार भएको मुलुकमा भने विपत्तिका नाममा आएको पैसाको ठूलो हिस्सा सरकारी नेतृत्वको गोजीमा जान्छ । अनि जनताका लागि विपत्ती अभिशाप बन्छ । सरकार सञ्चालकको क्षमता तथा नियत र विपत्तिमा परेको स्थानको उन्नतिप्रगतिबीचको अन्तरसम्बन्ध दर्शाउन भूकम्पले आक्रान्त उत्तर अमेरिकी देश हाइटी, भारतको गुजरात तथा चीनको सिचुवाँ प्रान्तलाई यस लेखको केन्द्रमा राखिएकोछ ।




झन्डै एक करोड जनसंख्या भएको हाइटीमा सन् २०१० को जनबरी १२ मा आएको भूकम्पले ३ लाखभन्दा अधिक मानिसको ज्यान लियो । आधुनिक सभ्यताको अति भयानक भुइँचालो मानिन्छ त्यसलाई । भूकम्पपछि १४ अर्ब अमेरिकी डलरको वैदेशिक सहायता भित्रियो त्यहाँ । तीन चौथाइ रकम विभिन्न राष्ट्रहरूबाट आयो भने बाँकी रकम व्यक्तिगत तथा गैरसरकारी संस्थाहरूबाट हाइटी भित्रियो । सदुपयोग भएको भए ध्वस्त भएको हाइटीलाई आधुनिक राष्ट्र बनाउन पर्याप्त हुन्थ्यो त्यो १४ अर्ब डलरको सहयोग । दुर्भाग्य, प्राप्त रकमबाट त्यहाँका जनताले केही दिन विदेशमा तयार भएका खाना खाए, गाउँघरमा अत्याधुनिक पालहरू खडा गरिए ।

वैदेशिक सहायताको चरम दुरुपयोगकोको उदाहरण बन्यो हाइटीको 'अर्थ क्बेक एड' । अमेरिकाको वासिंगटन डीसीस्थित आर्थिक नीति तथा अनुसन्धान नामक संस्थाले वैदेशिक सहायताको एक प्रतिशत रकम पनि हाइटीका जनतासम्म पुगेन भन्ने स्थलगत अनुसन्धान निष्कर्ष निकाल्यो । हाइटीमा आएको वैदेशिक सहायताको मुख्य हिस्सा विदेशी स्वयमसेवकको भत्ता, खानपिन, होटल तथा मसलन्दमा खर्च भएको देखियो । हाइटीमा किन चरम आर्थिक अनियमितता भयो त्यसको कथा बेग्लै छ । त्यसबेला हाइटीको राजनीति निकै तरल थियो, अहिलेको नेपालको जस्तो । अपर्भmट आएको विपतको सामना गर्न सरकारसँग न कुनै राष्ट्रिय दृढता थियो न त कसरी पुनर्निर्माण गर्ने खाका । विदेशीले जे जस्तो योजना ल्याए त्यसलाई सदर गर्दैगयो सरकार । भ्रष्ट नेता तथा प्रशासकका कारण हाइटीको हितको बेवास्ता गरियो भने विदेशीको चाहना प्रभावशाली भयो नीति निर्माणमा । विदेशी सहायताको चरम दुरुपयोग हुनुको मुख्य कारण भने हाइटीको सरकार भ्रष्ट तथा असक्षम हुनु नै थियो ।

सन २००१ मा भारतको गुजरातमा गएको भूकम्पले २० हजारको ज्यान लियो भने झन्डै ८ हजार गाउँ ध्वस्त भयो । तत्कालीन मुख्यमन्त्री केसुभाई पटेलले पीडितलाई तत्कालीन सहायता तथा तहसनहस भएका निजी एवं सरकारी संरचना पुनर्निमार्णका लागि चाहिने रकम जम्मा गरी सहयोग गर्न सार्वजनिक अपील गरे । तर, भ्रष्टाचारमा मुछिएका व्यक्तिहरू सरकारमा रहेकाले आपूmले दिएको सहयोग दुरुपयोग हुने ठहर गर्दै दाताहरू चन्दा दिन हच्किए । आवश्यक रकम जोहो गर्नसक्ने अवस्थामा पटेल सरकार रहेन । नियतिले भुइँचालो आएको ९ महिनापछि हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री बन्न पुगे । सादा जीवन व्यतित गर्ने मोदीले मुख्यमन्त्रीको पदभार ग्रहण गर्नेबित्तिकै विदेशमा बस्ने गुजरातीहरूलाई गुजरातको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरे । चन्दाको एक पैसा पनि हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गरे मोदीले । विगतमै आर्थिकरूपमा इमान्दार व्यक्तिको छवि बनाएका मोदीको आग्रहमा गैरआवासीय गुजरातीले पुनर्निमार्ण कोषमा १३ करोड अमेरिकी डलर जम्मा गरे । चन्दाको सदुपयोग हुन्छ भन्ने प्रत्याभूति गर्न सके रकम संकलन गर्न कठिन नहुने मोदीको ठहर थियो । सरकारी संरचनामा भ्रष्टहरूको बाहुल्य रहेको ठहर गर्दै मोदीले सरकारी कर्मचारीलाई निर्णायक तहमा नराख्ने बरु सामाजिक कार्यकर्ता र उपभोक्ताको प्रत्यक्ष संलग्नता रहने गरी केन्द्रदेखि तल्लो तहसम्म पुनर्निर्माण समितिहरू बनाए । समितिको पारदर्शिता सुनिश्चित गर्न लिखित निर्देशिका जारी गरे उनले । सामाजिक कार्यकर्ता तथा उपभोक्ताबीच सहकारिताको अवधारणामा भौतिक पूर्वाधार बन्यो त्यहाँ । उत्साहजनक रूपले दुई वर्षभित्रै भैतिक निर्माण कार्य सम्पन्न भयो । पुनर्निर्माणपछि अत्याधुनिक भवन, चौडा सडक बने । रकमको सदुपयोग भए पछि चन्दादाता अझ हौसिए अनि सरकारी कोष मोटाउँदै गयो । भौतिक संरचनाको पुनर्निमार्णले मात्र जनताको जीवनस्तर उक्सन नसक्ने ठहर गर्दै भूकम्पग्रस्त इलाकामा खोलिने कुनै पनि उद्योग व्यवसायलाई कर छुट दिने निर्णय गरे मुख्यमन्त्री मोदीले । कर छुटको निर्णयले गर्दा गुजरातमा उद्योग खोल्न व्यापारीहरू झुम्मिए । दस वर्षको अवधिमा तीन सय नयाँ कम्पनी खुले भने १७ खर्ब अमेरिकी डलर बराबरको लगानी भित्रियो । गुजरातको आर्थिक वृद्धि दुई अंकमा भयो । गुजरातको आधुनिकीकरण र विकासमा त्यो भूकम्प वरदान साबित भयो ।

चीनको सिचुवाँ प्रान्त र गुजरातको कथामा समानता छ । सिचुवाँमा सन् २००८ मा आएको भूकम्पबाट ८० हजारको ज्यान गयो । विनाशपछि बेइजिडले ठूलो रकम खन्यायो त्यहाँ । केन्द्रको आर्थिक सहयोग र स्थानीय सरकारको कुशल व्यवस्थापनका कारण सिचुवाँ प्रान्तको अर्थतन्त्र पूर्वव अवस्थामा आउन एक वर्ष पनि लागेन । भूकम्पपछिका वर्षमा सिचुवाँको आर्थिक वृद्धि विगतभन्दा अझ राम्रो भयो । सरकारका संचालकमा इमान्दारी र दूरदृष्टि भए प्राकृतिक विपत्ति विकासका लागि वरदान बन्न सक्छ भन्ने उदाहरण हुन् गुजरात र सिचुवाँ । स्किडमोर टोया सिद्धान्त सफल भएको देखियो गुजरात र सिचुवाँमा ।

वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका कम्पनका कारण ८ हजार भन्दाबढीको ज्यान गयो भने लाखाँै जनता घरबारविहीन भए । स्वदेश तथा विदेशमा बस्ने नेपालीले विपत्मा परेका नेपालीलाई के कस्ता अल्पकालीन र दीर्घकालीन सहयोग गर्न सकिन्छ त्यसको लेखाजोखामात्र गरेनन बरु ठोस प्रतिबद्धता पनि व्यक्त गरे । सहयोगका सम्बन्धमा शेष घले, उपेन्द्र महतोलगायतले प्रतिबद्धता सार्वजनिक गरेका छन् । वाचा अनुसारे काम पनि होला ।

छापामा आएका खबरलाई आधार मान्ने हो भने विदेशमा बस्ने नेपालीले आआफ्नै क्रियाशीलतामा नेपालका लागि संकलन गरेको रकम पनि करोडाँै डलरमा देखियो । अमेरिकाको मात्र कुरा गर्दा प्रत्येक समुदाय तथा सहरमा नेपालीले चन्दा संकलन अभियान नै चलाएकाछन् । संकलन गरेको रकम देशमा सरकारी स्तरमा स्थापित प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न भने अधिकांश अभियानका अगुवा हच्किएको देखियो । आपूmले दुःखले संकलन गरेको पैसा सरकारका मन्त्रीको खल्ती भर्न नदिने भन्ने जबाफ सुनिन्छ । अमेरिकाको टेक्सास राज्यका नेपालीले लाखाँै डलर जम्मा गरे भूकम्प पीडितका लागि । तर उनीहरू सरकारी कोषमा रकम दाखिला गर्नुको बदला आफँै नेपाल गएर सहायता वितरण गरे, गर्दैछन् । त्यसो गर्नुको कारण सरकारप्रतिको अविश्वास भन्छन् उनीहरू ।

अविलम्ब उद्धार तथा अल्पकालीन सहायताका लागि भूकम्प पीडित क्षेत्रमा सबै पक्ष तथा समूहको सहयोग अपरिहार्य थियो । तर पूर्वाधार निर्माणजस्तो दीर्घकालीन कार्यका लागि सरकारी संयन्त्रको प्रयोगबिना लक्ष्य हासिल गर्न सकिँदैन । गैरसरकारी संस्थाले कुनै निश्चित क्षेत्रमा केही काम गर्न सक्लान् तर देशव्यापी पूर्वाधार निर्माणका लागि सरकारी संरचनाको परिचालन अपरिहार्य हुन्छ । सरकारी ढुकुटी खँदिलो नहुन्जेल सरकारले पुनर्निर्माणमा ठोस योगदान गर्न सत्तैmन । सरकारमाथि विश्वास गर्ने वातावरण नबनुन्जेल सरकारी कोषमा रकम जम्मा हुने अवस्था देखिँदैन । तसर्थ, यस्तो अवस्थामा कस्तो समाधान हुनसक्ला त ?

आजभन्दा पन्ध्र वर्षअघि नेकपा (एमाले)का हालका अध्यक्ष केपी ओलीकै अघिल्तिर एमाले पार्टीले मुलुककै सबैभन्दा भ्रष्ट व्यक्ति भनी टँुडीखेलमै घोषणा गरेका तिनै वामदेव गौतम मुलुकको आन्तरिक प्रशासन चलाउने गृह मन्त्रालयको हाकिम भएको अवस्थामा राष्ट्रिय कोषमा जम्मा भएको रकम दुरुपयोग हुँदैन भन्ने आधार देखिन्न । आर्थिक मामिलामा निष्कलंक सुशील कोइरालाले व्यक्तिगतरूपमा प्रधानमन्त्री सहायता कोषको रकम दुरुपयोग गर्दैनन् भन्ने ठोकुवा गर्न सकिएला तर बजारमा चलेको राष्ट्रिय सरकारको हल्लाले उनी नै कति दिन पदमा बस्छन् भन्ने सन्देह उत्पन्न भएको छ ।

सरकार संचालकहरू आर्थिक मामलामा भरपर्दा भएनन् । त्यस्तो अवस्थामा मुलुकको भौतिक संरचना पुनर्निर्माणका लागि प्रधानमन्त्रीले यथाशक्य छिटो पारदर्शी कार्यविधि तथा उच्चस्तरीय संयन्त्र बनाउन आवश्यक देखिन्छ । मुलुक सरकारले नै चलाउने हो र चलाउनु पनि पर्छ । सीमित व्यक्तिकै कारण भए पनि नेता तथा कर्मचारी भ्रष्टाचारको पर्याय बनेका छन् । राजनीतिक समूह र कर्मचारी संयन्त्रभन्दा बाहिर पनि नेपाल तथा नेपालीलाई माया गर्ने समुदाय छ भन्ने ध्यानमा राखेर उति बेला मोदीले ल्याएको गुजरात मोडलमा उच्चस्तरीय भूकम्पग्रस्त क्षेत्र पुनर्निर्माण संयन्त्र बनाउन आवश्यक देखिन्छ । परिस्थितिको गम्भीरताको हेक्का राखेर विवादमा नआएका र सबैले पत्याउन सक्ने गैरराजनीतिक तथा गैरप्रशासनिक व्यक्तिको नेतृत्वमा राष्ट्रिय भूकम्प ग्रस्त क्षेत्र पुनर्निर्माण प्राधिकरण गठन गर्न जरुरी देखिन्छ । व्यक्तिका सम्बन्धमा सार्वजनिक बहस तथा सुनवाई गर्नु उचित हुन्छ । विदेशी राष्ट्रबाट आउने रकमका सर्त तथा सीमाले गर्दा त्यस्तो रकमको भर पर्ने हो भने नेपालको अवस्था पनि हाइटीको भन्दा खासै फरक नहुन सक्छ । तसर्थ, नेपाली तथा नेपालका शुभचिन्तकबाट मात्र पैसा जम्मा गरेर राष्ट्रलाई पुनर्जीवन दिने राष्ट्रिय अभियानमा सबै जनतालाई सहभागी गराउन जरुरी देखिन्छ । विश्वास दिलाउन सके प्रवासी गुजरातीलेझँै विदेशमा बस्ने नेपालीले विषम परिस्थितिमा नेपाललाई दलदलबाट उकास्न पक्कै मद्दत गर्नेछन् । सरकारले उपयुक्त वातावरण तयार गर्न सके गुजरात र सिचुवाँजसतै भूकम्पपछि नेपालले पनि उच्च आर्थिक वृद्धिदर हासिल गथ्र्यो कि ? आखिर अन्यत्र सफल भएको स्किडमोर टोया सिद्धान्त नेपालमा मात्रै सफल नहुने भन्ने त छैन नि !
अर्को समाचार
कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्निर्माणको अवसर हो : पुष्पा भुसाल
१८ असोज २०८३
•
१ मिनेट पाठ
कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्निर्माणको अवसर हो : पुष्पा भुसाल
नेपाली कांग्रेसकी केन्द्रीय कार्यसमितिकी उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई सभा, समारोह मात्र नभई पार्टीको आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसर भएको बताएकी छिन्। 




महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै जनताको विश्वास पुनर्जागृत गराउन नेता तथा कार्यकर्ताहरू गाउँ,गाउँ पुग्नुपर्ने बताइन्। 

उपसभापति भुसालले बिपी कोइरालाको भनाइ स्मरण गर्दै भनिन्, ‘नेपाली कांग्रेस एउटा दल मात्र होइन, यो एक विचार, कार्यशैली, संस्कार र लोकतान्त्रिक जीवन पद्धति हो।’ उनले बिपीको समाजवाद र राष्ट्रियताको सिद्धान्त अनुरूप हरेक नागरिकको सम्मान, अवसर र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताइन्। 

यसैगरी, देशको कुल जनसङ्ख्याको ४१ प्रतिशत हिस्सा ओगटेको ‘जेनजी’ पुस्ताले रोजेको भ्रष्टाचारमुक्त समाज, बेरोजगारीको अन्त्य र आत्मसम्मानको सुनिश्चितता गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ छ। 

साथै ५१ प्रतिशत महिलाहरूको योगदानको कदर गर्दै  समाज र राजनीति दुवै क्षेत्रको नेतृत्वदायी भूमिकामा उनीहरुलाई स्थापित गर्नुपर्ने बताइन्।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस