वैशाख १२ गतेको गोरखा केन्द्रबिन्दु रहेको ७.६ म्याग्निच्युडको भूकम्प र त्यसपछि गएका लगातारका पराकम्पनपछि एक जना भूगर्भशास्त्रीले लेखेकाथिए, ‘अब नातिका पालासम्म ढुक्क भए हुन्छ, ठूलो भूकम्प आउँदैन।एक चर्चित अनलाइनमा प्रकाशित उक्त लेखमा ती भूगर्भशास्त्रीले लगातारका पराकम्पनका कारण ठूलो परिमाणको भूतहको शक्ति क्षीण भएकाले ठूलो भूकम्पन आउने विश्लेषण गरेका थिए। त्यसलगत्तै अर्का भूगर्भशास्त्रीले एक दैनिकमा बारपाक भूकम्पबाट नढलेका पिलरवाला घर पनि ढाल्ने ठूलो भूकम्पको खतरा आंैल्याए।चर्चामा रहेका यी भूकम्पविद्हरूका आआफ्ना तर्क हुन सक्छन्। दुवैले आआफ्नो विशेषज्ञता प्रदर्शन गरेको हुन सक्छतर खासमा एक किसिमको हल्ला गरे उनीहरूले। र, भूगर्भशास्त्रीहरू हल्लाबाजको नामले आलोचनाका पात्र बने। यो विषम् परिस्थितिमा यस्तो अवस्था आउनुहुँदैनथ्यो। यतिखेर तिनले गम्भीर अध्ययन–अनुसन्धानको नतिजा प्रस्तुत गर्न सक्नुपथ्र्यो। भूगर्भशास्त्र एउटा विज्ञान हो। भूसतहभित्र र बाहिरको भौगर्भिक अवस्था, भूसतहमा भएका ढुंगा, माटो, चट्टान आदिको अध्ययन गर्ने एउटा विज्ञान हो।
यो विज्ञान जसले अहिलेसम्म कहाँ कहाँ भूकम्पको खतरा हुन सक्छ भन्न सक्छ, तर भूकम्प कहिले जान्छ र कति ठूलो जान्छ भनेर भन्न सकेको छैन। यो विज्ञानका विभिन्न हागाँबिँगा छन्। भूकम्पबारे अध्ययन गर्ने विद्यालाई ‘सेस्मोलोजी’ भनिन्छ। पूर्वको बर्मादेखि पश्चिम अफगानिस्तानसम्म करिब २ हजार ५ सय किलोमिटर लम्मिएको हिमालयको उत्पत्ति र विकासको पछाडिका कारण ठूल्ठूला भूकम्प नै हुन्।
करिब ४ करोड वर्ष पुरानो भौगर्भिक इतिहासले उच्च हिमाल, महाभारत, चुरे र तराईको समथर मैदान सबै ठूल्ठूला भूकम्पकै कारण उचालिएको देखाउँछ। बारपाक भूकम्पपछि काठमाडौं करिब १ मीटर उचालिएको र करिब २ मिटर दक्षिण पश्चिम धकेलिएको तथ्य नापी विभागले सार्वजनिक गरेको छ। ४ करोड वर्ष इन्डियन प्लेट र तिब्बतियन प्लेट आपसमा ठक्कर खान थालेको र यीदुईको टकरावले यस क्षेत्रमा शक्ति सञ्चय हुने गरेको मान्यता छ। लामो समयसम्मको टकरावबाट सञ्चित शक्ति चट्टानहरूले धान्न नसक्ने भएपछि एक्कासी फुट्ने प्रक्रियाबाट उत्पन्न हुने कम्पन हामीले अनुभव गर्ने भूकम्प हो। वैशाख १२ मागएको भूकम्प र त्यसपछि आजका दिनसम्म गैरहेका शक्तिशाली पराकम्पनले नेपालमा ठूलो धनजनको क्षति भयो। अर्बौंको आर्थिक नोक्सानी भयो।त्योभन्दा ठूलो करोडौँ जनमानसमा भूकम्पको त्रास छाएको छ। जनमानसमा ठूलो प्रभाव र असर पार्ने हिमालयका भूकम्पको आफ्नै प्राकृतिकता छ। भौगर्भिक प्रक्रियामा प्रत्येक भूकम्प हिमालय निर्माणका पाटा हुन्। नेपालीले भोगेका पछिल्ला भूकम्प त्यही प्रक्रियाको एउटा निरन्तरता हो।
भूगर्भशास्त्रीहरूका अनुसार आगामी लाखौं वर्षपछि अहिलेको तराई पहाड बन्नेछन्। प्लेटहरू आपसमा ठक्कर खाइरहेकाले हिमालय क्षेत्रलाई भूगर्भशास्त्रीहरू ‘सेस्मिकजोन’ भन्छन्। सिंगो हिमालयको करिब एक तिहाइ भाग नेपालमा पर्दछ। हिमालयको काखमा बसेको नेपाल पनि समग्रमा सेस्मिकजोन भनेर चिनिन्छ। तर विडम्बना विस्तृतमा र गहिराइमा नेपालमा सेस्मोलोजिको अध्यापन हुँदैन। त्यसैले यहाँ सस्मोलोजिका ज्ञाता थोरै छन्। खासमा भूकम्पमा विशेषज्ञता हासिल गर्नेहरूको संख्या न्यून छ। तर अहिले सबै भूगर्भशास्त्री भूकम्पविद् बनेर रेडियो, टेलिभिजन वा पत्रपत्रिकामाप ्रस्तुत भैरहेका देखिन्छन्। श्रव्यदृश्य, छापा जताजतै भूकम्पशास्त्रीकाअनुमान र कथनहरू छाएको छ। हल्लैहल्लाबीच विज्ञताको विज्ञापन गर्ने दौड चलेको छ अहिले।
कतिपय भूगर्भशास्त्री सिन्धुपाल्चोक, दोलखा, रसुवालगायतका प्रभावित जिल्लाका डाँडापाखामा भूकम्पले पारेका धाँजा, चिरा नाप्दैछन्, वर्षामा ठूलो भूकम्पको खतरा औल्याउँदैछन्। अर्काथरी जानेमाने भूकम्पविद् विदेशी भूकम्पविदको भरिया बनेर पहाडहरू चाहार्देैछन् र प्रतिवेदन तयार गर्देैछन्।ती प्रतिवेदन जर्नलमा छापिनुमा दंग पर्ने उनीहरूले गरेका काम राज्य संयन्त्रले आत्मसात गर्दैन्, राज्यको आखाँमा उनीहरू विज्ञ ठानिँदैन। त्यसैले उनीहरू सबै आआफ्नै डम्फु बजाउँदैछन्।
यो दौडले जनतामा भूगर्भशास्त्रीबारे नकारात्मक धारणा पनि जन्माएको छ। भूगर्भशास्त्रीको नाममा भूकम्प आउँछ, आउँदैन, योभन्दा ठूलो आउँछ भन्ने जस्ता गफले बजार पिट्नु कुनै पनि हालतमा राम्रो होइन। ‘नेपालका भूगर्भशास्त्री केही काम लाग्दैनन्, उनीहरूले केही भन्न सक्तैनन्’ भन्नेजस्ता टिप्पणी जताततै सुन्न थालिएको छ। पंक्तिकार भूगर्भशास्त्रको विद्यार्थी भएका नाताले भूकम्पबारे कतिपय अफवाहसम्म पनि ठोक्निन आइपुग्छन् बेलाबेलामा। भूकम्प कहिले आउँछ? कत्रो आउँछ?अहिलेसम्म विज्ञानले पत्ता लगाउन नसकेको कुरा अनुमानमा भन्न मिल्दैन। वैशाख १२ यता बारपाकदेखि दोलखासम्म केन्द्रबिन्दु बनाएर आएका भूकम्पका कारण यो करिब १३० किलोमिटर क्षेत्रमा तत्काल ठूलो भूकम्प टरेको विश्वासमा छन् सेस्मोलोजिस्टहरू। तर २ हजार ५ सयकिलोमिटर लामो हिमालयको काखमा भूकम्प ट¥यो भन्नु मुर्खता हुनेछ।
हिमालय क्षेत्रको गोर्खादेखि भारतको देहरादुनसम्म लामो समयदेखि ठूला भूकम्प नगएर त्यस क्षेत्रमा अथाह शक्ति सञ्चय भैरहेको वैज्ञानिक विश्लेषणहरूले हामी सधैं खतरासामु छौं भन्ने औंल्याइरहेको छ। कहाँ, कति खतरा छ, त्यसको सुक्ष्म अध्ययन हुन सकेको छैन। त्यसैले भूकम्पको प्रतीक्षा गर्दै यसबाट बच्ने, सुरक्षित हुने र कमभन्दा कम क्षति भोग्नुपर्ने अवस्थाको तयारी हाम्रो आवश्यकता हो। भूकम्पसँगै भूगर्भशास्त्रको महŒव र आवश्यकताबारे जनतामाचासो प्रवाह पनि भैरहेका छन्। भौतिक निर्माण गर्दा भूअवस्थिति, भूबनोट, निर्माण सामग्री र प्रविधिमा ध्यान दिनुपर्ने रहेछ भन्ने शिक्षा दिएका छन् यी भूकम्पले। काठमाडौं उपत्यकाभित्रका कतिपय पुराना संरचना ध्वस्त हुनुका पछाडि भूकम्पभन्दा पनि हाम्रो बेवास्ता बढी जिम्मेवार होइन र? निर्माण सामग्रीको निश्चित आयु हुन्छ, त्यो सकिएपछि त्यसको अन्त्य हुनुपर्छ। चोया भाटा, माटो सबैले एउटा निश्चित अवधिसम्म धान्नेमात्र हुन्। पहाडका परम्परागत घर भत्किनुका पछाडि पनि हाम्रो अबुझपना नै जिम्मेवार रहेको छ। हामी संसारको सुरक्षित क्षेत्रमा छौं भन्नेजस्तो मान्यतामा जथाभावी भएका निर्माणले काल निम्त्याएको होइन र? हामी प्राकृतिक प्रकोपबीच छौं। कहिलेकाहीं आउने भूकम्प यतिखेर आइरहेको छ। प्रत्येक वर्ष जाने पहिराका पीडा र बाढीका भयावहता हामी खप्तै आएका छौं। कहिलेसम्म आइरहन्छ बारपारमा पराकम्पन?कसैलाई थाहा छैन। भूकम्पसँगै सिन्धुपाल्चोक, दोलखा, गोर्खा, धादिङलगायतका जिल्लामा सुख्खा पहिरा गइरहेका छन्।
भूकम्पले पहाडी जिल्लाका डाँडापाखामा धाँजा फाटेका छन्। जताततै चिरिएको छ जमिन। भूकम्पले थिलथिलो पारेको जमिनलाई मनसुनी वर्षाले के गर्ला? भूकम्पबाट बचेकाहरू पहिरोमा पर्ने खतरासामु त छैनौं हामी? मनसुनका४ महिना अत्यधिक वर्षा हुने र त्यसले बाढी–पहिरोको प्रकोप निम्याउने हाम्रो नियति यसपटक कसरी प्रस्तुत हुने हो? जोखिमको आकार कत्रो हुने हो? यसपटक मध्यनेपालका पहाडी जिल्लाहरूले त्यसको ठूलो खतरा मोल्नुपर्ने चेतावनी प्रारम्भिक सर्भेले औंल्याएका छन्। केही भूगर्भविद्ले भूकम्प प्रभावित क्षेत्रको अध्ययनपछि पहिरोको खतरा औंल्याएका छन्। पहाडमा नयाँ नयाँ चिरा पारेको, नयाँ पहिराहरूलाई अझ सक्रिय बनाएको र पुराना पहिरा पुनरावृत हुने प्रारभ्मिक अवलोकनले औंल्याएका छन्।
भूकम्पपीडितको पुनस्र्थापना र पुनर्वासमा जुटेको सरकारले सामुन्नेका खतरालाई कसरी आत्मसात गर्छ? हेर्न बाँकी छ। भूकम्पले छियाछिया पारेका पहाडहरूमा पुनर्वासको योजना ल्याउनुअघि विस्तृत अध्ययनर प्रकोप नक्सा तयार पार्नु अहिलेको पहिलो तथा प्रमुख आवश्यकता हो। एक साताअघि संकटग्रस्त जिल्लामा सरकारी टोली परिचालित छ। जिल्लामा परिचालित अधिकृत, इन्जिनियर, सहायक कर्मचारी गरेर १३२७ जनाको यो टोलीलाई एक महिनाको कार्यादेश दिइएको छ। टोलीमा भूगर्भविद् पनि समावेश गरिएको थियो भने पहिरोका जोखिमहरूको प्रतिवेदन तयार गर्न सकिन्थ्यो। अहिले पनि समय बितेको छैन। भूकम्प प्रभावित जिल्लाहरूमा कहाँ कहाँ पहिरो र बाढीको खतरा छ र कहाँ कहाँ सुरक्षित बसोबास गराउन सकिन्छ त्यसको अध्ययन हुनुप¥यो। अहिलेका लागि भूकम्प प्रभावित प्रत्येक जिल्लाको प्रकोप नक्सा बनाउनु प¥यो। त्यही नक्साका आधारमा पुनस्र्थापना र पुनर्वासका योजना कार्यान्वयन गर्नु उचित हुन्छ।
तत्कालका लागि प्रत्येक जिल्लामा सुरक्षित स्थानको पहिचान गरेर, त्यहाँ अस्थायीरूपमा बसोबास गराउने र वर्षापछि दीर्घकालीन बस्ती विकासको नीति अख्तियार गर्ने अवसर पनि हो अहिले। सुरक्षित स्थानमा एकीकृत बसोबासको नीति अख्तियार मुलुकको आवश्यकता हो। भूकम्प प्रभावित जिल्लाबाट सुरु गरेर यस्तो नीति अन्य जिल्लामा विस्तार गर्न सकिन्छ। यसो गर्न सकियो भने प्रत्येक वर्ष हुने बाढी–पहिरोको भयावह क्षति न्यून गर्न सकिन्छ।
मानिसले आफूले चाहेजसरी जहाँ पायो त्यहीं बसोबास गर्ने परम्परागत सोच र व्यवहारमा अब परिवर्तन आवश्यक छ। राज्यले जमिनको वर्गीकरण गरेर कमभन्दा कम क्षति हुने स्थानलाई बसोबास क्षेत्रका रूपमा छुट्याउने र नागरिकले पनि राज्यले तोकेको स्थानमा मात्र बसोबास गर्ने पद्धति बसाल्न आवश्यक थियो। यो भूकम्पले पु¥याएको क्षतिका बेला सरकारलाई निश्चित स्थानमा मात्र बसोबास गराउने अवसर मिलेको छ। सरकारले यो अवसरको सदुपयोग गरोस् र आफ्ना नागरिकलाई सुरक्षित पारोस्।