लोकतन्त्र यसरी चल्दैन
०५ जेष्ठ २०७२
•
१८ मिनेट पाठ
लोकतन्त्र यसरी चल्दैन
भूकम्पपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्रशासनिक भवन ढल्यो भन्ने सुनेर हेर्न गएँ । आपूmले पढेको र विद्यार्थीकालमा केही राजनीतिक हल्ला पनि गरेकोले मन मानेन । ढल्न ठिक्क परेको प्रशासनिक भवन हेरेँ । केन्द्रीय पुस्तकालयको बिजोग पनि हेरेँ । फर्कदा प्राध्यापक कृष्ण खनालसँग किर्तिपुरस्थित नेपाल बैंक लिमिटेडको प्रांगणमा भेट भयो, राजनीतिक कुराकानी चल्यो । उनको हातमा प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरेको रु एक लाख रुपियाँको रसिद थियो । राज्यलाई बलियो पार्न ‘साढे तीन महिनाको पेन्सन नदिईकन मन मानेन’ खनालले भने ।हामीबिच कुराकानी अगाडि बढ्यो । नेपालमा भूकम्प आउँदैछ र पूर्वतयारी गर्नुपर्छ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय सूचना र सल्लाह नेपाल सरकारले कहिल्यै सुनेन । यसैले प्रधानमन्त्री सुशील कोइरालाको सरकारलाई मात्र प्राकृतिक प्रकोपको पूर्व तयारी गरेन भनी दोष दिनुको कुनै तुक छैन अहिले । कोइरालाका ठाउँमा अरू नै कसैले सरकारको नेतृत्व गरेको भए पनि तिनले त्यही गर्थे जो कोइरालाले गरेका छन् । प्रा. खनालले राष्ट्रिय सरकारको आवश्यकता र औचित्यबारे कुरा राखे तर म सहमत हुन सकिन ।  
विपत्तिमा राष्ट्र र जनतालाई वचन र व्यवहारबाट मलमपट्टी लगाउन जुद्धशमशेरदेखि गिरिजाप्रसाद कोइरालासम्म अग्रपंक्तिमा रहन्थे । अहिले त्यत्ति गर्न पनि कोइराला मन्त्रिपरिषद् अग्रसर भएन । सम्भवतः सरकारको आलोचना धेरै भएर होला अहिले राष्ट्रिय सरकारको चर्चा चलेको हो । तर प्रतिपक्षविहीनजस्तो भएको संसद् र दुईतिहाइ बुहमतको वर्तमान संयुक्त सरकारलाई काम गर्न कहाँ, कसरी शक्ति पुगेन भन्ने चाहिँ बुझिनसक्नु छ । फेरि राष्ट्रिय सरकारको नेतृत्व ऊर्जावान् युवाको समूहलाई बूढा र सत्ताका सिन्डिकेट चलाउनेले पक्कै दिनेछैनन् । अनि केही अनुहारमात्र फेर्न किन चाहियो अहिले राष्ट्रिय सरकार ?
कीर्तिपुरबाट म साँखु पुगेँ । एकजना पाका भूकम्प पीडित सज्जन ‘आपूmहरूको दुर्दशामा दिनहुँ सरकारले विदेशीसँग भिक मागेको देखेर लज्जित भएको’ गुनासो गर्दैथिए चौतारीमा बसेर ।
सरकार सहयोगको याचनामा समय खर्चिदैछ तर जनता भने सरकारी सहायता कुरेर बसेका छैनन् । धेरैजसो भूकम्प पीडित अब आफ्नो व्यवस्था गर्न आफँै अगाडि सरिसकेका छन् । तिनलाई सघाउने युवा छन् । मध्यम वर्गीय परिवारका युवा आफ्नै अविभावकलाई अटेर गरेर भए पनि गोरखाको बारपाकदेखि दोलखाको सिंगटीसम्म सहायता र उद्धारका लागि पुगिरहेका छन । नेपाली समाजमा रहेको वर्ण व्यवस्थाले निर्माण गरेको आर्थिक र सामाजिक तह, जातपातको सीमा र भूगोलको कठिनाइ चिर्दै सुविधा र सुखमा बसेका आफ्ना सन्तान यसरी घरपरिवार छाडेर उद्धारमा दौडिएको देखेर तिनका अविभावक जिल्ल परेका छन् । भनिरहनु पर्दैन, अहिलेका युवा आफ्नो पहिचान आफैँ बनाउन लागिरहेका छन् ।
आफ्ना पूर्वजले दिएको पहिचान र अविभावकले दिएको सुखसुविधाभन्दा आफ्नै पाखुरामा विश्वास गर्ने अहिलेको नेपाली युवाको ऊर्जाबाट मात्र राष्ट्र निर्माण सम्भव रहेछ भन्ने यस पटक भूँइचालोमा देखियो ।  राजनीतिलाई पेसा नबनाउने यिनै जातपात, उचनिच, धनीगरिबको भेदभाव नमान्ने अनि प्रकृतिसँग हार नमान्ने ऊर्जावान् युवाको काँधमा नेपालको नव निर्माणको जिम्मेवारी कहिले आउला र यस देशको मुहार फेरिएला भन्ने नै नेपालीको धोको छ ।
नेपाली समाजको ‘सामाजिक पुँजी’ राज्यले सर्वत्र गरेको चरम राजनीतिकरणबाट समाप्त भएको ठानिदै थियो । तर त्यसो होइन रहेछ । सूचना र प्रविधिको विकास, आधुनिक शिक्षा प्रणाली र सहरीकरणको विस्तारले सामाजिक पुँजी सञ्चित भइरहेको रहेछ । नेपाली युवाको सक्रियता र ऊर्जालाई संगठित गर्ने औजार बन्यो मोबाइल फोन र बिजुलीको नियमित आपूर्ति । सञ्चार क्षेत्र अवरुद्ध भएको भए निश्चय नै कोलाहल हुनेथियो र उद्धार र सहायतामा लागेको युवा ऊर्जा राजनीतिक रूप लिएर राजधानीको सडकमा पोखिन सक्थ्यो । युवा ऊर्जा उचित ठाउँमा उपयोग हुँदा सरकार आक्रोशबाट जोगियो ।
काठमाडांँको नयाँ बानेश्वरस्थित अनलाइन व्यापारमा संलग्न युवती भन्दैथिइन्– ‘यो स्वयंसेवक काम हो, यो काम गर्दा प्रचार नगराँै फेसबुुकमा फोटो सेसन पनि गर्ने काम छैन ।’  एउटा टिपरमा आधा दर्जन स्वयंसेवक र केही सामान थियो । पछाडि दुईवटा ट्रकमा भरिएका सहायता सामग्रीसहित साँझ पर्न लाग्दै गर्दा ती युवा सिन्धुपाल्चोकको चौतारातिर हानिए ।
त्यस्तै भूकम्पपछि उद्धार र सहायतामा नेपाली सेनाको  कमान्ड कन्ट्रोल नबिग्रिएकै कारण प्रभावकारी काम भयो, भइरहेकै छ । सेनाभित्र कमान्ड कन्ट्रोल बिगार्न र राजनीतिकरण गर्न पाँच वर्षअगाडि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयत्न गरेका थिए । पछि उनले आफ्नो त्यो कदम गल्ती भएको स्वीकारे पनि । अहिले राष्ट्रिय विपत्तिको वेला दाहालले र मुलुकले पनि राष्ट्रपति रामवरण यादवलाई सम्झनुपर्ने हुन्छ । किनभने सेनालाई राजनीतिकरण हुनबाट जोगाउन राष्ट्रपतिले त्यतिखेर विवादास्पद, जोखिमपूर्ण र साहसी कदम चालेका थिए । एकातिर सुरक्षा निकायको संगठन कमान्ड कन्ट्र«ोलका कारण प्रभावशाली देखियो भने अर्कातिर नेपालको निजामती प्रशासनमा त्यसको अभाव देखियो ।
निजामती सेवामा काम गरेर पनि सार्वजनिक छवी बनाउन सक्नु मुख्यसचिव लिलामणी पौडेलको खुबी होे । नेपालको प्रशासनिक संयन्त्रमा राजनीतिक विभाजन छ ।  यो स्थायी सरकारको दुर्दशाको जिम्मेवारी राजनीतिक नेतृत्व खासगरी नेकपा (एमाले) ले लिनुपर्छ । निजामती प्रशासनलाई राजनीतिक पार्टीको भातृ संगठन बनाउन एमालेले कुनै कसर बाँकी राखेन । नेपाली कांग्रेसले एमालेकै देखासिकी ग¥यो । मुख्यसचिव पौडेलले निजामती प्रशासनलाई पुनः प्रभावकारी बनाउन सबै राजनीतिक दललाई सुझाव, सल्लाह र सुधारका उपाय प्रस्तुत गर्न सक्छन् । उनले आफ्नो सार्वजनिक छवीलाई उपयोग गर्दै जनतालाई पनि बताएर जनदबाब सुरु गर्न सक्छन् ।
अब प्रधानमन्त्रीको नेतृत्व र सहायता कोषका बारेमा कुरा गरौँ ।
सरकारले भूकम्प पीडितलाई सबैथोक दिन्छु भनेर एउटा ठूलो ‘धराप’ र राजनीतिक अस्थिरताको बीउ रोपिसकेको छ अहिले ।
धेरै आश्वासन बाँड्ने तर काम भने आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर केही पनि नगर्ने भनेर निर्वाचन पद्धतिबाट बन्ने सरकारको अहिले विश्वव्यापीरूपमै आलोचना भइरहेको छ । लोकतान्त्रिक पद्धति नै विश्व मानचित्रमा धरापमा परेको यो समय हो । तसर्थ, नेपालका लोकतन्त्रवादीका लागि थप चुनौती अगाडिका दिनमा आउने छन् । लोकतान्त्रिक व्यवस्था सरकार निर्माणकोे उत्तम व्यवस्था मान्ने कि नमान्ने भनी विश्वव्यापी बहस अगाडि बढ्दैछ अहिले । खासगरी छिमेकी चीनको आर्थिक विकास र विश्व रंगमञ्चमा उसको बढ्दो भूमिकाका कारण कैयौँ देश अहिले चिनियाँ ढाँचाप्रति आकर्षित हुँदैछन् ।
पश्चिम युरोप आर्थिक संकट बेहोर्दै छ र आर्थिक संकटको सम्बोधन गर्न लोकतन्त्र बाधक भएको तर्कसमेत अगाडि आएको छ । सन् १९९० को दशकमा चलेको विश्वव्यापी लोकतन्त्रको लहर बीस वर्षपछि नै ठूलै चुनौती व्यहोर्दै छ पश्चिमा जगतमा । नेपालमै भूकम्पलाई जसरी हेरिँदैछ यसको आयाम त्यतिमै सीमित छैन । यहाँ दृष्टान्तका रूपमा दुई जना भूकम्प पीडित पात्रलाई राख्न चाहन्छु ।  
‘तीन पुस्ता बढी भयो हामी यस घरमा बसेको । अगाडिका पुस्ता पनि यही घरमा थिए होलान् मलाई जानकारी छैन । अहिले त्यही घरले थिचेर  परिवारका सदस्य मरे । कांग्रेस नेता बीपी कोइरालाको फोटो पनि घरसँगै पुरियो । म र मेरो परिवार कांग्रेस हो ।’ काभ्रे जिल्ला दाप्चा गाउँमा मसँगको कुराकानीमा एकजना वृद्ध बाहुन भन्दैथिए ।
मैले सोधेँ– ‘तपाईंको घर जीर्ण थियो । भूकम्पले भत्काउँछ भन्ने थाहा थिएन ?’ ती वृद्धले राजनीतिमा लागेको मान्छेलाई यति कुरा थाहा नहुने त कुरै भएन नि भने । रेडियोबाट पनि भूँइचालो आउँछ सावधानी र सतर्कता अपनाउनु भन्ने सुनेकै हो । सबै थाहा थियो । तर के गर्ने घर बनाउने हैसियत थिएन । बिरामी छोरो वर्षदिन लगाएर उपचार गरेपछि तंग्रिएको छ । रिन गरेर र खेत बेचेर महँगो उपचारपछि छोरो सन्चो भएको हो । कम खर्च लाग्ने सरकारी अस्पतालमा छोराको अप्रेसन गर्न महिनौँ कुर्नुपर्छ । अनि के गर्ने ? यस परिवारका आदर्श अझै बीपी कोइराला नै रहेछन् । मलाई त अचम्मै लाग्यो !
राधा थापा मगर काठमाडौँ सिनामंगलमा चारवटा मध्यम वर्गीय परिवारको घरमा काम गर्ने महिला हुन् । उनी नुवाकोटमा बस्ने आफ्नो परिवारलाई पैसा पठाउँथिन् । भूकम्पमा उनको परिवार जोगियो । खेतमा काम गर्न गएका बाबुआमा बाँचेछन् तर घर ढल्यो । ढल्ने घर किन मर्मत नगरेको त भनी मैले सोधेँ । के गर्नु कमाए जति बोर्डिङ ( निजी) स्कुलमा पढ्ने तीनजना केटाकेटीको फिस तिर्दै सकिन्छ ।  के गर्नु गरिबीले कहिले पछ्याउन छाडेन, राधा मगर भन्छिन् ।   
यस्ता कैयौँ उदाहरण छन्, प्रतिनिधि पात्र छन् जसले भूकम्पमा आफ्नो घर र परिवारका सदस्यलाई मुलुकको अर्थराजनीतिका कारण बचाउन र जोगाउन सकेनन् । । भूकम्पले आठहजार बढी नेपालीलाई मा¥यो । तर त्यसभन्दा अगाडि नेपालको अर्थराजनीतिले धेरैलाई उहिले नै छियाछिया पारेको थियो ।
माथिका सबै कुराको निष्कर्ष एउटै छ – विगत अढाई दशकको लोकतान्त्रिक अभ्यासको दृष्टि कहाँ प¥यो ? असीवर्ष अगाडि र आज राज्य विपत्तिको समय नेपाली जनतालाई सम्बोधन गर्न कहाँनेर सक्षम भयो, भन्नेजस्ता केही प्रश्नसँगै तिनको समाधान अब खाज्नैपर्छ । ।
पहिलो त लोकतन्त्रलाई संस्थाहरूले सम्बोधन गरेको देखिएन विपत्तिमा पनि । संस्थाहरू बलिया बनाऊँ ।  
दोस्रो, विपत्तिमा मर्ने र अपांग हुने अधिकांश अर्थराजनीतिको दुश्चक्रमा फसेका नागरिकमात्र किन धेरै भए ? स्वास्थ र शिक्षाको खर्च कम आय भएकाले धान्न सकिरहेका छैनन् । यसलाई सम्बोधन गरौँ ।
सरकारमा बस्नेहरूको वचन र व्यवहारमा विश्वसनीयता गुम्दा देशवासी र अन्तर्राष्ट्रिय समुदाय सहयोगका लागि अगाडि सर्न पनि गाह्रो मान्दा रहेछन् । नेताको बोलीको महत्व हुन्छ – जथाभावी बोल्नुअघि सोचौँ ।
यहाँनेर मलाई मेरा एक जना स्विडिस मित्र वियोर्न टर्मसटर्नको सम्झना हुन्छ । उनी रेडक्रस केन्द्रीय कार्यालयमा अढाई दशक अगाडि काम गर्थे र भन्थे – ‘दुई दशकको लोकतन्त्रले नेपाली जनताको आधारभूत आवश्यकता पुरा गर्न सक्नेछ । सकेन भने ठान्नु लोकतन्त्र धरापमा प¥यो’ । प्रा. कृष्ण खनाल भन्छन् – राज्य बलियो पार्नुपर्छ, लोकतन्त्र टिक्छ मेरो राज्यसँगको सम्बन्ध यही कारणले हो ।   
के नेपालको लोकतन्त्र वास्तवमै धरापमा परेको हो त अहिले ? अमेरिकाको फ्रिडम हाउस भन्ने संस्थाले विश्वमा सन् २००० पछि  लोकतान्त्रिक सरकारको विश्वसनीयता कमजोर हुँदैगएकोमा चिन्ता व्यक्त गरेको छ । लोकतान्त्रिक पद्धतिबाट निर्माण हुने सरकारको वचन र व्यवहारले गर्दा यस्तो परिस्थिति निर्माण भएको ठहर फ्रिडम हाउसको छ । साथै पश्चिमाहरू चीनले एकदलीय राजनीतिक व्यवस्थाबाट गरेको आर्थिक प्रगति पनि अहिले लोकतान्त्रिक व्यवस्थाका लागि चुनौती भएको ठान्छन् । अझ पश्चिमा राष्ट्रमा आएको वित्तीय संकटलाई समाधान गर्न पनि चीन अग्रसर भएपछि पश्चिम युरोपमा दोस्रो विश्वयुद्धपछि अगाडि बढिरहेको लोकतान्त्रिक पद्धतिबाट जनता निराश र खिन्न छन्– खासगरी युवा । अनेकौँ समस्यासँग जुधिरहेको नेपालको कमजोर लोकतन्त्र अब आफ्नै सुरक्षाका लागि पनि लड्नुपर्ने हुनसक्छ । हेक्का रहोस् ।
अर्को समाचार
सरकार दलहरूलाई तह लगाउने भ्रमबाट मुक्त रहोस्ः संविधानविद् अधिकारी
०१ असोज २०८२
•
१ मिनेट पाठ
सरकार दलहरूलाई तह लगाउने भ्रमबाट मुक्त रहोस्ः संविधानविद् अधिकारी
संविधानविद् डा. विपिन अधिकारीले सरकारले राजनीतिक दलहरूलाई तह लगाउने भ्रमबाट मूक्त रहेर काम गर्नुपर्ने बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै अधिकारीले यस्तो बताएका हुन्।  

‘धेरैलाई लाग्दछ, उचाल्ने मान्छे पनि धेरै छन्। धेरैले भन्दछन्–यो राजनीतिक दलहरूलाई तह लगाउन आएको हो,’ संविधानविद् अधिकारीले भने, ‘त्यो भ्रमबाट सरकार मुक्त हुनुपर्दछ। राजनीतिक दलबिना हाम्रो लोकतन्त्र चल्दैन।’

नेपालमा भएका ठुला पार्टीको तत्काल विकल्प नभएको पनि अधिकारीले दाबी गरे। उनले भने, ‘विकल्प आउला, तर त्यो विकल्प बनाउनलाई राजनीतिमा प्रयास गर्नुपर्छ।’ अहिलेका नेतृत्वले आफ्नो इज्जत गुमाएको अवस्था रहेपनि ती पार्टीमा दोस्रो र तेस्रो पुस्ताका नेता पनि रहेकोतर्फ सचेत रहन उनले आग्रह गरे।  

लोकतन्त्रमा पार्टीलाई मिनिमाइज गर्नुुहुन्न भन्ने कुरा सरकारले ख्याल राख्नुपर्ने उनले बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस